२००७ को क्रान्ति : रानुदेवी अधिकारी अनी रेडियोमा घन्किएका क्रान्तिकारी गीत (भिडियो सहित)

image

रेडियोमा आफूले गाएका गीतले क्रान्तिका लागि कस्तो वातावरण बनायो, कतिले सुने भन्ने विषयमा उनलाई न चासो थियो न कुनै जानकारी नै । रानुले लेखकसँग भनिन् — म त गाउन पाए भनेर दंग थिएँ । 

 

रेडियोमा पहिलो पटक गीत गाउने महिला हुन् रान्देवी अधिकारी । राणाशाही विरुद्धको शसस्त्र क्रान्ति जारी रहदा तारिणीप्रसाद कोइरालाको सकृयतामा नेपाल प्रजातन्त्र रेडियो खोलिएको थियो । जसमा क्रान्तिका सूचना र समाचार प्रवाह गर्ने अनी आम जनतालाई जागरुक वनाउने लक्ष्यका साथ । त्यही रेडियोमा पहिलो पटक नेपाली जनताले रानुको श्वरमा क्रान्तिकारी गीत सुन्ने अवसर मौका पाए । 

निरंकुश राणा शासनविरुद्ध नेपाली कांग्रेसले जनक्रान्ति चलाएताकाको कुरा हो । रानुदेवी अधिकारी भर्खर १५ वर्षकी थिइन् । रानुदेवी तिनै महिला हुन् जसले रेडियोमा पहिलोपटक क्रान्तिकारी गीत गाएर नेपाली जनतालाई जागरुक बनाएकी थिइन् । 

राणा विरोधी गतिविधिमा संलग्न उनको परिवार क्रान्ति सुरु भएदेखि विराटनगरको सीमामा पर्ने सानो भारतीय सहर जोगबनीमा वस्न थालेको थियो । 

विसं २००३ सालमा भएको मुलुककै पहिलो मजदुर आन्दोलनमा युवराज अधिकारी (बिकु) बीपी, तारिणी, गिरिजा केइराला, मनमोहन अधिकारीसँगै पक्राउ परेका थिए । कोइराला परिवार निकट भएको र राणा विरोधी भनेर चिनिएकाले राणाको कोपभाजन हुने त्रासले अधिकारी परिवार सीमापारी बस्न थालेको थियो । केही दिनअघि मात्र विवाह गरेर बनारसबाट विराटनगर आएकी रानु परिवारका साथ जोगबनीमै बसिरहेकी थिइन् । राणाविरुद्धको जनक्रान्तिमा उनको पूरै परिवार सक्रिय थियो । 

विसं २०७६ जेठको अन्तिम साता (मृत्यु हुनुभन्दा केही महिनाअघि) रानुदेवीले लेखकलाई सुनाएकी थिइन् – तिहारको बेला थियो । क्रान्तिको पक्षमा उपयोग गर्ने भनेर तारिणी (बीपीका भाइ) मामाहरुले खोलेको रेडियोमा मलाई गीत गाउन भन्नुभयो ।

आफूलाई गीत गाउन असाध्य मन लाग्ने । तत्काल हुन्छ भनिहालेँ । आफैँले लेखेको गीत दिनु भयो र गाएँ । 

आन्दोलनका समाचार दिन र जनतालाई जागरुक बनाउन ‘वार हेडक्वाटर’ रघुपति जुट मीलबाट सञ्चालित प्रजातन्त्र रेडियोमा कहिले तारिणी, कहिले इन्दिरा (शैलजा आचार्यकी आमा) दिदी समाचार पढ्नुहुन्थ्यो ।  राणाको फौज र कांग्रेसको मुक्ति सेनाबीच घमासान संघर्ष जारी थियो । 

रानुदवीले लेखकलाई सुनाइन् – म बनारसकी केटी । बिहा भएर विराटनगर आएकी । साच्चैँ भन्ने हो भने त्यति बेलासम्म मलाई क्रान्तिकारी गित गायो भने राणाले सजाय गर्छन् भन्ने ज्ञानसमेत थिएन । तारिणी मामाले भन्नुभयो, गाएँ । परिवारले पनि प्रोत्साहित गरेकै थियो । प्रायः सबै गीत “लाइभ“ गाइयो । रेकर्ड गर्ने साधन थिएन । गर्नुपर्छ भनेर कसैले भन्दा पनि भनेन । तर, त्यहाँ हार्मुनियम, तबला बजाउने मानिस पनि हुन्थे । क्रान्ति सफल भएपछि मात्र थाहा पाएँ । त्यस बेला मलाई राणाहरुले समाएको भए त सीधै गोली हान्ने रहेछन् । 

रेडियोमा आफूले गाएका गीतले क्रान्तिका लागि कस्तो वातावरण बनायो, कतिले सुने भन्ने विषयमा उनलाई न चासो थियो न कुनै जानकारी नै । रानुले लेखकसँग भनिन् — म त गाउन पाए भनेर दंग थिएँ । 

