क्रान्तिको लाभ : नेता मालामाल , बराल भन्छन्– जनताको नियती : फसाना इस कदर रंगीन था ...

image

बरालले सम्झिए – एउटा मानिस माथि अर्को खप्टिएर बस्नुको विकल्प थिएन । दिसापिसाप पनि भित्रै गर्नुपर्ने । ओहो कस्तो दुर्गन्ध ! आज  कल्पना गर्न पनि सक्दिन । नुन छरेको भात थुनुवा कोठामा  फालिदिन्थे । त्यही डल्ला टिपेर खानुपर्ने । त्यस्तो बिजोगले मानिस थुनेको मैले कहिल्यै देखेको छैन । 

दोस्रो जनआन्दोलन (२०६२/०६३) ताका सात दलीय गठबन्धनका कमान्डर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला भन्ने गर्थे – अधिकार प्राप्तिका लागि गरिने यो नै अन्तिम आन्दोलन हुनेछ । भावी पुस्ताले प्रजातन्त्रका लागि फेरि संघर्ष गर्नु नपरोस् भन्ने हाम्रो ध्येय हो । यो आन्दोलनपछिको युग विकास र समृद्धिको हुनेछ । 

 

नेतृत्वको त्यही वचनमा विश्वास गरेर जनता शाही शासनविरुद्ध सडकमा ओर्लिए । आन्दोलन सफल भयो । सडकमा उर्लिएको जनआक्रोश साम्य पार्न शाही सत्ता असफल भयो । फलस्वरुप २०५९ जेठ ८ विघटित प्रतिनिधि सभाको पुनःस्थापना भयो । त्यही संसद्ले संविधान सभाको मार्गचित्र तय गर्‍यो । अनि पुनःस्थापित संसद्को पहिलो बैठकबाट राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको ऐतिहासिक घोषाणा भयो । 

त्यतिन्जेल मुलुकको समृद्धि र राजनीतिक स्थिरताका लागि  राजदरबार वाधक रहेको ठानिने गथ्र्याे । त्यही ठानेर नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सामेल एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा तीव्र विकास र राजनीतिक स्थायित्वको नारा अघि सारियो । ‘समृद्ध नेपाल : सुखी नेपाली’ भन्ने उनीहरूको नारा अनुमोदन गर्दै जनताले दुई तिहाइ निकटको अपार बहुमत पनि दिए । तर, नेतृत्वले चुनावमा गरेको वाचा पूरा गर्नु त कहाँ हो कहाँ हठात संसद् भंग गरी नेपाली जनताको सात दशक लामो आन्दोलन र बलिदानबाट प्राप्त संविधानलाई नै संकटमा पारिदियो । 

गणतन्त्र आएपछि सबै प्रकारका संकटबाट मुक्ति पाइने जनताको आशा तुहियो । सत्ताधारीको काम र विपक्षीको मौनले जनतामात्र होइन तिनैका कार्यकर्ता समेत वाक्कदिक्क छन् ।  

यतिबेला सरकार र सडक आन्दोलन दुवै मोर्चामा नेकपा रहेको छ । प्रतिगमन सच्याउन तेस्रो जनआन्दोलनको आवश्कता छ भन्नेहरुलाई धेरैको प्रश्न छ । अब पनि केका लागि आन्दोलन ? र कसका विरुद्धमा आन्दोलन ? 

नेपालले राजनीतिक आन्दोलनबाट कहिले मुक्ति पाउने हो ? विकास निर्माण र आर्थिक उन्नतिको युग कहिले सुरु होला ? आन्दोलनको प्रतिफल जनताले पनि पाउने कि नेतृत्वले मात्र ? यस प्रश्न उत्तर नेतृत्वले दिन सकिरहेको छैन । 

आधुनिक नेपालको इतिहासमात्र हेर्ने हो भने पनि आठ दशकको अवधिमा २००७ यता पटकपटक आन्दोलनबाट राजनीतिक व्यवस्था बदलिए तर देशले स्थायित्व पाउन सकेन । आन्दोलनमा बलिदान दिने जनताले बदलामा के पाए ? 

