संसद दिवस : बीपीलाई पंगु बनाउन, साइत हेरेर महेन्द्रले बोलाएका थिए, मध्यरातमा पहिलो बैठक

image

मध्यरातमा बैठक बोलाउनाको कारणबारे गोरखापत्रमा भनिएको छ— “असार १६ गते श्री ५ महाराजाधिराज महेन्द्रको शुभजन्मोत्सव र असार १७ गते स्वर्गीय श्री ५ त्रिभुवनको जन्मजयन्ती । दुवै ऐतिहासिक तिथिलाई शुभमुहूर्त पारी सभाको पहिलो बैठक असार १६ गते मध्यरातमा बसेको हो ।” “त्यही समयमा बैठक सुरू गरियो भने संसद् धेरै चल्दैन भन्ने ज्यौतिषीहरुको सल्लाहमा राजाले सबैभन्दा अशुभ साइत पारेर बैठक बोलाएको रहस्य धेरै पछि मात्र सार्वजनिक भयो ।

 

नेपाली जनताले निर्वाचित गरेको पहिलो संसदको बैठक २०१६ असार १६ गते मध्यरातमा सिंहदवार स्थित ग्यालरी बैठकमा शुरु भएको थियो । त्यो बेला रातको १२ वजे संसद बैठक किन वोलाइयो रु धेरैले चासो दिएनन् । तर प्रधानमन्त्री बीपी कोइराला र संसदीय व्यवस्थालाई पंगु बनाउन साइत हेरेर राजा महेन्द्रले त्यो समय तय गरेको रहस्य पछि मात्र सार्वजनीक भयो । संसद दिवसको अवसरमा यो आलेख नेपालको पहिलो निर्वाचित संसदको पहिलो बैठकका बारेमा केन्द्रीत छ । 

                                  संसद बैठकमा राजा महेन्द्र साथमा सभामुख कृष्णप्रसाद भट्टराई

२०१६ असार १६ गते राति आमजनता मस्त निद्रामा थिए । उता बेला नारायणहिटी राजदरबारमा मध्यरातको साइत पारेर मुलुकको पहिलो जननिर्वाचित सरकारको शपथग्रहण समारोह आयोजना हुदै थियो । २०१६ असार १६ गते राति साढे ११ बजे राजा महेन्द्र संसद्मा दुईतिहाई बहुमत प्राप्त दल नेपाली कांग्रेसका नेता बीपी कोइरालालाई प्रधानमन्त्रीको शपथ गराए । बीपी नेतृत्वको सरकार ३४ दिनअगि नै जेठ १३ गते गठन भइसकेको थियो, अन्तरिम संविधान, २००७ अनुसार । 


तर नेपालको संविधान, २०१५ लागू भएपछि असार १६ गते पुनः प्रधानमन्त्री र मन्त्रीहरुको सपथ गराइदै थियो । 

“नारायणहिटी राजदरबारमा भएको शपथग्रहण टेलिफोनका माध्यमबाट सिंहदरबारस्थित रेडियो नेपालको प्रसारण केन्द्रमा जोडेर प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको थियो ।” 
शपथ सकिए लगत्तै सिंहदरबारस्थित ग्यालरी बैठकमा संसद्को पहिलो बैठक सुरू गर्ने तयारी थियो । दरबारले असार ४ गते सूचना प्रकाशित गरी प्रतिनिधि सभाको पहिलो अधिवेशन असार १६ गते राति ११.४५ बजेका लागि आह्वान गरिसकेको थियो । 
गोरखापत्रमा असार ५ गते बैठक आह्वान सम्बन्धी सूचना प्रकाशित भएको देखिन्छ । 


