पहिलो संसदीय चुनाव : धेरै पढे छोरीहरु बेश्या हुन्छन् भन्ने युगको एउटा कथा 

image

छोरीहरु धेरै पढे भने  बेश्या हुन्छन् भनेर पढ्न नदिने युगमा प्रतिनिधिसभामा प्रत्यक्ष र्निाचित भएर २०१६ सालमा मन्त्री भएकी ठकुरानीको कथा बर्तमान पुस्ताका लागि प्रेरणदायी हुन सक्छ ।  

२०७९ असोज २३
मुलुकमा मंसिर ४ गते  प्रतिनिधिसभाका लागि आठौं पटक निर्वाचन हुँदैछ । यो चुनावमा दलहरुले महिलालाई उल्लेख्य रुपमा चुनावी मैदानमा उठाएका छन् ।२०१५ मा सम्पन्न पहिलो संसदीय चुनावमा दलहरुका तर्फबाट उम्मेद्धवार बनेकी द्धारिकादेवी ठकुरानीको कथा अन्वेषणकर्मीका लागि उपयोगी हुन सक्छ भनेर हामीले यो अंकमा प्रकाशन गरेका छौं । 


नेपाल मात्र होइन, एसियाकै प्रथम महिला मन्त्री द्धारिकादेवी ठकुरानीको बारेमा पत्रकार नारायण वाग्लेले २७ वर्ष अघि लेखेको समाचार आज पनि उत्तिकै महत्वपूर्ण र रोचक छ । छोरीहरु धेरै पढे भने  बेश्या हुन्छन् भनेर पढ्न नदिने युगमा प्रतिनिधिसभामा प्रत्यक्ष र्निाचित भएर २०१६ सालमा मन्त्री भएकी ठकुरानीको कथा बर्तमान पुस्ताका लागि प्रेरणदायी हुन सक्छ ।  त्यसैले पाठकहरुका लागि हामीले यो कथा कान्तिपुर दैनिकको २०५२ मंसिर १३ को अंकबाट लिएका हौं । कथामा पत्रकार वाग्लेले ठकुरानी २००३ साल देखि राजनीतिमा संलग्न हुदाका घटनाक्रमलाई रोचक ढंगले प्रस्तुत गरेका छन् । जुन नेपाली इतिहासको एउटा महत्पूर्ण अंश पनि हो । 




प्रतिक्रिया