रहेनन् : ‘जहाज अपहरण’ को ३० लाख भारतीय रुपैयाँ लोड गर्ने गिरिजा कोइरालाका चालक वीरु लामा (भिडियोसहित)

image

अपहरणबाट कव्जामा लिएको पैसा सुरक्षित गन्तव्यमा पु-याउने जिम्मेवारीका साथ विनोद अर्यालको कमाण्डमा पूर्व प्रधानमन्त्री सुशील कोइराला, मनोहरी वराल र चालक वीरु लामा फारवेशगञ्जको एउटा ठूलो चौरमा तैनाथ थिए ।

नेपाली कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिलाई सफल बनाउन २०३० साल जेठ २८ गते भएको जहाज अपहरण काण्डका एक महत्वपूर्ण पात्र वीरु लामाको २०७८ फागुन १७ गते काठमाडौंमा निधन भयो । भारत प्रवासमा रहदा देखि नै पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मोटर चालकको भूमिकामा रहेका लामा जहाज अपहरण काण्डलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका मूख्य पात्र  हुन् । 
विराटनगरबाट काठमाडौंका लागि उडेको जहाजलाई दुर्गा सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुंगेलले अपहरण गरी भारत (विहार) को फारवेगञ्ज पु-याए । चालक दलका तीन सदस्य र १४ यात्रु सवार त्यो जहाजमा नेपाल राष्ट्र बैंकले काठमाडौं पठाउन लागेको ३० लाख भारतीय भारतीय रुपैयाँ पनि थियो । त्यही रकम कव्जा गर्न जहाज अपहरण गरिएको थियो । 
अपहरणबाट कव्जामा लिएको पैसा सुरक्षित गन्तव्यमा पु-याउने जिम्मेवारीका साथ विनोद अर्यालको कमाण्डमा पूर्व प्रधानमन्त्री सुशील कोइराला, मनोहरी वराल र चालक वीरु लामा फारवेशगञ्जको एउटा ठूलो चौरमा तैनाथ थिए । यो त्यही चौरलाई थियो, जसलाई दोस्रो विश्व युद्वका वेला अंग्रेजहरुले विमानस्थलका रुपमा प्रयोग गरेका थिए । 
अपहरणकारी नगेन्द्र ढुंगेलले लेखकलाई सुनाए ‘मैले माथि आकाशबाटै देखे, सुशील दाई (पूर्व प्रधानमन्त्री) आफ्नो सेतो सर्टलाई झण्डा वनाएर हल्लाई रहनु भएको थियो ।’ कोपाइलट बैद्यले लेखकलाई सुनाए ‘गाईको वथान माथि चक्कर लगाएर हामी ल्याण्ड गर्यौ । गाईकै वथान बीचबाट एउटा जीप निस्कीयो र सिधै प्लेन तिर आयो । प्लेन ल्याण्ड गरेर अघि वढ्दै थियो । जोडले रोक्नुस् रोक्नुस् भनेर कराएको सुनियो । व्रेक जामै गरेर रोक्नु प-यो ।’ ओर्लिना साथ सहचालक बैद्यको नजर जीपमै प-यो । त्यहाँ पाच छ मानिस थिए । सबैसंग वन्दुक थियो । ‘अनुहार कपडाले छोपेका, आखा मात्र देखाई हातहातमा हतियार वोकेका मानिसहरुले क्षणभर मै जहाज घेरिहाले ।’ उनीहरुको काण्डर थिए एक जना ‘हात नभएका विनोद अर्याल । 
सबैले हुलिया पहिचान नहुने गरी नकावमा थिए । अपहरणकारीको सहयोगार्थ परिचालित जिपको नम्वर ‘डव्लुजीएक्स ३७२५’ सहचालक बैद्यले नङको सहायताले आफ्नो झोलामा कोरे ।
उड्नु अघि बैद्यले फेरी अपहरणकारी तर्फ नजर लगाए । त्यो बेला जिपमा रहेका एक जनाले टाउको लुकाए । वैद्यले लेखकसंग भनेका छन् ‘सायद उ कोइराला परिवारको कुनै सदस्य हुनु पर्छ ।’ वैद्यको अनुमान एकदम ठिक थियो । टाउको लुकाउने व्यक्ति कोइराला परिवारका सदस्य नै थिए सुशील । दोस्रो संविधानसभा (२०७०) मा वाके र चितवनवाट विजयी भएर प्रधानमन्त्रीमा निर्वाचित हुनु भन्दा केही दिन अघि मात्र लेखकसंग कोइरालाले ‘टाउको लुकाउने मानिस आफै भएको वताएका थिए ।’ 
फारवेसगञ्ज चौरमा दाहिने हात नभएका र देव्रे हातमा रिभल्वर लिएका मानिस देखे पछि र यात्रु जिजयालाई लागेछ – अव त हामीलाई केही हुदैन, त्यो मानिसले अपहरणकारीलाई त समाइहाल्छ नी । जिजयाले हासो रोक्नै सकिनन् र भनिन् ‘झन उ त उनीहरुकै मानिस पो रहेछ त । ल्याण्ड गर्ना साथ अपहरणकारीले जहाजलाई चारै तिरबाट घेरे । पैसा राखिएका तीन वटा वाकस निकालेर जीपमा हाले । 
अनी मात्र तीन जना अपहरणकारी विमानबाट ओर्लिए । त्यस पछि फिल्ड कमाण्डर विनोद अर्यालले देव्रे हातले रिभल्वर देखाउदै भने ‘दुई मिनेट भित्र जहाज उडाउ । नत्र म बम हानेर जहाज उडाई दिन्छु ।’ त्यो वेलासम्म सह चालक वैद्यलाई दुई जना मात्र अपहरणकारी छन् भन्ने परेको थियो । अन्तिम घडिमा आएर मात्र उनलाई थाहा भयो अपहरणकारी त तीन जना पो रहेछन् ।
यसरी अवतरण गरेको केही समयमै जहाज फेरी विराटनगर तर्फ लाग्यो । जहाजबाट उडेपछि अपहरणकारीहरु सवार जीप प्रतिघण्टा सय किलोमिटरका दरले दार्जिलिङका लागि हुइकियो । त्यही जीपका चालक थिए वीरु लामा । 

जहाज अपहरणमा वीरुको भूमिका के थियो ? सुनौ उनकै मुखबाट ।



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. қай әулие балаларының денсаулығы үшін дұға етсін ана дұғасы тоқаев жастар жылы, тоқаевтың жастар туралы сөздері уақыт және талаптарды басқару эссе, уақыт деген не саган саган жыр жолданган тарам тарам скачать, тарам тарам жыр жолдарынан

    DNA damage is the primary mechanism by which cisplatin kills tumor and other dividing cells <a href=https://enhanceyourlife.mom/>medicamento priligy estudios clinicos</a> 2008; 3 e2568

    image молитва для младенцев от зубов

    луна и солнце в одном доме что значит к чему снится укроп женщине сонник падаю с высоты на землю защита от порчи слушать молитвы при неурядицах в семье

    medicijnen verkrijgbaar op doktersvoorschrift Zydus Bâle acheter médicaments en Belgique prix

    Medikamente für Fruchtbarkeit Vale Wolfurt Kauf von Medikamenten in Europa