राणाका सिपाहीले लास बोकेर शंखमूल घाटसम्म पुर्याए । उनको काजकिरियाको पनि छुट्टै कथा छ । कृष्णप्रसादको मृत्यु हुँदा दुई आमासहित साइला छोरा कोसु काठमाडौंमा, मातृका र तारिणी विराटनगरमा, बीपी पटनामा र गिरिजा वनारसमा थिए । यस प्रसंगमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई भनेका थिए — पिताजीको मृत्यु भयो तिमी पटना जाऊ भन्ने कोसु दाजुको टेलिग्राम पाएपछि म बीपीलाई भेट्न गएको थिएँ ।
बीसौं शताब्दीको अन्त्यतिर राणा शासन उत्कर्षमा थियो । गीता, पुराण वाचन र पर्चा वितरण गरेर ‘गाथगादी ताकेको’ अभियोगमा नेपाल प्रजा परिषद्का चार सदस्यलाई मृत्युदण्ड दिइएपछिका दिनमा राणा विरोधी भावना ह्वात्तै बढेको थियो । तर, प्रजारिषद्का चार सदस्यलाई मृत्युदण्ड र दर्जनौलाई जेलमा कोचिएकाले राणाहरू भने आफूविरुद्ध कसैले बोल्ने आट गर्ने छैनन् भन्नेमा ढुक्क थिए ।
उता महात्मा गान्धीको नेतृत्वमा भारतमा स्वतन्त्रता संग्राममा जारी थियो । त्यस आन्दोलनले नेपाली जनतामा नागरिक अधिकार र स्वतन्त्रताको चेतना अभिवृद्धि गराइरहेको थियो । त्यतिबेला अध्ययनका क्रममा बीपी कोइराला बनारसमा थिए भने उनका दाजु मातृका काठमाडौंमा नेपाल सरकारको वन सल्लाहकार रहेका बेलायती नागरिक स्मिथका दोभाषे सुब्बा थिए ।
मातृकाका चार वर्षे छोरा कमल ती दिन बाबाआमाका साथ घट्टेकुलोस्थित डेरामा थिए । घट्टेकुलो हिजोआज जस्तो कंक्रिटको जंगल बनिसकेको थिएन । जताततै लहलह बालीनाली । बाह्रै महिना पिसानी हुने घट्ट चल्थ्यो त्यहाँ ।
उमेरले आठ दशक नाघेका कोइराला परिवारका (कम्युनिस्ट ) सदस्य कमलले लेखकलाई सुनाए — ती दिनका धमिला तस्बिर मेरो मस्तिष्कमा अझै ताजै छन् । तिनलाई स्पष्ट पार्न भने स्मिथले खिचेका फोटाहरू हेर्ने गर्छु । हामी हात्तीमा चढेर चितवन, हेटाैँडा जान्थ्यौ । ती तस्बिरले मलाई त्यस युगका घटना सम्झाइरहन्छन् ।
कमलले सम्झिए — मेरो काका (बीपी) र बाजे (कृष्णप्रसाद) केही समयको अन्तरालमा पक्राउ पर्नुभयो । बीपी भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा पटना जेलमा हुनुहुन्थ्यो । यता भारतबाट भागेर सप्तरी (नेपाल) पसेका भारतीय नेताहरु जयप्रकाश नारायण र राममनोहर लोहिया पनि पक्राउ परेका थिए । त्यसको केही समयपछि जमिन्दारहरुको सहयोगमा स्थानीय जनताले हनुमाननगर जेल तोडेर उनीहरुलाई भगाइदिए । राणाकालमा प्रशासन र सुरक्षा संयन्त्र नाममात्रको थियो । सारा जनता लागेपछि मालपोत उठाउने प्रयोजनका लागि राखिएको त्यो प्रशासनले के नै गर्न सक्थ्यो र ?
