रोपवेको कथा

image

बन्द हुनु अगाडी सम्म प्रति केजी ३४ पैसामा हेटौडाबाट काठमाडौ दैनिक २२० टनसम्म सामान ओसारपसार गर्दथ्यो । 

राणा प्रधानमन्त्री चन्द्र शम्शेरको शासनकालमा पहिलो विश्व युद्ध भएको थियो । यहि युद्धमा नेपालको तर्फबाट पनि बेलायती सरकारलाई सैनिक सहयोग गरेको हुँदा पनि बेलायती सेनालाई हौसला पुगेको थियो । अन्तत युद्धमा बेलायतको जित भएको थियो । विश्व युद्धको समाप्ती पछि बेलायत सरकारले नेपाललाई सहयोग गर्ने बाचा गरे । करिव २० हजार गोर्खालीको मृत्यु भएको यस युद्धमा कैयौ नेपाली अज्ञात थिए । मृत्यु भएका अज्ञात गोर्खालीहरुको आफन्त भेटिएनन् । मृत सैनिकले पाउनुपर्ने आर्थिक सहयोगलाई बेलायती सरकारले नेपाल र नेपालीहरुको लागी नै खर्च गर्ने उद्धेश्य स्वरुप नेपाल सरकारलाई वार्षिक १० लाख रुपैया उपलब्ध गराउने भयो ।

यहि सहयोगको रकमबाट नै भारतीय शहर रक्सौलबाट अमलेखगञ्जसम्म रेलवे पनि चलाइएको थियो । बेलायती इञ्जिनियर आर. एस. अण्डरहिललाई रक्सौल देखी भैसे ढोरसिंग हुदै काठमाडौ पुग्न सकिने सडकको लागी सर्वेक्षण गर्ने जिम्मा लगाइएको थियो । चन्द्र शम्शेर काठमाडौ उपत्यकामा सस्तो खाद्यान्न आपुर्तिको लागी पनि यो सडक निकै आबश्यक रहेको हुँदा छिट्टै बनाउने सोचमा थिए । तर अण्डरहिलले १९७९ मा नेपाल सरकारलाइ बुझाएको रिपोर्टमा भीमफेदी र थानकोट दुबैमा ९०० मीटर अग्लो ठाडो डाँडा भएको हुँदा कुनै पनि गाडी चलाउन सकिने बाटो बनाउन नसकिने भनेर जानकारी गराए । तर बिजुलीबाट चल्ने रोपवेबाट भने सामग्री ढुवानी गर्न सकिने जानकारी गराए ।

यसको एक वर्ष पछि १९८० मा कलकत्ताको मेसर्स एण्ड मार्टिन कम्पनीलाई रक्सौलबाट भिमफेदीसम्मको लागी रेलवेको सम्भाव्यताको अध्ययन गर्न लगाइयो । त्यतिबेला चन्द्रशम्शेर भारतीय शहरसंग रेलमार्गमा जोडिए भारत तर्फ नेपालको खनिज पदार्थ निकासी गर्न सकिने र भारतबाट खाद्यान्न खरिद गरेर ढुवानी गर्न सकिनेमा बिश्वस्त थिए । जस अनुसार १९८१ को मंसिर महिनामा रेलवेको लागी टेण्डर निकालियो । रक्सौलबाट अमलेखगञ्जसम्म मात्र रेल गुडाउन सकिने भन्ने मेसर्स एण्ड मार्टिनको रिपोर्टको आधारमा कामको थालनी भयो ।

अमलेखगञ्जसम्मको रेलवेसंगै काठमाडौबाट भीमफेदी जोडिने रोपवेको पनि तैयारी शुरु भयो । इञ्जिनियर आर. एस. अण्डरहिलले बुझाएको सर्भे रिपोर्ट अनुसार करिव १ लाख पाउण्डमा १४ माइल लामो रोपवे तैयार गर्न सकिने थियो । पहिलो स्टेशन भिमफेदी नजिकैको धुरसिङ र अन्तिम काठमाडौ नजिकैको किसिपिदी थियो । ५ cwt अर्थात ५०० पाउण्ड (२५४ केजी तौल) ४.२५ माइल प्रति घण्टाको दरले एक घण्टामा ८ टन सामग्री ढुवानी गर्न सकिन्थ्यो । यसको लागी हरेक २४० गजको दुरीमा २९ टन भार क्षमताको ७/८ इन्च मोटो तारलाई १० फिट ब्यासको गोलो चक्कामा घुमाईन्थ्यो । यी तारहरुलाई हरेक १३०० गजको दुरीमा बनाईएका १०६ वटा स्टिलको ढाँचामा अड्याईएको थियो ।

