गान्धीसंगको भेटका बारेमा भट्टराईले ३०, माघ २००४ को युगवाणी साप्ताहिक लामो आलेख नै लेखेका छन् ।
गान्धीसंग भोलि भेट्ने गरी बिदा भएका भट्टराई र सिंहबीच पत्र लिएर को नेपाल फर्किने भन्ने छलफल चल्दै थियो । त्यति नै बेला कोइराला छुटेको समाचार आईपुग्यो ।
भारतमा महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्रता आन्दोलन जारी थियो । तिनै ताका यता नेपालमा राणाको कोपभाजनमा परि बीपीका पिता पिता कृष्णप्रसाद कोइराला सपरिवार भारत प्रवासमा थिए । बाल्यकालमै प्रवासिन वाध्य बीपी बनारसमा पढ्दै थिए । त्यसैले पनि भारतीय स्वतन्त्रता आन्दोलनको छाप उनी माथि परेको थियो । आफै स्वतन्त्रता आन्दोलनमा सहभागी भए । भारतीय जेल परे । त्यति बेलै उनी गान्धी, जयप्रकाश नारायण, जवाहलाल नेहरु र भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसादको नजरमा परि सकेका थिए ।
गान्धी बीपी भेट, फोटो सौजन्य : सञ्जय पन्थी
भारत स्वतन्त्र हुने पक्का पक्कि भएपछि बीपीले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरी राणा विरोधी आन्दोलनको तयारी शुरु गरे । त्यस क्रममा विराटनगर मजदुर आन्दोलनका क्रममा पक्राउ परे । छुटे । फेरी गोप्य ढंगवाट काठमाडौं आएका उनी पक्राउ परे । त्यो बेला बीपीलाई कालकोठरीमा राखिएको थियो । कसैसंग सम्पर्क गर्न नदिएर ।
अन्तमा उनले वडो सजकतापूर्वक पठाएको पत्र प्राप्त भएपछि परिवार र पार्टीका सहकर्मीले उनी जेलमा रहेको थाहा पाए ।
लामो समय राणाको कालकोठरीमा वन्दी हुनु पर्दा बीपीको स्वास्थ्य कमजोर वन्दै गएको थियो ।
तर उनको रिहाईका लागि कुनै उपाय भेटिएको थिएन । त्यो अवस्थामा भारतमा रहेका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई यो मिसनका लागि गान्धीको सहयोग लिनु पर्छ भन्ने निष्कर्षमा पुगे ।
ति दिन नेपालमा तुलनात्मक रुपमा नरमपन्थी मानिएका प्रधानमन्त्री पद्म शमसेर शासन सत्तामा थिए। तर पनि शक्तिमा चन्द्र शमसेर खलककै बोलबाला थियो।
बीपीलाई छुटाउने उपायको खोजीमा रहेका सिंह र भट्टराई भारतीय नेता डा. राममनोहर लोहिया कहाँ पुगे ।
उनैको सहयोगबाट गान्धीसम्म पुग्न सम्भव भयो ।
भारतमा जातिय दंगा फैलिएको थियो ।
ति दिन पश्चिम बंगालमा हिन्दू–मुस्लिम दंगा जारी थियो। दंगास्थल नोआखलीका लागि रवाना भएका गान्धी कलकत्ताको बेलियाघाटामा थिए ।
केही समयका लागि उनको मुकाम त्यही नै थियो। हजारौं अनुयायीसहित गान्धी त्यँहा पुगेका थिए। तत्कालीन समयमा गान्धी जँहा पुग्थे, त्यँहा मानिसको भीड हुन्थ्यो। किनकि, गान्धी ‘भारत छोडो’ आन्दोलनका सारथी थिए।
सिंह र भट्टराईले गान्धीलाई बिपीको अवस्थाबारे जानकारी गराए। अनी गान्धीले नेपालका प्रधानमन्त्रीलाई चिठी बताए ।
स्वतन्त्रता आन्दोलनका क्रममा तीन वर्ष भारतीय जेलमा वसेकाले गान्धीको मनमा बीपीको छाप छदै थियो । भारतीय स्वतन्त्रता आबन्दोलनमा बीपीको संलग्नता र उनी पटनामा बस्ने गरेको भन्नेसम्म बीपी गान्धी ‘अपडेट’ रहेछन् ।
सिंह र भट्टराईले बीपीको रिहाईको कुरा गर्दा गान्धीलेभ नेका थिए – ‘अच्छा वही कुइराला जो पटना मे रहते है ।
नेपाली नेताबाट सबै कुरा थाहा पाएपछि
त्यो दिन गान्धीले सोधेछन् ‘मैले कसलाई के लेखिदिनु पर्यो, महाराजलाई वा प्रधानमन्त्रीलाई ?’