दुवै नेतालाई समाएर भारत पठाउन अंग्रेज सरकारले राणाहरुमाथि चर्को दबाब दिएको थियो । त्यही समयमा जयप्रकाश र लोहियालाई कृष्णप्रसादले आश्रय दिएकाछन् भन्ने पोल कसैले लगाइदियो । विराटनगरका बडाहाकिम आफैँ कोइराला निवासको तलासी लिन आइपुगे । जयप्रकाशले बीपीलाई उपहार लेखेर दिएको एउटा किताबबाहेक केही पनि फेला परेन । खाली त्यतिमात्र हो भेटिएको । त्यत्तिकै आधारमा कृष्णप्रसाद पक्राउ परे ।
नेपालका तीन प्रधानन्त्री (मातृका, बीपी र गिरिजाप्रसाद कोइराला) का पिता पक्राउ गरेको दिनको स्मरण गर्दै पूर्वप्रधानमन्त्री सुशील कोइरालाले लेखकलाई सुनाएका थिए — हामी केटाकेटी नै थियौँ । सबै घटनाक्रम याद छैन । खाली पिताजीलाई समाएर लैजाने बेलामा हामी खुब रोएको सम्झना छ ।
बाथका रोगी कृष्णप्रसादलाई हिँड्न गाह्रो थियो । त्यही थाहा पाएर होला, बडाहाकिमले आफ्नै खर्चमा बयलगाडामा हिँड्ने सुविधा दिएका थिए । विराटनगरबाट हनुमाननगर, सिरहा, सर्लाही, वीरगञ्ज हुँदै काठमाडौं पुग्न उनलाई २२ दिन लाग्यो ।
कमलले सम्झिए — बैलगाडामा काठमाडौंतर्फको यात्रा गरिरहँदा जलेश्वरमा लक्ष्मण शास्त्री र रामचन्द्र अधिकारी (मनमोहन र भरतमोहन अधिकारीका पिता) ले मेरो बाजेलाई देख्नुभयो । यस सम्बन्धमा भरतमोहन अधिकारीले पनि एकपटक सुनाउनु भएको थियो मेरो पिताजीले तिम्रो बाजेलाई भेटाउनु भएको मलाई याद छ ।
अड्डा सार गर्दै बारा पुर्याएका बेला आफूले कृष्णप्रसादलाई भेटेको सन्दर्भमा वरिष्ठ अधिवक्ता गणेशराज शर्माले कमलसँग भनेका थिए — हामी वाराको बरियारपुरमा बस्थ्यौँ । मेरो बाले भन्नुभयो — खर्दार साहेब, खर्दार साहेब । बैलगाडी रोकेर नमस्कार गरेको म सम्झन्छु ।
बयलगाडाबाट वीरगञ्जसम्मको यात्रा पूरा गरेपछि कृष्णप्रसादलाई नेपाली रेलबाट अमलेखगञ्ज लगियो । त्यहाँबाट काठमाडौं ।
काठमाडौं प्रवेश गरेपछि जेठा छोरा सुब्बा मातृकाले पिताजीलाई कालिमाटीमै भेटे । केही समय उनलाई पाको पोखल्ट्याङस्थित भेटनारायण श्रेष्ठको घरमा राखियो ।
त्यो घरको पनि अर्कै कथा छ । भेटनारायणले राणाकी छोरीसँग बिहा गरेका थिए । त्यो बेला राणाले मन पराए भने जोसुकैका छोरी बुहारी समाएर लैजान्थे । त्यस्तो अत्याचारको विरोधमा बोल्ने हिम्मत कसैको हुँदैनथ्यो । तर, कुनै नेवारले राणाकी छोरीसँग प्रेममा परी बिहा गरे देश निकाला र सर्वस्व हरणको सजाय भोग्नुपथ्र्याे । राणाकी छोरीसँग प्रेममा परेका भेटनारायण पनि भागेर कलकत्ता पुगे, घर भने हरण गरियो । त्यही घरमा कृष्णप्रसादलाई नजरबन्द गरिएको थियो ।
पिताजी पक्राउ परेपछि मातृकाको नोकरी खोसियो । राणाकालीन प्रशासनमा कसैको पनि स्थायी जागिर हुँदैनथ्यो । वर्ष दिनमा एकपटक जागिरेहरुको पजनी हुन्थ्यो । कृष्णप्रसादलाई थुनेको केही दिनमै मातृकालाई सात दिनभित्र चार भञ्ज्याङ काट्न आदेश दिइयो ।
