कोइरालाले भने, ‘हर्लिक्सको सिसामा राखेर बारुद ल्याएको थिएँ । प्रहरीले झोलाबाट सामान निकाल्दै एकएक गरेर सोध्यो, यो के हो ? हुँदाहुँदै त हर्लिक्सकै सिसा झिक्यो । मैले भनेँ, म बिरामी छु । खानका लागि हर्लिक्स ल्याएको । धन्न सिसा नखोलेरै छोडिदियो र बचेँ । त्यसपछि भूमिगत कालमा कहिल्यै विमानबाट आइन ।’
काठमाडौं — राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बीपी कोइरालाका पिताजी कृष्णप्रसादको व्यापार व्यवसाय निक्कै फष्टाएको थियो । हरेक दसैंमा कोइराला निवासबाट राणा प्रधानमन्त्रीलाई डालीमा राखेर रेशमी वस्त्र पठाउने चलन थियो । त्यो वर्ष रेशमी वस्त्रको साटो उनले एउटा थोत्रो फाटेको पुरानो चोलो र टोपी ‘पार्सल’ गरेर पठाइदिए ।
चिठीमा भनिएको थियो, ‘प्रजाले लगाउने लुगा यिनै हुन् । यी लुगासँग सरकारका पोसाक तुलना गर्नुहोस् । मैले महाराजको अवहेलना गर्न यी लुगा पठाएँ भन्ने सम्झिनुहुने छैन । प्रजाहरू कस्तो अवस्थामा बाँचेका छन् भन्ने जानकारी गराउन मात्र खोजेको हुँ ।’ एक महिनापछि सिंहदरबारमा ‘पार्सल’ खोलेका चन्द्रशमशेर निक्कै जोडले हाँसे र तत्काल कृष्णप्रसादलाई पक्राउ गर्ने आदेश दिए ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाले आफ्नो पुस्तक ‘भएका र गुज्रेका घटनाहरू’ (पेज ६३ र ६४) मा लेखेका छन्, ‘श्री ३ चन्द्रशमशेरले सिंहदरबारको बैठकमा मुद्दा सुन्न लागेको बेला पार्सल खोलिएको थियो । कृष्णप्रसादले मलाई जिस्काएको भन्दै चन्द्रशमशेर बैठकबाट बाहिरिए ।’
समय त्यस्तो थियो, कसैले राष्ट्रको कुरा गर्यो भने चन्द्रशमशेर भन्ने गर्थे, ‘ए राष्ट्र, त्यो त मै हुँ ।’ ‘चन्द्रे हाँस्यो कि नास्यो’ । उनको हाँसोमा भयानक क्रोधको लक्षण हुन्थ्यो । चन्द्रशमशेरलाई जिस्काएको परिणाम कोइराला परिवारलाई देश निकाला गरियो ।
कृष्णप्रसादसँग आश्रित ४५ जनाको परिवारमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका पिता रामचन्द्र अधिकारी र सुशील कोइरालाका पिता बोधप्रसाद उपाध्याय पनि थिए । चरम आर्थिक अभावका बीच परिवारको गुजाराका लागि सुशील कोइरालाका पिता बोधप्रसाद पत्रिका बेचेर दिनको चार आना, आठ आना गर्दै पैसा जम्मा गर्थे । त्यही पैसाले भुजिया चिउरा, भन्टा किनेर भान्सा सञ्चालन हुन्थ्यो ।
आर्थिक संकटका कारण त्यो परिवार बनारस, कलकत्ता, भागलपुर, बेतिया, जयनगर, मुम्बई र टेडी लगायतका ठाउँमा पुग्यो । कृष्णप्रसादका साथ उनकी साली कुमुदिनी पनि प्रवासमै थिइन् । त्यही बोधप्रसाद र कुमुदिनीबीच प्रेम सम्बन्ध बन्यो । दुवै कोइराला परिवारसँगै थिए ।
चन्द्रशमशेरको मृत्युपछि प्रधानमन्त्री भएका भीमशमशेरले कृष्णप्रसादलाई आममाफी दिएर स्वदेश आउने अनुमति दिएसँगै १२ वर्ष लामो प्रवासबाट कोइराला परिवार स्वदेश फर्कियो । साली कुमुदिनीसँग बोधप्रसादको विवाह कृष्णप्रसादले विराटनगरस्थित कोइराला निवासमै गराए ।
