छ दशक अघि : भाषण गरिरहेका प्रधानमन्त्री सैन्य कव्जामा, सिहंदरवार भित्र बनाइयो वन्दी

image

शाह मञ्चमा उक्लिए । प्रधानमन्त्रीलाई स्यालुट ठोके । सुरूमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए । त्यो दृश्य हेर्ने बित्तिकै गृह मन्त्रीले भने, “ल सकियो !”

नेपाल तरुण दलको सम्मेलन जारी थियो । थापाथली स्थित तुङ्ग शमशेर राणाको दरवार परिसरमा । देशरबाट आएका सयौं नेपाली कांग्रेसका सभापति तथा प्रथम जननिर्वाचित बीपीको सुनिरहेका थिए । 
कुरा हो, २०१७ पुष १ को । अचानक दरबारका जनरल समरबहादुर सैनिक बर्दीमा मञ्चतर्फ आउन लागेको देखियो । केही समयमै उनले प्रधानमन्त्रीका अङ्गरक्षकलाई बाहिर आउन इसारा गरे । त्यसपछि सेनाले सम्मेलनस्थल घेरिहाल्यो । प्रधान सेनापतिको रोलमा रहेका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए । प्रधानमन्त्रीलाई स्यालुट ठोके । सुरूमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए । त्यो दृश्य हेर्ने बित्तिकै गृह मन्त्री सूर्यप्रसाद उपाध्यायले भने, “ल सकियो !” उनले प्रधानमन्त्रीलाई भने, “देख्नु भएन, तपाईंको बडीगार्डको पिस्टल खोसेको !” 
बीपीले १५ सेकेन्ड जति कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि जर्नेल शाहले ‘उहाँलाई पनि’ भनेर देखायो, अनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईतर्फ देखायो । मञ्चमा रहेका महामन्त्री श्रीभद्र शर्मालाई ‘तपाईंहरु सभा चालू राख्नुहोला’ भनेर बीपी बाहिरिए । त्यो दिनको स्मरण गर्दै गणेशमान सिंहले भनेका छन्, “सेनाको दोस्रो दर्जामा रहेका कमान्डर इन चिफ सुरेन्द्रबहादुर शाहका ओठमुख सबै सुकिसकेका थिए । उनलाई समरबहादुरको आदेशमा खटाइएको थियो । समरबहादुरले जस जसलाई गिरफ्तार गर्न भन्यो, शाह उनीहरुलाई जिपमा बस्न अनुरोध गर्दै थिए । 
थापाथलीबाट गिरफ्तार गरिएका बीपी, गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद चारै जनालाई एउटै मोटरमा राखेर सिंहदरबार लगियो । 
नेपाल तरूण दलको अधिवेशन स्थलबाट सेनाले कब्जामा लिदा समेत राजाले आफूलाई गिरफ्तार गरेर जेलमै पठाउलान् भन्ने बीपीले सोचेका थिएनन् । उनले भनेका छन्, “मलाई दरबार लगिनेछ र राजाले मलाई बर्खास्त गरेर आपैmले सत्ता लिएको बताउनेछन् । मैले यति मात्र सोचेको थिए ।” 
बीपी सहित मन्त्रीहरु शिवराज पन्त, जमानसिंह गुरूङ, प्रेमराज आङ्देम्बेलाई सिंहदरवार भित्र विलियार्ड घरमा ६० दिनसम्म थुनियो । मन्त्रीहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई लगायतलाई बरफवागमा राखियो । नेताहरुलाई बन्दी बनाएपछि मात्र रेडियो नेपालबाट अपराह्न साढे ३ बजे शाही घोषणा प्रसारण भयो । अनि देशभर पर्चा छरियो । त्यसका लागि हेलिकप्टर (वेल ४७ जी ३) प्रयोग गरिएको थियो । “अमेरिकी सरकारले टेलिग्राम र दूरसञ्चार व्यवस्थाका निम्ति दिएको त्यो हेलिकप्टर मङ्सिर २५ गते मात्र नेपाल ल्याइएको थियो ।” 
राजाले क्षणभरमै प्रजातन्त्र समाप्त पारे तर त्यसको प्रतिरोध गर्ने उपाय जननिर्वाचित सरकारसँग थिएन । हुन त कु गरेको दिन राजा महेन्द्र तनावमा थिए । चैनसँग निदाउन सकेनन् । राति अकस्मात् दरबारभित्रै टहल्न निस्केछन् । दरबारभित्र मान्छे हिँडिरहेको देखेपछि गार्डले ‘को हो’ भनेर राजालाई रोकेछ । बीपीले भनेका छन्, “उनी निक्कै अत्तालिएका थिए । त्यस बेला मलाई के विश्वास भएर आयो भने ५० वटा उजी इजरायली सब–मेसिनगन हाम्रो हातमा रहेको भए उनी त्यसो गर्न सक्तैनथे । गर्न सक्तैनथे । गर्न सक्तैनथे । अहिले पनि म यो भन्छु । अहिले पनि ५० जना हतियारबन्द व्यक्तिहरुले यहाँ कु गर्न खोज्यो भने कसैको दम छैन केही गर्ने । मेरो त्यो विश्वास छ । त्यहाँ त्यस दिन त सक्तैनथे । सक्तैनथे । सक्तैनथे ।” 

 




प्रतिक्रिया


  1. image құқық бұзушылықтың алдын алу есебі

    tarot қанша бала таратады на чьей стороне казахстан в войне с украиной, россия и казахстан отношения сегодня оразада бет жууға болама, оразада түкірік жұтуға болама бөлме өсімдіктері мақсаты, бөлме өсімдіктері дидактикалық ойындар

    фильмы про американских подростков, фильмы про школу и подростков 60-70 ксро экономикасы, ксро 60-70 жылдары әлеуметтік математика 5 сынып бақылау жұмысы жауаптарымен, математика 5 сынып бақылау жұмысы 2 тоқсан менің туған жерім шымкент эссе, шымкент туралы эссе

    e8H9L5u0Z1

    image құқық негіздері 9 сынып тест жауаптарымен

    әлемдегі ең қауіпсіз спорт түрі, ең оңай спорт түрі синнабон без корицы, синнабон рецепт с разрыхлителем совместимость процессора и материнской платы, подбор материнской платы под процессор и видеокарту дарындылар сайысы сценарий, дарындылар додасы бастауыш сынып

    заговор чтобы быстро зажили раны на линия солнца начинается с холма луны умеренность таро место встречи если во сне приснился перелом ноги к чему снится жена укусила

    farmaci disponibile per la vendita libera SMB Écublens Acheter médicaments en ligne sans ordonnance

    I know this if off topic but I'm looking into starting my own weblog and was curious what all is needed to get set up? I'm assuming having a blog like yours would cost a pretty penny? I'm not very web savvy so I'm not 100% certain. Any suggestions or advice would be greatly appreciated. Kudos

    medicamentos sin receta médica en Barcelona Galpharm Chía Medikamente in Marokko