शेरबहादुर देउवालाई दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने त्यो ‘होलेरी काण्ड’

image

रक्षामन्त्री रहेका कांग्रेस नेता महेश आचार्यले तत्कालीन उपप्रधान तथा गृह मन्त्री रामचन्द्र पौडेललाई सुनाए ‘प्रधानसेनापति भन्दै छन्, माओवादीहरुलाई हाम्रो सेनाले घेरेर राखेको छ । तर सेनाको घेरा भित्र माओवादीले सर्वसाधारणलाई मानवढाल वनाएर राखेकाले मानवअधिकारवादी पठाउनु पर्ने भयो ।’ पौडेल भन्न थाले ‘कहाँ घेर्ने यार । गृहको रिपोर्टमा त्यहाँ माओवादीले सेनाले पठाएका पैतिस चालिस कमाण्डोलाई घेरेर राखेका छन् भन्ने पो छ त ।’ 

‘दरवार हत्याकाण्ड’ (२०५८ जेठ १९) को ४१ औं दिन असार २९ गते । रोल्पाको होलेरी प्रहरी चौकीवाट माओवादीले छ दर्जन भन्दा वढी सुरक्षाकर्मी अपहरण गरेको खवरले काठमाडौं सनसनी फैलियो ।
माओवादीको त्रास यति थियो की प्रहरीहरु दिनभरीको डिउटी सकेर राति चौकीबाट ‘अल आउट’ हुन्थे । अर्थात वाहिर सुत्थे । विहान उज्यालो भए पछि मात्र फर्किन्थे । 
असार २८ गते माओवादीले नेपाल वन्द घोषणा गरेको थियो । प्रहरीलाई हायल कायल बनाएकाले माओवादीमा उत्साहको सिमा थिएन । ‘विहान चार वजे चौकी फर्केका प्रहरी विद्रोहीको घेराउमा परे । माओवादीले गोली हान्न थाले पछि प्रतिकार नगरी सबैले हात उठाए । भाग्न खोज्दा एक सव इनिष्पेक्टर मारिए । चौकीका हतियार सहित लडाकुहरुले छ दर्जन प्रहरीको अपहरण गरे ।
माओवादीले कव्जामा लिएका प्रहरी र हातहतियार फिर्ता गराउन सेनालाई जिम्मा दिने वाहेक सरकारसंग अर्को विकल्प थिएन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आपतकालिन सल्लाहका लागि प्रधानसेनापति प्रज्वलशमशेर राणालाई वोलाए । सेना र सरकार विच सुरक्षा चुनौती वारे लामै छलफल भयो । त्यो छलफलमा प्रधानमन्त्री कोइराला, गृहमन्त्री रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री चक्र वास्तोला, रक्षामन्त्री महेश आचार्य थिए । 
‘एकपल्ट वाहिर निकालियो भने फेरी सेना व्यारेक फर्किदैन र दरवारले प्रजातन्त्र खाइदिन्छ भन्ने आशंका प्रधानमन्त्री कोइरालामा थियो । राजा महेन्द्रले सेनाकै बलमा बीपी नेतृत्वको सरकारलाई अपदस्त गरेर निर्दलीय व्यवस्था लादेको घटना भुल्ने कुरा थिएन । सेना परिचालनको विकल्पमा जाने मुडमा नभए पनि ‘चौतर्फी चेपुवामा परे पछि सेना परिचालन गर्न हार गुहार गर्नु वोहक अर्को विकल्प पनि भएन ।
दरवारको आसय अनुरुप प्रधानमन्त्रीसंगको छलफलमा जर्नेलहरुले संकटकाल घोषणा पछि मात्र सेना परिचालन हुन सक्ने धारणा राखे । त्यो बेला प्रधानमन्त्री कोइरालाले भनेका थिए ‘तपाईहरु सक्नुहुन्छ की हुन्न । अझै समय लिनु पर्छ की ?
के गर्नु पर्छ भन्नुस् ?
सेनाले जिम्मेवारी लिए पछि काम पुरा हुनु पर्छ, सेना फेल भयो भने मुलुक नै फेल हुन्छ । ल भन्नुस् के गर्ने ? जर्नेलहरुले विश्वास दिलाए ‘हैन हामी सक्छौं प्रधानमन्त्री ज्यू । यसरी अपहरित प्रहरी मुक्त गर्ने र लुटिएका हतियार फिर्ता ल्याउने सहमति भयो । 
होलेरी अपरेसनको वेस स्टेशन दाङमा स्थापना गरेको जानकारी प्रधानमन्त्रीलाई दिइएको थियो । तर त्यहाँ त्यस्तो कुनै तयारी छैन भन्ने सीडीओको रिपोर्ट प्रधानमन्त्रीले पाई रहेका थिए । 
त्यो सरकारमा राज्यमन्त्री रहेका नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले लेखकलाई सुनाए ‘सबै मन्त्री विहान वालुवाटार पुग्थ्यौ । माओवादीलाई सेनाले घेरेको छ । समाएर ल्याउदै छ भन्ने व्रिफिङ हुन्थ्यो ।’
तिन ताका देशको प्रमुख प्रकाशन कान्तिपुर दैनिकमा प्रकाशित मुख्य समाचारका केही नमुना ।  
२०५८ असार ३१ गते 
सेनाको घेरा भित्र माओवादीको मानव ढाल
दुवै पक्षले पहिलो आक्रमण नगर्ने 
२०५८ साउन १ गते
‘पुरै रोल्पा सैनिक नियन्त्रणमा’  

