मान्छे - जनावर द्धन्द्ध (भिडियो डकुमेन्ट्री सहित)

image

कतिपय सेनाका जवानले गाउँका महिलासंग प्रेम गाँस्ने, विहा गर्ने, छोरा छोरी भएपछि अलपत्र छोडेर जाने गरेका घटना माडीमा प्रसस्त भेटिए । यसरी कैयौं महिला र तिनबाट जन्मिएका वालवालिका विचल्लीमा परेको देखियो । । वावुको पहिचान नहुदा कतिलाई जन्म दर्ता गर्न, पढ्न, नागरिकता वनाउन र नोकरी गर्न समेत कठिनाई भएको पाइयो । 

२०६५ साउन पहिलो साताको कुरा हो । मुलुकमा २३८ वर्ष लामो राजसंस्थाको अन्त्य गरी पहिलो पटक जनताको छोरालाई राष्ट्राध्यक्ष चयन गर्ने कार्यतालिका संविधानसभाले बनाई सकेको थियो । साउन छ गते राष्ट्रपतिको निर्वाचन हुदै थियो । म चाँही चितवनको कर्णाली भनेर चिनिने माढीमा जनता र जंगलको द्धन्द्धका विषयमा डकुमेन्ट्री फिल्म खिच्न भनेर त्यहाँ पुगेको थिए । साथमा थिए क्यामराम्यान रमेश धमला अनी आयोजक केयर नेपालका प्रतिनिधि राधा पौडेल (पछि मदन पुस्कार विजेता) ।

काम शुरु गरे पछि थाहा पाए वन र मानिसको विचमा परापूर्वकाल देखि अनोन्याश्रित सम्वन्ध रहेछ । मानिसहरु घाँस दाउराका लागि वन जानै पर्ने । त्यो वेला जंगली जनावरले कतिलाई मारेको रहेछ । कतिको भालुले आखाँ निकालि दिएको । लगाएको वाली खाएर जनावरले हैरान पारेको  । जंगली हात्तिको आक्रमणवाट बालवाल वचेको।घाँस दाउरा काटेको अभियोगमा निकुञ्ज प्रशासनले थुनेर यातना दिएको ।यी घटनालाई त्यस क्षेत्रका जनताले सामान्य रुपमा लिएको देख्दा छक्क परे । निकुञ्जका जनावरले आक्रमण गरेर घाइते वनाउदा होस् वा जनताले लगाएको वाली खाएर भोकै वस्नु पर्ने अवस्था आउदा, पिडीत जनतालाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले क्षतिर्पूिर्त नदिएको पुनासो पिडितहरुले सुनाए । 
जनावरसंग मानिसको द्धन्द्ध त छदै छ । जंगल सुरक्षाका लागि खटिएका सेनावाट पनि स्थानीयवासी त्रसित भएको पाइयो । कतिपय सेनाका जवानले गाउँका महिलासंग प्रेम गाँस्ने, विहा गर्ने, छोरा छोरी भएपछि अलपत्र छोडेर जाने गरेका घटना माडीमा प्रसस्त भेटिए । यसरी कैयौं महिला र तिनबाट जन्मिएका वालवालिका विचल्लीमा परेको देखियो । । वावुको पहिचान नहुदा कतिलाई जन्म दर्ता गर्न, पढ्न, नागरिकता वनाउन र नोकरी गर्न समेत कठिनाई भएको पाइयो । 

राजनीतिलाई विषय बस्तु वनाएर रिपोटिङ गर्ने मेरा लागि तीन दिनको माढी वसाई अत्यन्त रोमाञ्चक रह्यो । बाँकी भिडियोमा हेर्नु होस् ।



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Hi, forr all time i use to check wdblog posts here iin the earl hohrs inn thee daylight, sice i enjoy to gan knowledge of more andd more.

    Secondary hyperparathyroidism is the overproduction of parathyroid hormone secondary to hypocalcemia, typically as a result of vitamin D deficiency and or chronic kidney disease CKD <a href=https://enhanceyourlife.mom/>priligy</a> 3 were also significant variables in the statistical models