प्रधानमन्त्री परिवार सहित भाग्नु पर्दा

image

लामो सास तानेर प्रधानमन्त्रीले भने ‘ए बाबा बल्ल बल्ल पो जोगिएछ त । प्रधानमन्त्रीलाई नै कव्जामा लिएको भएछ त ? सक्कि हालेको नी ।’

काठमाडौंको मुटु कमाउने जाडो । २००८ साल माघ ८ गते । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला लाजिम्पाटको एउटा सानो भाडाको बंगलोमा बस्थे । काठै काठको दुई तले त्यो घरमा प्रसस्त घाम ताप्ने ठाउ“ थियो । वरिपरि खुल्ला स्थान र बगैचा पनि । प्रधानमन्त्री पुत्र कमल, अन्य सदस्यहरुका साथ घाम तापेर वसेका थिए । त्यति नै बेला रक्षा दलका सदस्यहरुले विद्रोह गरेको सनसनीपूर्ण खवर आई पुग्यो । पराजुली थरका क्याप्टेनले अत्तालिएर प्रधानमन्त्रीसंग भने ‘हजुर रक्षा दलमा विद्रोह हुदैछ भन्ने सूचना आएको छ । प्रधानमन्त्री सहित सबै मन्त्रीलाई नियन्त्रणमा लिने कुरा छ ।’ क्याप्टेनको त्यो अप्रत्यासित सूचनाले प्रधानमन्त्रीमा सम्भावित दुर्घटनाको त्रास थपियो । अनयासै सोधे ‘कसले गर्दैछ ? क्याप्टेन पराजुली विस्तार लगाउन थाले ‘हजुर रक्षा दलले ।’ प्रधानमन्त्रीले फेरी सोधे ‘पक्का हो ।’ सात दशक अघिको त्यो घटना वारे प्रधानमन्त्री पुत्र कमलले लेखकलाई सुनाए ‘सानै भए पनि म वुझ्न सक्ने भैसकेको थिए । क्याप्टेन पराजुली भन्दै थिए पक्का भन्न त सक्दिन प्रधानमन्त्रीज्यू तर यस्तो कुरा भैरहेको छ । विद्रोह कुन दिन कुन बेला हुन्छ । ठेगान छैन ।’ प्रधानमन्त्री क्याप्टेन पराजुलीलाई एक पछि अर्को प्रश्न सोध्न थाले ‘विद्रोहमा कस कसको हात छ ? को को संलग्न छन् ? जीवी याकथुम्वा लगायतका रक्षा दलका ठूला अफिसर छन् ? छैनन् ?’ क्याप्टेन पराजुलीले भने ‘उनीहरु त यसमा छैनन् । तर योजनाकारहरु भन्दैछन् रे प्रधानमन्त्री र मन्त्रीहरुलाई थुनिसके पछि त उनीहरुले साथ दिइहाल्छन् नी ।’ प्रधानमन्त्री निवासमा राष्ट्रिय सेनाले सेन्ट्रीको जिम्मेवारी लिएको थियो । राणा र उनीहरुका विश्वास पात्रकै वाहुल्यता भएकाले राष्ट्रिय सेना माथि विद्रोहवाट आएको सरकारको पूर्व विश्वास थिएन । त्यसैले सुरक्षाको मुख्य जिम्मेवारीमा रक्षा दललाई राखिएको थियो । राणा विरुद्व लडेका मुक्ति सेना (प्रजातन्त्र पछि रक्षा दलमा परिणत) कै योद्वाबाट विद्रोह हुन लागेको सूचनाले प्रधानमन्त्रीलाई थप चिन्तित बनाइरहेको थियो । जसले विद्रोह गर्दै छ भन्ने सूचना प्रधानमन्त्री पाइरहेका थिए, क्रान्तिकालमा उनी आफै त्यसको सर्वोच्च कमाण्डर थिए । जसले पहिलो पटक जनताका छोराछोरीको तर्फबाट उनलाई प्रधानमन्त्री बन्ने अवसर दिलाएका थिए । संयोगले त्यो दिन प्रधानमन्त्रीका बडिगार्ड पनि विदामा बसेको मौका थियो । खेमवहादुर भन्ने लेफ्टिनेन्ट, क्याप्टेन पराजुली मात्र माथिल्लो तहका सुरक्षा अधिकारी निवासमा थिए । कमलले सम्झिए ‘बाबाले सल्लाहका लागि क्याप्टेन पराजुलीलाई वोलाउनु भयो । उनीहरुले के सल्लाह थिए भने अव रक्षा दलका मानिसहरु यही आउन सक्छन् । बरु त्यस अघि नै प्रधानमन्त्री ज्यूले सपरिवार यो ठा“उ छोड्नु उपयुक्त हुन्छ हजुर ।’ विद्रोही फौज कति वेला आउने हो । आई हाल्यो भने उनीहरुबाट प्रधानमन्त्रीलाई जोगाउन सकिन्छ भन्ने विश्वास उनको सुरक्षामा खटिएका अधिकारीलाई भएन । त्यसैले त्यस प्रकारको सुझाव दिएका थिए तिनले । रमाइलो त के भने प्रधानमन्त्रीका ड्राइभर थिए, गुभाजु गुभाजु भन्ने एक सिभिलियन । अव त्यो वेला यस्तो काण्ड होला भन्ने कल्पनै भएन । हरेक साझ गुभाजु प्रधानमन्त्री निवासमा मोटर पार्क गर्थे, अनी उज्यालैमा साचो बाकेर घर तिर लाग्थे । प्रधानमन्त्रीका वडिगार्डहरु चढ्ने जीपको ड्राइभर पनि भाडाकै थिए । उनी पनि काम सकेर वेलैमा घर तिर लागि सकेका थिए । जाडोको वेला पा“च वजे त सबै घर भित्र पसि सक्थे । सिंगो काठमाडौ सुनसान हुन्थ्यो । कमलले सुनाए ‘अव प्रधानमन्त्रीको साथमा रहेका दुवै गाडीको साचो समेत छैन । भए त कसैले हाक्न पनि सक्थ्यो होला । त्यो बेला कता गुभाजु ड्राइभर खोज्न जाने ।’ के गर्ने कसो गर्ने । प्रधानमन्त्री आफू माथि आई परेको संकटको निकास पाइरहेका थिएनन् । त्यतिञ्जेल विद्रोहीले सिंहदरवार भित्र थुनामा रहेका केआई सिंह (पूर्व प्रधानमन्त्री)लाई छुटाएर मातृका सरकारलाई वर्खास्त गरी सर्वदलिय सरकार वनाउनु पर्ने माग अघि सारेको अपुष्ट खवर पनि प्रधानमन्त्रीसम्म आईरहेको थियो । केआई सिंहको नेतृत्वमा विद्रोहीले प्रमुख प्रशासनीक केन्द्र सिंहदरवार कव्जामा लिइ सके । सबै कैदी छुटाई सके । नारायणहिटी राजदरवार र सैनिक हेडक्वाटर वाहेककासरकारी कार्यालय विद्रोहीको कव्जामा छन् । कति मन्त्री भागेर नारायणहिटी राजदरवार पुगेको खवर आउन थाल्यो । त्यो घटना बारे गणेशमान सिंहले भनेका छन् ‘सूचनाको अभावमा भाग्न नभ्याएका मन्त्रीहरु विद्रोहीको गिरफ्तारीमा परे । त्यस मध्ये म पनि एक हु । उनीहरुले राती नै घर घेरामा हालि सकेका रहेछन् । तर मेरो निद्रा खल्वलिएला भनेर उठाउने र गिरफ्तार गर्ने काम चाही गरेनन् । विहान उठे पछि सिंहदरवारमा केआई सिंहले बोलाएका छन् भनेर लगे । त्यहा“ पुगे पछि मात्र विद्रोह भएको र म आफै पनि उनीहरुको नियन्त्रणमा रहेको कुरा थाहा पाए ।’ सेनाको हेडक्वाटर वाहेक नारायणहिटी दरवार भन्दा दक्षिणको भागमा विद्रोहीले अड्डा जमाई सकेको सूचना आई रहेको थियो । राष्ट्रिय सेना र विद्रोही विच गोली हानाहान भएर रक्तपात हुने त्रासले प्रधानमन्त्री छटपटाइ रहेका थिए । कमलले सम्झिए ‘बाबाले नारायणहिटीमा फोन लगाउनुभयो । एउटा ठूलो गाडी पठाई दिन भन्नु भयो । त्यो वेला शैलजा आचार्यका पिता डा. पिनाकीप्रसाद (मातृकाका वहिनी ज्वाई) त्यही हुनुहुन्थ्यो । मेरो मामाको छोरी, उमेशजंग राणा, लगायत अरु पनि थिए । दरवारले पठाउने गाडीमा सबै नअट्ने भएकाले उनीहरुले भने तपाईहरु जानुस् जानुस् ।’ गाडीको प्रतिक्षा भइरहदा रक्षा दलका अधिकृत खेमवहादुरले के भने ‘यसो गर्नुस् हजुर । प्रधानमन्त्री ज्यू परिवारका साथ जानुस् । सामान यही रहोस् । हामी यता उता हुन दिदैनौ । हामीहरु पनि रक्षा दलकै, उनीहरु रक्षा दलकै । दुई घ्याम्पा रक्सी किन्ने पैसा छोडिदिनुस्, एउटा सामान पनि यताउता हुन दिदैनौ । उनीहरु आउछन् । त्यतिञ्जेल तपाईहरु गैसक्नु भएको हुन्छ । तिनीहरुलाई हामी भन्छौ । खै तिमीहरु आयौ । प्रधानन्त्री त गैसके । उनीहरु पनि प्रधानमन्त्री नभेटे पछि निरास हुन्छन् । त्यो वेला हामी भन्छौ । हामी र तिमी त साथी साथी हौ नी । अव केही छैन हेर । यही रक्सी र अलीकति शितन खाउ चित्त वुझाउ । त्यस्तो टेन्स वातावरणमा पनि हासो उठ्दो कुरा । उसको सोझो तरिका । कुरा त ठिकै हो वा क्या आईडिया निकालि रहेको छ भन्यौ हामीले ।’ राजाको सामुन्ने जादा त दौरा, सुरुवाल टोपी सबै लगाउनु प¥यो भन्दै प्रधानमन्त्री लुगा लगाउन थाले । कमलले सुनाए ‘हामी सबै पाइजामा मै छौं । त्यही बेलामा फोन बज्यो । मैले उठाए । सूर्यप्रसाद उपाध्यायको रहेछ । सोध्नु भयो ‘मामा कहा“ हुनुहुन्छ ? बाबालाई उहा“ मामा भनेरै बोलाउनुहुन्थ्यो । भन्नु भयो हामीहरु भारतीय दुतावास पुगि सक्यौ । मामालाई पनि यतै आउन भन्नु । शहरमा खतरा छ ।’ प्रधानमन्त्रीले कमल अह्राए ‘उहा“हरुलाई भन्नु । बाबा नारायणहिटी जादै हुनुहुन्छ तपाईहरु पनि उतै आउनु होला ।’ कमलले फोन डायल गरे । सूर्यप्रसादलाई बाबुको सन्देश दिए । नारायणहिटीवाट एउटा मोटर आई पुग्यो । कमलले सम्झिए ‘खचाखच गरेर हामी वस्यौ । पछाडी पट्टीको सिटमा आमा र हामीहरु, अगाडी बाबा र पिनाकी बाबु ।’ नारायणहिटीवाट आएका सिपाहीहरु अगाडीको सिटमा चार जना खादखुद गरेर वसे । संकटको वेला, त्यो वाहेक अर्को उपाय थिएन । प्रधानमन्त्री बस्ने व्रिटिस डिजाईनको सानो चिटिक्कको त्यो बंगलोमा इन र आउटका लागि छुट्टा छुट्टै गेट थिए । आउटवाट प्रधानमन्त्री चढेको मोटर निस्कदै छ । इनवाट एउटा लरी छि¥यो । मधुरो प्रकाशमा राम्रोसंग चिन्ने अवस्था थिएन । प्रधानमन्त्रीले दरवारबाट आएका सिपाहीलाई भने ‘ए एक पटक रोकौ की क्या हो हाम्रो मद्तका लागि आएका हुन् की यीनीहरु ।’ दरवारबाट आएको सेनाले भन्यो ‘हैन प्रधानमन्त्रीज्यू हिडि सके पछि रोकिनुहुन्न ।’ सिभिल ड्रेसमा रहेको राष्ट्रिय सेनाको त्यो अफिसर उसले चिने छ लरीमा आएका मानिस । नारायणहिटी दरवारको उत्तरतिर काम काजका लागि प्रयोगमा ल्याउने एउटा सानो गेट थियो । एक पटकमा एउटा मानिस मात्र छिर्न सक्ने । प्रधानमन्त्री सवार मोटर त्यही पुगेर टक्क रोकियो । सेनाले ढोका ढ्याढ्याक ग-यो । भित्रबाट आवाज आयो ‘हु कम्स द्यर ।’ प्रधानमन्त्रीको साथमा रहेको सैनिक अधिकारीले भन्यो ‘प्यारोल’ । त्यो कोर्ड सुने पछि ढोका खुल्यो । अनी अगाडी इसारा गर्दै सैनिक अधिकृतले भने ‘प्रधानमन्त्रीज्यू सवारी होस् ।’ प्रधानमन्त्री पछि एक एक गर्दै परिवारका सबै सदस्य दरवारभित्र छिरे । अनी मात्र त्यो अधिकृतले भन्यो ‘हेयर वेथ स्केप प्रधानमन्त्री ज्यू । रौले वचियो । हामी निस्कने बेला गेटमा पुगेको विद्रोही फौज थियो, त्यसैले प्रधानमन्त्रीज्यूले भन्दा पनि मैले मोटर रोक्न सकिन ।’ लामो सास तानेर प्रधानमन्त्रीले भने ‘ए बाबा बल्ल बल्ल पो जोगिएछ त । प्रधानमन्त्रीलाई नै कव्जामा लिएको भएछ त ? सक्कि हालेको नी ।’




प्रतिक्रिया