राणाकालको प्रेम अपराध : सजाय - जेल, जाती च्यूत र देश निकाला

image

राणाहरुलाई राम्रो लागे जसका छोरी बेटी पनि उठाएर लैजान्थे । नेवारहरुले राणाहरुको त कुरै छोडौ, क्षेत्रीकी छोरी लग्यो भने पनि चारपाटा मुडेर देश घुमाइन्थ्यो । अर्को तर्फ ‘राणाले जसकी श्रीमती लगे पनि जारी खत तिर्न नपर्ने, क्षेत्रीहरुले जारी खत मात्र तिरे पुग्ने तर नेवारले भने जारले मागेको बिगो र सजाय समेत भोग्नु पथ्यो ।’

नेपाली दरवार भित्रको सत्ता संघर्षका कारण कैयौं भारदारहरु काटिए । राणा शासन पिता जंगवहादुर कुवर भन्दा अघिका कुनै प्रधानमन्त्री कालगतिले मर्न पाएनन् । काटिए वा सेरिए । भारदारहरु विचको द्वन्द्व र दरवार भित्रको खिचातानी उत्कर्षमा थियो । त्यही मौकाको लाभ उठाउदै बि.सं. १९०३ को कोतपर्वमा उच्च तहका प्राय सबै भाईभरदार काटिए । अनी नेपाली राजनीतिमा प्रधानमन्त्री जंगवहादुर उदाए । प्रधानमन्त्री भएको तीन वर्ष पुग्दा नपुग्दै बि.सं. १९०६ मा तत्कालीन ‘राजा सुरेन्द्रको हातवाट लालमोहर लगाई उनले कास्की र लमजुङको श्री ३ महाराजाको पदवी हात पारे ।’ 
अनी राजाको अधिकार राणामा स-यो । राजा खोपीमा सिमित भए । मृत्युदण्ड वा माफि दिने, सरकारी कर्मचारी नियुक्त वा वर्खास्त गर्ने, कानून वनाउने, संशोधन गर्ने, खारेज गर्ने अधिकार प्रधानमन्त्रीसंग थियो । व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाको सम्पूर्ण अधिकार एक सय चार वर्षसम्म प्रधानमन्त्रीमा निहित रहन पुग्यो । राणाका भाई, छोराहरु क्रमश प्रधानमन्त्री हुने रोलक्रम शुरु भयो । राज्यसत्ता परिवारवाट नफुस्कियोस् भन्नका लागि जंगवहादुर आफैले राजपरिवारसंग राणाहरुको विहेवारी चलाए । 
प्रधानमन्त्रीको इच्छावेगर मुलुकमा पात समेत हल्लिन छोड्यो । राणा विरुद्व लाग्नेले मृत्युदण्ड वा आजन्म कैद भोग्न तयार हुनु पथ्यो वा प्रवासिनु पथ्यो । ‘कालको औषधी छैन, हुकुमको जवाफ छैन र जसको हातमा तरवार उसको हातमा दरवार’ जस्ता उखान खुवै चलेका थिए । मुलुकमा दुई वर्गमा बिभिाजित थियो, एउटा शासक, अर्को शासित । देशको सम्पूर्ण आम्दानी प्रधानमन्त्रीको निजिसम्पक्ति सरह मानिन्थ्यो । राणाकालको आखिरी कालखण्डसम्म आई पुग्दा ‘वर्षमा ३ करोड जति राजस्व उठ्थ्यो । त्यसमा ४० लाख प्रधानमन्त्रीले सीधै राख्थे । बाकी २ करोड ६० लाखको बजेट बन्थ्यो । जुद्धशमशेरले १३ वर्ष २ महिना केही दिन शासन गरे । छाड्ने बेलामा उनले भाषण गर्दै बडो गौरवसाथ भने, ‘यति सानो मेरो कार्यकालमा १ करोड रुपैया“ विकास कार्यमा खर्च भएको छ ।’
