ओलीले रचे इतिहास

image

संसद्मा दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेको तीन वर्ष पुग्नै लाग्दा ओली सरकार अल्पमततिर ओर्लियो । उनको चरम महत्त्वाकांक्षा र आफ्नै सहयात्रीको हुर्मत लिने असहिष्णु व्यवहारकै परिणाम नेकपा विभाजन भयो । ओली सरकारको पहिलो वर्ष संविधानअनुरुप कानुन निर्माणमा बित्यो भनियो । दोस्रो वर्षलाई विकासको आधार वर्षबनाउने बिगुल उनले फुके । परिणाम भने हात्ती आयो हात्ती आयो फुस्सामै सीमित भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ बैसाख ३१ गते तेस्रो कार्यकालका लागि सपथ लिएर एउटा नयाँ इतिहास रचेका छन् । यससंगै उनी तीन तीन पटक मुलुकको कार्यकारी प्रधानमन्त्री वन्ने पहिलो नेता भएका छन् । कम्युनिष्ट पार्टी स्थापना भए यता मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. वावुराम भट्टराई र ओली प्रधनमन्त्री बने । जसमा दाहालले २ र ओलीले तीन पल्ट प्रधानमन्त्री बन्ने अवसर पाए । संविधान जारी गरेका प्रधानमन्त्री सुशील कोइरालालाई हराएर पहिलो पल्ट प्रधानमन्त्री बन्दा ओलीले राष्ट्रवादको मुद्धामा अडान लिने नेताको छवी वनाएका थिए । त्यसै कारण निर्वाचनमा जनताले ओलीको नेतृत्वलाई अपार वहुमत दिए । दोस्रो पटक उनलाई सत्तामा पु-याए ।

संसद्मा दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेको तीन वर्ष पुग्नै लाग्दा ओली सरकार अल्पमततिर ओर्लियो । उनको चरम महत्त्वाकांक्षा र आफ्नै सहयात्रीको हुर्मत लिने असहिष्णु व्यवहारकै परिणाम नेकपा विभाजन भयो ।

ओली सरकारको पहिलो वर्ष संविधानअनुरुप कानुन निर्माणमा बित्यो भनियो । दोस्रो वर्षलाई ‘विकासको आधार वर्ष’ बनाउने बिगुल उनले फुके । परिणाम भने “हात्ती आयो हात्ती आयो फुस्सा“मै सीमित भयो ।

‘सुखी नेपाली स् समृद्ध नेपाल’को नारा ओलीलाई अहिले ‘निल्नु न ओकल्नु’ बन्दै गएको छ । दीर्घ रोगी ओलीको २०७६ साल भने अस्पताल आउजाउमै बित्यो ।

२०७७ पार्टीभित्रकै झगडामा बिताए । नेकपा तीन टुक्रा भयो । पार्टीको आन्तरिक किचलो र आरोप प्रत्यारोपमै ओलीले त्यो वर्ष कटाए । आफ्नै कारण सरकारलाई अल्पमतमा झारे ।

अनी सत्ता र कुर्सी जोगाउन असंसदीय अभ्यास र अलोकतान्त्रिक चलखेलको आड लिइरहे ।

अध्यादेशको भुत्ते अस्त्र 

विसं २०७७ को सुरुमै प्रधानमन्त्री ओलीले दुईवटा अध्यादेश जारी गराए । वैशाख दोस्रो साता (वैशाख ८, २०७७) मा दल विभाजन तथा संवैधानिक निकायका पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश गरियो । 

उनको आफ्नै कार्यशैलीका कारण नेपकाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको घेराबन्दीमा पर्दै गएपछि सुरक्षित हुन ओलीले त्यो अस्त्र प्रयोग गरेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल सरकारको सिफारिसमा अध्यादेश जारी गरिन् । त्यो पनि विपक्षीको त कुरै छोडौं सत्तारुढ दलका नेताहरुको समेत परामर्श र सल्लाहविनै । संसद्लाई छलेर अध्यादेश ल्याउने ओलीको त्यस कदमले संसदीय व्यवस्थाको अवमूल्यन त गर्‍यो नै राष्ट्रपति भण्डारीले समेत पदीय जिम्मेवारी पूरा गर्न नसकेको कलंक बोक्नु पर्‍यो ।  