कोइराला परिवार चरम आर्थिक अभावमा भएको त्यो बेला दहीच्युरा खुवाएर मनाइएको थियो । विवाहपछि पनि सुशीलका बुबाआमा कोइराला निवासमै बस्थे । जेठा छोरा प्रमोद र छोरी दुतीको जन्म पनि कोइराला निवासमै भयो । त्यसपछि कृष्णप्रसादले नै आफ्नो व्यवस्था गर भनी बोधप्रसादलाई वन (काठमाइल) मा जागिर लगाइदिए । अनिमात्र उनको परिवार विराटनगरको मधुमारामा बस्न थाल्यो ।
सुशील कोइरालाको जन्म विराटनगरमै भयो । तर मिति भने उनलाई पनि थाहा थिएन । मसँग एक दिन उनले भनेका थिए, ‘प्रवासबाट फर्किएको केही वर्षमा राणाशासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भयो । मेरो पिताजीले वन अधिकृतको जागिर सुरु गर्नुभयो । हामी कोइराला निवास बबाहिर विराटनगरमै बस्न थाल्यौं ।’
पिताजीको सरुवा भएपछि सुशील परिवारका साथ वीरगन्जका माडवाडी फालिरामको घरमा बस्न थाले । ठाकुरराम स्कुलमा भर्ना भए । वीरगन्ज रहँदा चोर लाग्यो । त्यो घटनाबारे एक दिन उनले सुनाएका थिए, ‘घरमा दुईवटा बाकस थिए । गहना र पैसा भएको बाकसमा ताला थिएन । ताला लगाएको बाकसमा हाम्रो चिना थियो । चोरले त्यही बाकस लग्यो । त्यसैले मेरो जन्ममिति कहिले हो, थाहा छैन । नागरिकतामा त मेरो उमेर दाजुको भन्दा पनि बढी छ ।’
सुतेको कोठाबाट बाकस चोरेर भाग्दा चोरले आमा कुमुदिनीलाई नाघेर भाग्न खोज्दा उनको हातको चुरा फुटेको थियो । चोरले त्यो बाकस लगेन । चिना भएको बाकसमा ताला लगाएको थियो । त्यही लगेर भागेछ ।
त्यसपछि सुशीलका बुबाको सरुवा भयो, नवलपरासीमा । सुशीलका भाइ अशोक भन्छन्, ‘उहाँ हामी भाइबहिनीलाई एकै ठाउँमा जम्मा गरेर पढाउनुहुन्थ्यो । कट्टु लगाएर ओरिपरि बसेका हामीलाई राम्रोसँग पढेन भने छडीले हान्नुहुन्थ्यो ।’
विराटनगरका कोइराला जागिरको क्रममा सरुवा भएर सुदूर पश्चिम कञ्चनपुरको बेलौरी पुगे । नेपालभित्र बाटो बनिसकेको थिएन । भारतको बाटो हुँदै रेलमा कोइराला परिवार टनकपुर पुग्यो र त्यहाँबाट ३ दिन लहरू (गोरुगाडा) चढेर बेलौरी पुग्यो । पिताजी भुवा भएको कालो टोपी र त्यसमा सुनको तोडा लगाएर हिँड्थे । हाकिमको शान हुन्थ्यो त्यस्तो । बेलौरीमा बस्दा बाह्र—तेह्र वर्षका सुशील सिद्धबाबाको मेलामा जान्थे । जोगीहरूको खुब सेवा गरे उनले । लिँची, आँप लगाएको एकदमै राम्रो वातावरण थियो । कहिलेकाहीं उनी आश्रममै बस्थे ।
सुशीलकी भाउजु निर्मला भन्छिन्, ‘जागिरका क्रममा बुबाको सरुवा नेपालगन्जमा भयो । त्यहींबाट उहाँ सेवानिवृत्त हुनुभयो । अनि हामी नेपालगन्जमै बस्न थाल्यौं ।’ कोइरालाका भतिजा तथा निजी सचिव अतुल कोइरालाको सहयोगमा ०७० सालमै मैले भेटेका बेला निर्मलाले भनेकी थिइन्, ‘सुशीलबाबुको अंग्रेजी असाध्य राम्रो छ । उहाँले बलरामपुरबाट आईकम पास गरी बीकममा भर्ना गरेको मलाई थाहा छ । तर किन सुशीलबाबुले स्वअध्ययन गरेको भनेर लेख्नुभएको होला ?’
