देउवा ‘रिझाएर’ पाँच पटक प्रधानमन्त्री हुनु भयो, अब जनता रिझाउनुस्

image

पाँचौं पटक प्रधानमन्त्री भैसक्दा पनि शेरबहादुर देउवा पुनः त्यही रिझाउने नीति अख्तियार  गर्दै छन। फलस्वरूप सरकार गठन भएको एक महिना बित्न लाग्दा पनि बिस्वासिलो नीति तथा कार्यक्रमको प्रस्तुति गर्न सकेका छैनन् ।  नित्तान्त आवश्यक मन्त्रालयहरुमा मन्त्री मन्त्री चयन गर्न नसकेको अवस्था छ । जसले गर्दा प्रधानमन्त्री विवादित र अकर्मण्य सावित भएका छन् । 

सत्ताईस वर्ष अघि (२०५२ भदौ २७) पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि  शेरबहादुर देउवाले प्रदर्शन गरेको चारित्रीक गुण शत्तामा टिकी रहने प्रयास हो । आफू सत्तासिन हुन  “सबैलाई समेटन सक्ने क्षमता” आफूसंग भएकोमा तिनलाई गर्ब छ । पर्यबेक्षकका निमित्त यो तिनको “ सबै लाई रिझाएर” सत्तामा टिकिरहने रणनिती मात्र हो । प्रधानमन्त्री देउवाका निमित्त बिगतमा तिनले अख्तियार गरेको रिझाउने रणनीति लाभप्रद भने हुन सकेन । जति जती तिनी आक्रामक भएर रिझाउने नीतितर्फ अग्रसर भए,  त्यति त्यती  नै तिनको सत्ता अबधी छोटिएको पाइन्छ । पाँचौं पटक प्रधानमन्त्री भैसक्दा पनि शेरबहादुर देउवा पुनः त्यही रिझाउने नीति अख्तियार  गर्दै छन। फलस्वरूप सरकार गठन भएको एक महिना बित्न लाग्दा पनि बिस्वासिलो नीति तथा कार्यक्रमको प्रस्तुति गर्न सकेका छैनन् । 
नित्तान्त आवश्यक मन्त्रालयहरुमा मन्त्री मन्त्री चयन गर्न नसकेको अवस्था छ । जसले गर्दा प्रधानमन्त्री विवादित र अकर्मण्य सावित भएका छन् । 


पाँचौं पटक प्रधानमन्त्री भएका देउवाबाट देशवासीले के आशा गर्ने ? 
यस प्रश्नको संक्षिप्त र सटिक अथवा प्रष्ट उत्तर दिन तिनका समर्थकहरु मात्र होइन, उनी आफू पनि अझै तयार छैनन्। प्रधानमन्त्री पद प्राप्त गर्नु पूर्ब त्यस्ता प्रश्नको उत्तर दिने क्षमता हुनु आवश्यक थियो। नियुक्त भएको तीन हप्ता बिति सक्दा पनि आमनागरीकले उत्तर नपाउनु अशुभ हो, उनी जस्तो राजनीज्ञ तथा राष्ट्रबासीका निमित्त। त्यसो हुनुको प्रमुख कारण देउवाको “रिझाएर” सत्तामा हाबी हुने रणनिती नै हो। जुन संकटग्रस्त मुलुकका निमित्त कुनै पनि हालतमा शोभनीय छैन। 

फर्केर हेर्दा 
प्रथम पटक देउवा प्रधानमन्त्री नियुक्त हुदा सर्बमान्य नेता गणेशमान सिंह र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अत्यन्तै हर्षित थिए । उहाँहरु दुबैका निमित्त प्रतिद्वन्द्वि गिरिजाप्रसाद कोइरालाको विस्थापन अत्यन्त महत्वपूर्ण घटना थियो । शेरवहादुर देउवा प्रधानमन्त्री भएकोमा भन्दा गिरिजाप्रसाद वर्हिर्गमन भएकोमा उहाँहरु हर्षित हुनुहुन्थ्यो । 
अर्कोतिर गिरिजाप्रसादको अटेरी स्वभावबाट थकित थिए, राजा बीरेन्द्र । त्यस कारण उनका निमित्त पनि देउवाको आगमन सुखद समाचार थियो । 
त्यसै गरी गिरिजाप्रसादको कम्युनिष्ट विरोधी आचरणबाट थकित भएका एमाले नेताहरुका निमित्त पनि देउवाको आगमन शुभ समाचार थियो ।  


