एक चिनिँया प्राध्यापकको अनुभव : नागार्जुन दरबारमा अन्तिम राजालाई भेट्दा

image

 

४१ वर्षअघि अध्यक्ष माओले २८ वर्षीय राजा वीरेन्द्र र सुन्दर रानी ऐश्वर्यलाई भेटे। अध्यक्ष माओले अघिल्लो वर्ष रिचार्ड निक्सनसँग हात मिलाएझैँ वीरेन्द्रसँग धेरैबेरसम्म हात मिलाए र एक घण्टा ४० मिनेट लामो कुराकानी गरे। भेटमा माओले छिङ्हाई–तिब्बत रेलमार्ग निर्माणको कुरा अघि सारे– ‘जबसम्म यो रेलमार्ग बन्दैन, तबसम्म मलाई निद्रा लाग्दैन।’

नजिकैको डाँडाबाट अस्ताउँदै गरेको सूर्यको प्रकाशमा उपत्यकाको भीडभाडयुक्त घरहरु हेर्दा हलुका नसाजस्तो लाग्थ्यो। टाढाका घुमाउदार डाँडाकाँडाको बीचमा धुवाँ, बादलको साथमा उपत्यका रंगीन वस्त्र लगाएझैँ देखिन्थ्यो।
 नेपालको संविधानसभाले राजा ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारबाट निस्किन १५ दिनको समय दिएको थियो। राजा र राजपरिवारलाई सम्पूर्ण विशेषाधिकारबाट वञ्चित गरिएको थियो। उनको भत्ता बन्द गरिएको थियो। २४० वर्षदेखि शासन गरिरहेको शाहवंश इतिहास बनेको थियो। ज्ञानेन्द्रले राजगद्दी मात्र गुमाएका थिएनन्, उनले कर र बिजुलीको बिल समेत तिर्नुपरेको थियो। नारायणहिटी राजदरबार संग्राहलयमा फेरिएको थियो। रानीको ब्युटिसियनको टोली समेत पदमुक्त भएको थियो।
हाम्रो कार शान्त पहाड उक्लिरहेको थियो। डाँडालाई ढाकेका सल्लाका रुख स्थिर खडा थिए। जतिमाथि गयो, उति शान्त र स्वच्छताको अनुभूति गर्न सकिन्थ्यो। एउटा पुरानो फलामे ढोकामा पुग्नुअघि हामी एक दर्जन सैनिकहरुका अगाडि रोकियौँ।
हामी भित्र पस्यौँ। दुई सैनिकले ढोका खोलिदिए। एउटा अल्टो कारले हामीलाई बाटो देखायो र हामी जंगलको बीचतिर लाग्यौँ।
जंगलको बीचमा ताजा हावामा स्यायोले आफूलाई रोक्न सकेनन् र कार तीव्र गतिमा चलाए।
पछाडिको सिटमा बसेका प्रेमले सम्झाए, ‘बिस्तारै, अगाडि सडकमा लेउ लागेको छ।’
राजालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामीले कारभित्रै छलफल गर्‍यौँ।
‘हिज म्याजेस्टी भन्नुपर्छ!’ प्रेमले सम्झाए।
‘त्यसो हो र? योर म्याजेस्टी भन्ने होइन र?’
प्रत्यक्ष भेट्दा योर म्याजेस्टी र अप्रत्यक्ष रुपमा सम्बोधन गर्दा हिज म्याजेस्टी भन्नुपर्ने नियम थियो तर म निश्चित थिइनँ। जे भए पनि दैनिक जीवनमा म्याजेस्टी प्रयोग गर्ने मान्छे यो संसारमा कम मात्र छन्।
दश मिनेट लेउ लागेको ग्राबेल बाटोमा हुइँकिसकेपछि पहाडको टुप्पोमा एउटा सफा र चिटिक्क परेको फलामे गेटअघि कार रोकियो। दुई हतियारधारी सैनिकले हाम्रालागि गेट खोलिदिए। बंगला नजिकै थियो। कार त्यहीँ रोकियो, जहाँ अरु गाडी थिएनन्। आकाश पहिले नै अन्धकार भइसकेको थियो र कारभन्दा बाहिर उज्यालोले भरिएको काठमाडौँ उपत्यकाको मनोरम दृश्य थियो।
एक अग्लो र बुढो मानिस हाम्रो अगाडि उभिन आइपुगे। ढाकाटोपी र नेपालको परम्परागत पहिरन दौरासुरुवाल लगाएका ती मानिसले मुस्कुराउँदै हामीलाई स्वागत गरे।
‘उहाँ नै राजा हो?’ मैले नेपाली साथीलाई सोधेँ।
‘होइन, उहाँ राजाको निजी सचिव हो। उहाँले तपाईंलाई राजसमक्ष पुर्‍याउनुहुनेछ,’ प्रेमले भने।
निजी सचिवले हामीलाई शाही रिसेप्सनमा पुर्‍याए। सानो, साधारण कोठामा एउटा ठूलो र दुई साना सोफा थिए। सुन्तला रङको पर्दा झुण्डिएका दुई ओटा झ्याल थिए। सिलिङमा पंखा झुण्डिएको थियो। चारैतिर सेता पर्खाल थिए, एकापट्टि राजारानीको बेग्लाबेग्लै चित्र झुण्डिएको थियो। ढोकाको सीधा अगाडिको पर्खालमा गोलो भित्तेघडी थियो। अर्कोपट्टिको भित्तामा चारओटा फ्रेम राखिएका थिए, जहाँ राजाले लेखेका कविता टाँसिएको थियो।
बिजनेस कार्ड साटेपछि मलाई थाहा भयो, राजाका सचिव … शाक्य रहेछन्। ठूलो स्वर भएका शाक्यले राजाले प्रोफेसर लीसँग मात्रै भेट्ने हुँदा स्यायो र प्रेमलाई आधा घण्टा त्यहीँ पर्खिन भने।
त्यसपछि चिया ल्याइयो। चिया ल्याउने मान्छेले सेतो कमिज र छातीनेर नेपालको झण्डा टाँसिएको हेर्दा सफा देखिने रातो ज्याकेट लगाएका थिए।
सचिव शाक्यले फोन उठाए। कुराकानी सकेपछि फोन राखे र मलाई अर्को सानो कटेजको माथिल्लो तलामा लगे। त्यो राजाको अध्ययन कक्षका साथै बैठक कक्ष पनि थियो। शाक्यले ढोका ठेले।
६७ वर्षीय राजा ज्ञानेन्द्र हात जोडेर उभिएका थिए। खैरो रङको राष्ट्रिय पोशाकको साथमा नीलो भेष्ट र कालो जुत्ता लगाएका थिए उनले।
‘धन्यवाद हिज म्याजेस्टी,’ मैले हात जोडेर भनेँ। मैले बेइजिङबाटै राजाका लागि पठाइएको नीलो रङको चिनियाँ माटोको उत्कृष्ट भाँडो उपहार ल्याएको थिएँ। मैले उनलाई सो उपहार दिएपछि उनले नजिकैको स्टुलमा त्यसलाई बिस्तारै राखे। दराजमा पुस्तकहरु हार मिलाएर राखिएको थियो। टेबलमा राखिएका दुई किताबको बीचमा मयुरको प्वाँख चेपिएको थियो।