अध्यादेश प्रकरणले ओलीको राजनीतिक साखमा ठूलो धक्का लाग्यो । समग्र मुलुक र जनता कोरोना महामारीसँग जुधिरहेका बेला ल्याइएको त्यस अध्यादेशले उनको बचेखुचेको राजनीतिक “क्रेज“ नै ओरालो लाग्यो । 

अन्ततः दुवै अध्यादेश फिर्ता लिन बाध्य हुनुपर्‍यो । 

वामदेव प्रधानमन्त्री 

पार्टी सचिवालयभित्र अल्पमतमा पर्दै गएपछि प्रतिनिधि सभामा बर्दियाबाट हारेका वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने हल्ला फिँजाए । यो १७ वैशाख २०७७ को कुरा हो । दाहाल र नेपाल समूहको घेराबन्दीमा पर्दै गएपछि त्यसलाई चुनौती दिने अस्त्रका रुपमा गौतमलाई प्रयोग गरिएको थियो । तर, प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसदमात्र प्रधानमन्त्री बन्नसक्ने संवैधानिक व्यवस्थाका कारण उनको त्यो प्रयासको अर्थै थिएन । 

यता, ससाना कुरामा पनि हर्षविभोर हुने गौतम भने ओलीको त्यही प्रस्तावमा पनि लोभिए । त्यसको भोलिपल्टै ओलीले एउटा कार्यक्रममा अंग्रेजी नजान्ने वामदेवलाई म प्रधानमन्त्री बनाउँछु र ? भनेर गौतमलाई छाँगाबाट खसालि दिए । त्यसपछि गौतम पनि ओलीसँग साँच्चै नै चिडिए । वैशाख २० मा आत्मालोचनासहित सबै नेता मिलेर अघि बढ्ने सहमति गरी पार्टीको विवाद मत्थर पारियो ।

स्थायी समितिमा लफडा 

पार्टीमा नेतृत्वबीचको टकराव उत्कर्षतर्फ उन्मुख हुँदै थियो । यसबीच स्थायी समिति सदस्यहरुले बैठक बोलाउन दबाब बढाए । असार १० बाट बैठक सुरु भयो पनि । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा दुवै अध्यक्ष ओली र दाहालले फरकफरक धारणासहित एकअर्काको चर्को आलोचना गर्दै मौखिक प्रतिवेदन प्रस्तुत गरे ।  सुरुमा बैठकमा सहभागी भएका ओली कार्यव्यस्तता देखाउँदै अरु बैठकमा सहभागी भएनन् । 

बरु, असार १४ गते पार्टीको एउटा कार्यक्रममा कुर्सीबाट आफूलाई हटाउन भारतीय दूतावास लागेको विवादास्पद अभिव्यक्ति दिए । ओलीका आधारहीन अभिव्यक्तिका कारण पार्टी बदनाम भएको भन्दै दाहाल र नेपालसहित १६ जना नेताले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिन ओलीमाथि दबाब बढाए । 

अन्ततः आफ्नै पार्टीका तीन तीन वरिष्ठ नेता (पूर्व प्रधानममन्त्री)ले राष्ट्रघातीको गम्भीर आरोप लगाउँदै ओलीलाई पार्टीबाट निष्कासित गरे । पार्टी विभाजनको रेखा कोरियो । 

सभामुखसँग दूरी 

प्रधानमन्त्री ओली र सभामुख अग्नि सापकोटाबीचको सम्बन्ध सुमधुर हुन सकेन । फलस्वरुप लामो समय संवैधानिक परिषद्को बैठक त प्रभावित भयो नै त्यही कारण देखाएर प्रधानमन्त्री ओलीले २०७७ पुष ५ गते हठात् प्रतिनिधि सभा विघटन गराइदिए । 

सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन बदर गरेपछि न्यायालयको आदेशअनुसार अधिवेशन बोलाइए पनि ओलीले न संसद्लाई “बिजनेस“ दिए न आफैँ बैठकमा उपस्थित भए । बरु सभामुखसँग परामर्शै नगरी अधिवेशन अन्त्य गरिदिए ।

प्रधानमन्त्रीको यस व्यवहारले संसद्को उपहास त भयो नै राष्ट्रपतिसमेत फेरि विवादमा तानिइन् । 