यस रोपवेको सम्पूर्ण सामग्री मेसर्स, किमर, सन एण्ड कम्पनी लण्डनले तैयार बनाएको थियो भने जडान गर्नको लागी दुइ इञ्जिनियर मेसर्स आर. पियरसन र ए. जे. नाइट आएका थिए । रोपवेको लागी आबश्यक बिद्युत आपुर्तिको लागी फर्पिङ जलबिद्युत केन्द्रबाट उत्पादित बिद्युत नै उपयोग गरिएको थियो ।

यसरी शुरु गरिएको रोपवेले नेपालको ढुवानी क्षेत्रमा निकै सहयोग गरेको थियो । २०२१ सालमा अमेरिकी सहयोग संस्था USAID को सहयोगमा हेटौडा सम्म बिस्तारित गराइ ४२ कि.मि. लामो बनाइयो । यसरि प्रतिघण्टा २५ टन सम्म सामान ढुवानी गर्न सक्ने रोपवेले २०४५ सालको भारतिय नाकावन्दीमा निकै सहयोग गरेको थियो । २०५० मा अत्यधिक वर्षातले सडक यातायात बन्द हुदा समेत यसले खाद्यान्न आपुर्तीमा निकै सहयोग पुर्याएको थियो ।

निकै लामो अवधीसम्म सञ्चालित यो रोपवे सेवा २०५६ साल बैशाखमा भैसे स्थित सवस्टेशनको ट्रान्सफर्मर पड्कदा बन्द भयो । केही समय पछि तारहरु पनि चुडिए । सवस्टेशनले सरकारलाई मर्मत खर्च बापत ४ लाख उपलब्ध गराइदिन पत्र लेख्यो । तर शेरबहादुर देउवाको सरकारले मर्मतको लागी रकम उपलब्ध गर्नुको साटो २०५९ सालमा रोपवे सेवालाइ नै खारेज गरिदियो ।

बन्द हुनु अगाडी सम्म प्रति केजी ३४ पैसामा हेटौडाबाट काठमाडौ दैनिक २२० टनसम्म सामान ओसारपसार गर्दथ्यो । दैनिक १० घण्टा सञ्चालन गर्न करिव ९०० जनाले रोजगारी पाएका थिए । केवल ४ घण्टामा हेटौडा काठमाडौ सामग्री ढुवानी गर्ने रोपवे सेवालाई देउवा सरकारले कसको सल्लाहमा किन बन्द गरेको थियो थाहा पाउन नै सकिएन ।




प्रतिक्रिया


  1. Comprimidos sin receta médica Amcal Metz prix du médicaments en Belgique

    тоқтар серіков бесігінде шошиды деп текст, адал бол деп баққан анам скачать алгебра 7 сынып бжб 2 нуска, алгебра 7 сынып тжб 1 тоқсан зимние костюмы до минус 60, купить зимний костюм для рыбалки в астане сюцай число 1, сюцай рассчитать по дате рождения

    image Où acheter de la triplanol en toute sécurité en France

    acquisition de médicaments cristers Saale Acheter médicaments en toute sécurité et confidentialité

    Greetings! Very useful advice within this article! It is the little changes that make the most significant changes. Thanks a lot for sharing!

    Miglior negozio online per farmaci Fortbenton Soest indicación de venta de medicamentos en México

    image medicijnen zonder voorschrift beschikbaar in Rotterdam Farmagon Frenchville

    Veilig medicijnen kopen zonder doktersrecept Galena Gießhübl tarif du médicaments