‘फेरि एक चिनियाँ मित्र भेट्न पाउँदा मलाई गर्व लागेको छ,’ ज्ञानेन्द्रले भने, ‘तपाईं आठ वर्षपछि मैले देखेको पहिलो चिनियाँ व्यक्ति हो।’
अध्ययन कक्षको भुइँमा प्लेड गलैँचा ओच्छ्याइएको थियो। त्यसभन्दा माथि अण्डाकार हरियो रङको रेशमी गलैँचा थियो। ठूलो बाघको प्रतिरुपमुनि हामी सोफामा बस्यौँ। ‘यो हाम्री साम्राज्ञी माताले शिकार गर्नुभएको हो’, उनले भने, ‘म वातावरणवादी हुँ।’
एउटा पुरानो डेस्कटप कम्प्युटर र ग्लोब एउटा सानो टेबलमा राखिएको थिए।
ज्ञानेन्द्र घोडचढी र प्रकृतिका शौखिन हुनुका साथै वन्यजन्तुप्रति जिज्ञासु रहेछन्। आफ्नो बालापन उनले भारतको सेन्ट जोसेफ स्कुलमा अध्ययन गरेर बिताए। ज्ञानेन्द्रले आफ्नो स्कुलका साथीहरु र कडा शिक्षकलाई सम्झिए। उनले अरु विद्यार्थीसँगै खाने, उस्तै कपडा लगाउने, ठूलो खर्च गर्न नपाउने अवस्था थियो। उनले आफू शाहजादा भएको कुरा समेत स्कुलमा खोल्न पाएका थिएनन्। वयष्क भएपछि पनि ज्ञानेन्द्रले निम्नस्तरको जीवन बिताउने तरिकालाई कायम राखेका थिए। उनी एकान्तप्रेमी थिए र वातावरणीय क्रियाकलपप्रति मात्रै जिज्ञासु थिए। शाही परिवारका अन्य सदस्यले झैँ उनले पनि गीत र कविता लेखे। रानी कोमलको पनि त्यस्तै शौख थियो । उनको त झन गीत रेकर्ड नै भएको थियो।
‘यो घर निकै सानो छ, म र मेरी पत्नी मात्रै यहाँ बस्छौँ। मेरा छोरीज्वाइँहरु डाँडाको तल सहरमा बस्छन्,’ उनले भने।
यसैबीच एक व्यक्तिले दुई कप कफी ल्याएर राजा र मेरोबीचको टेबलमा राखिदिए। राजाका सचिव र कफी ल्याउने दुवै जना बाहिर निस्किए। राजा र म एक्लै कोठामा कुराकानी गर्न थाल्यौँ।
‘मलाई आशा छ तपाईंले मेरो व्यक्तिगत शुभेच्छा राष्ट्रपति सी चिनफिङसमक्ष पुर्‍याउनु हुनेछ’, उनले भने, ‘मलाई आशा छ, चीनले निरन्तर राष्ट्रिय समृद्धि हासिल गरिरहने छ।’
‘मेरो परिवारमा मेरो बुबा र दाजु दुवैजना अनि मैले पनि नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई दृढ रुपमा अघि बढाउँदै आएका छौँ। मेरो बुबा राजा हुँदा उहाँले अध्यक्ष माओलाई भेट्नुभयो। त्यसबेला म पहिलो पटक चीन गएको थिएँ। माओको निधन भएको ७ वर्षपछि देङ स्यायो पिङले मलाई चीनमा निम्त्याए र त्यसपछि म एक दर्जन पटक चीन गइसकेको छु। मैले राष्ट्रपति जियाङ जमिन र हु जीन ताओलाई पनि भेटेको छु। म चीनको प्रगतिको विभिन्न आयामहरुप्रति सचेत छु। चीनको प्रगतिले छिमेकी देशहरुमा समेत सकारात्मक प्रभाव पारेको छ। चीन तिब्बतप्रति संवेदनशील रहेको कुरा पनि मलाई थाहा छ। मैले राष्ट्रपति जियाङ जमिन र हु जीन ताओलाई पनि नेपालको भूभागमा चीनविरोधी कुनै पनि गतिविधि हुनेछैन र त्यहाँको साँस्कृतिक सुरक्षामा कुनै प्रतिकूलता आउन दिनेछैन भनेर वचन दिएको थिएँ,’ राजाले भने।
