दीपेन्द्रको पचासौं जन्मदिन : दुई दशक देखिको एउटा अनुत्तरित प्रश्न दरवार हत्याकाण्ड दीपेन्द्रले नै गरे वा अरु नै षड्यन्त्र हो

image

प्रेमिका देवयानीसंग विवाह गर्ने विषयमा आमा ऐश्वर्य वाधक भएको र बाबु राजा वीरेन्द्रले समेत साथ नदिएका कारण दीपेन्द्रले घटना गराएको भनिएको छ । तर वीस वर्ष पुरा हुदा समेत यो घटना रहस्यमय नै छ । के भएको थियो त त्यो रात नारायणहिटी दरवारमा ।

आज पूर्व राजा दीपेन्द्र वीर विक्रम शाहको जन्म दिन हो । २०२८ साल असार १३ गते जन्मिएका दीपेन्द्र जीवित रहेको भए यति वेला पचास वर्ष पुगेका हुन्थे । २०५८ जेठ १९ गते भएको दरवार हत्यकाण्डमा युवराज दीपेन्द्रले बाबु राजा वीरेन्द्र, आमा रानी ऐश्वर्य सहित शाही परिवारका दश सदस्यको गोली हानी हत्या गरेको प्रतिवेदन उच्चस्तरीय समिति’ ले दिएको छ । यद्यपी त्यो समितिको प्रतिवेदनमा अझसम्म पनि धेरैलाई विश्वास छैन । प्रतिवेदनका अनुसार प्रेमिका देवयानीसंग विवाह गर्ने विषयमा आमा ऐश्वर्य वाधक भएको र बाबु राजा वीरेन्द्रले समेत साथ नदिएका कारण दीपेन्द्रले घटना गराएको भनिएको छ । तर वीस वर्ष पुरा हुदा समेत यो घटना रहस्यमय नै छ । घटना भएको दुई दशक भयो । राजतन्त्र गएर गणतन्त्र आयो । तर दरवार हत्याकाण्डका विषयमा स्वतन्त्र अनुसन्धान भएको छैन । 

के भएको थियो त त्यो रात नारायणहिटी दरवारमा ।

देवयानीको बयान अनुसार राति ८ बजेर १२ मिनेटमा दीपेन्द्रले ९८१०२१५१३ नम्वरको मोवाइलबाट उनलाई ९८१०२४३३९ नम्वरमा फोन गरे । 
दिपेन्द्र : आइतबार (जेठ २१ गते ) सुरु हुन लागेको राष्ट्रिय खेलकुदको उद्घाघाटन कार्यक्रममा तिमी आउँछ्यौ होइन ? 

बयानमा देवयानीले भनेकी छन् –सरकार मैले कुरा बुझिनँ भन्दै थिएँ । फेरि सोधिबक्स्यो, मैले जवाफ दिनुभन्दा अगाडि नै फोन राखिदिबक्स्यो । 
पहिलो कलमा १ मिनेट १४ सेकेन्ड कुराकानी भयो । तर दीपेन्द्रको कुरा देवयानले सुन्न सकिनन् । 
त्यसपछि ८ बजेर १९ मिनेटमा उनले ल्याण्डलाईनबाट दीपेन्द्रको मोवाइलमा फोन गरिन्। फोन गयो(गयो तर उठेन ।  देवयानीको बयानमा दीपेन्द्रले नउठाएपछि फोन अटोमेटिकल्ली एडिसीकोमा ट्रान्सफर भयो। उनीसंग देवयानीले भनिन्, सरकार अलिकति लरवराई बक्सिरहेको छ । गाथमा आराम छैन कि ?  उनले डिउटी अफिसरलाई माथि खोपिमा गएर हेर्न अनुरोध गरिन्। यसपटक चार मिनेट १४ सेकेन्ड कुराकानी भयो।

त्यसको बीस मिनेटपछि ८ बजेर ३९ मिनेटमा फेरि दीपेन्द्रले आफ्नो मोवाइलबाट देवयानीलाई फोन गरे । जम्मा ३२ सेकेन्ड कुरा भयो। दीपेन्द्रले भनेका थिए –अव म सुत्न लागे । गुड नाइट । भोलि बिहान मात्रै तिमीलाई फोन गर्छु । देवयानीलाई अन्तिम कल गरेको अर्को ३० मिनेटमा नारायणहिटी दरवार हत्यकाण्ड भै हाल्यो । 