सिंह र भट्टराईले भने – राणा प्रधानमन्त्रीलाई लेख्नु पर्छ बापु ।’
गान्धी पत्र लेख्न तयार भए । नेपाली नेताहरुलाई भोली आएर चिठी लिएर जानु भनेर विदा गरे । तर त्यो दिन उनले चिठी लेख्न भ्याएनन । फेरी अर्को दिनका लागि वोलाए । त्यतिञ्जेल अन्तरिम प्रधानमन्त्री जवाहरलाल नेहरुले कोइरालाको रिहाईका लागि नेपालका प्रधानमन्त्रीलाई तार पठाई सकेका थिए ।
भट्टराईले भनेका छन्–गान्धीले बिपीको रिहाइका लागि निकै चासो दिनु भएको हो ।
पहिलो पटक सिंह र भट्टराई भेट्न पुग्दा गान्धी निवासमा सेविका आभा गान्धी थिइन्। उनले गान्धीलाई भोपालबाट सिंह र भट्टराई भेट्न आएको जानकारी गराइन्। अनी गान्धीले कोठामा पठाई दिन अनुमति दिए । तर त्यो दिन भोपालवाट कोही पनि उनलाई भेट्न आएका थिएनन् । अनी बल्ल भट्टराईले भोपाल नही नेपाल से भनेर ठट्टा गरेका थिए ।
यस प्रसंगमा भट्टराईले भनेका छन् –त्यसपछि आभा लाजले भुतुक्क भइन् .
गान्धीसंग भट्टराईको त्यो तेस्रो भेट थियो भने सिंहको पहिलो । भेटका बेला पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री सोहराबर्दी पनि त्यही थिए, जो गान्धीका उदार अनुयायी थिए। सिंह र भट्टराईले गान्धीलाई भेट्ना साथ डा. राममनोहर लोहियाले उनीहरुको परिचय सहित लेखिदिएको पत्र गान्धीलाई दिए ।
अनी बीपीको जेल जीवन र नेपालको प्रजातान्त्रिक आन्दोलन वारे जानकारी गराए ।
गान्धी ः म तपाईहरुलाई कसरी सहयोग गर्न सक्छु ? प्रधानमन्त्री जवाहरजीले तपाईहरुलाई सहयोग गर्नुहुनेछ’ ।
सिंह र भट्टराई ः नेहरुजीको सद्भाव त छँदैछ। तपाईको पत्रले नेपालका शासकको मन फेर्न सहज हुन्छ भन्ने हाम्रो विश्वास छ। यदि तपाइले एउटा मात्रै पत्र लेखिदिनु भयो भने शासकहरुमा त्यसको निक्कै ठूलो प्रभाव पर्नेछ। नागरिक तहमा नैतिक साहस पनि बढ्नेछ’
गान्धी ः ‘त्यसो भए म लेखुँला, कोइरालाजीलाई छाडीदेउ भनेर। छुटेपछि पटनामैं फर्कनुहुन्छ नि ?,’
त्यति बेलै क्यान्सर पीडित रहेका बीपीलाई तत्काल रिहा नगरे उनको मृत्यु हुन सक्ने डर थियो ।
भट्टराईले भने ‘बापु, त्यस्तो शर्त राखेर छुट्दा माफी मागेजस्तो हुदैन् ?’