कमलले सम्झिए — बाबा (मातृका) ले उपत्यका छाड्नु पर्ने निश्चित भयो । हामी विराटनगर फर्किने तयारीमा थियौँ । एक दिन आमाले मलाई हिडाउँदै त्रिपुरेश्वर लिएर जानु भयो । हिजोआज जस्तो घट्टेकुलोबाट पुतलीसडक, भद्रकाली हुँदै जाने बाटो थिएन । टुँडिखेल पूरै घुमेर भद्रकाली हुँदै त्रिपुरेश्वर गयाैँ ।
तिनताका दिनमा एक, दुई घन्टा हिड्नु सामान्य मानिन्थ्यो । बाजेलाई अन्तिम पटक कमलले भेटेको त्यही दिन हो । त्यसअघिका भेटको धमिलो स्मरण मात्र उनीसँग छ । हिँड्दा हिँड्दै कमलले वाग्मति किनारमा एउटा सेतो ढुंगा टिपेका थिए ।
विसं २०७६ साउन दोस्रो साता ७५ वर्षपछि बाजेलाई थुनामा राखेको जुद्धधर्मशालामै पुगेका कमलले सुनाए — बाजेलाई भेटेको यो ठाउँ हेर्न जाऊँ भन्ने धेरै पटक लाग्यो । मौका मिलेको थिएन । आज तपाईहरुले ल्याउनु भयो ।
बाजेलाई थुनिएकै उही कोठामा पुगेका कमलले सम्झिए — वाग्मति नदी निक्कै सफा र फराकिलो थियो । आमाले मलाई अघि अघि लगाएर धर्मशालाको माथिल्लो तलाको यही लामो कोठामा पुर्याउनु भयो । पूर्वपश्चिम फैलिएको कोठामा मैले अनौठो दृश्य देखे ।
पश्चिमतिरको एउटा खाँबामा रामदलका प्रहरी जवानको रातो फेटा टाँगिएको छ । हिजोआजजस्तो प्रहरीले क्याप लगाउने चलन थिएन । फेटा लगाउँथे । फेटा टाँगिएको छ, प्रहरी चाहिँ छैन । अहिले आएर कल्पना गर्छु — निगरानी गर्न खटाइएको त्यो सिपाही कृष्णप्रसाद भाग्ने होइनन् भनेर ढुक्कले फेटा त्यही छोडेर घुम्न जाँदो हो ।
बिरामी कृष्णप्रसादको साथमा सेवाका लागि उनका दुवै पत्नी मोहनकुमारी र दिव्या पनि थिए ।
कृष्णप्रसादलाई थुनामा भेट्ने एकमात्र जीवित पात्र कमलले भने — यही कोठा हो, त्यो दिन मेरो मानसपटलमा ताजै छ । लामो दरीमाथि तीनवटा बिछौना छन् । पुलिसको फेटा राखेको कोठामा एउटा अर्को बिछौना बेरेर राखेको छ । सेतो झुस्स, दाह्री पालेका बाजे बस्नुभएको थियो । केटाकेटी मन न हो । मलाई बसिरहन के मन लाग्थ्यो र ? यता उता गर्दै थिएँ ।
आमाले त्यो बेलाको चलनअनुसार सासुससुरालाई ढोग्नु भयो । अनी मलाई पनि भन्नुभयो — ढोग पिताजीलाई । ढोगेँ । बालापन न हो । म कहिले घाटतिर हेर्थे, कहिले कता । झ्यालतिरबाट हेर्दा फाट्टफुट्ट मानिसहरु गइरहेको देखिन्थ्यो । हिजोआजजस्तो थापाथली त्रिपुरेश्वरको बाटो बनिसकेको थिएन । मान्छेहरु पनि कम हुन्थे । मैले वाग्मति किनारबाट ल्याएको सेतो ढुंगा हातमा लिइरहेको थिएँ । बाजेले सोध्नुभयो — ल देखा त तैँले हातमा के लिइरहेको छस् ? मैले मुठ्ठी खोलेँ । दे मलाई त्यो ढुंगा भन्नुहुन्छ । केटाकेटी न भएँ म । झन् मुठ्ठी बन्द गर्छु । आमाले भन्नुभयो — दे तेरो चिनो राख्छु भन्नु भएको छ । बाजेले — भन्नुभयो दे तेरो ढुंगो म चिनो राख्छु । मैले मान्दै मानिन ।
आमाले बाटोमा पाइहालिन्छ नी दे भनेपछि बल्लबल्ल दिएँ । लिएर राख्नुभयो । फेरि पनि यो मेरो कल्पना हो । कहिले कहीँ म कल्पना गर्छु केही गरी उहाँ जेलबाट जिउँदै छुटेको भए के भन्नुहुन्थ्यो होला ? विराटनगर आएर भन्नुहुन्थ्यो होला — देखिस् तैँले दिएको चिनो मैले कति जतन गरेर राखेको छु ।
