बीपीले भनेका छन् “म प्रधानमन्त्री हुँदा सुशीलाले त्यो पदमा नजान सल्लाह दिएकी थिइन् । उनको विचारमा मलाई सत्तामा नगैकनै प्रभाव जमाउन गान्धीको जस्तो भूमिका सुहाउँथ्यो । सत्तामा जान अस्वीकार गरेको भए जनतामाझ मेरो उचाइ बढ्थ्यो र जनताको सेवा गर्न सत्ताभन्दा अरु राम्रा माध्यमहरु छन् भन्ने सन्देश मेरा सहकर्मी र राजनीतिक कार्यकर्ताहरुलाई जान्थ्यो । मेरो यो कदमले सत्ताको होडबाजीमा रोक लगाउँथ्यो ।”
बीपीले भनेका छन् “म प्रधानमन्त्री हुँदा सुशीलाले त्यो पदमा नजान सल्लाह दिएकी थिइन् । उनको विचारमा मलाई सत्तामा नगैकनै प्रभाव जमाउन गान्धीको जस्तो भूमिका सुहाउँथ्यो । सत्तामा जान अस्वीकार गरेको भए जनतामाझ मेरो उचाइ बढ्थ्यो र जनताको सेवा गर्न सत्ताभन्दा अरु राम्रा माध्यमहरु छन् भन्ने सन्देश मेरा सहकर्मी र राजनीतिक कार्यकर्ताहरुलाई जान्थ्यो । मेरो यो कदमले सत्ताको होडबाजीमा रोक लगाउँथ्यो ।” पत्नी सुशीलाको इच्छा विपरीत आफू पहिला गृह मन्त्री र प्रधानमन्त्री बनेको कुरा फेरि सुन्दरीजल पुस्तकमा बीपीले उल्लेख गरेका छन् ।
२०१५ साल फागुन ७ गते शुरु भएको मुलुकको पहिलो संसदीय निर्वाचनको परिणाम सार्वजनीक हुन डेढ महिना लाग्यो । १०९ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसले ७४ सिट सहित दुई तिहाई वहुमत पयो । पार्टीका परिकल्पनाकार बीपी प्रधानमन्त्रीका स्वभाविक हकदार थिए । तर पनि बीपी र सुवर्णमध्ये को प्रधानमन्त्री हुने भन्ने बहस चुलीमा थियो । मन्त्रिपरिषद््का अध्यक्ष एवं कांग्रेस नेता सुवर्णशमशेरको निवास बालुवाटारमा जर्साब (सुवर्ण) प्रधानमन्त्री बन्ने भनेर स्वागतको तयारी थियो ।
यता पार्टीमा बीपी र सुवर्णमध्ये को प्रधानमन्त्री हुने भन्ने कलह बढ्दै थियो । झगडाको आगोमा घिउ थप्ने काम राजा महेन्द्र पनि गरिरहेका थिए । त्यसको ज्वलन्त उदाहरण थियो— चुनाव जितेकामा सभापति बीपीलाई होइन, मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णको नाममा राजाले बधाई सन्देश पठाउनु । राजाले सन्देशमा सुवर्णलाई लेखेका थिए, “तिमी र तिम्रो पार्टीले जितेकोमा बधाई !”