भारत छोडो आन्दोलनका बारेमा पूर्ण जानकार भट्टराईले नम्र भाषामा थपेछन् ‘बापु, सन् १९४२ को भारत छोडो आन्दोलनकामा त्यस्तो शर्त मानी छुट्नेहरुलाई देशप्रेमीहरुले कस्तो ईज्जत गरेका थिए। त्यसले गर्दा आन्दोलनको नैतिक बल कतिसम्म कमजोर भएको थियो ? त्यस बारेमा स्वयम् जानकार हुनुहुन्छ। मैले बताउनु पर्छ र ?’ प्रति उत्तरमा गान्धीले भने ‘हो, यो त अलि नराम्रो नै हुन्छ है। मेरो स्मरणमा पनि त्यो प्रभाव हराएको छैन।’
भट्टराईका अनुसार निहित उद्देश्यले पुगेका सिंह र भट्टराईसँग गान्धीले उक्त जिज्ञासाबाट परीक्षा लिएका थिए । त्यसो त संवाद र मनोविज्ञान बुझ्न गान्धीमा तिलस्मी नै थियो।
गान्धीले कोईरालाको रिहाइका लागि लेखिदिने पत्रको व्यहोरा अवगत गराउदै, यसरी लेखे कसो होला ? भन्ने जिज्ञासा तेर्स्याए। ‘अहिले कोईरालाजीलाई छाडीदेउ, ‘उनका पिताको पनि नजरबन्द अवस्थामा नै मृत्यु भएको हो। यदि छोरा पनि त्यसरी नै जेलमा मरे भने, जनतामा सरकार प्रति घृणाभाव बढ्नेछ। कोईरालाको उपचार नेपालमा संभव छैन। उनी छुटेपछि उपचारका लागि बम्बई पुग्नेछन्। फेरी फर्किएर तिम्रो सरकारका पुलिस र सेनाले उनलाई सजिलै नियन्त्रणमा लिन सकिहाल्नेछ ।’
गान्धीले पत्रको व्यहोरा सुनाएपछि भट्टराईले भने ‘हामीले चाहेको पनि यही हो। यो व्यहोरा ठिक छ ।’
गान्धी –‘तपाइहरुले मैले भन्न खोजेको कुरो बुझ्नु भयो ।
भट्टराई ः बुझे बापु । बुझे।
गान्धी– यस विषयमा कलकत्तामा रहेका अन्य साथीसंग पनि छलफल गर्नुहोस्। अनि भोलि ३ बजे पत्र लिन यहाँ आईपुग्नु। पत्र तयार हुनेछ।
त्यसबेला रातको ९ बजिसकेको थियो। बिदा हुने बेला गान्धीले लोहियालाई दिन तयार गरेको एउटा पत्र समेत सिंह र भट्टराईको हातमा दिए । नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि त्यो भेट ऐतिहासिक छ ।
त्यतिबेला, गान्धीजीको एक–एक सेकेन्डको पनि ठूलो महत्व थियो। उनलाई भेट्न देश विदेशबाट समेत मानिस आईरहेका हुन्थे। उनको समय र कार्यक्रमको व्यवस्थापन उनका अनुयायीबाट हुन्थ्यो।
तर पनि गान्धीले नेपाली प्रतिनिधि मण्डलसँग लगातार जानकारी राख्दैं तेस्रो दिन पनि भेट्न बोलाएका थिए। पत्रको सम्बोधनका बारेमा पहिला नै प्रयाप्त छलफल भैसकेको थियो।
अन्तिममा गान्धीले फेरी सोधे ‘प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेख्ने हैन त ?’
भट्टराई ः हजुर।’
एकछिन मौनता छायो। त्यत्तिकैमा गान्धीले भने ‘तपाईंहरुका एउटा महाराजलाई त म पनि चिन्दछु। शायद उनी अहिले गद्दीच्युत छन्। तरपनि केही मद्दत गर्न सक्छन् की ?’
भट्टराई ः जुद्धशमशेर हुन्। यतिबेला नेपालको शासनमा उनको केही चल्दैन। अधिकार पनि छैन। उनी यतै भारतमा निर्वासनमा छन्।’
गान्धीसंगको भेटका बारेमा भट्टराईले ३०, माघ २००४ को युगवाणी साप्ताहिक लामो आलेख नै लेखेका छन् ।
गान्धीसंग भोलि भेट्ने गरी बिदा भएका भट्टराई र सिंहबीच पत्र लिएर को नेपाल फर्किने भन्ने छलफल चल्दै थियो । त्यति नै बेला कोइराला छुटेको समाचार आईपुग्यो ।
त्यो जानकारी दिन भट्टराई र सिंह भोलिपल्ट पूर्व निर्धारित समयमा बेलियाघाट पुगे। गान्धी बंगालका मुख्यमन्त्री सोहराबर्दीका साथ व्यस्त रहेको जानकारी गराइयो।
भट्टराईले अर्जेन्ट छ बापु कहाँ नाम पठाई दिनुस् न भन्ने आग्रह गरे । सहयोगीको चिट पाउना साथ तत्काल वोलावट आई हाल्यो ।
सिंह र भट्टराई भित्र छिर्दा गान्धी नेपाल पठाउने पत्रको लेख्ने तयारीमा थिए ।
भित्र छिर्ना साथ भट्टराईले भने –बापु नेपालबाट खवर आएको छ की कोइरालाजी रिहा हुनु भयो ।
त्यो खबरले गान्धीलाई पुलकित बनायो ।
गान्धीको पत्र तयार हुनु अघि नै प्रधानमन्त्री नेहरुले बीपीको रिहाईका लागि नेपालका प्रधानमन्त्रीलाई तार पठाई सकेका रहेछन् ।
प्रतिक्रिया