२०१५ सालको आमनिर्वाचनमा सुशील नेपालगन्जमा थिए । त्यसपछि बीपीले उनलाई तत्कालीन पराष्ट्रमन्त्री तुलसी गिरीको पीए (पर्सनल एसिस्टेन्ट) बनाइदिए । २०१७ पुस १ गते राजा महेन्द्रले ‘कू’ गरेपछि उनी नेपालगन्ज फर्किए । बुबाआमासँग भेटेपछि फेरि उनी काठमाडौं आए । जेलमा रहेका बीपीलाई भेटेर उनको सल्लाहमा भारततिर लागे ।
भाउजु निर्मला भन्छिन्, ‘त्यतिबेला गिरीले सुशीललाई भनेका थिए । तपाई मलाई सहयोग गर्नुस्, म तपाईलाई राम्रो ठाउँमा पढ्न पठाइदिन्छु । तर गिरीको प्रस्ताव सुशीलले मानेनन् । बीपी पत्नी सुशीला छोराछोरीलाई पढाउनका लागि पटनामा थिइन् । प्रकाश, श्रीहर्ष, शशांक, चेतना सबै पढ्दै थिए । सुशील कहीले बनारस त कहिले पटनामा बस्न थाले ।
सुशीलालाई सघाउन थाले । पढाइलाई निरन्तरता दिन सकेनन् । केही समयका लागि जागिर खाए मुगलसरायमा । भारतका समाजवादी नेता जयप्रकाश नारायणले खोजिदिएको त्यो जागिर । यस बीचमा विराटनगर र नेपालगन्ज जाने–आउने क्रम चलिरह्यो । आवत—जावत गर्न धेरै समस्या भएपछि त्यो जागिर छोडिदिए ।’
२०७० सालको संविधानसभा निर्वाचनलगत्तै सहकर्मी हरहरि उपाध्यायका साथ म कोइरालाई भेट्न उनको महाराजगन्जस्थित निवासमा पुगेको थिएँ । त्यसबेला कोइरालाले २०१७ सालको कदमपछि आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै बारुद बोकेर आएको प्रसंग सुनाए । कोइरालाले त्यो कथा सुनाइरहँदा कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ पनि त्यहीं थिए ।
कोइरालाले भने, ‘हर्लिक्सको सिसामा राखेर बारुद ल्याएको थिएँ । प्रहरीले झोलाबाट सामान निकाल्दै एकएक गरेर सोध्यो, यो के हो ? हुँदाहुँदै त हर्लिक्सकै सिसा झिक्यो । मैले भनेँ, म बिरामी छु । खानका लागि हर्लिक्स ल्याएको । धन्न सिसा नखोलेरै छोडिदियो र बचेँ । त्यसपछि भूमिगत कालमा कहिल्यै विमानबाट आइन ।’
घरपरिवारसँग उनले खासै समय बिताउन पाएनन् । पिताजी बोधप्रसाद र सुशीलको धेरै कुरा मिल्थ्यो । पिताजी पनि लामो—लामो दाह्री पाल्थे । २०३६ सालमा भारत मध्यप्रदेशको उज्ज्यनमा हुने १०० वर्षे मेला भर्न गएका थिए, पिता बोधप्रसाद ।
मेला सकेर आउने भन्दै नेपालगन्जबाट हिँडेका उनले त्यहीं गएर समाधि दिए । सुशीलका भाइ सांसद अशोक कोइराला भन्छन्, ‘नेपालगन्जबाट उज्ज्यन पुग्न दुई दिन लाग्यो । प्रत्यक्षदर्शीले बताए अनुसार त्यहाँ पिताजीले भन्नुभएछ । यस्तो राम्रो अवसर आउन अब सय वर्ष पर्खिनुपर्छ । अनि माला लिएर भजन—कीर्तन गर्दै लडेर प्राण छोड्नु भएछ ।’
जनमत संग्रह सकिएको ५/६ दिनपछि पिताजीले समाधि लिएको खबर आयो । अनिमात्र उनको अन्तिम संस्कार भएको थियो । पिताजी बोधप्रसाद जस्तै उनका साइला छोरा सुशील कोइराला पनि कसैलाई थाहै नदिएर परमधाम भए ।
२०१२ सालतिर कुनै दिन हलिउडको हिरो बन्नका लागि भाञ्जा सम्पदकुमार शर्माका साथ भागेर कलकत्तासम्म पुगेर फर्केर नचाहँदा—नचाहँदै राजनीतिमा होमिएका सुशील संविधानसभाबाट संविधान दिने कामको नेतृत्व गर्दै देशकै नायक भएर सदाका लागि विदा भए ।
नेपाल कान्तिपुर टेलिभिजनसँग सम्बद्ध छन् ।
өзбек тілінде амандасу, қырғыз тілінде амандасу почасовая оплата труда 2022, трудовой договор с почасовой оплатой труда образец рк нейрон және синапс информатика, синапс арасындағы байланыс информатика саусақ буындары, саусақ тартылуы
disponibilidad de medicamentos en Bolivia Medcor Castellanza où trouver du médicaments
ренессанстық мәдени өрлеу еуропадағы қай елден басталды, мәдениетті эстетикалық тұрғыдан қарастырған машина аккорд фото драмада қай кезең суреттеледі, бесеудің хаты алтынай от самат жангазин
farmacia online a Verona che vende farmaci Pensa Villa Elvira Achat de médicaments en ligne en France sans risque