प्रधानमन्त्री वाहेकका उच्च पदमा राणा परिवारकै सदस्य नियुक्त हुन्थ्ये । निजामति र सैनिक तर्फका तल्लो तहमा मात्र जनताका छोरा छोरीले जागिर पाउथे । त्यो पनि राणाका दरवार चाहरेर चाकडी गरी रिझाउन सक्नेले मात्र । ‘राणाका सन्तान जन्मजात जर्नेल हुन्थे । जनताका  सन्तान ‘सेनामा कर्णेलसम्म पुग्न सक्थे तर त्यो भन्दा माथि पुग्न राणा नै हुनु पथ्यो ।’ राणाहरु गर्भमै जर्नेल भएर जन्मिने जानकारी पाए पछि छक्क पर्दै एक जना अंग्रेजले त ‘टोई जर्नेल’ अर्थात खेलौना जर्नेल भनेका थिए ।’
भगवानको अवतार मानिएकाले राणालाई जे गर्न पनि छुट थियो । गणेशमान सिंहले भनेका छन् ‘न आमाको इज्जत छ, न दिदीवहिनीहरुको इज्जतको सुरक्षा छ ।’ राणाहरुलाई राम्रो लागे जसका छोरी बेटी पनि उठाएर लैजान्थे । नेवारहरुले राणाहरुको त कुरै छोडौ, क्षेत्रीकी छोरी लग्यो भने पनि चारपाटा मुडेर देश घुमाइन्थ्यो । अर्को तर्फ ‘राणाले जसकी श्रीमती लगे पनि जारी खत तिर्न नपर्ने, क्षेत्रीहरुले जारी खत मात्र तिरे पुग्ने तर नेवारले भने जारले मागेको बिगो र सजाय समेत भोग्नु पथ्यो ।’
राणाकी छोरीसंग प्रेम विवाह गरेको आरोपमा काठमाडौंका भेटनारायण श्रेष्ठको सर्वश्व हरण गरियो  । उनी कलकत्तामा कस्तुरीको व्यापार गरी वसेका दाजु सत्यनारायण वहादुर श्रेष्ठसंग निर्वासित भए । ‘राणाकी छोरीसंग प्रेम गर्नु उनको अपराध थियो ।’
राणाको अत्याचार सम्वन्धी अर्को प्रसंग गणेशमान सिंहले उल्लेख गरेका छन् । उनी सेन्टरल जेलमा वन्दी हुदा गोपी च्यामे नामका कैदीले राम्रै सहयोग गरेका थिए । सिंहले भनेका छन् ‘गोपी च्यामे थिएन, वाहुन थियो । ऊ च्यामेनीसंग फसेकाले जाति ज्युत भएर च्यामे वनेको थियो । त्यही आधारमा उसलाई छ वर्ष कैद ठोकिएको थियो । माथिल्लो जातिको लोग्ने मान्छेले ‘पानी नचल्ने’ जातकी महिलालाई ल्यायो भने उसको जात पनि स्वास्नीकै सरह मानिन्थ्यो । त्यो विजातीको संसर्ग गर्नेले दोहोरो सजाय भोग्नु पथ्यो जाति च्युत र कैद ।’
राणाकालको अत्याचार वारे प्रशासक भीमवहादुर पाडेले लेखेका छन् ‘वि.सं. १९९५ ०९६ तिरको कुरा हो । कवी चक्रपाणी चालिसेका छोरा लक्ष्मीनन्दन चालिसे त्रिचन्द्र क्याम्पसमा पढ्दै थिए । उनको जाचमा सोधिएको एउटा प्रश्न यस्तो थियो ‘तिमी कसलाई बहादुर मानिस ठान्छौं ।’ त्यसको जवाफमा लक्ष्मीनन्दनले लेखका थिए ‘श्री ३ जंगवहादुर महाराजलाई म नेपालका एक मात्र बहादुर मानिस ठान्छु । निवन्धको अर्को अंशमा उनले लेखेका थिए ‘तर उनैका सन्तान आज नपु¨सक जस्ता भएका छन् ।’ संयोगले उनको कपी वालकृष्ण शमशेर जवराले जाचे । आफू र राणा परिवारलाई नपु¨सक भनेकोमा बालकृष्ण शमशेरको चित्त दुखेन । बौद्विक वहसका क्रममा लक्ष्मीनन्दनले लेखेको निवन्धको प्रसंग उनले केही ठाउमा उठाए । एक कान दुई कान मैदान हुदै त्यो कुरा प्रधानमन्त्रीको दरवारसम्म पुगिहाल्यो । 