त्यसपछि एकदमै भावुक भएर कमलले सुनाए — हुन त कोइराला निवासमा बाजेसँग बिताएका क्षण आमा बाबाको मुखबाट मैले धेरै थाहा पाएको छु तर मेरो सम्झनाको अर्को भेट हुन पाएन ।
मातृकाको नोकरी खोसिएपछि कमल विराटनगर फर्किए । काठमाडौंमा जाडोको मौसम सुरु भयो ।
उता विराटनगरमा तारिणीप्रसाद कोइराला कालो कोट लगाएर हेरक दिन बिहान टेलिग्राम अफिस जान्थे । काठमाडौंबाट दाजु केशवले बिरामी पिताजीका बारेमा केही खवर पठाउँछन् कि भनेर ?
केही दिनपछि काठमाडौंमा लगातार दुई दिनसम्म ठूलो हिमपात भएको समाचार आइपुग्यो । एक त बाथका बिरामी त्यसमाथि हिमपात, पिताजीको स्वास्थ्य के भयो होला भन्ने चिन्ता थपिँदै थियो ।
काठमाडौं ल्याएर पाको पोखलड्याङको घरमा राखिएका बेला भेट्न जानेहरुलाई कृष्णप्रसाद भन्दा रहेछन् —राणाहरुले थुनेर राखेका छन्, राम्ररी खान पनि दिँदैनन् । कुनै दूतले यो कुरा प्रधानमन्त्री जुद्धशमशेरलाई सुनाई दिएछ ।
रिसले चुर भएर उनले भनेछन् — झन् काठोलाई मान गरेर जेलमा नहाली नजरबन्द गरेर राखेको । खान दिएनन् राणाहरुले भन्दो रहेछ । हाली दिनु जेलमा । सिदा पाउँछ ।
आदेशलगत्तै बबर शमशेरको चिठी लिएर सिपाहीहरु उनलाई जेल सार्न भनेर आई हाले । कृष्णप्रसादको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने त आदेश पालना गर्ने उनीहरुलाई के मतलब ?
बाबुको अवस्था चिन्ताजनक छ भनेर त्यति बेला वन विभागका जागिरे छोरा केशव वीरगञ्जबाट काठमाडौं आए थिए । जेल सार्न भनेर आएका सिपाहीलाई उनले भनेछन् यस्तो सिकिस्त मानिसलाई कसरी जेल लग्ने ? ल माथि जाउ कुरा गर्न ।
प्रधानमन्त्री जुद्धशमशेरले हिड्न नसक्ने भए उलिन काठमा राखेर भए पनि ल्याउनु भन्ने आदेश दिए । त्यसमा पनि बस्ने अवस्था थिएन । केशवले पिताजीलाई लिन आएका सिपाहीलाई भनेछन् — यस्तो हालतको मानिसलाई कसरी लैजाने ? राणा प्रधानमन्त्रीको आदेश अवज्ञा गर्नसक्ने अवस्था थिएन । फेरि स्ट्रेचर लिएर आए । त्यसैमा राखेर भद्रगोल जेल पुर्याए । जहाँ टंकप्रसाद आचार्य र रामहरी शर्मालाई पनि राखिएको थियो । दुवैले कृष्णप्रसादलाई भेट्न पाऊँ भन्दा अनुमति दिइएन । यो प्रसंग रामहरी शर्माले आफ्नो स्मरणमा लेखेका छन् ।
घरमा मकलमा आगो तापेर दुई पत्नी र छोराका साथ बसेका कृष्णप्रसादको अवस्था जेलमा सारिएपछि एकदमै खराब भयो । एक दिन राति एकजना मानिस आएर केशवप्रसाद कोइरालालाई भनेछ– तपाईँका पिताजीलाई फेरि यहीँ ल्याएर राख्नु भन्ने हुकुम छ । सिपाहीहरुले फेरि जेलबाट धर्मशालामै लिएर आए ।
कमलले सम्झिए — तारिणीको टेलिफोन अफिस जाने र आउने क्रम चलिरहेकै थियो । एकदिन अचानक कोइराला निवास (विराटनगर) को आगनमा काका तारिणी रुँदै गरेको देखे । काठको फल्याकमा बसेका तारिणी ओभरकोटको बाहुलाले मुख छोपेर एक सुरले रुँदै थिए । मातृका दौडिँदै आएर सोधे — के भयो तारिणी ?