प्रसंग सुरु गराैँ २००७ को जनक्रान्तिबाट । जनक्रान्तिपूर्व शासक रहेको राणा परिवारका हिमालय शमशेर राणाले लेखकलाई सुनाएका छन् – अहिलेजस्तो सूचना प्रविधिको युग थिएन । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर त्यति पढेका थिएनन् । कुरा बुझ्दैनथे । तिनैताकाको कुरा हो । मोहनशमशेर दिल्ली गएका बेला भारतीय प्रधानमन्त्री नेहरुसँग उनको कुरा भयो । नेहरु बेलायतमा पढेका । अंग्रेजी भाषामा बोल्दा पनि शिष्टतापूर्वक कुरा गर्ने । 

राणा भए पनि विद्रोही (कांग्रेसी) पक्षमा सक्रिय हिमालयले लेखकलाई सुनाए । मोहन शमशेरसँगको भेटमा नेहरुले भने – अब जमाना बदलियो चीनमा कम्युनिज्म आयो । त्यसको हावा नेपालमा आउन दिनुहुन्न । शासनमा जनताको सहभागिता बढाउँदै लैजानुपर्छ । 

जबाफमा मोहन शमशेरले भनेछन् – अब कम्युनिज्म त हामीलाई उत्तर होइन दक्षिणबाट आउँछ । दक्षिणमा त सीमा खुला छ नि ! मोहन शमशेर फर्किएर आएपछि दिल्लीमा रहेका राणाजीका शुभचिन्तकहरुले नेहरुसँग लामो कुराकानी गरे । उनीहरुले सोधे मोहनशमशेरसंगको वार्तालाप कस्तो भयो ? नेहरुले भने रे – आई थट दे बिलङस् टु द डिफरेन्ट स्पेसिज अफ द ह्युमन काइन्ड । 

त्यतिञ्जेल राणा परिवार विभाजित भइसकेको थियो । निरंकुश शासन सत्ता कसैगरी टिकाउनुपर्छ भन्नेमा बबर शमशेर, बहादुर शमशेरलगायत थिए । तर परिवर्तनको वेगका अघि राणाको केही लागेन । एक सय चार वर्षे राण शासन ढल्यो । 

त्यो क्रान्ति नेपालको इतिहासमा एउटा युगान्तकारी परिवर्तन थियो  जसले राणा र रैती दुवैलाई नागरिक बनायो । हुकुमी शासन हटेर कानुनी राज्य स्थापना भयो । क्रान्ति सफल भयो तर जनचाहना भने पूरा हुन पाएन । 

मुक्ति सेनाको लडाकुका हैसियतले त्यो क्रान्तिमा भाग लिएका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालले एउटा भेटमा लेखकलाई सुनाए – मेरा पिता बहादुरसिंह बराल ब्रिटिस (भारतीय) सेनामा कप्तान हुनुहुन्थ्यो । त्यो कुनै नेपालीले पाउने माथिल्लो तहको पद थियो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेता हाम्रो घर (गोरखपुर) मा आएर बस्थे । उनीहरु बालाई भन्ने गर्थे हाम्रो शासन आयो भने त हजुरलाई प्रधानसेनापति नै बनाउने हो । 

यी घटनाले आफूलाई नेपाली क्रान्तिमा लाग्न प्रेरणा मिलेको बरालले सुनाए – युवा उमेर थियो । भारतीय सेनामा रहेका नेपाली लाहुरेलाई उचाल्ने र क्रान्ति सफल बनाउने एउटा प्रमुख रणनीति कांग्रेसले बनाएको रहेछ । त्यसका लागि भारतका विभिन्न भागमा उसले आफ्ना मानिस खटाएको थियो । राजनीतिक दृष्टिले भन्दा पनि धेरै मानिसलाई आफू शक्तिमा आएपछि ठूलो ओहोदा दिने प्रलोभनमा पारेर क्रान्तिमा होमे । 