उच्चस्तरिय समितिलाई तत्कालीन तत्कालीन शाहज्यादा पारस वीर विक्रम शाहले दिएको बयान

समितिः सरकार, राजदरबारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएका सुनेका कुराहरु चाहिं हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफः अब, हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साढे ७ भन्दा अलि ढिलो पुग्यौं । ७.४० तिर पुग्यौं, सबैजना आइसकेको थियो । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौं ।

७.४० तिर पुग्यौं, पुग्दाखेरि अ... युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैबक्स्या जस्तो थियो । अनि के खाने– मैले कोक मात्र खाने विचार गरें । ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो वेलासम्म ठिक्कै होइबक्सिन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेको थियो ।

अ...कुरा गर्दाखेरि के भो भन्दाखेरि हैन यही विवाहको कुरा भइराखेको छ । मेरो, मुमासँग पनि कुरा गरें । आफुमुमासँग पनि कुरा गरें अनि, दुवैजनाले हुन्न भन्नुभयो । अब आइतबार बुबासँग कुरा गर्छु हुकुम भयो ।

त्यति कुरा भइराखेको थियो, त्यत्ति हुँदाहुँदै आठ बज्यो । सबैजनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो । आठ बज्यो आफुमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरि सरकारबाटै सवारी चलाइबक्सेका, फेरि... ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो वेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो ।

नारायणहिटी दरबार ।

एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुईंमा नै सुकला भयो, म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ....छ माथि सवारी चलाउँछौं भनेर हामी चारजना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले ।

करीब साढे आठ, जस्तो भाथ्यो, साढे आठ त्यस्तै ३१–३२, आठ ३१–३२ होला । हामी तल आयौं । बत्तीसत्ती निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ भइराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, बाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ आधा घण्टा जति चल्यो होला, मेक्सिमम आधा घण्टा जति चल्यो होला ।

त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो ।

भर्खर ड्रिंक्स लिइबक्सेको थियो, महाराजाधिराजले । हामीले चियर्स पनि गरेका छैनौं, भर्खर ड्रिंक्स लिइबक्सेको थियो, यसै बीचमा अब हामी चाहिं यतापट्टि कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको । अ... हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो...

समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सीतिर कि ?

जवाफः क्यारेमबोर्ड छ नि ।

समितिः क्यारेमबोर्ड यो ?

जवाफः क्यारेमबोर्ड, क्यारेमबोर्ड छ नि ।                

समितिः त्यो बारको पछाडि ?

जवाफः हो, त्यो बारको पछाडि त्यो...कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको, अब त्यहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइनँ, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ ।

गड्याङ्ग गर्‍यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने बित्तिकै ३ फायर भएको छ । एउटा माथि छ, एउटा सीधा छ । त्यसरी दागी बक्सदाखेरि एउटा सीधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरि ३ राउण्ड जस्तो लाग्छ First मै त्यो आवाज ।

महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुई जना कुदेर गयौं । डा. राजीव चाहिं महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहिं मलाई चाहिं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिंड्ने होइन, हुकुम भयो ।

त्यहीं नै मैले पछाडि फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमीहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबै जनालाई राखें । उता दुई जना सिनियर मेम्बरहरु पनि महेशकुमार र रविशमशेर दुवैजना मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें । यत्तिमै यत्ति हुँदा हुँदै युवराजाधिराज सरकार, फेरि फर्केर सवारी भयो ।

मैले देखेको चाहिं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धीरेन्द्र सरकारलाई हानिबक्सेको देखें, बाबा enough, you done enough damage  eg]/ second time फर्केर जाँदाखेरि, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो ।

त्यति हुकुम हुँदाखेरि ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा हो कि दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रोसँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो । ढलिबक्सेबित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिनँ । म पछाडि फर्केर बहिनीहरु सुताउन थालिसकेको थिएँ, अँ...मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें । त्यो चाहिं frist मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ । त्यो first Automatic weapon MP–5 को फायरले ३ जना ढलेको छ ।