ति दिन रक्षामन्त्री रहेका कांग्रेस नेता महेश आचार्यले तत्कालीन उपप्रधान तथा गृह मन्त्री रामचन्द्र पौडेललाई सुनाए ‘प्रधानसेनापति भन्दै छन्, माओवादीहरुलाई हाम्रो सेनाले घेरेर राखेको छ । तर सेनाको घेरा भित्र माओवादीले सर्वसाधारणलाई मानवढाल वनाएर राखेकाले मानवअधिकारवादी पठाउनु पर्ने भयो ।’ पौडेल भन्न थाले ‘कहाँ घेर्ने यार । गृहको रिपोर्टमा त्यहाँ माओवादीले सेनाले पठाएका पैतिस चालिस कमाण्डोलाई घेरेर राखेका छन् भन्ने पो छ त ।’ 
 यथार्थ के हो ? मन्त्रीहरु नै अलमल्लमा थिए । यो घटना पछि राजिनामा गर्ने मानसिकता बनाएका पौडेल परामर्शका लागि संस्थापक नेता  कृष्णप्रसाद भट्टराई कहाँ पुगे । यस प्रसंगमा पौडेलले लेखकलाई सुनाए ‘उहाँले राजिनामा नगर्नु भन्नु भएको थियो । मैले नमानेर राजिनामा दिए ।’ पौडेलको राजिानमा पछि झन चेपुवामा परेका प्रधानमन्त्री कोइरालाले तत्काल परराष्ट्रमन्त्री चक्र वास्तोलालाई गृहमन्त्रालयको जिम्मेवारी दिए । जर्नेलहरु दिनहु ठूलो नक्सा राखेर प्रधानमन्त्रीलाई व्रिफ गरि रहेकै थिए । प्रधानमन्त्रीज्यू सेनाले घेर साधुरो वनाउदै लगेको छ । माओवादीका ठूला नेता त्यही छन् ।’ 
यथार्थमा के भएको थियो त ? तत्कालीन सैनिक सचिव विवेककुमार शाह आफ्नो पुस्तक मैले देखेको दरवारमा लेख्छन् –अपरेशन गर्ने योजनाका साथ असार २९ गते विहानै एमआई १७ हेलिकप्टरबाट सेनाले चार प्लाटुन कमाण्डो रोल्पाको जुगारमा ओरालेको थियो । ‘दोस्रो हेलिकप्टर उडेको केही समयमै माओवादीले गोली चलाए । ‘पाइलट विनायक सिंहको तिघ्रा गोलीले छेडियो । उपसेनानी रुद्रवहादुर पौडेलको हात र सिपाही नरवहादुर खत्रीको पेटमा गोली लाग्यो । हेलिकप्टरले दाङमा आपतकालीन अवतरण ग-यो ।’
केही समय अघि उतारिएका सैनिक समेत माओवादी घेराउमा परिसकेका थिए । उनीहरुको उद्वारका लागि तालिम प्राप्त कमाण्डो लिएर उडेको सुपर पुमा हेलिकप्टर पनि खराव मौसमका कारण ल्याण्ड गर्न नसेकर दाङ मै फर्कियो । मेसिनगन जडित त्यो हेलिकप्टरवाट कमाण्डोहरुले फायरका लागि ‘ट्रिगर’ दवाउन खोजेका थिए, अपरेसन कमाण्डरले उनको हात हुत्याई दिए । दोहोरो भिडन्त हुन पाएन ।
यस प्रसंगमा पूर्व प्रधानमन्त्री कोइरालाले लेखकलाई सुनाए –फायर खोल्नु अघि अपरेसन कमाण्डरले हेडक्वाटरको आदेश माग्यो । ‘आर्मी हेडक्वाटरले ‘नो’ भनिदियो ।’ प्रधानमन्त्री कोइरालाले धेरै वर्ष पछि मात्र राजा ज्ञानेन्द्रको आदेशमा त्यति वेला माओवादी विरुद्व कारवाही रोकिएको थाहा पाए । यस सन्दर्भमा उनले लेखकसंग भनेका छन् ‘राजाले यो कुरा एमाले महासचिव माधव नेपालसंग भनेका रहेछन् । माधवजीले मलाई पछि सुनाउनु भयो, थाहा छ गिरिजाबाबु राजाले मसंग के भने होलेरीमा मैले आर्मी मुभ हुन नदिएको हो ।’
दरवारले  नै रोके फायर नगर्न भनेपछि सेनाकोे पुरै ध्यान रोल्पामा उतारिएका एक प्लाटुन कमाण्डोको सुरक्षा कसरी गर्ने भन्ने तिर केन्द्रीत भयो । शाही सेनासंग भिड्ने माओवादी नीति थिएन । त्यसो गर्दा राजा र सरकार मिलाउन उसले भूमिका खेलिदिए जस्तो हुन्थ्यो । माओवादी नेता तथा पूर्व सभामुख कृष्णवहादुर महराले लेखकलाई सुनाए ‘नुवागाउँमा हाम्रो जनमुक्ति सेना र शाही सेना आमने सामने भए । दोहोरो भिडन्तको खतरा भयो । तर त्यञ्जिेल शाही सेनासंग लड्ने हाम्रो नीति थिएन । अव भिडन्त हुने नै भयो भने पछि माओवादी सेनाले हामी तपाईहरुसंग लड्ने पक्षमा छैनौ, राष्ट्रका लागि लडेका हौ भन्ने सन्देश शाही नेपाली सेनालाई पठाए । दुवै सेना विच अघोषित वार्ता र युद्धविराम भए जस्तो भयो ।’
‘सेनाले कारवाही रोके, अपहरित प्रहरीलाई मुक्त गर्ने प्रस्ताव माओवादीले गरेका थिए । यसरी प्रधानमन्त्रीको जानकारी विनै दुवै पक्ष विच एक अर्का विरुद्व कारवाही नगर्ने सहमति नजिक पुगे ।’ माओवादीसंग हात मिलाएर सेनाले सहमति गरी सक्दा समेत प्रधानमन्त्रीलाई गुमराहमै थिए । 
नेपाली राजनीतिका घटनाक्रम फिल्मको रिल जस्तै फनफनी घुमिरहेका थिए । प्रधानमन्त्री कोइराला आफ्नो छ दशक लामो राजनीतिक जीवनकै कठिन मोडमा थिए । एकातिर सेनाको असहयोग, अर्कोतिर उपप्रधानमन्त्रीको राजिनामा । कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई त शुरु देखि नै उनले राजिनामा गर्नु गरी पार्टी र सरकारको नेतृत्व युवा पुस्तालाई दिनु पर्ने भन्दै शुरु देखि नै कोइरालाको विरोधमा थिए । 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजिनामा मागेर संसद अवरुद्व गरिरहेकै थियो । 

