स्मरणमा चक्र बाँस्तोला : कति नेता भन्न सक्छन् - आफ्नै घरमा बस्छु, आफै कमाएको खान्छु र आफ्नै मोटर चढ्छु 

image

सबै नेताले आफूले उपभोग गरिरहेको सुविधाको श्रोत भन्न सक्ने हो भने राजनीतिमा विकृति, विसंगति  र भ्रष्टाचार मौलाउन पाउने छैन । प्राय हाम्रा नेता दोहोरो चरित्रका छन् । आलिसान महलमा बस्छन्, आफ्नो भन्न डराउछन्, ल्याविस मोटर चढ्छन्, मेरो हो भन्न सक्दैनन् ।’ 

नेपाली कांग्रेसका वौद्धिक नेता चक्रप्रसाद बाँस्तोला भन्ने गर्थे ‘म राजनीति गर्छु, आफ्नै घरमा बस्छु, आफ्नै खान्छु र आफ्नै गाडी चढ्छु । म जस्तै यो देशका सबै नेताले आफूले उपभोग गरिरहेको सुविधाको श्रोत भन्न सक्ने हो भने राजनीतिमा विकृति, विसंगति  र भ्रष्टाचार मौलाउन पाउने छैन । प्राय हाम्रा नेता दोहोरो चरित्रका छन् । आलिसान महलमा बस्छन्, आफ्नो भन्न डराउछन्, ल्याविस मोटर चढ्छन्, मेरो हो भन्न सक्दैनन् ।’ 
झापाको सम्पन्न परिवारमा जन्मिएका चक्रको प्रारम्भिक शिक्षा दार्जिलिङमा भयो । उच्च शिक्षाका निम्ति बनारस गए पछि बीपीको संगतले राजनीतिमा होमिए । जीवनभर पैसाको अभाव झेल्नु परेन । नत राजनीतिमा लाग्दा पैसाका लागि अरुको मुख ताक्नु प¥यो । ‘त्यसैले शुरु देखि नै परिस्थितीको मूल्याङकन गरी आत्म विश्वासका साथ विश्लेषण गर्न सक्ने र जस्तो सुकै कठिन परिस्थितीमा समेत सत्य वोल्न सक्ने संस्कार उनमा थियो ।’ चक्र भन्ने गर्थे ‘गिरिजाप्रसाद मेरो नेता हो । तर म उहा“को कार्यकर्ता होइन, कांग्रेसमा म बीपीको मात्र कार्यकर्ता हु“ ।’ 
राजनीतिमा गिरिजाप्रसादलाई सफल वनाउन चक्रको  योगदान कम छैन । पहिलो पटक प्रधानमन्त्री भए देखि गणतन्त्र स्थापना गर्दासम्म सर्वाधिक दिमाग खियाउने नेता हुन् उनी । 
आफूले त्यसरी सघाएका नेतावाट धोका पाए पछि पार्टीमा क्रमश उनी भूमिकाविहिन बन्दै गए । छोरी सुजातालाई राजनीतिमा स्थापित गर्ने अर्जुन दृष्टि बनाएका गिरिजाप्रसादको प्राथमिकतामा आफूलाई सहयोग गर्ने योग्यता, क्षमता भएका धेरै नेता परेनन् । 
चक्र गिरिजालाई मान्थे । तर नेतृत्वमा पुग्नकै लागि सिद्धान्त, आदर्श र विवेक विपरित संझौता गर्न किमार्थ तयार थिएनन् । ‘उनले स्वाभिमानको राजनीति गरे । मुलुक, प्रजातन्त्र, पार्टीको हित विपरित संझौता गरेनन् ।’ 