यस क्रममा भाक्सु, देहरादुन, हैदरावाद, सिलोङ, नागपुर, पुनाजस्ता स्थानसम्म पुगेर क्रान्तिका लागि बरालको टोलीसमेतले पूर्वगोर्खा सैनिकबाट सय, डेढसय राइफल र तीन चार हजार गोली जम्मा गर्‍यो । 

कांग्रेसको मुक्ति सेनामा ब्रिटिस, भारतीय सेनाका अतिरिक्त भारतीय स्वतन्त्रता आन्दोलनका लागि सुभाषचन्द्र बोसले तयार पारेको आजाद हिन्द फौजमा काम गरेका धेरै तालिम प्राप्त लडाकु थिए । 

डा. केआई सिंह नेतृत्वमा भैरहवा मोर्चामा लडेका बरालले सुनाए क्रान्ति सफल त भयो तर हाम्रो मोर्चाले राजा, राणा र कांग्रेसबीच भएको त्रिपक्षीय सम्झौता नमान्ने घोषणा गर्‍यो । 

संझौताअनुसार अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरकै नेतृत्वमा सरकार बन्यो । केआई सिंह मर्ने वा मार्ने नीतिमा थिए । कि राणा शासन खत्तम गर्ने कि आफू सकिने । परिवर्तनपछि गृहमन्त्री बनेका कांग्रेस नेता बीपीले विद्रोहीलाई सम्झाउन अनेकौं प्रयास गरे । तर, केही लागेन । अनि केआई सिंह नेतृत्वको मुक्ति सेनाको पश्चिम मोर्चा दबाउन सरकारले भारतीय सहयोग खोज्यो । गोर्खालीको विद्रोह दबाउन सहज छैन भन्ने बुझेर नै भारतीय सेनाको त्यो मिसनमा मराठी फौज पठाइएको थियो ।  

बरालका अनुसार विद्रोहीहरु खेतमा लुकेर बसेका थिए । राति तीन बजे चारैतिरबाट घेरेर भारतीय सेनाले मोर्टार आक्रमण गर्‍यो । केही विद्रोही मारिए । बाँकीलाई हात खुट्टा बाँधेर लात्तैलात्ताले हान्दै भकुर्दै भैरहवा पुर्‍याइयो । अनि नेपाली सेनाको जिम्मा लगाएर एउटा सानो हलमा दुई सय पचास जनाको त्यस समूहलाई थुनियो । 

बरालले सम्झिए – एउटा मानिस माथि अर्को खप्टिएर बस्नुको विकल्प थिएन । दिसापिसाप पनि भित्रै गर्नुपर्ने । ओहो कस्तो दुर्गन्ध ! आज  कल्पना गर्न पनि सक्दिन । नुन छरेको भात थुनुवा कोठामा  फालिदिन्थे । त्यही डल्ला टिपेर खानुपर्ने । त्यस्तो बिजोगले मानिस थुनेको मैले कहिल्यै देखेको छैन । 

चार पाँच महिना थुनामा राखेपछि विद्रोहीका वकिलले त्यो बिजोग बारे गृहमन्त्रालयमा पत्राचार गरे । अनि गृहमन्त्री बीपी कोइरालाको आदेशमा थुनामा रहेका बरालसहित २७ विद्यार्थी रिहा भए । अरुको हकमा छानबिन आयोग गठन भयो 
रिहा हुने दिन बराललाई लिन पुगेका उनका पिताले भने – अब त क्रान्ति बुझिस् होला नि हैन ? जे भयो भयो । चिन्ता नगर । मेरो नोकरी अझै दुई तीन वर्ष बाँकी छ । गएर खुरुक्क पढाइ गर । त्यसपछि जे गरे पनि हुन्छ । 