प्रतिनिधि सभा बैठक प्रारम्भ हुँदा रातिको ठीक १२ बजेको थियो । आआफ्नो डेरामा बेलुकाको खाना खाएर अधिकांश सांसद प्रधानमन्त्री र मन्त्रीहरुको शपथग्रहण समारोहका लागि पैदलै दरबार पुगेका थिए । कार्यक्रम सकिएपछि पनि धेरै जसो दरबारबाट हिँडेरै सिंहदरबारस्थित ग्यालरी बैठकमा पुगे ।”
सांसद मणिराम शास्त्री स्वास्थ्य मन्त्री काशीनाथ गौतमसँगै उनको मोटरमा सवार भएर राजदरबारबाट सिंहदरबारतर्फ जाँदै थिए । बाटोमा पूरै सन्नाटा छाएको थियो । शास्त्रीले भनेका छन् — “मध्यरात तीव्र गतिमा हुइँकिएको मोटर नयाँ सडक पुगेर घच्याक्क रोकियो । ड्राइभर लकपकायो । ‘के भयो, के भयो’ भन्दाभन्दै मोटर सहिद गेट, भद्रकाली हुँदै सिंहदरबार पुगिहाल्यो ।” घटना सम्झँदै उनले भनेका छन् — “भोलिपल्ट मात्र थाहा भयो, अगिल्लो राति कालो बिरालोले बाटो काटेपछि ड्राइभर लकपकाएको रहेछ । त्यही बेला अशुभ भैसकेको थियो ।” 

आमचुनावमा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरु प्रजातन्त्रको जग बलियो बनाउने र मुलुकलाई तीव्र विकासको पथमा लैजाने सपनाका साथ मध्यरातमा शपथ लिने क्षणको व्यग्र प्रतीक्षामा थिए । जितेर आएको दुई महिनापछि सुरू हुन लागेको शपथग्रहण समारोहमा उत्साहको कमी थिएन । सांसदहरु देशलाई शीघ्रातिशीघ्र विकास गर्ने सोचिरहेका थिए, जसमा कम उमेरका अल्लारे ठिटा र अनपढहरुकै बाहुल्य थियो । समग्र देशको साक्षरता पाँच प्रतिशतभन्दा मुनि रहेको त्यो समाजका लागि संसद्मा धेरै अशिक्षित पुग्नु कुनै अनौठो विषय थिएन । ग्यालरी बैठकमा सांसदहरु एकत्रित भएपछि संसद् सचिवालयका सचिव कुलशेखर शर्माले राजाका प्रमुख सचिव हंसमान सिंहद्वारा जारी दरबारको पत्र पढेर सुनाए— “गुल्मी उत्तर–पूर्व क्षेत्र नं. ८९ बाट निर्वाचित सांसद गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न श्री ५ का हजुरमा प्रधानमन्त्री बीपी कोइरालाले मौखिक बिन्ती गर्नुभएकोमा प्रतिनिधि सभाको काम चालू गर्नलाई श्री गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनीत गर्न स्वीकृति प्रदान गरिबक्सेको छ ।”
त्यस लगत्तै सचिव शर्माले ज्येष्ठ सदस्य बुढाथोकीलाई पद तथा गोपनीयताको शपथ गराए । श्री ५ (राजा) प्रति भक्तिपूर्वक कृतज्ञता प्रकट गर्दै बुढाथोकीले बैठकको अध्यक्षता ग्रहण गरे । अनि सबभन्दा पहिला प्रधानमन्त्री बीपी कोइरालालाई शपथ गराइयो । क्रमशः मन्त्रिपरिषद््का सदस्यहरु सुवर्णशमशेर राणा, गणेशमान सिंह, रामनारायण मिश्र, काशीनाथ गौतम, परशुनारायण चौधरी, शिवराज पन्त, सूर्यनाथ दाससहित सबै मन्त्री र प्रतिनिधि सभाका कुल १०९ मध्ये १०६ सांसदले शपथ लिए । 
मन्त्रिपरिषद््का अध्यक्ष समेत रहिसकेका कांग्रेस नेता सुवर्णशमशेर तिन र कांग्रेसकै अर्का नेता शिवराज पन्त दुई क्षेत्रबाट विजयी भएकाले ३ वटा सिट खाली नै थियो । असार १८ गते सभामुखको निर्वाचन गर्ने मिति तय गर्दै पहिलो बैठक रातको दुई बजे सकियो ।