पछिल्लो समय पार्टी केन्द्रीय समिति र संविधानसभा निर्वाचन हारे पछि त उनी झनै फुर्सदिला भए । चञ्चले स्वभाव, केही न केही गरि रहनु पर्ने, चक्रका लागि ति दिन सर्वाधिक पीडादायी थिए । उनी भन्ने गर्थे ‘बुझ्यौ मेरो यो दुई वर्ष काम नगरेरै वितेछ । यताउता घुम्दै र पार्टीका साथीभाई विदा गर्न आर्यघाट गएर । दौडदा दौड्दै चक्र बाँस्तोला त हराए छ । तिमीहरुलाई लाग्ला की कांग्रेसमा मैले व्यथै यतिका समय विताए । त्यो काम गरेकोमा मेरो कुनै गुनासो छैन । मैले यति मात्र भन्न खोजेको म आफै हराई रहेछु ।’ 
राजनीतिमा स्थान नपाए पछि घर सल्लाहमा चक्रले श्रीमती कुसुमसंग भनेका थिए ‘उमेरको हिसावले अझै दश वर्ष त म सकृय हुन्छु होला । वरु अव (बुधवारे, झापा)मेडिकल कलेज स्थापना गर्छु ।’ त्यति बेलै कुसुमले भनेकी हुन् ‘भो अव चिन्ता नगर्नुस् जे भयो भयो, बरु घुम्न जाउ ।’ श्रीमतीलाई सम्झाउदै उनी भन्थे ‘हेर, यति चाडै रिटायर्ड हुनुहुदैन । वुढो भइन्छ क्या । काम गर्नु पर्छ हेर । मैले शुरुवात गरेर छोडिदिने हो । राजनीतिमा सकृय हुन नपाए पछि केही त गर्नु प¥यो नी ।’
‘एउटै विषयमा नअड्ने मन थियो । एउटा हा“गाबाट अर्कोमा बुरुकबुरुक उफ्रिरहने भंगेराको जस्तो । अस्थिर हैन तर साह्रै चञ्चल ।’ राजनीतिमा भूमिकाविहिन वनाईए पछि उनी झापालाई मेडिकल हव वनाउने सपना साकार पार्न एकारो लागि परेका थिए, दुई वर्ष भित्र मेडिकल कलेज सञ्चालन गरि सक्ने लक्ष्यका साथ । 
२०६९ पुष १४
हात हालि सकेको जुन सुकै काम पुरै क्षमता र वुद्वि लगाएर गर्ने शुरु देखि कै बानी हो ।  मेडिकल कलेज स्थापनामा एकोरिएका चक्र, त्यसलाई अन्तिम टुङगोमा पु¥याउन हैदरावाद (भारत) जाने तयारीमा थिए । 
विराटचोक (मोरङ) मा आयोजित कुल पुजामा सहभागी हुन आफन्तले गरेको आग्रह टार्न सकेनन् । २०६९ पुष १४ शनिवार । विहानै नुवाईवरी ब्रेक फाष्ट गरे । हिड्नु अघि सादा झै यो सुहाउछ, की त्यो, कै शैलीमा पोशाक छान्न थाले । घरी ऐन हेर्छन, घरी श्रीमतीलाई सोध्छन् ‘ल भन त म कस्तो देखिए । सुहायो कि सुहाएन ।’ ‘राम्रो पोशाक चिटिक्क भएर श्रीमती कुसुम र नाती श्रेय (सुम्निाको छोरा)का साथ रमाइलो गर्दै विराटचोकतिर लागे । यात्रामा खुव रमाइलो गर्नु पर्ने बानी ।  
माइखोला नजिक पुगे पछि कुसुमलाई भने ‘ल ल जनवरी ३ मा हैदरावाद जाने । तिम्रो, मेरो र विष्णु पन्थी (इञ्जिनीयर) को टिकट वनाउन लगाउ, बागडुरा हुदै जानु पर्छ, बुझ्यौ । अघिल्लो पटक झै लो प्रोफाइलको भिजिट हुन्छ । रेलको टिकट किन्यो सुटकेश गुडायो । कम्ता मज्जा हुदैन ।’ छ महिना अघि पनि बाँस्तोला दम्पत्तिले तीन साता लामो भारतम भ्रमण गरेका थिए । वागडोरावाट जहाजमा चन्नाई (श्रीराम मेडिकल कलेज) त्यहा“वाट मोटर लिएर पोण्डिचेरी, ट्रेनमा मदुराई अनी रामेश्वरम्, कन्याकुमारी, कोयम्वुटोर, कोची, गोवा, वेलगाम (मेडिकल कजेज, नौ जना वुढाले स्थापना गरेको मेडिकल कलेज, अहिले पुरै शहर मेडिकल कलेज छ) हैदरावाद, वागडोगरा हुदै झापा । पुरै म्यापिङका साथ पहिले नै होटल वुकिङ गरेर यात्राको रुटिन चक्र आफैले बनाएका थिए । साढे तीन दशक लामो दाम्पत्य जीवनका क्रममा चक्र दम्पत्तिको त्यो नै सबभन्दा लामो निजी यात्रा थियो ।  