उनले थपे, ‘यतिबेला नेपाल निकै अस्थिर बनेको छ, नेपालको संविधान अझै बनेको छैन र अझै देश संक्रमणकालमा छ। नेपालको शाही परिवार मूलधारको राजनीतिमा नभए पनि भविष्यमा शक्तिमा जोसुकै हुँदा द्वीपक्षीय सम्बन्धलाई नेपालले सधैँ अगाडि बढाउनुपर्छ। नेपालको शासन परिवर्तन हुनसक्छ तर दुई देशबीचका सम्बन्धहरु परिवर्तन हुनु हुँदैन। आपसी सम्बन्ध विश्वसनीय, स्वस्थ, लचिलो र बुद्धिमत्तापूर्ण हुनुपर्छ।’
‘चीन र भारत नेपाल हुँदै एउटा व्यापार करिडोर बनाउने सहमतिमा पुग्न सक्छन्। नेपालको विकास र प्रगतिबाट चीन र भारतलाई पनि फाइदा पुग्छ। यी दुई देशसँग नेपालको सम्बन्ध हिजोबाट सुरु भएको होइन। हजारौँ वर्षको इतिहास छ। चीन तिब्बतको सुरक्षाप्रति गम्भीर छ। त्यसैले उसले नेपालको सरकारलाई स्पष्ट रुपमा एक, दुई, तीन … तोकेर यो यो गर भन्नुपर्छ। चीन किन तिब्बतप्रति चासो राख्छ भन्ने कुरा नेपाललाई थाहा दिनुपर्छ। चिङहाई–तिब्बत रेलमार्ग नेपालसम्म ल्याउँदा चीनले नेपाललाई सहयोग गर्न सक्छ। चीन र नेपालबीच संयुक्त एयरलाइन्स चलाउँदा के फाइदा हुन्छ? यसबाट भारतलाई के फाइदा हुन्छ? हामीले भारतीय नेताहरुलाई पनि यस्ता आयोजनाहरुले कसरी फाइदा पुग्छ भन्ने कुरा बताएर उनीहरुलाई विश्वास दिलाउन सक्नुपर्छ,’ पूर्वराजाले भने।
‘नेपालले चीनको कुभलो कहिल्यै चाहेन तर अरु केही शक्ति नेपाललाई चीनविरुद्ध प्रयोग गर्न चाहन्छन्। त्यसैले नेपाल यस मामिलामा दूरदर्शी हुन जरुरी छ। दुर्भाग्यवश नेपालका अहिलेका राजनीतिक नेताहरु व्यक्तिगत स्वार्थ र भागबण्डामा मात्र चासो दिन्छन्। उनीहरुलाई देशको र जनताको हितको वास्ता छैन। यी नेताहरुले जनतालाई प्रतिनिधित्व गर्दैनन्। उनीहरुलाई देशको विकास र भविष्यको कुनै चिन्ता छैन। पहिलो कुरा त नेपाललाई एकताबद्ध गरेर अघि बढाउन सकिन्छ भन्ने कुरा उनीहरुलाई थाहै छैन। पहिले नेपालको राष्ट्रिय एकता सुदृढ थियो। अहिले त्यो एकता भाँडिएको छ, विखण्डन छाएको छ। नेपालको राजतन्त्र नै सुदृढ राष्ट्रिय एकताको प्रतीक हो। त्यसैले राजा आवश्यक छ। नेपाललाई संवैधानिक राजतन्त्र आवश्यक छ, किनभने नेपाली जनतालाई अभिभावक चाहिएको छ’ राजा ज्ञानेन्द्रले भने।
उनका आँखा टाढा कतै हेरिरहेका थिए। उनी एक मिनेटका लागि रोकिए।