मन्त्री र केही सांसद मात्र गाडीमा चढे पनि अधिकांशले पैदलै घर फर्कनुप-यो । 
दरबारले मध्यरातमा जननिर्वाचित संसद्को बैठक बोलाएर शपथको समय किन रोज्यो होला ? “संसदीय व्यवस्था पक्षधरहरुबाट दरबारको दाउपेच बुझ्ने प्रयास कहिल्यै भएन । संसद्भित्रै लामो समय काम गरेकाहरुले समेत मध्यरातमा प्रतिनिधि सभाको पहिलो बैठक भएको घटना याद गरेका छैनन् । बरू यस्तो विचित्र समय रोजिएकोमा उनीहरु अहिले आएर आपैm छक्क पर्छन् ।” २०१६ असार १७ गतेको गोरखापत्रमा लेखिएको छ— “१२ बज्नुभन्दा अगि सुरू भएको बैठक २ बजे सकियो ।” मध्यरातमा बैठक बोलाउनाको कारणबारे गोरखापत्रमा भनिएको छ— “असार १६ गते श्री ५ महाराजाधिराज महेन्द्रको शुभजन्मोत्सव र असार १७ गते स्वर्गीय श्री ५ त्रिभुवनको जन्मजयन्ती । दुवै ऐतिहासिक तिथिलाई शुभमुहूर्त पारी सभाको पहिलो बैठक असार १६ गते मध्यरातमा बसेको हो ।”
“त्यही समयमा बैठक सुरू गरियो भने संसद् धेरै चल्दैन भन्ने ज्यौतिषीहरुको सल्लाहमा राजाले सबैभन्दा अशुभ साइत पारेर बैठक बोलाएको रहस्य धेरै पछि मात्र सार्वजनिक भयो ।

तर संसद्लाई पङ्गु बनाउने र असफल पार्ने दरबारियाहरुको एउटा षड्यन्त्र अनुरुप योजना बनाइएको रहस्य धेरै पछि मात्र थाहा भयो ।” 

“पहिलो अधिवेशन सुरू भएकै दिनदेखि आज विघटन हुन्छ, भोलि हुन्छ भन्ने हल्ला चलाइएको थियो । अन्ततः २०१७ पुस १ गते संसद् भङ्ग गरिएपछि मात्र दरबारिया षड्यन्त्र पर्दाफास भयो ।”


ज्योतिषशास्त्र अनुसार मीन लग्नमा बैठक बोलाइएको देखिन्छ । यस्तोमा नयाँ काम सुरू गर्दा अस्थिरता हुन्छ । डा. बासुदेवकृष्ण शास्त्रीले भनेका छन्–लग्नमा केतु परेको छ । केतु पाप ग्रह हो । बैठक बोलाउँदाको समय राहुको सप्तम दृष्टि परेको छ, जसको प्रभावले गुरू चण्डाल योग बनेर राजनीतिमा अन्योल र अस्थिरता बढ्ने विश्वास गरिन्छ । मेष राशिका प्रधानमन्त्री बीपी (राशिको नाम चूडामणि) लाई अनिष्ट हुने साइत मिलाएर शपथ गराइएको छ । “प्रधानमन्त्री बीपीसँगै संसद् सदस्यहरुको शपथ गराइनुले संसदीय व्यवस्थालाई असफल बनाउने सुनियोजित योजना नै थियो भन्ने देखिन्छ ।”
हुन पनि मुलुकको पहिलो निर्वाचित संसद्का दुइटा अधिवेशन मात्र हुन पाए । १८ महिनामै जननिर्वाचित संसद् भङ्ग गरेर राजाले निरङ्कुश पञ्चायती व्यवस्थाको सूत्रपात गरे । देश ३० वर्षसम्म निर्दलीय पञ्चायती व्यवस्थाको गोलचक्करमा फस्यो ।

 




प्रतिक्रिया


  1. image Koop fexofenadine 180 mg zonder recept in Nederlands

    Does your site have a contact page? I'm having problems locating it but, I'd like to shoot you an e-mail. I've got some ideas for your blog you might be interested in hearing. Either way, great site and I look forward to seeing it improve over time.

    I'd like to thank you for the efforts you've put in writing this website. I'm hoping to view the same high-grade blog posts by you later on as well. In fact, your creative writing abilities has motivated me to get my own, personal site now ;)

    кто такой психолог

    image если приснилось что копаешь могилу

    великие герои меча и магии как определить есть ли на доме порча гороскоп кто подходит в друзья тельцу снять все преграды заговор 44 дом по нумерологии

    image où acheter du médicaments sans ordonnance en France Aurobindo Treviso

    medicijnen kopen in België zonder problemen Tiefenbacher Den Dolder Medikamente-Anzeige erhältlich in Deutschland

    Medikamente in Italien erhältlich Krka León Preis für Medikamente in Marokko

    medicijnen online kopen zonder medisch advies nodig Bendalis Hanau acheter médicaments en Belgique sans difficulté