घरको बार्दलीमा बसेर हेरेको दृश्य सम्झिँदै कमलले भने — मलाई लाग्यो, यति ठूलो मानिस त्यसरी किन रुनुभएको होला ? तारिणी दाजुले रुन्चे स्वरमा भन्नुभयो — पिताजी जानुभयो । त्यसपछि घरमा कोकोहोलो मच्चियो । स्वास्नी मानिसहरु सबै रुन थाले । म चाहिँ अलमलमा परेँ । रुन मन लागेन । बरु परालको टालमा चढेँ । त्यहीँबाट सबै रोएको हेरिरहेको छु । त्यत्तिकैमा मामाबाजे (जानकीप्रसाद, पूर्वमन्त्री आमोद उपाध्यायका बाबु) आउनु भयो । यो त परालको टालमा पो बसेछ भनेर तल झार्नुभयो ।
उता काठमाडौंमा कृष्णप्रसादको मलामी जाने मान्छे पनि पाइएनन् । देशद्रोहीको आरोपमा थुनिएका उनको मालामी गएर राणाको कुदृष्टिमा पर्न को तयार हुने ? दुई पत्नी, छोरा बुहारी र अरु तीनजना आफन्तबाहेक कोही भएन । तीनजनाले मात्र लास बोक्न नमिल्ने खबर पुगेपछि मोहनशमशेरले बाबुआमा मरेका छ जना पुलिस पठाई दिए । बाबुआमा भएकाले लास बोक्नु हुँदैन भन्ने मान्यता थियो ।
हिउँ परेको छ, त्यसमाथि मलामीको अभाव । आर्यघाट लैजानसक्ने अवस्था भएन । कसरी लैजाने ? केही उपाय नभएकाले शंखमूल घाटमा दाह संस्कार गर्ने तय भयो । बीपीले पिताजीको दाह संस्कार विष्णुमतीमा भएको लेखेका छन् । त्यतिबेला पटनामा रहेका उनले सुनेको आधारमा लेखेको कुरा सत्य होइन । कमलले भने — मलाई पिताजीसँगै रहनु भएकी नोना आमा र कोसुबाबाले सुनाउनु भएकाले शंखमूलमा दाह संस्कार भएको सत्य हो ।
लास उठाउनुअघि अर्को आश्चर्यजनक घटना भयो । प्रहरीहरु मृत कृष्णप्रसादको शरीरमा संगीनले च्वास्स च्वास्स घोच्न थाले । राणाका सिपाहीको त्यो व्यवहार देखेर केशव जंगिए । जिउँदो हुँदा त चैनसँग बाँच्न दिएनौ, दिएनौ मरिसके पछि पनि संगीनले घोप्ने ?