विसं २००७ सालको जनक्रान्तिताका आईएससी पास गरेका बराल पटना विश्वविद्यालयमा भर्ना भए । राजनीति शास्त्रमा एमए पूरा गरेपछि २०१२ सालमा प्रहरी निरीक्षक बने । 

अहिले उमेरले नौ दशक काटेका बरालले गत वर्ष महाराजगन्जस्थित निवासमा लेखकलाई हाँस्दै भने – बाको एउटा वचनले मलाई पढ्ने प्रेरणा दियो र प्रहरीको सर्वोच्च नेतृत्वसम्म पुग्न सकेँ । मेरा साथीहरु पछिसम्म सुनाउँथे क्रान्ति सकिएपछि विद्रोही नेता शासन सत्तामा आए ।

उनीहरुमध्ये धेरैलाई दरबारमा बस्ने व्यवस्था मिलाइयो । जहाँ राणाका दुई तीन सय दासी युवती हुन्थे । नेताहरु त्यही भूलभुलैयामा हराए । लामो समयसम्म मुक्ति सेनाको समायोजन भएन ।

लडाकुहरु दिनहुँ टुडिखेलमा कबाज खेल्थे । तिनैताकाको कुरा हो सरकारले एक जना सुब्बा मुक्तिसेनाको लगत लिन खटाएको थियो । ती सुब्बाले मुक्तिसेनाका योद्धाहरुलाई एक एक गरेर उनीहरुको दर्जा बारे सोधेछन्  । सबैले पाँच सयले कप्तानमात्र भन्ने जबाफ दिएपछि उनी त्यहाँबाट भागे रे ! 

क्रान्तिको फलस्वरुप राणा परिवारमा सीमित शासन सत्तामा नेताहरु पनि पुग्न सफल भए । तर, त्यसको लाभ जनताले महसुस गर्न पाएनन् ।

नेपाली जनताको बलिदानबाट स्थापित प्रजातन्त्रमाथि २०१७ मा राजा महेन्द्रले ‘कु’ गरे । अनि ३० वर्ष पञ्चायती व्यवस्थाका नाममा राजाले शासन गरे । 

यसबीच २०४६ र २०६२–०६३ मा क्रमशः पहिलो र दोस्रो जनआन्दोलन भए । दुवै आन्दोलनले राजनीतिक स्थायित्व दिन सकेन । 
सात दशकको अवधिमा बरालको पुस्ताले राणा शासन, प्रजातन्त्र, पञ्चायत, संवैधानिक राजतन्त्र, लोकतन्त्र र गणतन्त्र भोग्यो ।

तर, परिवर्तनका लागि ज्यानको बाजी लगाउने क्रान्तिकारी र जनता कसैले त्यसको फल पाउन सकेनन् । क्रान्तिकारीहरुको नियति बरालले मन्द मुस्कानका साथ लेखकलाई सुनाएको हिन्दी सिनेमा –‘सुनहरे दिन’ को शेवन रिजवीले लेखेको गीतका यी पंक्ति जस्तै छ :– ‘‘फसाना इस्कदर रंगीन था मेरे जवानी का
कि जिसने भि सुना कहने लगा मेरी कहानी है ।’’




प्रतिक्रिया


  1. h5R3z0V8f0

    image академиялық жазылым оспанов скачать

    вариациялық коэффициент, вариация қатары және вариация коэффициенті дегеніміз не идеал газ заңдары жк аруна сити астана отзывы, жк новополис астана стартекс москва адрес, стартекс ру

    It's awesome to pay a visit this web page and reading the views of all friends regarding this article, while I am also eager of getting familiarity.

    image до чого сняться курка чоловікові

    гороскоп за місцем народження безкоштовно з 20 на 21 травня хто за гороскопом змова встаньте підніміться до чого сниться сон що чоловік іде до іншої

    Woww that waas odd. I just wrote an veery lomg comment butt afer I clicked submit myy commenjt didn't show up. Grrrr... wwll I'm nnot writging all that ovwr again. Anyway, just wanted too saay wondeful blog!

    image психология развития изучает

    психология развития изучает