बाहिर सवारी भयो, फेरि फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weapon MP–5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon  टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon  लिई बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भुईंमा राख्दिबक्स्यो त्यो ।

युवराज दीपेन्द्रको पार्थिव शरीर ।

अब के भन्ठानिबक्स्यो भने त्यही एउटा मात्र होला भन्ठानिबक्सेछ । दाइले चाहिं अरु पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरु तीन वटा बोकिबक्सेको थियो, चार वटा थियो weapon । एउटा चाहिने बन्दुक left side मा थियो hand gun. Hand gun चाहिं left side मा थियो । दाहिने बगलीमा MP–5 थियो । भिरिबक्सेको shot gun र एम १६ त्यो Automatic हो । भ्यार्रर्र गरेर ठूलो बुबालाई हानिबक्स्यो, कान्छो बुबालाई पनि हानिबक्स्यो, यता खड्गविक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर बाहिर सवारी भयो । त्यसपछि हामी त कुनैमा थियौं । बाहिरपट्टि के भयो मैले त देखिन फेरि भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई...

समितिः समयको यस्तो कुनै ग्याप लामो ग्याप त होइन ?

जवाफः छैन, एक मिनेट पनि छैन, ३० सेकेन्ड होला म्याक्सिमम, म्याक्सिमम भए ३० सेकेन्ड, भित्र बाहिर भित्र बाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाहिं बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो सट त्यसपछि यता सवारी भयो, खड्ग फुपाज्यू ढलिबक्स्यो, कुमार खड्ग त्यो बारकै ठ्याक्कै तल ढलिबक्स्यो ।

... हजुर, उतापट्टि गोरख, ठूलो बुबा बीचमा स्नूकर बोर्डको तल गोरख ढलिराखेको थियो... श्रुति, त्यसपछि श्रुति मैले आएको देखिनँ, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको वेलामा, उताबाट फर्किबक्स्यो, युवराजाधिराज सवारी भयो, यतापट्टि ढलिराखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमीलाई के भयो, तिमीलाई के भयो भनेर सवारी भई माथिपट्टि सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कभर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग (Point Blank) ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको ।

त्यो भएको म यताको कुनाको मेचमा त्यो बारको मुनिबाट त्यो चाहिं राम्रोसँग देखेको हो मैले । ड्याङ्ग हानिबक्स्यो । त्यो गोली आएर यतापट्टि कार्पेटमा लागेछ । भएर आएर मेचको यतापट्टि काठमा लागेर मेरो साइडमा महेशकुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाहिं लागेको उसलाई अब त्यसपछि फेरि बाहिर सवारी भएको हो कि म राम्रोसँग सम्झिन सकिनँ, बाहिर सवारी भएको जस्तो लाग्दछ, दुई–तीन चोटि गरिबक्स्यो भित्र, बाहिर Third time सवारी हुँदा चाहिं यता... अँ... शाहज्यादी जयन्ती दिदी, केतकी अँ... श्रुति ३ जनालाई हानिबक्स्यो । श्रुति Third time...

अनि बाहिर सवारी भयो युवराज सरकार चाहिं मैले त्यसपछि,  यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी पर्‍यै ... के गरिबक्स्या हजुर... हामी...के गरी बक्स्यो please .... गई बक्स्योस् भनेर त्यो बिन्ती जाहेर गरें मैले । नत्र भए सबैजनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवि उतापट्टि ठ्याक्कै बारको मुनि रवि थियो । अँ... महेशको पछाडि मेरो बहिनी छ । पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो तीन जना बहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा बहिनी चाहिं त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिएँ मैले ।

मैले चाहिं दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please…. one by one सबैलाई हेरेर छोडेर बाहिर लागि बक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भा छ भनेर मैले कान्छो बुबाकाँ गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अँ...मेरो खुट्टा खुम्च्याउन सक्दिनँ खुट्टा चलाइदेऊ । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन उता उता ...बडामहारानी सरकार, निराजनको त बाहिरै कुरा भयो । मैले त्यति देखेकै छैन ।