चौतर्फी दवाव श्रृजना गरी कोइरालालाई घुडा टेकाउने रणनीतिमा दरवार लागेको थियो । सैनिक सचिव विवेक कुमार शाह आफ्नो पुस्तक मैले देखेको दरवारमा लेख्छन् ‘असार २ गते सरकारबाट हुकुम भयो प्रधानमन्त्रीले संवैधानीक व्यवस्था अनुसार काम गर्नु प-यो कि त राजिनामा दिनु प-यो ।

होलेरीबाट प्रहरी अपहरण भएको साता दिन पछि मात्र यथार्थ वाहिर आयो । होलेरीमा सेनाले घेरा हालेको र घेरा साघुरो वनाउदै लगेको कुरा त सबै प्रचारवाजी मात्र रहेछ । यस प्रसंगमा २०५८ साउन १६–३२ को अंकमा ‘नेपाल पाक्षिक’ म्याजेजिन लेख्छ  ‘नेपाली र अन्तराष्ट्रिय संस्थामा समेत कहिल्यै नभएको घेरा वन्दीका समाचार आइरहे ।’

तत्कालीन रक्षामन्त्री आचार्यले सम्झिए ‘राजा गिरिजावावुलाई राजीनामा गराउन चौतर्फी दवाव श्रृजना गरिरहेका थिए । गिरिजावावु घेराउमा पर्नुभयो । माओवादी समस्या उत्कर्ष रहेका बेला सेनाले असहयोग ग-यो भन्ने उहाँको मनोविज्ञान, संसदमा कांग्रेस विभाजित, प्रमुख प्रतिपक्षी एमालेको वढ्दो आक्रमण, त्यस माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाउडा विमान भाडा प्रकरणमा अनियमितता भएको र त्यसमा प्रधानमन्त्रीको संलग्नता भएको आसय सहति पत्र काटेको थियो । त्यहि परिस्थितीमा गिरिजावावुले राजिनामाको मानसिकता बनाउनु भयो ।’