अघिल्लो यात्राको कुरा सकिएकै थिएन । तिव्रगतिमा मोटर एक शुरले गुडि रहेकै थियो । फोनमा कुरा भयो । ट्राभल एजेन्सीले तुरुन्तै टिकट वुक गरिहाल्यो । बुढावुढीको कुरा हुदै थियो ‘एक साताको स्कूल विदा, नातीले रमाइलो गरिहाल्यो । श्रेयलाई पठाउला । यतैवाट हैदरावाद जाउला ।’ बुढावुढीको नसकिदै विराटचोक आईहाल्यो । 
नाती समातेरै चक्र मञ्चमा उक्लिए । कुसुम चाँही  अघिल्लो सिटमा बसेर कुरा गर्दै थिइन । 
केही समय त चक्र नातीसंग खासखुस गर्दै थिए । बालापन न हो, उ छुक छुक गर्न थाल्यो । पाकाहरुको छलफल सायद रुचिकर थिएन श्रेय (नाती) लाई । नवराज दादा (चालक) संग जान्छु भन्न थाल्यो । ल जाउ भनेर छोडिदिए । 
चक्रसंग मञ्चमै रहेका दाजु देवीले सम्झिए ‘क्षणभरमै चिया सर्भ भयो । खाँदै थियौ । चक्रले गिलास हातमा लिएको मात्र के थियो, समाउनै सकेन । कपडाभरी पोखियो । हामी उसको कपडा पुछपाछ गर्न तिर लाग्यौ ।’ 
पुगेको दश मिनेट पनि भएको छैन । कुसुमको कानमा कसैले ‘हेर हेर भनेको आवाज सुनियो ।’ यता यता आ“खा घुमाइएन । मञ्चमा  मान्छेको घेरा मात्र छ । केही देखिन्न । दौडिएर मञ्चमै उक्लिइएन । कुन बेला चिया दिए थाहा भएन । प्लाष्टिकको कप, चिया पिउन नपाउदै हातबाट चक्रको कपडामा पोखिई सकेछ । टाउको वाङगो बनाएर हल्लि रहेको देखेपछि कुसुम चिच्याइन ‘दाई दाई (जेठाजु देवी) ।’ कुसुमले त्यो क्षण स्मरण गर्दै लेखकसंग भनिन् ‘म यही छु भन्नुभयो । उभिएर सबै जना उहा“लाई नै हेरिरहनु भएको थियो । मैले भने ‘हैन वोकेर गाडीमा हालि दिनुस् ।’ 
कसैले हात समाए । कसैले खुट्टा ।  चक्रलाई सिटमा सुताए पछि विजुलीको गतिमा मोटर इटहरी तिर हुईकियो । इटहरी हुदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्दासम्म उनी टाउकोमा हात लगाएर वल गरिरहेका थिए । के भएको हो भनेर सोध्ने ध्याउन्न कसैलाई भएन । कसैको सेन्सले कामै गरेन । 
अस्पताल पु-याएको दुई घण्टासम्म जाच गर्ने डाक्टर भएनन् । डाक्टर खोज्दैको हैरानी । डाक्टर आईपुग्दासम्म कार्यक्रम स्थलवाट धेरै मानिस अस्पताल पुगि सकेका थिए । सिटीस्क्यान गरे पछि त्यहा“ व्रेन हेमरेजको उपचार हुन नसक्ने जानकारी दिइयो । 
