चालिस सुत्रको प्रभाव, नेता मालामाल - कार्यकर्ता बेहाल

image

संयोगले यति बेला माओवादीको अधिवेशन चलिरहेको छ र प्रधानमन्त्री शेरबहादुर देउवा नै छन् । त्यो बेला माओवादीले पेश गरेका माग मध्ये कति पुरा भए कति भएनन् । माओवादी नेतृत्वले आफै सत्तामा पुग्दा ति माग किन पुरा गर्न सकेन ?


२०५२ साल माघ २२ गते तत्कालीन नेकपा माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष चालिस सुत्रीय ज्ञापन पत्र बुझाउदै १५ दिन भित्र आफ्ना माग पुरा नभए शसस्त्र संघर्षमा जाने चेतावनी दियो । ति दिन प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा जाने तयारीमा थिए । स्वदेश फर्किए पछि वार्ता मार्फत ति मागको टुङगो लगाउने बचन दिएर उनी दिल्ली तर्फ लागे । तर आफैले दिएको अल्टिमेटमको म्याद गुज्रिन एक दिन बाँकी रहदै २०५२ साल फागुन १ गते माओवादीले जुनयुद्व शुरु गरेको घोषणा गरि दियो । 
त्यो विद्रोहका क्रममा १७ हजार नागरिकको ज्यान गयो । अन्ततः माओवादी शान्ति प्रकृयामा आए ।  राजतन्त्रको अन्त्य भएर मुलुक गणतन्त्रमा आयो । माओवादी नेताहरु पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने । यस विच माओवादीको नेतृत्वले सत्ताको स्वाद पाए पनि आम जनजिवनमा भने त्यो विद्रोहको प्रतिफल पुग्न सकेन । बरु माओवादी विद्रोहका नायकहरु नै छिन्न भिन्न भएका छन् । 

नेतृत्वले क्रान्तिलाई धोका दिएको आवाज माओवादी भित्रै शसक्त रुपमा उठि रहेको छ । भ्रष्टाचार, अन्याय, अत्याचार, नातावाद, कृपावाद जे का विरुद्ध आन्दोलन उठाइएको थियो । माओवादीे नेतृत्वमा त्यही विकृति मौलाउदो छ । 

संयोगले यति बेला माओवादीको अधिवेशन चलिरहेको छ र प्रधानमन्त्री शेरबहादुर देउवा नै छन् । त्यो पनि माओवादी समर्थनमा । देउवा र माओवादी नेतृत्वको छवीमा कुनै अन्तर देखिदैन । यस्तो अवस्थामा माओवादी नेतृत्वले विगत र वर्तमानको आफ्नो अनुहार ऐनामा हेर्न सकुन भनेर उनीहरुले तत्कालीन प्रधानमन्त्री देउवा समक्ष पेश गरेका ४० सुत्रीय माग जस्ताको तस्तै प्रस्तुत गरिएको छ । 


त्यो बेला माओवादीले पेश गरेका माग मध्ये कति पुरा भए कति भएनन् । माओवादी नेतृत्वले आफै सत्तामा पुग्दा ति माग किन पुरा गर्न सकेन ? यी र यस्तै प्रश्नको जवाफ जनतालाई दिन सकुन्  । 

माओवादीका चालिस सुत्रिय मागहरु 

बुँदा नम्बर १:

नेपाल–भारतबीचको सन् १९५० को सन्धिसहित अन्य असमान सन्धि सम्झौताहरू खारेज गर्नुपर्ने 

बुँदा नम्बर २:

टनकपुर सम्झौता र एकीकृत महाकाली सन्धि ‘राष्ट्रघाती’ भएकाले दुवै सम्झौता खारेज गर्नुपर्ने ।

बुँदा नम्बर ३:

नेपाल–भारत खुला सिमाना नियन्त्रण र व्यवस्थित गर्नुपर्ने तथा नेपालभित्र भारतीय नम्बरका सवारी चल्न रोक लगाउनुपर्ने ।

बुँदा नम्बर ४:

गोरखा भर्ती केन्द्र रद्द गर्नुपर्ने र स्वदेशभित्र रोजगारीको व्यवस्था गर्नुपर्ने ।

बुँदा नम्बर ५:

नेपालमा रोजगारीका लागि आउने विदेशी नागरिकका लागि अनिवार्य वर्क परमिट लागू गर्नुपर्ने ।

बुँदा नम्बर ६:

नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्ने ।

बुँदा नम्बर ७:

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति बनाएर लागू गरिनुपर्ने ।

बुँदा नम्बर ८:

देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा रोक लगाइनुपर्ने ।

बुँदा नम्बर ९:

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बन्द गरिनुपर्ने र साम्राज्यवादी–विस्तारवादी घूसपैठको अन्त्य हुनुपर्ने ।

बुँदा नम्बर १०:

चुनिएका जनताका प्रतिनिधिहरूद्वारा जनगणतन्त्रात्मक व्यवस्थासहितको नयाँ संविधान बनाउनुपर्ने ।

बुँदा नम्बर ११:

राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गरिनुपर्ने ।

बुँदा नम्बर १२:

सेना, प्रहरी, प्रशासन पूर्णरूपमा जनताको नियन्त्रणमा हुनुपर्ने ।

बुँदा नम्बर १३:

सुरक्षा ऐनलगायत सबै दमनकारी ऐन खारेज हुनुपर्ने ।

बुँदा नम्बर १४:

आस्थाका आधारमा बन्दी बनाइएका माओवादी निकट कार्यकर्ताहरूलाई रिहा गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने ।

बुँदा नम्बर १५:

जिल्ला जिल्लामा भइरहेका सशस्त्र प्रहरी अपरेशन, दमन र राज्य आतंक बन्द गरिनुपर्ने ।

