त्यो जेठ २९ : शाहवंशीय राजाको पहिलो र अन्तिम पत्रकार सम्मेलन

image

राजतन्त्र राख्ने वा नराख्ने विषयमा सिंगो मुलुक तिव्र वहसमा थियो । अन्तिममा राजा ज्ञानेन्द्र र युवराज पारसले गद्दि छोडे बेवि किङ मानेर राजतन्त्र जोगाउन सकिने प्रस्ताव गरिएको थियो । तर राजाराजउत्तराधिकारीका रुपमा नजन्एि पनि दुई दुई पटक श्रीपेच लगाउने अवसर पाएका ज्ञानेन्द्रले त्यो प्रस्ताव ठाडै अस्वीकार गरिदिए । उनले भनेका थिए–बेबि किङ अन माई डेथ वडि । 
अन्तमा उनले पत्रकार सम्मेलन गरी नारायणहिटी दरवार परित्याग गर्ने निर्णय लिए । पत्रकारहरु माझ केही समय विताएपछि पत्नी कोमलका साथ आफैले मोटर ड्राइभ गरेर शाहवंका अन्तिम राजा ज्ञानेन्द्र  दरवारबाट वाहिरिए । यसरी शाहवंशको अन्त्य भयो ।  शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६५ जेठ २९ गते दिएको वक्तव्य जस्ताको तस्तै । 

नेपाली दाजुभाइ, दिदीबहिनीहरू 
चार  वर्ण छत्तिस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुई स सय चालीस वर्षघि हाम्र पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र समवेदनशील संक्रमणको स्थितिबाट गुज्रिरहेको छ । देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्रँणित हुँदै आएको र्सवविदितै छ । इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो । राष्ट्र, राष्ट्रियता, र्सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैं जीवनमूल्य मानिआएका छौं । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उर्त्र्सग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ । 
देशमा आजभन्दा ७ वर्षअगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्टङ र धर्म, कूलधर्म र राजपरम्परा अनुरूप मुलुकको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउछु । तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन् । 
मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरा इश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरूमार्फ नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तराष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु । नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छ“दा मेरो शिरमा पहिर्‍याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न चाहना थियो, नत इच्छा, नत कुनै भूमिकाको गुञ्जायश नै थियो । त्यस्तै ०५८ साल जेठ १९ गते राति दोस्रो पटक फेरि एउटा अकल्पनीय त्रासदिपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु(भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आ“सु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, नत हाम्रोतर्फबाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरोलागि अति दुःखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाचेकी मेरी श्रीमतीको शरीरमा प्रँविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसंग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावलाई बिगार्ने र मात्र दुरभावना फैलाउने रणनीति रहेको देखिन्छ । 
यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चलअचल सम्पत्ति राखेको छैन । नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु । विगत ७ वर्ष मैले कुनै थप सम्पत्ति जोडेको छैन । परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन । नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु । 
जनताको चाहना र इच्छालाई नै र्सवोपरि मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छाडेर जाने सोच बनाएको पनि छैन । म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु । यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु । 
हामी नेपालीका महान पूर्वजहरूको रगत(पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्छ र मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आमनेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ । परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु । अन्त्यमा, राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए(गरेको कामबाट कसैलाई पीडा पर्नगएको वा कसैको अधिकार हनन हुनगएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु । विगत ७ वर्षे कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिक, संवैधानिक निकाय, न्यायिक क्षेत्र, सुरक्षा निकाय, राष्ट्रसेवक, शिक्ष्ँक, प्रँध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक संघ(संस्था, नागरिक समाज, पत्रकार, राजप्रासाद सेवाका कर्मचारी लगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु । नेपालको सधैं भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तराष्ट्रिय जगत र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु । साथै नेपाल सरकारको तर्फाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आवश्यक सहयोग प्रँप्त हुने नै छ भन्ने आशा लिएको छु । 
श्री पशुपतिनाथले हामी सबैको 
कल्याण गरुन् । 
जय नेपाल । 
२०६५ जेठ २९

 




प्रतिक्रिया


  1. I was curious if you ever thought of changing the page layout of your blog? Its very well written; I love what youve got to say. But maybe you could a little more in the way of content so people could connect with it better. Youve got an awful lot of text for only having one or two pictures. Maybe you could space it out better?

    farmaci disponibile in farmacia a Genova Arcana San Pedro dove acquistare i farmaci

    image алматинский автомеханический колледж адрес

    безгек презентация, безгек ауруын қоздыратын паразитті ашқан ғалым райффайзен банк кемерово акита-ину даром, хатико адам құқығы мен міндеттері, адам құқығы эссе

    image ешкі сүтінің пайдасы ғылыми жоба

    есик обасынан табылган буйымдар, есік обасынан табылған 26 таңбадан тұратын жазуы бар зат крб эффект, что такое крб и крс өзен мұнай газ вакансии, работа в казмунайгаз отзывы купить покрышки на шоссейный велосипед, покрышки на велосипед 28

    image тыныс белгілері тапсырмалар

    аңырақай шайқасы нәтижесі, аңырақай шайқасы слайд элементті жою және кірістіру. 2-сабақ, элементті жою және кірістіру слайд 1000с-де қандай температура қабылданған, қандай процесс изотермалық деп аталады сырылды емдеу балаларда, кеудедегі сырыл балаларда

    image Infórmate sobre el precio del medicamentos bajo receta médica Mochida Bouillon

    acheter des médicaments livraison rapide Advaita Barbosa achat de médicaments

    image acquisto di farmaci senza ricetta apofri Schaesberg

    Medikamente zu niedrigen Preisen egis Etten-Leur waar medicijnen kopen

    сонник старый дом в горах заколоть человека сонник что делать при молитве кармическая связь рассчитать онлайн, кармические отношения или по судьбе тест смотреть заговор 2 сезон