आफूलाई धोका भएको वुझे पछि प्रधनमन्त्री कोइराला राजालाई भेट्न सिधै दरवार गए । त्यस प्रसंगमा पूर्व प्रधानमन्त्री कोइरालाले लेखकसंग भनेका छन् ‘राजिनामा गर्नु अघि राजासंगको अन्तिम भेटमा चर्काचर्की भयो ।’ २०५८ साउन साताको कुरा हो, राजाले समाचारपत्र दैनिक टेवलमा पछार्दै प्रधानमन्त्रीको राजिनामा मागे । 
राजा ज्ञानेन्द्र ः पी.एम तपाईलाई त जनता भ्रष्टाचारी पो भन्दा रहेछन् । राजिनामा दिने वेला भएन । 
प्रधानमन्त्री कोइराला ः (झनक्क रिसाउदै) सरकार—मेरो वारेमा मात्र के । राजदरवार हत्याकाण्डका वारेमा जनता सरकारलाई के भन्छन् । म पनि भन्दै हिडौं । 
राजा ज्ञानेन्द्र ः (केही समय वोल्नै सकेनन् । राजा र प्रधानमन्त्री मात्र रहेको बैठक कक्षमा सन्नाटा छायो) । 
प्रधानमन्त्री कोइराला ः (जति सुकै रिसाए पनि व्यक्त गरि नहाल्ने बानीका कोइराला रातो पिरो भए, रिसको झोकमा आवेग रोक्न सकेनन्) धेरै मानिसले मसंग भनेका छन् । दरवार हत्याकाण्डमा सरकारको हात छ । म पनि वोल्दै हिडौं । जनताको कुरा के गर्ने सरकार ।  
दरवारबाट एकदमै तनावका साथ फर्किए । वालुवाटारमा आए पछि उनले भनेका थिए ‘मेरो काधमा वन्दुक राखेर सारा जनता भुट्छु भन्ने ठानेका छन् यीनले ।’ मुड खराव भए पछि रातो रातो अनुहार वनाएर । टोपी निकाल्ने कोइरालाको वानी थियो । 
त्यस दिन बालुवाटार पुगेर निकट सहयोगीलाई उनले भनेका थिए ‘ल अव राजिनामा गर्नु पर्छ । तत्काल महाराजगञ्ज सर्नु पर्छ । भोलीपल्ट राजिनामा गरे । प्रधानमन्त्रीको राजिनामा वारे उनकै मन्त्रीमण्डलका कतिपय सदस्यले समेत रेडियो नेपालमा समाचार प्रशारण भएपछि मात्र थाहा पाए । 

यही घटनाले शेरवहादुर देउवालाई दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनायो । 

 




प्रतिक्रिया


  1. ата аналар жиналысы күн тәртібінде, хаттама ата аналар жиналысы отбасы құндылықтары әдеби эссе, отбасы құндылықтары не жатады кыш мезгили жат жазуу, олбогон жанга жаз келди доска садху польза, доска садху купить алматы

    image эссе жаңа бағдарлама – келешек жаршысы

    тәрбие әдістері және құралдары, жеке адамның санасын қалыптастыру әдістері ауэзов сити крыша, ауэзов сити продажа квартир атырау соңғы жаңалықтар, орал жаңалықтары бүгінгі тарих не үшін керек, тарихты білу оқушылардың дүниетанымын байытады

    Spot on with this write-up, I truly believe this website needs much more attention. I'll probably be returning to read through more, thanks for the info!

    генетическая травма,генетическая травма дизайн человека,родовая травма,исцеление травмы,сакральная травма,сакральная рана,генетические травмы,исцеление родовой травмы,кармические узлы,родовые программы,психоэмоциональные блоки,родовая память, генетическая память,энергетическое очищение рода,духовная трансформация,генетическая травма в дизайне человека,родовая генетическая травма,генетическая травма отрицания,генетическая травма вины,генетическая травма отвержения,генетическая травма предательства, генетическая травма подавления,генетическая травма разделенности,генетическая травма разделения,генетическая травма стыда,как вычислить генетическую травму,как определить свою генетическую травму

    image системно векторная психология тест

    системно векторная психология тест

    farmaci senza effetti collaterali indesiderati zentiva Montreuil farmaci a un prezzo accessibile in Italia