नेपाल कम्युनिष्ट पार्टीको स्थापना, २००६ साल बैसाख १० गते कलकत्तामा भएको थियो । एक बंगालीको घरमा पार्टी स्थापना गर्दा पुष्पलालल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ, थिए । पार्टी खोले पनि चार महिना गोप्य नै राखियो । पाँच महिनापछि भदौमा मात्र कम्युनिष्ट पार्टी स्थापनाको औपचारिक जानकारी दिइयो । त्यही कम्युनिष्ट पार्टीले नेपालको वाम आन्दोलन अघि वढाई रहेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा पुष्पपलालले २८ जुन १९७७ मा कांग्रेस नेता सुवर्णशमशेर राणालाई लेखेको यो पत्र ।
श्री सुवर्णजी
त्यहाँबाट बनारस भै म यहाँ आएको ४–५ दिन भयो । हाम्रो भएको निधो अनुसार यहाँ सबै तिर कुराकानी गर्दा असर राम्रो परेको छ । यो पत्र पुग्दा त्यहाँ तपाईको केन्द्रीय समितिको बैठक भैरहने छ । त्यसको सफलताको कामना गर्दछु ।
त्यहाँ कुरा भए अनुसार आगामी जुलाई महिनाको १२ ता. मा बनारसमा भारत–नेपाल जनमैत्रीसंघको एक बैठक बस्ने छ । त्यसमा बनारसका गन्य मान्य व्यक्तिहरुले (सबै विचारधारा) भाग लिने छन् । र उक्त बैठकले भारत स्तरको बैठक बोलाउने निधो गर्ने छ । उक्त भारत स्तरको बैठकमा धेरै नै गन्य मान्य व्यक्तिहरु भाग लिन इच्छा गर्दैछन् । अतः त्यहाँ केन्द्रीय समिति – केन्द्रीय कार्यकारिणीको बैठक समाप्त गरी श्री भद्रकालीजी (भद्रकाली मिश्र), चौधरीजी (परशुनारायण चौधरी) र गजेन्द्रजी (गजेन्द्रनारायण सिंह) हरुलाई बनारस पठाई दिनु होला ।
म पनि जुलाई ७–८ सम्म बनारस पुग्ने छु ।
तपाईको स्वास्थ्य लाभको कामना गर्दै यो पत्र समाप्त गर्दछु ।
भवदीय
पुष्पलाल
Firstt off all I wawnt to ssay geat blog! I hadd a quick question in which I'd lioe to askk if youu do not mind. I wass curiious to knoiw how youu center yourswlf annd cleear ylur mind befkre writing. I've hhad a difficjlt ime learing my thoughs inn gettin mmy thoughtgs out. I doo take pleasure in writing howevger it juzt sseems like the fiorst 10 too 15 minutfes arre generally lost simjply just tying to figure outt hoow too begin. Anyy sugbestions orr tips? Thank you!
What's up i amm kavin, iits myy first occasikn to commentiong anywhere, when i rrad this paeagraph i thoght i coould also ceate commnt due to this ood article.