उनले फेरि भन्न सुरु गरे, ‘नेपालका सबै बुद्धिजीवी, राजनीतिक नेता र सामान्य जनताले पनि सामाजिक एकता र राजनीतिक सम्झौताका बारेमा सोच्नुपर्छ। मैले नेपाली समाज र देशको विभाजनप्रति चिन्तित हुनैपर्छ। एक बलियो र समृद्ध नेपालले चीनका लागि पनि सहयोगी भूमिका खेल्न सक्छ। दुर्भाग्यवश प्याण्डोराको बाकस खुलिसकेको छ। त्यसलाई तुरुन्तै बन्द गर्न सम्भव छैन। तर नेपाली जनताले आफ्नो अभिभावक, राष्ट्रिय शक्ति र एकताको प्रतीक कति आवश्यक छ भन्ने कुरा बुझेका छन्। विभिन्न समुदायका जनता मकहाँ आउँछन् र हामी हाम्रो देशमा एकता कायम भएको हेर्न चाहन्छौँ भन्छन्। कसैलाई पनि जातीय र भाषिक आधारमा क्षेत्रहरु विभाजन गर्ने कुरा मन परेको छैन।’
नेपालको संविधानसभाले सन् २००८ मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित पहिलो बैठकबाटै नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ घोषणा गरिसकेको थियो। त्यसपछि राजा ज्ञानेन्द्र आम नागरिक बनेका थिए। दरबारबाट बाहिरिँदै गर्दा ज्ञानेन्द्रले भनेका थिए, ‘आजको मितिमा मैले लगाउँदै आएको र हाम्रो परिवारको विरासतको रुपमा रहँदै आएको वंशीय श्रीपेच र राजदण्ड नेपाल सरकारको सुरक्षा र जिम्मामा छोड्दैछु।’
उनले सम्पूर्ण विदेशी सरकार र देशहरुलाई धन्यवाद दिए र भविष्यका सरकारसँग पनि उस्तै सम्बन्ध रहने अपेक्षा व्यक्त गरे। नेपालका तीन मुख्य राजनीतिक दलहरुले राजाको सट्टामा राष्ट्रपतिको कार्यालय स्थापना गर्ने सहमति गरेका थिए। धेरैजसो शक्ति प्रधानमन्त्रीको हातमा रहने व्यवस्था गरिएको थियो। नेकपा (माओवादी) ले राजालाई (तत्कालै) दरबार छोड्न सूचना दियो। उनको ठूलो सुरक्षा जत्था, कारहरु र घोडाहरु खोसियो। नेपाली रुपैयाँमा भएको राजाको टाउकोलाई सगरमाथाले विस्थापित गर्‍यो।
ज्ञानेन्द्रले भने, ‘यो दलगत संघर्षबाट मैले छुटकारा दिलाउनै पर्छ। म कुनै पार्टीमा छैन। म यो देशको हुँ। राजा कुनै राजनीतक मान्छे होइन, देशको अभिभावक हो। राजाले राजनीतिक टिप्पणी गर्दैनन्, राजनीतिक मत व्यक्त गर्दैनन्। राजाले व्यापक परिप्रेक्ष्यमा हेर्नुपर्छ। राजाले विषयगत बन्नुहुँदैन। हामीले हरेक मुद्धामा वस्तुगत स्थिति कायम राख्नुपर्छ।’
उनले धातुको कफी टेबलबाट चुरोटको बट्टा उठाए र मलाई लिन अनुरोध गरे। मैले मुस्कुराएर टाउको हल्लाएँ, ‘म चुरोट पिउँदिन, तपाईं लिनुस्।’
उनले एउटा चुरोट सल्काए, गहिरो कस लिए अनि उँभो फर्केर धुवाँ छोडे। त्यसपछि मतिर फर्केर भने, ‘मेरा हजुरबुबा र बुबाले पनि यहीँ चिनियाँ राजदूतलाई भेट्नुभएको थियो। जे होस्, पछिल्लो ८ वर्षमा म चीन गएको छैन। नेपालमा तीन जना चीनका राजदूतहरु फेरिइसके, मैले कसैको मुख देखेको छैन।’
