पुष्पलालले प्रधानमन्त्री पद अस्वीकार गरेकै हुन् !

image

पार्टी सिद्धान्तमा संझौता गर्न चाहेनन् उनले । सात दशकको विचमा कम्युनिष्ट आन्दोलन यति फष्टायो की देशमा छ जना कम्युनिष्ट प्रधानमन्त्री (मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वावुराम भट्टराई, केपी शर्मा ओली) भैसकेका छन् । यस विच नेपाली कांग्रेसबाट पनि छ जना प्रधानमन्त्री (मातृकाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरवहादुर देउवा, सुशील कोइराला) भएका छन् । २०१५ सालको चुनावमा कांग्रेसले १०९ सदस्यीय प्रतिनिधिसभामा ७४ सिट जितेर दुई तिहाई वहुमत पाउदा चार सिट रहेको कम्युनिष्ट पार्टीले यो तहको सफलता पाउनु चानचुने कुरा होइन । 

 

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको सात दशक पुगोको छ । राणाको निरंकुशता विरुद्ध नेपाली राष्ट्रिय कांग्रेसमा रहेर सकृय भूमिका निर्वाह गरेका सहिद गंगालाल श्रेष्ठका भाई पुष्पलालले २००६ साल (अप्रिल २२) का दिन नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे । राष्ट्रिय कांग्रेसमा बीपी र डा. डिल्ली रमण रेग्मी विच चलेको विवाद समाधानका लागि कार्यलय सचिवको भूमिकामा रहेका पुष्पलालले निक्कै जोड वल गरेका थिए । केही जोड नचले पछि पुष्पलालले २००६ साल (अप्रिल २२) मा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे । पुष्पलाल सहित नरवहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशी यसका संस्थापक हुन् । 
राणाहरुले मृत्यु दण्ड दिनु अघि दाजु सहिद गंगालालले भनेका थिए–माइला रुसमा धनी र गरिवको विचमा विभेद छैन । सबैले खान पाउछन्, कोही भोको वस्नु पर्दैन । 
दाजुको त्यही प्रेरणाबाट पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गरेको  उनका कान्छा भाई विजयलालले लेखकलाई सुनाए । 
सिद्धान्त, निष्ठा र इमान्दारीतामा कहिल्लै संझौता गरेनन् । जीवनभर पैसाको अभाव झेली रहे । मुटुका रोगी उनी २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र माथि कु गरेपछि लामो समय भारत प्रवासमा रहे । कलकत्तामा वस्दा होस् वा वनारसमा सामान्य आवश्यकता पुरा गर्ने आर्थिक श्रोत थिएन । तर पनि नेपाली जनताको मुक्तिका लागि कही कतै कसैसंग संझौता गरेनन् । मानिसलाई कन्भिन्स गर्ने अद्भुत क्षमता थियो । पुष्पलालका भाई विजयलालले २०७६ जेठ ३१ गते वालुवाटार स्थिती निवासमा लेखकलाई सुनाए –त्यो वेला चर्चा चल्थ्यो पुष्पलालले जंगलमा गएर भालूलाई प्रशिक्षण दियो भने उसलाई पनि कन्भिन्स गर्न सक्छ, जुन घरमा बस्छ, उसैलाई सदस्य वनाई दिन्छ । 

राजाले प्रजातन्त्र माथि कु गरे पछि पुष्पलाल भारत प्रवासमा थिए । ति दिन कांग्रेस कम्युनिष्ट विच राम्रो सम्वन्ध थिएन । धेरै कम्युनिष्टहरुले २०१७ को राजाको कदमको स्वागत गर्दै दिपावली समेत गरेका थिए । त्यही सन्दर्भमा पुष्पलाललाई काठमाडौं बोलाएर राजा महेन्द्रले महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाए । 
पुष्पलालका कान्छा भाई विजयलालले सुनाए—राजाले वनारसमा रहेका पुष्पलाललाई लिन भनेर शुरुमा हिक्मत सिंह भण्डारीलाई पठाए । पुष्पलालले राजा भेट्न अस्वीकार गरे । फेरी गम्भीरमान सिंहलाई पठाईयो । पुष्पलाल आएनन् । वरु खवर पठाई दिए राजाले वढी से वढी मलाई प्रधानमन्त्री दिने प्रस्ताव गर्लान, म सिद्धान्त वेचेर जाने कुरा हुन्न । 
पार्टी सिद्धान्तमा संझौता गर्न चाहेनन् उनले । सात दशकको विचमा कम्युनिष्ट आन्दोलन यति फष्टायो की देशमा छ जना कम्युनिष्ट प्रधानमन्त्री (मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वावुराम भट्टराई, केपी शर्मा ओली) भैसकेका छन् । यस विच नेपाली कांग्रेसबाट पनि छ जना प्रधानमन्त्री (मातृकाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरवहादुर देउवा, सुशील कोइराला) भएका छन् ।
२०१५ सालको चुनावमा कांग्रेसले १०९ सदस्यीय प्रतिनिधिसभामा ७४ सिट जितेर दुई तिहाई वहुमत पाउदा चार सिट रहेको कम्युनिष्ट पार्टीले यो तहको सफलता पाउनु चानचुने कुरा होइन । 
सिद्धान्त वमोजिमको व्यवहार र आचरण नेतृत्वले नदेखाउदा कम्युनिष्ट आन्दोलन वदनाम भैरहेको छ । सत्ताका लागि कम्युनिष्टहरु मिल्ने र फुट्ने क्रम जारी छ । 
सत्ता राजनीतिमा कम्युनिष्टहरुले अपार सफलता पाए पनि सिद्धान्त वमोजिमको आचरण भने गुमाई सकेका छन् । 
पुष्पलालका भाई विजयलालले लेखकलाई सुनाए –अहिलेका नेताले अपनाएको बाम सिद्धान्त पुष्पलालको सिद्धान्तसंग मेल खादैन । आजको वाम सिद्धान्तलाई म समर्थन गर्न सक्दिन । कम्युनिज्म फेल भयो । नारा जनताको, काम लुटेराको जस्तो । पद र पैसा वाहेक केही नखोज्ने । अहिलेका नेता लुटेरा हुन् यीनलाई म नेता मान्न सक्दिन । 




प्रतिक्रिया