दाजु देवीले त्यो दिन सम्झिए ‘मेरो कान्छो छोरो अमेरिकावाट तारन्तार फोन गर्छ । स्टोक भएको वेला एउटा सुई दियो भने रगत पातलो भएर अली सहज हुन्छ । तर धरानमा चक्रलाई त्यो सुई दिइएन ।’
हेमरेजको विरामीलाई हेलिकप्टर चढाउन नमिल्ने । तत्काल काठमाडौं लैजाने सम्भावना देखिएन । एम्वुलेन्सबाट भारत पुग्न छिटो हुन्छ भनेर परिवारले सिलिगुढी लैजाने निर्णय ग-यो । कुसुमले लेखकलाई सुनाईन ‘त्यही नेर म चुके भन्ने लाग्छ । हेलिकप्टर पनि स्ट्याण्डबाई छ । धरानवाट विरामी काठमाडौं लैजान सकिदैन भने पछि डाक्टरलाई नै धरान ल्याउनु पर्छ भन्ने तर्फ हामी मध्ये कसैको दिमाग गएन । मेरो त होसै थिएन । धेरै पछि डाक्टरहरुले भन्नु भयो, विरामी ल्याउने हैन, हामीलाई नै धरान लैजानु पथ्यो । तर त्यो मौका हामीले गुमायौं ।’ 
मस्तिष्कघातबाट अचेत बिरामीलाई खाल्टा खुल्टीको बाटो एम्वुलेन्समा चार घण्टा गुडाएर सिलिगुढी पु-याउदा बेलुकाको सात भैसकेको थियो । 
त्यही दिन अप्रेसन भयो । राम्रै भयो भनेका थिए डाक्टरहरुले । भोलीपल्ट बेलुका थप उपचारका लागि एयर एम्वुलेन्समा मेदान्त अस्पताल (दिल्ली) मा भर्ना गरियो ं । वाईस दिन आईसीयुमा राखे पछि क्याविनमा सारियो । तैपनि होस् आएन । चिकित्सकहरुले त्यति वेलै भनेका थिए ‘स्टोक भएको दुई घण्टा भित्रै अप्रेशन गर्न पाएको भए सहज हुन्थ्यो । ढिला भयो । धेरै रगत जमेका कारण समस्या देखियो ।’ शुरुमै डाक्टरहरुले भनेका थिए ‘यस्ता विरामीको समान्यतया दुई वर्षमा होस खुल्छ । छ वर्षमा खुलेको केस पनि छ । बिरामी फिजिकल्ली ठिक छ । नर्मल अवस्थामा आउन कम्तिमा तीन महिना लाग्न सक्छ, रिकभर हुन पनि सक्छ, नहुन पनि सक्छ । अव नेपालमै लैजादा हुन्छ ।’ 
उही स्तरको उपचार नेपालमै हुन्छ भने दिल्लीमा किन राख्ने ? चक्रलाई काठमाडौं ल्याइयो । दश दिन नर्भिक र त्यस पछिका सात महिना डाक्टर उपेन्द्र देवकोटाको न्युरो अस्पताल बासवारीमा राखियो । 
डाक्टर देवकोटाले नै सल्लाह दिए ‘भाउजु अव दाईलाई घरमै लैजान उचित हुन्छ । यहा“ धेरै राख्दा शरिरमा इन्फेक्सन हुन सक्छ । 
अचेत भएर ढलेको दश महिना पछि चक्र घर फर्किए । आफैले रोजेर किनेको जग्गा, मन लागेको डिजाइएनमा बनाइएको रहर लाग्दो घर । देश विदेशवाट रोजी रोजी ल्याएका समानले सजाइएका कोठा । थरी थरीका फूलको बगैचा । स्वर्ग समानको त्यो घरमा पुग्दा सारा दुख, चिन्ता, दुर हुन्थ्यो । 
तर यस पटक उनी खुसी व्यक्त गर्न सक्ने अवस्थामा थिएनन् । घर रमाइलो हुन वातावरण पनि रमाइलो हुनु पर्ने रहेछ । 