नेपाली कांग्रेसका तीनै नेता गणेशमान, कृष्णप्रसाद तथा गिरिजाप्रसादबीच एक मत नै थियो, नव नियुक्त प्रधानमन्त्री देउवाको विगत जस्तै आज्ञाकारी कार्यकर्ता हुने छन भन्नेमा । नयाँ प्रधानमन्त्रीले आफूले आए अह्राए वमोजिम गर्ने छन् भन्नेमा तीनै नेता विश्वस्त थिए । 
तीनै विच एक प्रकारको अदृष्य प्रतिश्पर्धा थियो, देउवाले कसले भनेको बढी मान्छन् भन्नेमा । 
सिंह, भट्टराई र कोइराला देउवाले आफ्नो इशारा अनूरुप राज्य सञ्चालन गर्ने छन् भन्नेमा थिए । अनुशासीत चरित्र र अग्रजहरुको आदर गर्ने स्वभावका देउवाका निमित्त तिनै नेताको अविभावकीय  भूमीका स्वीकार्य थियो। तर राज्यसंचालनमा कसैको पनि हस्तक्षेप स्वीकार्य थिएन । 
राज्य सञ्चालनको शुक्ष्म ब्यबस्थापनका लागि लालायित नेताहरुलाई भूमीका सुम्पन प्रधानमन्त्री देउवा तयार थिएनन् । 
त्यसकारण नियुक्तीको केही महिना पुरा गर्दा देउवा नेतात्रयका निमित्त “कामै नलाग्ने “ भैसकेका थिए। आफ्ना नेताहरु बेखुस देखे पछी देउवा दरबार रिझाउन अग्रसर भए। राजा बीरेन्द्रका निमित्त प्रधानमन्त्री  देउवा बफादार साबित भए । 
संगै जेल जीवन बिताएका कतिपय एमाले नेताहरु देउवाबाट लाभ हासिल गर्न लालायित थिए। देउवा पनि उनीहरुलाई कनिका छर्न अग्रसर नै थिए। त्यसै बीच माओबादीले “जनयुद्व” घोषणा गरेर एक पछी अर्को प्रहरी चौकीमा आक्रमण गर्न थाले।  
 
अर्कोतिर देउवा प्रधानमन्त्री नियुक्त भएको दिन देखि पार्टी सभापति गिरिजाप्रसाद कोइराला बेखुस थिए । उनका लागि आफू बाहेक अर्को ब्यक्ति प्रधानमन्त्री बनेको स्वीकार्य थिएन। 
पार्टी सभापतिका निमित्त देउवा “प्रधानमन्त्री” अथवा “पीएम” भएनन्, तिनी मात्र “शेरे” भए । 
अन्तः गिरिजाप्रसादसंग देउवाको जोड चलेन । मौका पाउना साथै देउवा खडा भएको राडी उनलाई भुक्याएर गिरिजाप्रसादले तानी दिए।
संसदमा विश्वासको मत लिन देउवा आफैले प्रस्ताव राखेका थिए । त्यही मौकामा गिरिजाप्रसादले रणनीति चलाए “आफ्ना त आफ्नै हुन” । मतदानका बेला देउवाका दुई सांसद सदनमा अनुपस्थित हुने  बातावरण वनाई दिए । देउवा उत्तानो परेर पछारिए। 


देउवाका लागि दोश्रो कार्यकाल २०५८ साउन १० प्रथम भन्दा अप्रत्यासीत थियो। माओबादीका विरुद्व सेना परिचालन सम्वन्धी विवादले गिरिजाप्रसाद कोइरालालाई राजाका सामुन्ने राजीनामा दिनु पर्ने परिस्थिती आइलाग्यो । गिरिजाप्रसादको क्षत्र छाँयामा रहेका सुशील कोइरालाको सामना देउवाले गर्नु परेको थियो संसदीय दलको नेताका निमित्त। 
सुशीललाई हराएर प्रधानमन्त्री पद पद प्राप्त गर्न सफल देउवा गिरिजाप्रसादको आँखाको कसिंगर साबित भए। त्यति बेला उनी पार्टी सभापति  गिरिजाप्रसाद कोइराला तथा महत्वकाक्षी राजा ज्ञानेन्द्रको चेपुवामा परे । गिरिजाप्रसादको “अर्बिट” बाट  देउवा, राजा ज्ञानेन्द्रको चक्रव्युह्रमा फसे । ज्ञानेन्द्रको इसारामा तिनले संसद बिघटने र नेपाली कांग्रेसको बिभाजन गरे। 
आफ्नो अभिष्ट पुरा हुना साथ राजाले देउवालाई “असक्षम” घोषित गर्दै बर्खास्त गरी दिए। 
तिनै राजाले फेरी तेस्रो कार्यकालका लागि २०६१ जेष्ठ २८  देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरे । यस पटक कुटील खेलाडी राजाको जालोमा देउवा मात्र परेनन्, एमाले पनि फस्यो । आफनो अभिष्ट पुरा हुदा साथ “गोर्खाली राजाबाट न्याय” पाएका देउवा तथा “प्रतिगमन आधा सच्चिएको” ठहर गर्ने एमालेलाई राजा ज्ञानेन्द्रले ८ महीना सम्म लप्सी चुसेर बिया मिल्काएर जस्तै गरी फाली दिए । 