अर्थात् दरबारको स्पष्ट सन्देश थियो— सुवर्णलाई नै प्रधानमन्त्री बनाउने । निर्वाचित सांसदहरु भने अन्योलमा थिए । यो वातावरणले कांग्रेस वृत्तमा हलचल पैदा ग¥यो । किनभने सुवर्णशमशेर निर्विरोध
हुन सक्ने अवस्था थिएन । दलको नेतामा उनले उम्मेदवारी दिए
अर्का नेता गणेशमान सिंहले उठ्ने घोषणा गरिसकेका थिए—
बीपीको उत्तराधिकारीको रुपमा । पार्टीभित्रको यस्तो किचलोले सधैं राजनीतिभन्दा बाहिर रहँदै आएकी बीपीपत्नी सुशीला चिन्तित थिइन ।
बीपी प्रधानमन्त्री भए राजाले फेरि दुःख दिन्छन् र प्रजातन्त्र नै सङ्कटमा पर्छ भन्ने डर उनमा थियो । यसअगि बीपी र मातृकाको झगडाबाट आजित सुशीलाले आफ्ना पतिलाई प्रधानमन्त्री नबन्न सुझाब मात्र होइन, दबाबै दिइन् । सुशीलाको भनाइ थियो, ‘महात्मा गान्धी कहिल्यै प्रधानमन्त्री भएनन् । जयप्रकाश नारायण र राममनोहर लोहिया सत्ता राजनीतिका कारण नेता भएका होइनन् । त्यसैले तपाईं पनि पार्टीको सभापति भएर बस्नुस्, सुवर्णजीलाई प्रधानमन्त्री
हुन दिनुस् ।”
कांग्रेसका जन्मदाता र २००७ सालमा प्रजातन्त्र बहाली गर्ने आन्दोलनको नेतृत्वकर्ता बीपीलाई आफैले निर्माण गरेको पार्टीले प्रचण्ड बहुमत ल्याउँदा देशको पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने प्रमुख हक थियो । उनले महामन्त्री श्रीभद्र शर्मासँग भनेका थिए, “साथी हो, मलाई नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने अवसर दिनुपर्छ । म केही महिनापछि सुवर्णजीका पक्षमा प्रधानमन्त्री पदबाट राजीनामा गरी पार्टी सङ्गठनका लागि बाहिर आउनेछु ।” तर राजाले कुनै पनि हालतमा बीपीलाई प्रधानमन्त्री हुन दिने छैनन् भन्ने चर्चा चलिरहेकै थियो । त्यसैले कांग्रेसभित्र राजाको चाहना विपरीत बीपीको नेतृत्वमा सरकार बने पनि टिकाउ नहुने त होइन ? यदि यसै हो भने बीपीको सट्टा सुवर्णलाई पो प्रधानमन्त्री बनाउनुपर्ने हो कि भन्ने मत पनि केही नेताहरुमा थियो । त्यसैले पार्टीमा दुई थरी विचार थिए— एउटा बीपीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने, अर्को सुवर्णको पक्ष लिने । स्वयं सुवर्ण भने बीपीकै पक्षमा थिए ।
पार्टीभित्रको किचलो र घरभित्रै श्रीमतीले प्रधानमन्त्री नबन्न दिएको दबाबबाट बीपी चिन्तित थिए । एक दिन उनले कांग्रेस नेता विश्वबन्धु थापालाई भने, “ल त विश्वबन्धु, भाउजूलाई सम्झाउ न यार !”
कोइराला परिवारमै हुर्किएका थापा परिवारकै सदस्यको हैसियतमा बीपीसँगै नागपोखरीको एउटै घरमा बस्थे । उनीहरुको पारिवारिक सम्बन्ध थियो । पिताजी कृष्णप्रसाद कोइराला प्रवासमा भएका बेला भारतको सहर्षा टेढीमा एउटै गाउँमा बसेका थिए कोइराला र थापा परिवार । कृष्णप्रसादले विश्वबन्धुकी आमाबाट भाइटीका लगाएका थिए तर विश्वबन्धु एक वर्षको हँुदा उनकी आमाको देहान्त भयो । त्यसपछि कृष्णप्रसादले भान्जा विश्वबन्धुलाई कोइराला निवासमै राखेर पढाए । आमनिर्वाचनसम्म बीपीसँगै बसेका उनी कांग्रेस संसदीय दलको प्रमुख सचेतक भएपछि मात्र अलग बस्न थालेका हुन् ।
थापाले लेखकसंग भनेका छन्, “बीपी र सुशीला भाउजूको सम्बन्ध पतिपत्नीको जस्तो भन्दा पनि प्रेमीपे्रमिकाको जस्तो थियो । सान्दाजु (बीपी) घरमा आएको बेला भाउजूलाई नदेख्ता ‘सुशीला, सुशीला’ भनी बोलाइहाल्ने । हामी जिस्क्याउँथ्यौं— दो दिन की चाँदनी फिर अँधेरी रात ।”