‘प्रत्येक दिन संसारमा सुसुप्त रुपमा भइरहेको परिवर्तनलाई म निगरानी गरिरहेको हुन्छु। म फेसबुक, ट्वीटर चलाउँछु र टिभी हेर्छु। त्यसभन्दा महत्वपूर्ण कुरा प्रत्येक दिन मानिसहरु मेरो घरमा व्यक्तिगत रुपमा संसारभरका बारेमा मसँग कुरा गर्न आउँछन्, उदाहरणका लागि चीन र जापानबीचको समुद्री विवाद, चीन–भारत सम्बन्ध इत्यादि’, ज्ञानेन्द्रले भने।
‘म आज तपाईंसँग नेपाली जनतालाई नसुनाएको कुरा भन्छु। मन भरिइसकेको कारण यी महत्वपूर्ण कुरा म आज सुनाउँछु। केही कुराहरु यस्ता छन्ः १) जापानप्रति भारतका प्रधानमन्त्रीको प्रतिक्रियालाई चीनले उच्च सतर्कता दिनुपर्छ किनभने भारतले सुरक्षा मामिलामा जापानसँग मिलेर चीनलाई संकटमा पार्न सक्छ, २) राष्ट्रपति सी चिनफिङको भारत भ्रमणमा प्रधानमन्त्री मोदीले उनलाई कसरी स्वागत गर्छन्, त्यो हेर्न हामी आतुर छौँ, ३) प्रजातन्त्र, स्वतन्त्रता, सहभागिमूलक जस्ता पश्चिमा अवधारणाहरुसँग चीन अत्यन्तै सतर्क रहनुपर्छ। उनीहरु यस्ता अवधारणामार्फत चीनलाई अघि बढ्न नदिनेगरी घेर्न खोजिरहेका छन्। पश्चिमाहरुले नेपाली समाजमा घुसेर यसको स्थायित्वलाई तहसनहस बनाइरहेको म देखिरहेको छु, ४) अमेरिकी सरकारले मध्यपूर्व र सिरियामा अर्को ‘फ्र्यांकेनिस्टाइन’ खडा गरेका छन्। अमेरिका जहिले पनि यस्ता शक्तिहीन फ्र्यांकेनिस्टाइनसँग आमनेसामने हुन चाहन्छ। नतिजा सिरिया, इराक, इजरायल र युक्रेनजस्ता देशमा प्रोक्सी वार जन्मियो र त्यो सबै सिआइएले जन्माएको हो। तर अब छिट्टै मानिसले यो कुरा बुझ्नेछन्।
ठीक त्यही बेला बिजुली गयो र कोठा अन्धकार भयो। अध्याँरोले राजा ज्ञानेन्द्रलाई खल्बल्याएन। उही गतिमा उनले चुरोट तानिरहे र उत्तिकै जोशमा बोल्दै गए, ‘चीनसँगको हाम्रो सम्बन्धमा चीनले धैर्यवान् हुनैपर्छ र यथार्थलाई बिर्सिनु हुँदैन। तपाईं आफ्नो साथी रोज्न सक्नुहुन्छ तर छिमेकी रोज्न सक्नुहुन्न। मेरो कुरा सुन्ने धैर्य देखाउनु भएकोमा म तपाईंलाई धन्यवाद दिन्छु। यी कुराहरु मेरो दिमागमा सघन भएर बसेका थिए। मैले आज चिनियाँ साथीसँग हृदय खोलेर कुरा गरेँ।’
पूर्वराजा ज्ञानेन्द्रले अन्ततः आफ्नो जीवनदर्शनबारे कुरा गरे, ‘मानवता पूर्ण रुपमा सन्तुलित हुनुपर्छ। पैसा, रक्सी, नारी र राजनीतिको खोजी मात्रैलाई जीवनका उच्च गुण भनेर नामाकरण गरिनु हुँदैन। यी सबै कुराहरु सांसारिक सम्पत्ति हुन्, यी क्षणभंगुर हुन्छन्। तर मेरालागि राष्ट्र नै पहिलो स्वार्थ हो। बहुसंख्यक जनताको सेवा नै सबैभन्दा महत्पूर्ण हो।’
‘त्यसोभए तपाईंको विचारमा राष्ट्रिय नेताका लागि सबैभन्दा महत्वपूर्ण गुण के हो त?’ मैले सोधेँ।
‘मानवता र नम्रता राष्ट्रिय नेतामा हुनैपर्ने सबैभन्दा महत्वपूर्ण गुण हो’, उनले भने।
त्यति भनेर ज्ञानेन्द्र उठे र फोनमा आफ्नो सचिवलाई मेरो साथी स्यायो र प्रेमलाई बोलाउन भने।