अनि त्यो वेलामा हेर्दाखेरि मुमा भर्खर उठी बक्सिराथ्यो, ढलिबक्सेको । मुमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाहिं घचडेर उठिबक्सेको देखें । म help गरेर उठाएँ मुमालाई । म ठीक छैन, म ठीक छैन भनिबक्स्यो । माथबाट पनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यति गरेपछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो । माथ पनि चेक गरें मैले, केही पनि छैन ।

त्यसपछि  म दौडेर गएर यता मुमा बडामहारानी सरकारकाँ गएँ । बाहिर पनि मैले त फायरिङ सुनेको थिएँ । मैले त उता भन्ठानें । मुमा बडामहारानी सरकारको खोपीमा भन्ठानें । दौडेर त्यहाँ गएँ त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें । त्यो वेला सम्म फायरिङ सकिसकेको थियो । म जाँदा मुमा बडामहारानी सरकार...

समितिः मुमा बडामहारानी सरकार भनेको उता सानो बैठकमा ..

जवाफः उता सानो बैठक, बाहिर पट्टिको त्यहाँ होइबक्सन्थ्यो त्यहाँ जाँदासम्म फायरिङ बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिएँ, त्यो बेलासम्म कोही फायरिङ भइराखेको थियो । बाहिर... त्यो चौरमा फायरिङ भइराखेको थियो । लास्ट भएकै चौरमा हो। त्यसमा पनि के भयो म केही भन्न सक्दिनँ । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, पछि कसलाई हानिबक्स्यो मलाई थाहा छैन।

मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरि बाहिरबाट हानिबक्सेको मुमालाई पछाडि दुइटा बाहिरबाट हानिबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिनँ । मैले देखेको कुरा चाहिं यति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरें, सबैजना ढलिराखेका छन् । खुट्टा चलाइदेऊ भन्नुभयो । पाउ चलाएँ, सीधै हेर्न सकिदैंन यता केतकी फुपूलाई हेर भन्नुभयो कान्छो बुबाले । म खुट्टा पनि चलाउन सक्दिनँ म हेल्प भन्दा धेरै त्यो जाहेर गरें ।

दौडेर आफुमुमाकहाँ गएँ मुमा बडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर एडीसीहरुलाई भित्र ल्याएँ । त्यो एडीसीहरु बाहिर गयो, बाहिर जाँदाखेरि ....हरु ठ्याक्क आइराखेको थियो । म बाहिर पुग्नु र एडीसीहरु आइपुग्नु almost सेम टाइम थियो । अनि त्यहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेऊ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला । भित्र लगें घाइते मान्छेहरु सबैजना पहिला उठाएर one by one सबैजनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५–६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ ।

अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर तीनजना । दाइको एडीसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो । त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलो मुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबैजना डाउन ठूलो मुमाको chance नै छैन । भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठूलो मुमाको चान्स छैन, दाइ चाहिं ऐया ऐया गरी लडिबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाहिं मैले सँगै हालेर दाइको एडीसीले हाल्यो । म अगाडि बसें । पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो । र, भाइलाई समातेको थियो । पछाडि अर्को एकजना थियो । दुईजना चाहिं म र दुईजना एडीसी अर्को एकजना ड्राइभर भएर अस्पताल पु¥याको । त्यतिवेला महाराजधिराज सरकारको सवारी चलाइसकेको थियो ।

...सबैभन्दा पहिला त सुन्दर भन्ने एडीसी छ, त्यो गर्दा ऊ आयो, उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ भइराखेको थियो । उता ढोकाको सिसा फुटाएर मैले आऊ भन्दिएँ । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराजलाई लग्यो, महाराजधिराज सरकारलाई पहिला लगेको हो ।

पत्रकार सम्मेलनमा दरबार हत्याकाण्डबारे जानकारी दिंदै पारसका बहिनी ज्वाइँ राजीव शाही । 

यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिएँ यता मान्छहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहिला चाहिं महाराजधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहिं म गएर मान्छेहरुलाई हेर्न गएको । एडीसीहरुलाई मैले नै बोलाएर त्यो सिसाको ढोका फुटालेर महाराजधिराज सरकारको सवारी चलाएँ । मैले देखेको यत्ति नै हो ।

समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो ?

