विद्या भण्डारीलाई यसरी जिताइएको थियो (भिडियो सहित, ११.०० देखि १५.०४)

त्यो कार्यक्रमको उद्घोषक स्थापित आफै थिए । अघिल्लो दिन नै त्यो सभामा के भन्ने, कसरी वोल्ने भन्ने वारे विद्यालाई प्रशिक्षित गरियो । अनी सभामा उद्घोषण गर्दै स्थापितले भनिदिए ‘कांग्रेसले यो के हर्कत गरेको ? एउटा विधुवाको पोष्टरमा गोवर लगाउने, कालो र रातो रंग छ्याप्ने ? कांग्रेसीहरु पराजित मानसिकतामा पुगि सके र यस्तो घृणित काम गरि रहेका छन् ।’
स्थापितको त्यही उद्घोषणलाई आधार मानेर कांग्रेसीले विद्याको सारीमा रातो रंग छरे भन्ने व्यपाक प्रचार गरियो । स्थापितको उद्घोषणलाई आधार मानेर मिडियाले समाचार  बनाए ।

चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधन भएको पनि २८ वर्ष पुग्यो । २०५० जेठ ३ गतेको त्यो घटना स्वभाविक दुर्घटना थियो या षड्यन्त्र, त्यस वारे अहिलेसम्म अनुसन्धान भएको छैन । त्यति वेला आफ्ना महासचिवको षड्यन्त्रमूलक ढंगवाट हत्या भएको भन्दै सडक र सदन तताएको नेकपा एमाले पटक पटक सत्तामा पुग्यो । तैपनि घटना वारे छानविनको पहलसम्म भएन । भण्डारीको मृत्य पछि एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री बने । यति बेला मदन भण्डारीको श्रीमती विद्यादेदी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति छन् । तर पनि किन दासढुंगा वारे छानविन हुदैन । यो घटनाको राजनीतिकरणबाट सबै भन्दा वढी लाभ एमालेका नेताहरुलाई भएको छ भने श्रीमती विद्यादेवी भण्डारीलाई सामान्य गृहणीबाट राष्ट्र प्रमुख बन्ने अवसर मिलेको छ । यो आलेख भने मदनको निधन पछि विद्यालाई उपचुनाव जिताउने एमालेका तर्फबाट के कस्तो प्रोपागाण्डा गरिएको थियो भन्ने विषयमा केन्द्रीत छ ।  


यस प्रसंगमा  काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितले खुलासा गरेका छन् । भण्डारीको चुनाव प्रचार प्रसार अभियानका मुख्य सारथी स्थापितले ‘नेपाल आज’ अनलाइनसंगको भिडियो अन्तवार्तामा भनेका छन् ‘एमालेकै नेताहरु भन्थे ‘कृष्णप्रसाद भट्टराईका सामु विद्याको के तुलना हुन्छ र । फेरी उहा वोल्न पनि नजान्ने । मञ्चमा पनि अरुले भाषण गर्ने हो, उहा“लाई त उभ्याउने न हो भन्थे हाम्रै नेताहरु ।’
राजधानीका प्रवद्व मतदाताको अघि उनलाई मदन भण्डारीकी विधुवा भनेर मात्र जिताउन सक्ने अवस्था थिएन । स्थापित उपाय लगाए । शुरुमा व्यवशायीक फोटोग्राफर लगेर ‘फोटो सुट’ गराए । सेतो सारीमा घुम्टो ओडेको तस्वीरलाई ‘जनता की छोरी’ का रुपमा ब्राण्डिङ गरे । ‘वीस वाई वीस’ साइजको पोष्टर डिजाइन गरी आफ्नै प्रेसमा छापे र क्षेत्र नम्वर १ का मख्य चोक चोकमा टा“स्ने प्रवन्ध मिलाए । 


स्थापितले भनेका छन् ‘विद्या मेरो नेताकी पत्नी । हार्न लागिन भन्ने मलाई भयो, जिताउनै पर्छ भनेर उपाय लगाए । पहिला केही मानिस परिचालन गरी ति पोष्टरमा गोवर, कालो मसी र रातो रंग छ्याप्न लगाए ।’
चावहिलमा एमालेको चुनावी सभा हुदै थियो । त्यो कार्यक्रमको उद्घोषक स्थापित आफै थिए । अघिल्लो दिन नै त्यो सभामा के भन्ने, कसरी वोल्ने भन्ने वारे विद्यालाई प्रशिक्षित गरियो । अनी सभामा उद्घोषण गर्दै स्थापितले भनिदिए ‘कांग्रेसले यो के हर्कत गरेको ? एउटा विधुवाको पोष्टरमा गोवर लगाउने, कालो र रातो रंग छ्याप्ने ? कांग्रेसीहरु पराजित मानसिकतामा पुगि सके र यस्तो घृणित काम गरि रहेका छन् ।’
स्थापितको त्यही उद्घोषणलाई आधार मानेर कांग्रेसीले विद्याको सारीमा रातो रंग छरे भन्ने व्यपाक प्रचार गरियो । स्थापितको उद्घोषणलाई आधार मानेर मिडियाले समाचार  बनाए । 
सभामा विद्याले भनेकी थिइन ‘मलाई विधुवा भनेर हेप्नेहरुलाई म भन्न चाहन्छु मेरो यो सेतो सारी कात्रो हो । अव म मैदानमा आए ।’ 
एक जना भिडियोग्राफर हायर गरी विद्याको भाषण खिच्ने प्रवन्ध पहिले नै गरिएको थियो । अनी त्यही भाषणको क्यासेट वनाएर चोक चोकमा विक्रि गरियो । 

स्थापितले भनेका छन् ‘त्यो वेला म आफै तीस वर्षको थिए । आफ्नो पार्टीको उम्मेद्ववार जिताउन ठिकै गरे जस्तो लाग्यो । तर अहिले आएर सोच्छु, कृष्णप्रसाद भट्टराईलाई नहराएको भए हुन्थ्यो की । तर सत्य चाही के हो भने मैले नचाहिने काम गराएर विद्या भण्डारीलाई जिताएकै हो, नत्र हारेकै हो ।’ 

 


प्रतिक्रिया


  1. Precios de medicamentos en Estados Unidos Heumann Köflach comprare farmaci senza prescrizione in Francia

    ночной автосервис в москве 24 клинический центр имени сеченова москва мсэ на карте москвы машины в москве мазда сх 5

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |