कांग्रेस संसदीय दल १३ चुनाव : ८ औं पटकमा गगनसंग देउवाको प्रतिश्पर्धा

image

संसदीय दल : देउवाको विगत
१ पटक सर्वसम्मत
३ पटक विजयी
३ पटक पराजित 
अव के ? 

 

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि १३ औं पटक निर्वाचन हुदै छ । कांग्रेसमा प्रधानमन्त्री वन्नका लागि संसदीय दलको नेतामा निर्वाचित हुनु पर्छ । त्यससैले पनि दलको नेता पार्टी भित्र सर्वाधिक चासोको पद हो । २०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेसको इतिहासमा शुरु भएको यो प्रतिश्पर्धामा सवै भन्दा वढी सहभागी हुने नेता शेरबहादुर देउवा हुन् । २०५१ को मध्यावधी चुनावपछि सर्वसम्मत रुपमा नेता चुनिएका देउवाको यो ८ औं प्रतिश्पर्धा हो । यस अर्थमा पचास प्रतिशत भन्दा वढी चुनाव देउवाले मात्र प्रतिश्पर्धा गरेका छन् । 

नेपाली कांग्रेस संसदीय दल 

२०१५ बीपी कोइराला, सर्वसम्मत 

२०४८ गिरिजाप्रसाद कोइराला, सर्वसम्मत 

२०५१ शेरबहादुर देउवा, सर्वसम्मत 

२०५४ गिरिजाप्रसाद कोइराला, सर्वसम्मत 

२०५६ कृष्णप्रसाद भट्टराई, सर्वसम्मत 

२०५६ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच प्रतिश्पर्धा, कोइराला निर्वाचित 

२०५८ शेरबहादुर देउवा र सुशील कोइरालाको प्रतिस्पर्धा, देउवा विजयी 

२०६२–६३ गिरिजाप्रसाद कोइराला, सर्वसम्मत 

२०६५ शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिश्पर्धा, पौडेल बिजयी 

२०७० सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिश्पर्धा, कोइराला विजयी  

२०७२ शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिश्पर्धा, देउवा विजयी । 

२०७४ शेरबहादुर देउवा र प्रकाशमान सिंहबीच प्रतिश्पर्धा, देउवा विजयी 

२०७९ शेरबहादुर देउवा र गगन थापाबीच प्रतिश्पर्धा, अवको नेता को ? 




प्रतिक्रिया