विसं २००७ सालको जनक्रान्तिमा रानुदेवीले गाएका गीतहरु यस्ता थिए । 

१. नेपाली अघि बढ हातमा क्रान्ति झन्डा ली ।

क्रान्ति झन्डा ली, नेपाली । 

२. आऊ आऊ दाजु भाइ, आऊ दिदी बैनी, 
अब हामी अघि बढाैँ, काँधमा काँध मिलाई । 
पछि नसरौँ अबदेखि जे जे परे पनि ।

क्रान्तिकालमा रेडियोबाट जनतालाई सुनाइएका पाँच गीत तारिणीले लेखेका थिए । तिनले प्रजातन्त्रको पक्षमा जनमत बनाउन राम्रै सहयोग गरे । 

क्रान्ति सकिएलगत्तै अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको अध्यक्षतामा बनेको मन्त्रीमण्डलमा बीपी गृहमन्त्री भए ।

विराटनगरमा चलाइएको प्रजातन्त्र रेडियो उनकै आदेशमा  काठमाडौं ल्याएर २००७ साल चैत्र २० गते प्रसारण सुरु गरियो । आजको रेडियो नेपाल यही हो ।

क्रान्तिकालमा तारिणीले कलकत्ताबाट ६० हजार रुपैयाँमा ट्रान्समिटर किनेर ल्याएका थिए । यस प्रसंगमा २०७७ माघ १ गते पूर्वमन्त्री सञ्जय गौतमका पिता किशोरकुमार गौतमले सुनाए — मेरो बुवा विराटनगरमा सुब्बा हुनुहुन्थ्यो । म बनारसमा पढ्थेँ ।

क्रान्तिका लागि उठाइएको चन्दा रकम राख्ने जिम्मेवारी मेरो थियो । तारिणी बाबुले रेडियो ट्रान्समिटर किन्न चालीस हजार रुपैयाँ पुगेन भनेकाले मैले बीस हजार दिएको हुँ । 

क्रान्तिकालको रेडियो राष्ट्रिय प्रसारणमा परिणत भएपछि तारिणीप्रसाद कोइराला त्यसको कार्यकारी निर्देशक बने । रानु विराटनगरमै थिइन् । वैशाख पहिलो साता उनका पति तीर्थ अधिकारीले भने — ल रानु अब हामी काठमाडौं जाने । बीपी मामा गृहमन्त्री छँदै हुनुहुन्छ । बिहापछि कतै राम्ररी घुम्न पाइएको छैन । सम्झ, हाम्रा लागि हनिमुन हुनेछ । 

विसं २००८ साल वैशाख ३ गतेको कुरा हो । रानुदेवी र उनका पति तीर्थ अधिकारी पहिलोपटक जहाजबाट काठमाडौं आए ।

एयरपोर्टबाट सिधै गृहमन्त्री बीपी कोइरालाको सरकारी निवास त्रिपुरेश्वर पुगे । एउटै घरको भुइँ तला मन्त्रालय र माथि मन्त्रीको निवासका रुपमा प्रयोग भएको थियो । बीपी काममा व्यस्त थिए । 

त्यो दिनको घटना रानुदेवीले लेखकलाई यसरी सुनाइन् — खाना खाएपछि आमा (दिव्या)ले भन्नुभयो – ल नवविवाहित जोडी । काठमाडौं आएका छौ । राम्ररी घुम । आफन्त भेट ।

रानु र तीर्थ गृहमन्त्री निवासबाट निस्कने तरखर गर्दै थिए  हातमा नाङ्गो खुकुरी बोकेको एउटा ठूलो हुल टुँडिखेलबाट आइरहेको देखियो । गेटसम्म पुगेका दम्पति फरक्क फर्किए । 

त्यस दिनको घटना सुनाउँदै रानुदेवीले भनेकी थिइन् – उनीहरु बीपीविरुद्ध चर्को नारावाजी गर्दै, काट्ने धम्की दिइरहेका थिए । भयानक नारावाजी भइरहेको थियो । प्रायः सबैको हातमा नाङ्गो खुकुरी । तीर्थले भन्नुभयो फर्कौँ, फर्काैँ। यस्तो तनावको वातावरणमा हिँड्नु ठीक होइन । हामी माथिल्लो तलामा उक्लिन भ्याएका मात्र के थियाैँ भिड घरभित्रै पस्यो र तोडफोड गर्न थाल्यो । डाङडुङको आवाज आइरहेको थियो । म आत्तिइसकेकी थिएँ । त्यसपछि के के भयो थाहा भएन । त्यहाँ हामी महिला जतिलाई बाथरुममा लगेर राखियो । 

केही समय डाङडुङ र होहल्ला चलिरह्यो । गृहमन्त्रालयका कागजात जलाइए । झ्याल ढोका तोडफोड गरियो । 

त्यतिबेला बीपीसँगै रहेका गणेशमान सिंहले भनेका छन् – गृहमन्त्री बीपीका अंगरक्षकको सातोपुत्लो बाँकी रहेन । उसको अवस्था कति खराब थियो भने बिचरा लगलग कामिरहेको थियो मानौँ उसलाई काम ज्वरो आएको होस् । उसको शरीरमात्र कामिरहेको थिएन, स्टेनगन थामिरहेका हात पनि थरथर कामिरहेका थिए ।