‘जुद्वशमशेरले लक्ष्मीनन्दनलाई वाह्र वर्ष कैद गर्न आदेश दिए । पछि उनको मनमा के आएछ लौ त्यसलाई छ वर्ष मात्र कैद गर्नु भन्ने आदेश दिए ।’ लक्ष्मीनन्दनलाई तुरुन्तै पक्राउ गरी नेल ठोकी भद्रगोल जेलमा थुनियो । त्यसको केही समयपछि उनले प्राण त्याग गरे । त्यही निवन्ध प्रकरणमा लक्ष्मीनन्दनका पिता ‘कवी चक्रपाणी चालिसेको पनि जागिर गयो ।’
लक्ष्मीनन्दनको मृत्यु त्यही प्रकृतिको थियो जसरी त्यस अघि ‘मकैको खती’ नामक पुस्तक लेखेको अभियोगमा सुव्वा कृष्णलाल अधिकारीलाई जेलमै सडाएर मारिएको थियो । अधिकारीले एक हजार प्रति पुस्तक छपाएका थिए । राणाहरुले नौ सय उनान्सय प्रति जफत गरे । एक थान पुस्तक जति खोजी गर्दा पनि फेला पार्न सकेनन् । महाराजको गाथगादी ताकेको अभियोगमा उनलाई छ वर्ष कैद सजाय सुनाइयो र एक प्रति पुस्तक लुकाएको अभियोगमा थप ३ वर्ष थप गरी नौ वर्ष जेल सजाय सुनाइएको थियो । 
यसरी राणाहरुको अत्याचारले सिमा नाघेको थियो । ‘मोटर वा वग्गिमा राणाहरुको सवारी हुदा अगाडी पछाडी रिसल्लाहरु पनि हातमा झण्डा समातेर घोडा दौडाउदै सवारी भयो, वाटो छोड भन्दै कराउदै हिड्दथे ।’ त्यस वेला रैतिले सडकको एक छेउमा उभिनु पर्ने, छाता ओढेको भए वन्द गर्नु पर्ने, जात अनुसार सलाम वा स्वस्ती गर्नु पथ्यो । त्यसो नगर्नेले आठपहरियाको कोर्रा खप्न तयार हुनु पथ्यो । शासकको चाहना विपरित गर्नेले यात मारिनु पथ्यो वा देश छोड्न तयार रहने पथ्यो। ‘कि दरवार कि तरवार’ भन्ने उखान चर्चामा थियो । 




प्रतिक्रिया


  1. médicaments en vente libre en ligne : ce qu'il faut savoir Pensa Herstal medicijnen zonder voorschrift betrouwbaar online kopen

    image қазіргі жастар ел тізгінін ұстай ала ма эссе

    еркіндік ел мұраты эссе, еркіндік туралы пікірлер логистик поинт отслеживание, pl logistics киім размерлері s, киім размерлері м бүйректің жабық жарақаттары, іштің ашық жарақаттары

    2000 рік кого за східним календарем як забрати гроші магія камінь за знаком зодіаку водолій жінка за датою народження 28 січня сонник народила уві сні для жінки вагітної

    Online-Optionen für den Kauf von Medikamente ohne ärztliche Verschreibung Basi Mödling acheter médicaments en ligne en Belgique