पार्टीको आन्तरिक विवादमा पनि राष्ट्रपतिलाई प्रयोग गरियो । प्रधानमन्त्री ओलीले सत्ता स्वार्थमा बारम्बार संविधानको पालक र संरक्षक राष्ट्रपतिलाई विवादमा ताने । 

आवरण राष्ट्रवादी : व्यवहार राष्ट्रघाती

कालापानी लिम्पियाधुरासहितको चुच्चे नक्सा सर्वसम्मत पारित गराएको जस लिए पनि प्रधानमन्त्रीकै दबाबमा पाठ्य पुस्तकबाट त्यो नक्सा हटाउन लगाइयो । त्यसैगरी राष्ट्रपतिबाट वितरण भएको विभूषणमा पनि चुच्चे नक्सा प्रयोग गरिएन । यस प्रकरणमा संसद्मा समेत सरकारको व्यापक आलोचना भयो । 

त्यसैगरी प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको जानकारीविनै २०७७ कार्तिक ४ मा भारतीय जासुसी संस्था “रअ“का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा स्वागत गरे । 

अन्त्यमा 

विभाजनको संघारमा पुगेका बेला सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रले तीन वर्षअघि पार्टी एकता गरेर बनाएको नेकपाको वैधानिकता समाप्त गरिदियो ।

अनि एमाले र माओवादी केन्द्र दुवै पार्टी ब्युँतिए । पूर्वएमालेका ओली विरोधीहरु बाध्य भएर पार्टीमा फर्किए । यस प्रकरणपछि प्रधानमन्त्री ओलीले पार्टीभित्रका विरोधीलाई तह लगाउने नाममा लोकतन्त्र र संसदीय व्यवस्थाकै उपहास गरे । माधवकुमार नेपाल, झलनाथ खनाल सहित पार्टीका वरिष्ठ नेताहरुलाई कारवाही गरे । सरकारले काम गरेको देखाउन कामै नगरी उद्घाटन र सिलान्यासमा समय विताए । आम जनता अक्सिजन नपाएर भटाभट मरिरहेका वेला टुलुटुलु हेरेर वसे पनि देशै भर अस्पताल वनाउने भनेर उद्घाटन गर्न भने पछि परेनन् ।

त्यति मात्र होइन, कोरोना महामारीमा जनतालाई राहत दिनु पर्ने बेला ओलीले विश्वासको मत लिन संसद अधिवेशन वोलाए । आफूलाई दुई तिहाई वहुमत दिने संसदको विश्वास गुमाए । तर पनि विपक्षीले वहुमत देखाउन नसकेपछि ठूलो दलको हैसियतमा प्रधामन्त्री बने । पार्टी भित्रको विरोधी समुहलाई तत्कालका लागि भएपनि मिलाउन सके । दुई तिहाईको सरकारवाट राजनीतिक स्थिरता दिन नसकेका उनले तेस्रो पटक प्रधानमन्त्री बनेर इतिहास भने सचिदिए ।

इतिहासले ओलीलाई “राजनेता“ बन्ने अवसर दिएको थियो तर आफ्नै व्यवहारले उनी असफलतम प्रधानमन्त्रीको सूचीमा पुगेर पनि पुन प्रधानमन्त्री रहि रहन सफल भए ।

 




प्रतिक्रिया


  1. image педагогтарға арналған психологиялық сауалнамалар

    неге неге коштастык биз скачать, кешір мені жаным текст егов цифровые документы, как скачать документ с егов мобайл шығыс мақат кен орны командалық интерфейс деген не, пайдаланушы интерфейс деген не

    Hi Dear, are you in fact visiting this site regularly, if so after that you will definitely get nice know-how.

    image Wie behandelt man Nahrungsmittelallergien mit Antihistaminika?

    Good post. I absolutely love this site. Stick with it!

    I was extremely pleased to discover this website. I want to to thank you for your time due to this fantastic read!! I definitely appreciated every part of it and I have you book-marked to see new stuff on your blog.

    verkoop van medicijnen in Brussel hexal Florenville médicaments en vente libre dans certaines villes françaises

    image leki dostępne bez recepty w Hiszpanii Davur Meudon

    Consulta con un médico para obtener una receta de medicamentos en Bogotá zydus Pontault-Combault Medikamente online ohne Rezept

    image farmaci senza prescrizione medica a Bologna Calox Aerdenhout

    ordina farmaci online zydus Guadalajara de Buga medicijnen is zonder recept te koop in Nederland