सिपाहीले मृत्युपछि कृष्णप्रसादको लासलाई दुःख दिन भनेर संगीनले घोपेका भने होइनन् । त्यति बेला अहिलेजस्तो ‘पोस्टमार्टम’ गर्ने चलन र प्रविधि थिएन । जलाउनुअघि लासको प्रकृति मुचुल्काका लागि संगीनले घोप्ने चलन थियो । मरेको हो होइन एकिन गर्न सिपाहीले लासलाई संगिनले घोपेका रहेछन् । तर, त्यो चलन थाहा नभएका केशव बाबुलाई मरेपछि पनि दुःख दिएको ठानेर रिसाए ।
राणाका सिपाहीले लास बोकेर शंखमूल घाटसम्म पुर्याए । उनको काजकिरियाको पनि छुट्टै कथा छ । कृष्णप्रसादको मृत्यु हुँदा दुई आमासहित साइला छोरा कोसु काठमाडौंमा, मातृका र तारिणी विराटनगरमा, बीपी पटनामा र गिरिजा वनारसमा थिए । यस प्रसंगमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई भनेका थिए — पिताजीको मृत्यु भयो तिमी पटना जाऊ भन्ने कोसु दाजुको टेलिग्राम पाएपछि म बीपीलाई भेट्न गएको थिएँ ।
काठमाडौं र विराटगरमा कृष्णप्रसादको परम्पराअनुसार काजकिरिया भयो । बीपी अंग्रेजको जेलबाट छुटेकै दिन कृष्णप्रसादको मृत्यु भएको थियो ।
तर, उनलाई पटना बाहिर जाने अनुमति थिएन । बीपीले बाबुको काजकिरिया पनि गरेनन् । यसरी कृष्णप्रसादको मृत्यु भएको ७ वर्ष भित्र उनकै छोराहरु (बीपी, मातृका) को नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्ष लामो राणा शासनको अन्त्य भयो ।
अनि उनकै जेठा छोरा मातृका जनताको छोरामा पहिला प्रधानमन्त्री भए । त्यसको आठ वर्षपछि २०१६ मा कृष्णप्रसादका माहिला छोरा बीपी र २०४८ सालमा कान्छा छोरा गिरिजा प्रधानमन्त्री भए ।
संसारमै एकै बाबुका तीन तीन छोरा मुलुकको कार्यकारी प्रधानमन्त्री भएको इतिहास रचियो ।
यस सन्दर्भमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई सुनाएका थिए — एकपटक जापानीहरुको एउटा उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आएको बेला मलाई सोधेका थिए । तपाईँहरु एउटै बाबुका तीन छोरा प्रधानमन्त्री हुनुभयो । यस्तो घटना बिरलै हुन्छन् ।
उनीहरुले कोइरालाको जिन परीक्षण गर्न चाहेका थिए रे !
Mejor precio para tabletas Liomont Lévis Wo kann man Medikamente ohne Rezept kaufen?
характеристика мейоза таблица, фазы мейоза кратко ілмек бізбен тоқу слайд, кручокпен тоқыма тоқу 37 градус температура, температура 36 9 при простуде рамиль мухоряпов биография национальность, рамиль мухоряпов татарин
i7-9700k, i7-9700k цена мектеп ережелері 2 сынып дүниетану, мектеп ережелеріне қатысты шартты белгілер оқып жүрген жастарға идеясы, сұлтанмахмұт торайғыров оқудағы мақсат не ішкі энергия және энтальпия сабақ жоспары, ішкі энергия және энтальпия реферат
в контакте работа водитель выходного дня вакансии в москве подработка подработка онлайн с ежедневной оплатой на дому без вложений дистанционная работа сроком на 6 месяцев
список сайты заработков работа по оказанию услуг на дому сроки проведения работ по ремонту многоквартирного дома контур обновить криптопро
acheter médicaments sans ordonnance Belgique Pensa Tibú Preis für Medikamente in Marokko
к чему снится если родила двойняшек сочетание цифр, значение чисел от 1 до 10 если жизнь это сон то кому он снится сентябрь знак зодиака дети гадание на мужчину онлайн бесплатно картами
проклятые короли мини-сериал 2005 актеры, белая королева, белая принцесса испанская принцесса бір таңбалы санға көбейту және бөлу, көп таңбалы сандарды бір таңбалы санға көбейту және бөлу нысанбай жырау толғаулары, нысанбай жырау слайд ақан серінің жамал қызға арнаған өлеңдері, ақан сері күйлері
I've learn a few good stuff here. Definitely price bookmarking for revisiting. I surprise how a lot effort you set to create this type of excellent informative website.
medicamentos con descuento Mochida Krems an der Donau medicamentos disponible sans prescription en pharmacie
¿Dónde puedo encontrar medicamentos en Barcelona? Dominion Heemskerk dove trovare i farmaci in Svizzera
карагандинские дешевые проститутки клитор кончает порно фото русские шлюхи групповой секс эггетсбергер сексуальная энергия скачать книги