सुरक्षाका लागि खटिएका प्रहरीको हतियार खोसेपछि मन्त्रालयका कर्मचारीमध्ये केहीका हात खुट्टा भाँचिदिए । अनि भिड माथिल्लो तलामा उक्लियो । बीपी र गणेशमानलाई एकै ठाउँमा देखेपछि भिडबाट आवाज आयो – ल गणेशमान पनि यहीँ रहेछ । दुवै सिकार एकै ठाउँमा । काट ।

त्यो दिनको घटनाबारे पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले कर्मयोगी कृष्णप्रसाद भट्टराई पुस्तकमा भनेका छन् — नेपाली कांग्रेसको मुक्ति सेनालाई रक्षा दलमा रुपान्तरण गरे पनि क्रान्तिमा प्रयोग भएका हतियार सरकारलाई बुझाइसकेका थिएनौ ।

तीमध्ये केही बोरामा हाली बीपी निवासमै राखिएका थिए । जे त होला भनेर म र बीपीका भाञ्जा तीर्थ अधिकारी (रानुदेवीका पति) स्टेनगन समाएर पोजिसनमा बस्याैँ । आक्रमणकारी नजिकै पु्गेपछि मैले भने ‘तीर्थ फायर खोल ।’ तीर्थले मेरो कानमा मुख जोडेर बिस्तारै भने ‘पड्किएन ।’ त्यसपछि परेन फसाद । अनि ठोक ठोक भन्दै हामी पछि पछि हट्याैँ । 

क्षणभरमै आक्रमणकारीहरुले रानुदेवीका पति तिर्थलाई मरणासन्न हुने गरी कुटि हाले । 

भिड बीपीको बेडरुममै पुग्यो ।

एकैपटक कानको जाली फाट्ने गरी गोली चलेको आवाज आयो । रानुदेवीले सम्झिइन् — अब बाँच्ने दिन गए भन्ने लागेर आयो । भर्खरै बिहा गरेको रमाइलो गरौँ भनेर आइयो । के आपद आइलाग्यो हे भगवान् !

त्यस दिनको घटना बारे बीपी स्वयंले भनेका छन् – ‘मैले पिस्टल हातमा लिएको थिएँ, ढ्याङ, ढ्याङ चार पाँच फायर गरेँ । फायर गर्दा मोटो आठपहरियाको त मुटुमै लागेछ । उसको आधा शरीर मेरो बेडरुममा छ, आधा बाहिर छ । खुकुरी कार्पेटमा उछिट्टिएर गएको छ । खुकुरीमा ‘ब’ लेखेको छ । बिँड हात्तीको दाँतको छ । 

त्यसपछि खुकुरीधारीमा कोलाहल मच्चियो । गोली चल्यो मान्छे मर्‍यो भनेर उनीहरु कुलेलाम ठोके । 

रानुदेवीले सम्झिइन् — मेरो त्यो पहिलो काठमाडौं यात्रा जीवनमा कहिल्लै भुल्न सक्दिन । विवाहपछि पहिलोपटक विराटनगर छाडेको । सातोपुत्लो गइहाल्यो । जताततै ऐयाआत्था बाहेक केही सुनिदैन । तीर्थको हालत हेरेँ । रक्ताम्मे हुनुभएको छ । केही बोल्न सकिन । एकोहोरो रोइरहेँ । 

स्थिति सामान्य भएपछि नरायणहिटी दरबारबाट आएको सैन्य दस्ताले गृहमन्त्रीको निवास घेराउ गर्‍यो । रानुदेवीले सुनाइन् —केही बेरपछि परिवारका सबै स्वास्नी मानिस र केटाकेटीलाई मोटरमा बसाइयो । कहाँ जाने ? के गर्ने ? केही थाहा थिएन । एकै पटक हामी सवार मोटर नारायणहिटीभित्र पुगेर रोकियो । अहिले जय नेपाल सिनेमा हल रहेको ठाउँनेर एउटा सेतो घर थियो ।

त्यहीँ हामीलाई बस्ने व्यवस्था मिलाइएको रहेछ । सातआठ दिन त्यहीँ बस्यौँ । सबै सुविधा थियो । टोकरीमा फलफूल राखिदिएका हुन्थे । तर, आएकै दिन आक्रमणमा परेकाले होला मलाई पछिसम्म पनि काठमाडौंमा दिल लादै लागेन । 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Thanks ffor some otheer informative website. Thhe place else may I aam getting tha kiund oof informmation written inn such aan ideal way? I have a projecht thawt I amm sumply nnow wworking on, andd I've been aat the gloance out for such information.

    Hello there! This artticle couldn't be written much better! Looking aat this aeticle rejinds mee of my preious roommate! He alwsays keept ttalking abouut this. I am going to send this post to him. Pretty surfe hee wikl hazve a great read. Many thanks foor sharing!

    Piece of writing writing iis also a fun, iif youu bbe fzmiliar with then youu can write orr elsse iit iis difficult tto write.