कुसुमले सबै सुविधा राखेर बैठक कक्षलाई अस्पतालको रुप दिइएन । ‘ओछ्यान परेका श्रीमानलाई एक्लै स्यारिन्, छ वर्ष । कति पत्नीको माया पोखिन्, कति आफ्नो मातृत्वको अंश त्यसमा मिसाईन् ।’  

श्रीमान् ढले पछि कुसुम एक्लै भइन । एक दिन हैन, दुई दिन हैन, वषौंसम्म अचेत चक्रको हेरचाह, व्यवहारिक रुपमा घरजम गरेर वसेका छोरीहरु (सुम्नि र गरिमा) बाट सम्भव थिएन । ढले देखि न हात उठाउन सक्नछन्, न खुट्टा चलाउन । न हल्लिन सक्छन्, नत बोल्न । एक सेकेण्ड उनलाई एक्लै छोड्न सक्ने अवस्था थिएन । हेरचाह र उपचारको प्रवव्ध मिलाउने देखि घर व्यवहार धान्ने जिम्मेवारी एक्ली कुसुममा आई परेको थियो । 
सधै बुद्धिजिवी, कुटनीतिज्ञ र पार्टीका कार्यकर्ताको चहलपहल हुने घर अव अस्पताल जस्तै भयो । कुसुमले अचेत श्रीमानलाई जसरी राखिन्, त्यो तहको सेवा अरु कुनै श्रीमतीबाट सम्भव होला ? कल्पना वाहिरको कुरा हो । त्यति वेला मिडियाले उठाएको प्रश्न हो यो । 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लेखेका छन् ‘२ हजार १ सय ८ दिन, विधिवत निधन मात्रै असोज २७ गते राति भयो । तर २ हजार १ सय ८ दिनदेखि उहा“ सो सरहकै अवस्थामा हुनुहुन्थ्यो । जीवित हुनुहुन्थ्यो, तर जीवन थिएन । आफ्ना पतिलाई का“खको बच्चाजस्तो गरेर यतिका दिनसम्म स्याहार गर्नु एक ढंगको तपस्या सरह थियो । उहा“की जीवन साथी कुसुम बाँस्तोलाको प्रशंसा सबैले यसकारण पनि गरिरहेका छन् की त्यो एउटा उदाहणीय नमुना वनेको छ, खासगरी सबै दम्पत्तिका लागि । जुन बेला हाम्रा पारिवारिक सम्वन्धहरुमा प्रेम, विश्वास र समर्पणको मात्रमा ह्रास हुदै हु“दै गएको छ ।’  
एकोरो सेवा र उपचार मात्र गरिरहदा एक दिन कुसुमले आफ्ना पतिदेवलाई धेरै आग्रह गरिन्, हामी तपाईलाई ठिक बनाउन पल पल लागि परेका छौ । केही थाहा पाइरहनु भएको छ की छैन । कान नजिकै मुख जोडेर भनिन् ‘तपाईलाई कस्तो छ । केही थाहा पाउनु हुन्छ की हुन्न ।’ चक्र झसंग भए । अर्को दिन चक्र वेडमा थिए । कुसुमले कानैमा मुख जोडेर भनिन् ‘तपाई सुन्नुहुन्छ की सुन्नुहुन्न ।’ कुसुमले लेखकलाई भनिन् ‘के के सुनाए, बिर्सि पनि सके । सुनाउदा सुनाउदै धेरै वेर कुरा गरे पछि भने ल त मेरो कुरा सुन्नुहुन्छ भने एउटा हात उठाएर देखाउनुस् त आज । सक्नुहुन्छ तपाई । म को वोल्दै छु थाहा छ नी चिन्नु भयो । मैले गालामा किस गरे पछि त उहा“लाई थाहा भैहाल्छ नी म आए भनेर । हात खेलाई रहेकी थिए, माडि रहेकी थिए । गर्दा गर्दै त उहा“ले एउटा हात जुरुक्क उठाई दिनु भयो । त्यही दिन मैले थाहा पाए । उहा“ सुन्न चाँही