बुँदा नम्बर १६:

विभिन्न समयमा तत्कालीन अवस्थामा प्रहरीद्वारा बेपत्ता पारिएकाहरूलाई छानबिन र दोषीलाई कारबाही हुनुपर्ने ।

बुँदा नम्बर १७:

जनआन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गरिनुपर्ने तथा शहीद परिवार र घाइतेलाई उचित क्षतिपूर्ति दिनुपर्ने ।

बुँदा नम्बर १८:

नेपाललाई धर्मनिरपेक्ष राज्य घोषित गर्नुपर्ने ।

बुँदा नम्बर १९:

पितृसत्तात्मक शोषणको अन्त्य गरी छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिनुपर्ने ।

बुँदा नम्बर २०:

सबै खाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्ने र जनजातिहरूको बाहुल्य भएको क्षेत्रमा जातीय शासनको व्यवस्था गर्नुपर्ने ।

बुँदा नम्बर २१:

दलितहरूमाथिको भेदभाव अन्त्य गरिनुपर्ने तथा छुवाछूत प्रथा पूर्ण रूपले बन्द गरिनुपर्ने ।

बुँदा नम्बर २२:

सबै भाषाभाषीहरूलाई समान अवसर र सुविधा दिइनुपर्ने ।

बुँदा नम्बर २३:

वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुनुपर्ने एवं सरकारी सञ्चारमाध्यम पूर्णरूपले स्वायत्त हुनपर्ने ।

बुँदा नम्बर २४:

बुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिककर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेण्टी हुनुपर्ने ।

बुँदा नम्बर २५:

पहाड र तराईको क्षेत्रीय भेदभाव अन्त्य गरी पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता दिनुपर्ने ।

बुँदा नम्बर २६:

स्थानीय निकायहरूलाई अधिकार र साधनसम्पन्न बनाइनुपर्ने ।

बुँदा नम्बर २७:

जमीन जोत्नेको हुनुपर्ने तथा सामन्तहरूको जमीन जफत गरेर भूमिहीन एवं सुकुम्बासीहरूमा वितरण गर्नुपर्ने ।

बुँदा नम्बर २८:

दलाल तथा नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहीन तथा सुकुम्बासीहरूमा वितरण गर्ने ।

बुँदा नम्बर २९:

सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्ने तथा रोजगारी नपाउञ्जेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्ने ।

बुँदा नम्बर ३०:

उद्योग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदूरहरूको ज्याला निर्धारण गरी कडाइका साथ लागू गर्ने ।

बुँदा नम्बर ३१:

सुकुम्बासीहरूलाई बसोबासको उचित व्यवस्था गर्नुपर्ने तथा वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीहरूलाई उठिबास लगाउन नहुने ।

बुँदा नम्बर ३२:

गरीब किसानहरूलाई बसोबासको उचित व्यवस्था गर्नुपर्ने, कृषि विकास बैंकबाट साना किसानहरूले लिएको ऋण मिनाहा हुनुपर्ने ।

बुँदा नम्बर ३३: 

किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गर्ने तथा मल, बीउ सर्वसुलभ हुनुपर्ने ।

बुँदा नम्बर ३४:

बाढीपीडित र सुक्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको व्यवस्था गर्नुपर्ने ।

बुँदा नम्बर ३५:

सबैलाई नि:शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गर्ने एवं शिक्षा क्षेत्रमा व्यापारीकरण अन्त्य गर्नुपर्ने ।

बुँदा नम्बर ३६:

महँगी नियन्त्रण गरी दैनिक उपभोगका वस्तुहरू सुलभ तरिकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्ने ।

बुँदा नम्बर ३७:

गाउँ–गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको व्यवस्था गर्नुपर्ने ।

बुँदा नम्बर ३८:

कुटिर तथा साना उद्योगहरूलाई विशेष सहुलियत र संरक्षण दिनुपर्ने ।

बुँदा नम्बर ३९:

भ्रष्टाचार, कालोबजारी, तस्करी, घुसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्ने ।

बुँदा नम्बर ४०:

अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको व्यवस्था गरिनुपर्ने ।




प्रतिक्रिया


  1. An outstanding share! I've just forwarded this onto a coworker who had been conducting a little research on this. And he actually ordered me dinner because I stumbled upon it for him... lol. So allow me to reword this.... Thanks for the meal!! But yeah, thanks for spending time to discuss this topic here on your web page.

    image создание бизнес-плана целесообразнее начать

    д.қонаевтың кемеңгерлігі неде, дінмұхамед қонаев кітаптары жасыл ел деген не, жасыл ел бағдарламасы ережесі 5 сынып ережелері, қазақ әдебиеті 5 сынып ережелері достар туралы ән текст, дос туралы ән

    крещение взрослого, сколько стоит крещение взрослого 2022 жоғары білімнен кейінгі білім беру, ғылым және жоғары білім министрлігі мемлекеттің құрылымына байланысты мемлекеттер бөлінеді, мемлекет түрлері база шахтера, дом отдыха шахтер телефон

    к чему снится торт во сне для женщины красивый и вкусный с кремом к чему снятся большие лягушки в воде женщине сонник старая ночнушка, исламский сонник ночнушка гадание онлайн закончены ли отношения с мужчиной приснился кусок мяса говядина

    image acquista farmaci online a Verona senza bisogno di ricetta Stada Oldenburg

    comment acheter des médicaments en ligne sans se faire arnaquer ? Almus Dinant prezzi di farmaci a Verona

    image kaufe mildronate in Italien ohne ärztliche Verschreibung in Belgien

    médicaments en ligne disponible avec paiement sécurisé Ebewe Trelew medicijnen online verkrijgbaar in Nederland