दोश्रो जनआन्दोलन कालखण्ड र त्यसपछिको कालखण्डमा ओझेलमा परेका देउवा गिरिजाप्रसाद तथा सुशील कोइरालाको अवसान पछी पुन कांग्रेसको नेतृत्वमा उदाउने भाग्यशाली ब्यक्ति हुन। उनलाई  कांग्रेसको सभापति र संसदीय दलको नेता हुने अबसर प्राप्त भयो। यस पटक भने तिनी माओबादी नेता पुष्पकमाल दाहालको माखे साङलोमा फसे । दाहालको मतियार भए बापत तिनलाई चौंथो पटक प्रधानमन्त्री हुने अबसर प्राप्त भयो । दाहालकै जालोमा फसेर उनी स्थानीय चुनाबमा माओबादीसंग अँगालो हाल्न पुगे । 
संघीय संसदको चुनाबमा दाहालले तिनलाई उत्तानो परेर पछारे र खडगप्रसाद ओलीसंग सहबास गर्न पुगे । 
तर पनि नेपाली कांग्रेसलाई “लज्जास्पद हार” को भारी बोकाएका सभापति देउवा दाहाललाई सुनको थालीमा राखेर पाँच बर्षका निमित्त नेपाली काग्रेसको समर्थनमा प्रधानमन्त्री भैदिन आग्रह गर्दै निमन्त्रण गर्न पुगे । 
दुई तिहाई वहुमत प्राप्त खडगप्रसाद ओलीको एमालेसंग दुई बर्ष पछि अर्थात आधा अबधी पछी उत्तराधिकारी हुने बचन पाएका दाहाललाई शेरबहादुर भन्दा खडगप्रसादको प्रस्ताब बढी लाभप्रद थियो। 

तर सत्तामा पुगेपछि खडगप्रसादको पटक पटकको खडग प्रहारले नेकपाका दुई नेता पुष्पकमल दाहाल तथा माधब नेपाललाई सख्त घाइते तुल्याई दियो। अहिले चोट पटक पिडीत ति दुई नेता शेरबहादुरको सामिप्यमा पुगेका हुन । शेरबहादुर तिनै पुष्पकमल दाहाल तथा माधब नेपालको उक्साहट र समर्थनमा पाँचौ पटक प्रधानमन्त्री भएका हुन् । 
बिडम्वना तिनै पुष्पकमल दाहाल र माधब नेपालको चक्रव्युह्रमा फसेर प्रधानमन्त्री शेरबहादुर निरही प्रमाणित भएका छन । नियुक्ति पाएको एक महिना बित्न लाग्दासम्म पनि सरकार संचालनका निमित्त प्रधानमन्त्रीले मन्त्रीहरु समेत पाएका छैनन् । 
सदाबाहार ढुलमुले चरित्रका माधब नेपाल आफ्नो गुटको स्वार्थमा छन् । सरकारलाई विश्वासको मत दिएका छन्, तर अर्को तिर सरकारमा सहभागी नहुने भनिरहेकै छन् । देउवा उनैको वलले पिङमा मच्चि रहेका छन् । 
उता पुष्पकमल दाहाल आफ्ना नेता कार्यकर्ताहरु मध्ये कुन ब्यक्तिहरुलाई मन्त्री पदमा चयन गर्दा आफ्नो स्वार्थ सिद्ध हुन्छ, त्यसको जोखनामा रुमल्एिका छन । अंकगणीतिय हिसाबले शेरबहादुर बाबुरामरउपेन्द्र यादबको बुइ चढेर बैतरणए तर्न सक्ने अबस्थामा छैनन् । 

आग्रह  
निश्चय पनि देउवाका निमित्त पाँचौं पटकको प्रधानमन्त्रीत्व अत्यन्त महत्वपूर्ण अबसर थियो। अझै छ। बिगतमा आफ्नै दलका नेताहरुबाट सताइएका, राजा तथा कमुनिष्टहरुबाट पटक पटक उपयोग गरिएका देउवाका निमित्त “रिझाएर ” राज्य संचालनको बिकल्प खोजिनुको अर्को बिकल्प पनि छैन । इतिहासमा स्थान पाउने हो भने, देउवाले भारतमा चन्द्रशेखर तथा डा. मनमोहन शिंह ले जस्तै पदलाई दाउमा राखेर देशको प्रधानमन्त्री बन्ने अठोट गर्नु पर्ने घडी आएको छ। 




प्रतिक्रिया


  1. I am sure this paragraph has touched all the internet viewers, its really really pleasant piece of writing on building up new webpage.

    Thank you for any other informative site. The place else could I am getting that kind of info written in such an ideal approach? I have a mission that I'm simply now operating on, and I've been at the glance out for such information.

    It is in reality a great and helpful piece of information. I am glad that you shared this helpful information with us. Please keep us informed like this. Thanks for sharing.

    Normally I don't learn post on blogs, however I wish to say that this write-up very forced me to check out and do it! Your writing style has been surprised me. Thank you, very nice article.

    Great post.

    Hi there would you mind stating which blog platform you're working with? I'm looking to start my own blog soon but I'm having a difficult time making a decision between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your design and style seems different then most blogs and I'm looking for something unique. P.S Apologies for getting off-topic but I had to ask!