पूर्व प्रधानमन्त्रीको जमानत जफत : महाथीर युगको अन्त्य  

image

मलेसियाको आम निर्वाचनमा पूर्व प्रधानमन्त्री मोहम्मद माहथीर पराजित भएका छन् । ९७ वर्षको उमेरमा चुनाव लडेका उनले आफ्नो जमानत समेत जोगाउन नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मलेलियाको विकासमा माहथीरको ठूलो योगदान छ । 

वाइस वर्ष प्रधानमन्त्री भएर मलेसिया बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मोहम्मद माहथीर गत शनिवार भएको आम निर्वाचनमा पराजित भएका छन् । मलेसिया मात्र होइन, दक्षिण पूर्वी एसियाको राजनीतिमा लामो समय देखि प्रभाव जमाउदै आएका ९७ वर्षिय पूर्व प्रधानमन्त्री माहथीर पराजित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनी विगत ५० वर्ष यता मलेसियाको राजनीतिमा किङ मेकर रहदै आएका थिए । राजनीतिक जीवनमै उनले हार भोग्नु परेको यो नै पहिलो पटक हो । 
सन् २०१८ मा ९३ वर्षको उमेरमा प्रधानमन्त्री भएर विश्व रेकर्ड कायम गरेका माहथीरको पार्टी होमल्यान्ड फाइटर्स नराम्रोसंग पराजित भएको छ । उनको पार्टीले ८ प्रतिशत मत समेत ल्याउन सकेन भने उनी आफैले जमानत समेत जोगाउन सकेनन्




प्रतिक्रिया