जवाफः मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ । Glock यूज भएको छ । चारवटा यूज भएको छ । मैले त्यो Glock फायर गरेको देखेको छैन । त्यसको फायर देखेको होइन मैले अरुचाहिं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजधिराजको कसरी ?

जवाफः मैले सुने अनुसार दाइले आफूलाई हानिबक्स्यो, ब्रिजमा हानिबक्सेको ।

समितिः यसको पछाडि के यस्तो कारण ?

जवाफः यो विवाहकै हो हजुर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरि जो जो against अघि जो जो with अब भाइ र म with जहिले पनि वीथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाइ र म with  थियौं अब राजीव त डा with भयो । श्रुति, गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्छ । मेन कुरा यही हो जस्तो लाग्दछ ।

समितिः तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?

जवाफः मसँग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईंलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जी भयो भने मलाई, मुमासँग पनि कुरा गरें, आफुमुमासँग पनि कुरा गरें, नहुने भयो । अब म बुबासँग आइतबार दर्शन पाउँछु, त्यो वेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।

समितिः राम्रो मुड थियो ?

जवाफः लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मुड । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरिबक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइबक्सँदासम्म त ।

समितिः सरकारलाई माथि कसले कसले पु¥याएको ?

जवाफः हजुर, हामी चारजनाले पुर्‌याएको । हामी चार जना, एकजनाले कहाँ सक्नु !

समितिः बोकेरै लगिबक्स्यो ?

जवाफः दुईजना साइडमा म पछाडि यसरी यसरी उचालेर गोरख र भाइले, अँ... राजीव र भाइले दुईजना साइडमा मैले पछाडि समाएर माथि लग्यौं । गोरख होइन । गोरख पछि पछि आउँदै थियो । माथि...

समितिः तल सुताइबक्स्यो ?

जवाफः तल मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाइलाई भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ...पर्दैन होला....

समितिः त्यो कोठाबाट ?

जवाफः कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो । त्यो गद्दी भन्दा तल अर्को एउटा बेड....ऊ...ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।

समितिः वेपन्सहरु ?

जवाफः वेपन्स अब त्यो, त्यस्तो त बोकिबक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ...अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ ।

समितिः त्यसमा कार्टिजहरु प्नि निस्किराखेको थियो ?

जवाफः हो त्यो तखतामा छ । त्यो होला...अँ..बट्टाभित्रै बक्सभित्रै नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहिं एम १६ चाहिनी । ...पनि म चिन्छु हजुर जहिले पनि चलाइबक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?

समितिः अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?

जवाफः म अब सम्झें भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्ने जति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोंच्दाखेरि । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई ।

समितिः हस् त ।             

 

 




प्रतिक्रिया


  1. image менің отаным менің отбасым тәрбие сағаты

    гимн қалай орындалады, қр жаңа әнұранының әнін кім жазды а ой, chesskids kz жануарлардың қазіргі жүйе бойынша жіктелуі, омыртқалы және омыртқасыз жануарлар айырмашылығы киіз басу өнері, киіз басу деген не

    comprar medicamentos en Bélgica en línea Hersil Beauraing Alternative Bezugsquellen für Medikamente ohne ärztliche Verschreibung

    image туылған күніңмен құттықтаймыз

    көлемі 112 л көмірқышқыл газының зат мөлшерін есептеңдер, зат мөлшері 3 моль азот қанша көлем алады жошыбаев тараз номер, журек тараз телефон жан досым куандык рахым минус, досым минус жолдасбек абдиханов оразалы досбосынов жена, жанар хамитова өмірбаяны

    Ido noot know iif it's just mme oor iif pdrhaps everybody else experiencing ssues wityh your blog. It appears like some oof thee text on your content are runnming off thee screen. Can somerbody else please comment aand lett me know iif this iis happenig to them too? Thiss might be a pproblem wit mmy web browser because I've had tthis haplen previously. Many thanks

    image луна по дате рождения онлайн

    таро перспективы в личной жизни к чему сниться есть мед постоянно снится женщина год ведьмы заклинания кристаллы инструменты и ритуалы для целого года магии венера в овне в 11 доме у женщины

    ¿se puede obtener medicamentos sin prescripción médica? sandoz Strasshof an der Nordbahn aankoop van medicijnen in Europa