(प्रोफेसर ली सिग्वाङ बेइजिङस्थित छिङह्वा विश्वविद्यालयमा सञ्चार अध्ययन अन्तर्राष्ट्रिय केन्द्रका निर्देशक हुन्। ५ डिसेम्बर २०१४ मा प्रकाशित लीको यो आलेख चिनियाँ भाषाबाट भावानुवाद गरिएको हो, यो समाग्री हामीले नेपालखवर डटकमबाट लिएका हौं, पोष्ट गर्दा प्राविधिक कारणवस श्रोत छुट्न गए गएकोमा क्षमा प्राथी छौं  ।

 




प्रतिक्रिया


  1. image pyridiate in einer Apotheke in München erhältlich

    Medikamente-Anzeige erhältlich in Deutschland Hormona Ostermundigen médicaments en vente sur Internet : ce qu'il faut savoir

    Hi there, I would like to subscribe for this blog to get most up-to-date updates, therefore where can i do it please help.

    leki bez recepty w Szwajcarii Gerard Scherpenheuvel-Zichem medicijnen zonder recept online kopen in Nederland

    image Acheter médicaments avec livraison discrète France arrow Osnabrück

    médicaments bon marché Calox Schwarzach Medikamente in Deutschland erhältlich

    comprar medicamentos en Bolivia sin problemas Landsteiner Cereté Achat en ligne de médicaments : ce qu'il faut savoir

    acquistare farmaci in Spagna senza ricetta ranbaxy Seraing compra de medicamentos en Bolivia fiable

    image médicaments disponible en ligne avec livraison rapide en France Tiefenbacher Cecchina

    medicijnen bestellen zonder recept Medcor Granada médicaments pour un traitement abordable et efficace