थापा हाँस्तै भनेका थिए “सुशीला भाउजूका लागि राजनीति सौता जस्तै थियो, पति टाढा राख्ने ।” प्रधानमन्त्री नबन्न चर्को दबाब दिइरहेकी श्रीमतीलाई खुसी पार्न बीपीले भनिदिए, ‘सुशीला भन्छे भने म प्रधानमन्त्री हुन्नँ । बल्लबल्ल कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवसर आएका बेला अनावश्यक विवाद गर्नु उचित छैन ।’ सुशीलाको भनाइ थियो, ‘राजाले यदि सुवर्णजीलाई चाहेका छन् भने बीपीले उनलाई छोडिदिनुपर्छ ।’
यस्तै विवाद चलिरहँदा बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिनका लागि श्रीमती सुशीलाले घरमै भोक हड्ताल गरिन् । श्रीमतीको चर्को दबाबमा परेका बीपीले एक दिन डा. तुलशी गिरीसँग भने, “सुशीला बौलाहा भैसकी । तिमी गएर सम्झाऊ ।” त्यस बेलासम्म बीपीलाई राजनीतिमा होस् कि घरमा, हरेक समस्या समाधानका लागि डा. गिरी नै चाहिने ।
उनी पनि परिवारको सदस्य झै बीपीसंगै नागपोखरीको घरमा बस्थे । गिरीले सुशीलासँग भने, “भाउजू, तपार्इंले यो के गरेको ? सिङ्गो देश के सोचिरहेको छ भने नेपालको सारा समस्याको समाधान गर्ने व्यक्ति कोही छ भने विश्वेश्वरप्रसाद कोइराला मात्र छ । तर तपाईं ‘उहाँ प्रधानमन्त्री हुनु हुन्न’ भन्नुहुन्छ । यो माग समयको गति विपरीत छ । तपाईंको यस्तो कुरामा कसले समर्थन गर्छ ? किन
यस्तो गर्नुभएको ?”
सुशीलालाई आफ्ना पति प्रधानमन्त्री बने अनिष्ट निम्तिन्छ भन्ने डर थियो— “राजाले सुवर्णलाई चाहेका छन्, बीपीले उनलाई छोडिदिनुपर्छ । नत्र फेरि राजनीति अस्थिर हुन्छ । पार्टी छिन्नभिन्न हुन सक्छ र अन्ततः प्रजातन्त्र नै खतरामा पर्न सक्छ ।” त्यसैले सुवर्णलाई प्रधानमन्त्री बनाएर बीपीले अविभावकका रुपमा पार्टी चलाउन् भन्ने सुशीलाको चाहना थियो । कांग्रेसले दुईतिहाई बहुमत ल्याएकै दिनदेखि काठमाडांैमा राजाले आज सत्ता हातमा लिन्छन्, भोलि लिन्छन् भनेर चलाइएको हल्लाले राजनीतिमा कहिल्यै चासो राखेर हस्तक्षेप नगरेकी सुशीलालाई झनै चिन्तित बनाएको थियो । पत्नीलाई सम्झाउन बीपीले डा. गिरी र विश्वबन्धुलाई खटाएका थिए ।
विश्वबन्धु थापाले निक्कै बेर सम्झाएपछि सुशीलाले आफ्नो निर्णय सुनाइन्, “बीपी संसदीय दलमा निर्विरोध हुनुभयो भने प्रधानमन्त्री बन्नुहुन्छ, चुनावमा गएर होइन । प्रधानमन्त्री भए पनि पहिलो एक वर्षका लागि मात्र । त्यसपछि सुवर्णलाई छाडिदिनुपर्छ ।” सुशीलालाई मनाउन बीपीले ‘कार्यकर्ताले आफू बाहेक कसैलाई पनि प्रधानमन्त्री स्वीकार नगर्ने’ बताएका थिए । उनले एक वर्षभित्र सरकार सञ्चालनको मार्गचित्र बनाएर सुवर्णलाई छोडिदिने वचन दिए । अनि मात्र सुशीला अनशन तोड्न तयार भइन् । सुशीलाको अनशन तोडाउँदाका बखत बीपीले निकट सदस्यहरुलाई भनेका थिए, “एक वर्षभित्र पञ्चवर्षीय योजना तर्जुमा गर्छु र त्यसका लागि चाहिने बजेटको प्रबन्ध भएपछि राजीनामा गरेर पूर्ण रुपमा पार्टीको काममा फर्किनेछु ।”
अनी २०१६ बैसाख अन्तिम साता सुवर्ण निवास बालुवाटार (हाल नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय रहेको भवन) मा भएको कांग्रेस संसदीय दलको बैठकमा बीपी निविरोध दलको नेता चयन भए । अनी २०१६ साल जेठ १३ गते राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरे । यसरी बीपी मुलुककै पहिलो प्रधानमन्त्री बन्न पुगे ।
प्रतिक्रिया