पुरै सुन्नुहुन्थ्यो तर केही गर्न नसक्ने । खुट्टामा यसो चलाई दिए भने कुतकुत लागे जस्तो हुदो रहेछ, जुरुक्क तानेर घुडा खुम्च्याई हाल्ने । अनी बेला बेलामा दाहिने हात चलाई रहने । म गुन गनु गर्ने भनेकै उहा“को कानमै गएर हो । छेउमा कुर्सी लगेर गाला जोडेर, म्वाई खाएर माया गरि रह्यो उहा“लाई थाहा हुन्छ । मुख चलाई रहने चलाई रहने आखा“ले यसो हेर्ने, आखा“ जुधाउने, सक्दिन म केही गर्न सक्दिन भन्ने उहा“को फिलिङ दुई चार पटक पाए । आखा“ घुमाएर, मलाई हेर्दै सक्दिन भन्नु भएको  मैले वुझे ।’ 
चक्र ढलेको दुई वर्ष पुगे पछिको कुरा हो । एक दिने सपनामा उनी आए । अनकन्टार डाडामा हराएकी थिइन कुसुम । डाडा माथि उक्लिए पछि चप्पल पनि भिरवाट झ-यो । कोही छैन ।
कुसुमले लेखकलाई सपना सुनाइन् ‘म अलमलमा छु । मेरो वुढा आउनुभयो । हातमा समातेर यता हो भन्दै डाडाको बाटो कता कता लग्नु भयो । पहिला त डाडा वाहेक केही देखेको थिइन । माथि पट्टी निकाल्नुभयो । त्यहा त विशाल मन्दीर रहेछ । लिएर जानु भयो । हामीले हातखुट्टा धोयौ । पुजा ग-यौं । व्युझिए पछि विहानै (पाच वजे) उहासग आएर भने आज मेरो वुढाले मलाई कस्तो राम्रो मन्दीरबाट डाँडा कटाएर वाहिर निकाल्नु भयो । अव त ठिक हुन्छ भनेर म विश्वस्त भए ।’ 
त्यस दिन पछि कुसुमलाई लाग्यो ‘अव त म उहालाई पुरानै अवस्थामा पाउन सक्छु ।’ चक्र निको भएर राजनीतिमा फेरी सकृय होलान् भन्ने त उनले कहिल्यै सोचिनन् । डाक्टर र भेट्न आउने शुभचिन्तकहरु सुनाउथे ‘फलनो ठाउ“मा यस्तै विरामी छ वर्ष, आठ वर्ष, पन्ध्र, अठार, तेइस वर्षमा पनि फर्किए रे ।’ फलानाले त लाईभ अन्तवार्ता नै दिए भन्ने पनि सुनाए । 
कोही दुई तीन वर्षमा फर्किएका कुरा सुनाउथे । यही काठमाडौंमा समेत त्यस्तो भएको रहेछ भन्थे । 
कुसुमलाई चक्र उठेर हिड्न नसके पनि वसेर वोल्न सक्ने हुने छन् भन्ने विश्वास थियो । होस आयो भने त संसारको जुनसुकै अस्पतालमा लगेर भए पनि ठिक वनाउछु बनाउछु भन्ने आत्मविश्वास भित्री मनमा थियो । वाहिर नभनेको मात्र हो ।  
चक्र विरामी भएको केही वर्षपछि कुसुमको मनमा लागि रहन्थ्यो –निको भएर राजनीतिक रुपमा सकृय हुनु होला भनेर कहिल्लै सोचिन । मनमा एउटै धोको थियो । केही गर्न नसके पनि बसेर आफ्ना अनुभव सुनाउन सक्नुहोस् । राजनीतिमा पाएको अनुभव भावी पुस्ताको नासोका रुपमा प्रकाशन गराउन सक्नु होस् । भगवानले मेरो त्यो प्राथना सुनेन । छ वर्षसम्म अचेत रहेर २०७५ असोज २७ मा गैहाल्नु भयो । 




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |