जनआन्दोलन २०६२ -०६३ : कफ्यु आदेशले काम नगर्दा (भिडियो सहित)

image

सरकारी कफ्र्युको अवज्ञा गर्दै दिनहुँ लाखौं मानिस सडकमा ओर्लिएको समाचारले स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि दिनहुँ उच्च प्राथमिकता पाइरहेका थिए  । देशभर लाखौं जनता सडकमा उर्लिएर शान्तिपूर्ण विरोध गरेको त्यो घटनाले नेपाल मात्र होइन सिंगो विश्वलाई नै चकित बनाएको थियो  । 

वैशाख ११, २०७३- राजधानीको पूरै चक्रपथ मानिसले भरिएको हुन्थ्यो भने देशका कुना कन्दरामा समेत शाही शासनको विरोधमा हजारौंको जुलुस निस्कने क्रम जारी थियो  । आन्दोलन दबाउन तत्कालीन शाही सरकारको लाठी, अश्रुग्यास र पानीको फोहराले काम नगरेपछि सडकमा सेनाका बख्तरबन्द ट्याङ्क निकालिएका थिए  । तर पनि आन्दोलनको गति रोकिनुको साटो झन्झन् बढ्दै गएपछि सरकार अत्तालिएको थियो  । सरकारी कफ्र्युको अवज्ञा गर्दै दिनहुँ लाखौं मानिस सडकमा ओर्लिएको समाचारले स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि दिनहुँ उच्च प्राथमिकता पाइरहेका थिए  । देशभर लाखौं जनता सडकमा उर्लिएर शान्तिपूर्ण विरोध गरेको त्यो घटनाले नेपाल मात्र होइन सिंगो विश्वलाई नै चकित बनाएको थियो  । 

तत्कालीन सरकारले आन्दोलन निस्तेज बनाउने अन्तिम अस्त्र प्रयोग गर्‍यो  । त्यो थियो– कान्तिपुरलाई कफ्र्यु पास नदिने र आन्दोलनमा दमन गर्ने  । तत्कालीन सरकारका उपाध्यक्ष डा. तुलसी गिरी कान्तिपुरलाई आठौं दलको संज्ञा दिन्थे  । किनभने शाही शासनविरुद्व सात संसद्वादी दल (कांग्रेस, एमाले, नेका प्रजातान्त्रिक, जनमोर्चा, नेमकिपा, सद्भावना, माले) ले आन्दोलन आह्वान गरेका थिए  । तर दलका कार्यक्रमभन्दा कान्तिपुर (पत्रिका, टेलिभिजन, रेडियो) को समाचारले आन्दोलनलाई बल पुगिरहेको विश्लेषण सरकारको थियो  ।
आन्दोलन उत्कर्षमा पुगेका हामीलाई सीमित जनशक्तिको भरमा आफ्ना दर्शकका लागि गुणस्तरीय समाचार दिने चुनौती थियो  । प्रहरीले प्रदर्शनकारीमाथि भएका दमनका दृश्य प्रसारण गर्ने प्रतिस्पर्धा टेलिभिजनहरूबीच चलिरहेको थियो  । सरकार नियन्त्रित नेपाल टेलिभिजनमा राजारानी, प्रधानमन्त्री र मन्त्रीका अनुहार मात्र देखिने भएकाले निजी टेलिभिजनहरू जनतामाझ लोकप्रिय बन्दै थिए  ।
हामीले पनि आन्दोलनलाई उच्च प्राथमिकता दिएका थियौं  । कुल जनशक्तिको ठूलो अंश आन्दोलनकै समाचार संकलनका लागि खटिएको हुन्थ्यो  । दैनिक छभन्दा बढी क्यामराका साथ हामी आन्दोलनका दृश्य कैद गर्न खटाइएका हुन्थ्यौं  । सरक्षाकर्मीहरूको रणनीति हुन्थ्यो– पत्रकार भएका ठाउँमा बल प्रयोग नगर्ने र नभएका स्थानमा प्रदर्शनकारीको टाउको ताकेर हान्ने  ।
जताततै पत्रकार पुगेका कारण आन्दोलनमा दमन गर्न नसकिएको निष्कर्ष सरकारको थियो  । प्रदर्शनकारीमाथि बर्सिने कटबाँस अब पत्रकारका ढाडतर्फ सोझिन थालिसकेका थिए  । चाबहिलमा कान्तिपुरका पत्रकार बलराम बानियाँमाथि प्रहरी र भिजिलान्तेहरूले आक्रमण गरे  । अनि हाम्रो समाचार कक्षमा आन्तरिक निर्देशन आयो, ‘अब एक्लै नहिंड्ने र प्रेस लेखेको ज्याकेट नलगाउने  । बचेर समाचार संकलन गर्ने  ।’
आन्दोलन सुरक्षा निकायको नियन्त्रणबाहिर गएपछि सरकारले पत्रकारहरूलाई कफ्र्यु पास नदिने निर्णय गर्‍यो  । बिहान समाचार कक्षको बैठक बसिरहँदा हामीले थाहा पायौं– आजबाट समाचार संकलनका लागि पत्रकारलाई पास छैन  ।
आम दर्शकले कान्तिपुर टेलिभिजनबाट ‘इक्सक्लुसिभ’ दृश्य खोजेका थिए  । हामीले आन्दोलनको दृश्य दिन सकेनौं भने त बर्बाद हुन्छ  ? उपाय खोज्न थाल्यौं  । धेरै लामो बहस भयो  । हाम्रा सहकर्मीहरू कफ्र्यु पास अभावमा घरबाट अफिस र अफिसबाट घर आउन जान पाएनन् भने त स्टेसन नै बन्द हुन सक्ने खतरा देखियो  । लामो छलफलपछि हामीे निचोडमा पुग्यौं  । ‘सरकारले कफ्र्यु पास नदिएका कारण आज हामी तपाईंको घर छिमेकसम्म पुग्न असमर्थ छौं  । यदि तपाईंको नजिक कुनै घटना भएका छन् भने कृपया हामीलाई .....नम्बरमा फोन गरी दिनुहोला  । फोटो र दृश्य भए हामीलाई उपलब्ध गराएर सहयोग गर्नुहोला  ।’ यही व्यहोराको स्क्रोल टेलिभिजनमा घुमाएर बस्यौं  । काम नपाएपछि चार तलामाथि ओहोरदोहोर गर्ने  । छतमाथि उक्लिएर सहरतिर हेर्ने गरिरहेका थियौं  । सडकहरू पूरै ठप्प छन्  । क्षणभरमै गल्लीगल्लीमा नारा गुन्जियो, ‘.. चोर देश छोड  । लोकतन्त्र ल्याउँछौं, ल्याउँछौं  ।’
सरकारले जति सुकै बल प्रयोगको नीति लिए पनि जनता सडकमा ओर्लिएपछि कसको के लाग्छ र †
कफ्र्यु त घोषणामा मात्र सीमिति भइसकेको थियो  । जताततैबाट फोन आउन थाल्यो  । गोली चल्यो  । यति घाइते भए  । .... लाई अस्पताल लगिएको छ  ।
फोनको रफ्तार बढ्दै गयो  । कति आफ्नो घर छिमेकका घटना टिपाइरहे  । धेरै मानिस कान्तिपुरलाई कफ्र्यु पास नदिएको भन्दै सरकारसँग आक्रोशित भए  । हामीले चाहिँ विश्वासिलो स्रोतबाट आएको सूचनाका आधारमा समाचार फ्लास र क्रोल चलाइरह्यौं  । दिउसो १ बजेतिर प्रमुख क्यामराम्यान उपेन्द्रमान सिंहले मलाई फोन गरे, ‘सरकारले कान्तिपुरबाहेकका मिडियालाई पास दिने भयो  । तर चिन्ता गर्नु पर्दैन मसँंग एउटा पास छ  । भिजुवल म ल्याउँछु  ।’ त्यति बेला उनी एसोसियट प्रेस टेलिभिजन नेटवर्कका लागि काम गरिरहेका थिए  ।
सडकमा साइरन बजाउँदै प्रहरीका भ्यान ओहोरदोहोर गरिरहेका थिए  । हामी कान्तिपुर कम्पलेक्सको माथिल्लो तलाबाट सहरतिर नजर लगाइरहेका थियौं  । शाही सरकारविरुद्धको चर्को नाराबाजीको आवाज आइरह्यो  । केही समयपछि क्यामराम्यान श्याम श्रेष्ठ बिनापास कान्तिपुर कम्पलेक्सबाट बाहिरिए  । शाही सत्ताविरुद्ध चर्को नाराबाजी गर्ने युवाहरूलाई प्रहरीले व्यापक दमन गरेको मात्र होइन, गोली नै चलाएको दर्दनाक दृश्य उनले कैद गरे  । पाखुरीमा गोली लागेर रगत चुहुँदासमेत ती युवा नाराबाजी गर्दै थिए, ‘... चोर, देश छोड  ।’ प्रहरीलाई छक्याउँदै ती युवा त्यहाँबाट भागेको दृश्यमा देखिन्थ्यो  । त्यो दृश्य प्रसारण भएपछि ठूलै हल चल आयो  । बेलुकीको सेवामा बीबीसी नेपाली सेवाले भनेको थियो, ‘कान्तिपुर टेलिभिजनले आज प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गरेको दृश्य प्रसारण गरेको छ  ।’
बेलुका दर्शकहरूले नै यति धेरै भिडियो क्यासेट कान्तिपुर टेलिभिजनको कार्यालयमा ल्याइदिए कि भिजुअल छान्न हामीलाई हम्मे–हम्मे भयो  । हाम्रो टिम खटिएर संकलन गर्नेभन्दा निकै धेरै दृश्य हामीले पायौं  ।
आन्दोलन चुलीमा पुगेपछि वैशाख ८ गते तत्कालीन राजाले ‘जनताको जनताको नासो जनतालाई नै फिर्ता गर्ने’ घोषणा गर्दै दलहरूलाई सरकार बनाउन अपिल गरे  । राजाको त्यो घोषणा भारत, अमेरिका, युरोपियन युनियनको सल्लाहमा आएको थियो  । राजाको घोषणाबारे छलफल गर्न कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा सात दलको बैठक भइरहेको थियो  । म पनि समाचार संकलनका लागि त्यही थिएँ  । एकैपटक युरोपियन युनियन आवद्ध देशका राजदूतहरू बैठक कक्षमै पुगे र राजाको घोषणा मानेर आन्दोलन रोक्न दबाब दिए  ।
ठीक त्यही बेला आन्दोलनकारीहरूको ठूलो समूह कोइराला निवासको गेटमै पुगेर शाही घोषणा धोका भएकाले स्वीकार नगर्न दबाब दिइरहेको थियो  । उनीहरू आन्दोलनलाई सम्झौतामा रोक्ने होइन निष्कर्षमा पुर्‍याएर गणतन्त्रतर्फको यात्रा तय गर्न नेतृत्वलाई दबाब दिइरहेका थिए  । फलस्वरूप निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्रको बहालीका लागि सुरु जनआन्दोलन गणतन्त्रको बाटोतर्फ मोडिन पुग्यो  । चर्को दबाबका बीच नेताहरूले राजाको घोषणा अस्वीकार गर्ने निर्णय गरे  ।
शाही घोषणा अस्वीकार गर्ने दलहरूको निर्णयपछि आन्दोलनमा जनसहभागिता ह्वात्तै बढेर गयो  । सिंगो चक्रपथ मानव सागरले भरियो  । सरकारी कफ्र्यु मजाक वन्यो  ।
तर पनि सञ्चार माध्यमलाई समाचार संकलन गर्न कफ्र्यु पास नदिने डर कायमै थियो  । वैशाख १२ गते आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने भन्दै दलहरूले चक्रपथका सात मुख्य भागमा आमसभा गर्ने र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम वनाएका थिए  । नारायणहिटी राजदरबारलाई घेरेर राजालाई घुँडा टेकाउने दलहरू रणनीति थियो  ।
हामीले ११ गते रिपोर्टर र क्यामराम्यानको सातवटा टोली बनायौंं  । दलहरूले आमसभा गर्ने स्थाननजिकै होटलमा बस्ने र सरकारले भोलिपल्ट पास दिएन भने त्यही वसेर रिपोर्टिङ गर्ने हाम्रो योजना थियो  । प्रमुख क्यामराम्यान उपेन्द्रमान सिंह र म एउटा रेडियो सेट, यूटीएल फोन र क्यामरासहित राति महारागन्जस्थित कोइराला निवासको ठीकअगाडिको एउटा होटलमा वस्यौ  ।
खाना खाएर कोइराला निवास जाँदै थियौ  । बाटोमा कोइरालाका निजी सुरक्षा अधिकारी महेन्द्र मरासिनी भेटिए  । हामीले सोध्यौं, भोलिको तयारी के छ  ? मरासिनीले भने, तपाईंहरू ढुक्क गएर सुत्नुस् भोलिको कार्यक्रम नहुन पनि सक्छ  । राजाका मुख्य सचिव पशुपतिभक्त महर्जन र कांंग्रेस–एमालेका नेताहरूबीच राजाको शाही घोषणामा कस्तो भाषा राख्ने भन्ने विषयमा छलफल हुँदै थियो  । कांग्रेस र एमालेका तर्फबाट छुट्टाछुट्टै मस्यौदा बनेको रहेछ  । तर, त्यो दिन हामीलाई थाहा थिएन  । होटलमा फर्कियौं  । राति हाम्रो रेडियो सेटमा सूचना आयो, ‘अल स्टेसन स्टेन्डवाई  । राति ११ बजे राजाको शाही घोषणा हुँदै छ  ।’ मलाई लाग्छ सायद त्यो आवाज प्रबन्ध निर्देशक कैलाश सिरोहियाको थियो  । हामी टेलिभिजन सेट नजिक गयौं  । राति ११ बजे राजाको शाही घोषणा आयो  । २०५९ साल जेठ ८ गते विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणा भएलगत्तै मध्यरातमा सडकमा विजय जुलुस सुरु भयो  । सडकभरि युवायुवती नाचिरहेका थिए  । राति नै कार्यालय आएर हामीले त्यो दृश्य प्रसारण गर्‍यौं  । भोलिपल्ट विजय जुलुस आयोजना गरेका थिए दलहरूले  । हामीले विभिन्न स्थानबाट लाइभ गर्ने व्यवस्था मिलायौं  ।
त्यसको केही दिनपछि राजाले कांग्रेस सभापति कोइरालालाई प्रधानमन्त्री नियुक्त गरे  । उनको शपथ भएको थिएन  । वैशाख १५ गते पुनस्र्थापित संसद्को पहिलो बैठक बोलाइएको थियो  । हामी संसद्भवनभित्रैबाट प्रत्यक्ष प्रसारण गर्ने तयारीमा थियौं  । राजा–महाराजाले बाघको सिकार गरेका सुन्दर तेलचित्र थिए ग्यालरी बैठकमा, त्यो दिन सबै त्यहाँबाट हटाइएको थियो  ।
राजाको प्रतीक राजदण्ड राखेपछि मात्र बैठक सुरु गर्ने परम्परा त्यसै दिन अन्त्य हुँदै थियो  । सांसदहरूले पनि पहिलेजस्तो श्रीपेच अङ्कित लोगो लाएनन् । संसद्का सभामुख सुवासचन्द्र नेम्बाङले आफ्नो कार्यकाल पूरा गरेपछि २०७२ कात्तिक ३० गते राजाका अधिकार कटौती गर्दाका अनुभव यसरी सुनाए, ‘नेपालको संविधान २०४७ कायमै थियो तर हामी त्यो संविधानबमोजिम काम गर्दैनथ्यौं । हरेक महत्त्वपूर्ण निर्णय गर्दा जनआन्दोलन मार्फत अभिव्यक्त भावनालाई आधार मान्ने गरिएको थियो । संविधानबमोजिम राजा राष्ट्रप्रमुख थिए तर हामीले जनआन्दोलनको बलमा स्थापित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै राष्ट्राध्यक्ष बनायौं । आन्दोलनकारी शक्तिबीचमै दुइटा विचार थिए । पहिलो, २०४७ सालको संविधानमा संशोधन गरेर अगि बढ्ने, दोस्रो, हैन जनआन्दोलनको भावनाअनुरूप नयाँ ढङ्गले अगि बढ्ने । बहस चलिरहँदा संविधान संशोधन होइन, संसद्बाट घोषणा गरेर टुङ्गोमा पुग्यौं ।’ यसरी संसद्मा राजाको प्रतीक राजदण्डसमेत हटाउने निष्कर्षमा दलहरू पुगे तर त्यति बेलासम्म ‘राजतन्त्रबारे दायाँ–बायाँ निर्णय भए रगतको खोलो बग्छ’ भन्नेहरू पनि थिए । आन्दोलनकारीबीचमै पनि संवैधानिक राजतन्त्र राख्ने वा संविधानसभा र गणतन्त्रतर्फको यात्रा तय गर्ने भन्ने विषयमा मतभेद कायमै थियो । त्यही वातावरणबीच पुन:स्थापित प्रतिनिधिसभाको ऐतिहासिक बैठक बोलाइएको थियो  ।
म र सहकर्मी दीपक भट्टराई ग्यालरी बैठकभित्रै थियौं । नेपालको संसदीय इतिहासमा सांसदहरू बस्ने कक्षभित्रै पुगेर पत्रकारले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेको त्यो नै पहिलो घटना हो । दिउसो बोलाइएको बैठक चार–पाँच घन्टापछि मात्र सुरु भयो । हामीले सांसदहरूसंँग उनीहरू बस्ने गरेको बैठक कक्षभित्रै रहेर कान्तिपुर टेलिभिजनका लागि ‘लाइभ रिपोर्टिङ’ गर्‍यौं । त्यो सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणालाई सबैभन्दा अनुभवी नेता मानिन्थ्यो । राष्ट्रिय पञ्चायतसमेत गरी लगातार २५ वर्ष संसद्मा प्रतिनिधित्व गर्ने राणा एक मात्र सांसद थिए । ‘यतिका वर्ष संसद्मा हुनुहुन्छ, यसपटक नयाँ कुराचाहिं के पाउनुभयो ?’ भनेर सोध्दा उनले भनेका थिए, ‘पहिलो कुरा त तपाईंले यो ठाउँमा आएर यसरी लाइभ गरेको मलाई अचम्म लाग्यो । अहिलेसम्म यस्तो भएको थिएन । अर्को कुरा, संसद् पुन:स्थापना भयो । मैले कहिल्यै पुन:स्थापित संसद्मा भाग लिएको थिइनँ ।’

कान्तिपुर दैनिकमा प्रकाशित: वैशाख ११, २०७३

 

 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Do you mind if I quote a few of your posts as long as I provide credit and sources back to your webpage? My blog is in the exact same niche as yours and my users would truly benefit from a lot of the information you provide here. Please let me know if this alright with you. Cheers!

    I do not know whether it's just me or if perhaps everybody else encountering issues with your site. It looks like some of the written text in your content are running off the screen. Can someone else please comment and let me know if this is happening to them as well? This could be a problem with my browser because I've had this happen before. Many thanks

    Appreciate the recommendation. Will try it out.

    When some one searches for his necessary thing, therefore he/she desires to be available that in detail, thus that thing is maintained over here.

    great points altogether, you simply won a logo new reader. What would you recommend about your publish that you simply made a few days in the past? Any sure?

    Hi there are using Wordpress for your blog platform? I'm new to the blog world but I'm trying to get started and create my own. Do you require any html coding expertise to make your own blog? Any help would be greatly appreciated!

    Hi there, yes this post is truly fastidious and I have learned lot of things from it regarding blogging. thanks.

    Thank you. A good amount of tips. <a href="https://usagamblinghub.com/#">USA Gambling HUB</a>

    With thanks! Loads of facts. https://usagamblinghub.com/new-zealand-casinos/

    қалай мектепке бармауға болады, сабаққа пікір жазу үлгісі органикалық заттардың негізгі кластары, органикалық химия мен бейорганикалық химияның айырмашылығы өзіме хат эссе, болашаққа хат эссе 11 сынып төтенше жағдай кезінде не істеу керек, төтенше жағдай эссе

    Truly many of beneficial advice.

    Regards, I appreciate this. [url=https://uscasinoguides.com/]USCasinoGuides[/url]

    You said it nicely.! <a href="https://uscasinoguides.com/#">US Casino Guides</a>

    Hello, i think that i saw you visited my web site so i came to return the want?.I am attempting to to find things to enhance my website!I suppose its good enough to use a few of your ideas!!

    Fine knowledge. Cheers! https://uscasinoguides.com/safe-casinos/

    Thanks a lot. An abundance of tips. is canadian pharmacy legitimate https://northwestpharmacylabs.com/ tricare pharmacy online

    Truly quite a lot of excellent knowledge.

    Amazing write ups, Thanks.

    Kudos, Ample material.

    Fantastic information, With thanks. reliable canadian pharmacy https://northwestpharmacylabs.com/ pharmacy king canada

    Lovely content, Many thanks! are canadian online pharmacies legit https://northwestpharmacylabs.com/ can i use hsa for canadian pharmacy

    Seriously quite a lot of fantastic facts. best canadian pet pharmacy https://northwestpharmacylabs.com/ pharmacy tech practice tests online free

    With thanks. Loads of advice. rx on line pharmacy [url=https://northwestpharmacylabs.com/#]no prescription needed canadian pharmacy[/url] canada pharmacy residency

    амулети кохання і стосунків навести порчу на вітер тлумачення розкладів таро вейта книга до чого сниться купання в чистій воді з чоловіком

    Cheers, Helpful stuff. pharmacy technician study guide online [url=https://northwestpharmacylabs.com/#]canadian pharmacy world reviews[/url] drugs online

    You explained that well! best canadian pharmacies online [url=https://northwestpharmacylabs.com/#]mail order pharmacy canada[/url] pharmacy tech practice tests online

    You have made your stand pretty well!! buy canadian drugs [url=https://northwestpharmacylabs.com/#]online pharmacy india[/url] osco pharmacy store locator

    Really all kinds of excellent data! buy adderall canadian pharmacy <a href="https://northwestpharmacylabs.com/#">online pharmacies</a> drug store online

    image молитва о благополучии операции

    сонник миллера собирать землянику сонник на голове волосы другого гороскоп от павла глобы скорпион мужчина сонник толкование снов кормить грудью приснились конкретные числа

    Cheers. Plenty of information. pharmacy online <a href="https://northwestpharmacylabs.com/#">canadianpharmacyusa24h</a> canadian pharmacy east bay largo fl

    This is nicely said. . world pharmacy india <a href="https://northwestpharmacylabs.com/#">canadian viagra</a> ca board of pharmacy

    Seriously loads of beneficial facts. walmart pharmacy price check <a href="https://northwestpharmacylabs.com/#">trust pharmacy canada</a> viagra online canada pharmacy

    Position effectively regarded!. canada pharmacy checker <a href="https://northwestpharmacylabs.com/#">canadian pharmacies shipping to usa</a> canadian pharmacy world coupon

    Superb facts, Thank you. pharmacy assistant certification online <a href="https://northwestpharmacylabs.com/#">india online pharmacy</a> super rx pharmacy

    image how to use natural light to photograph landscapes effectively

    I've been browsing online more than 3 hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. Personally, if all webmasters and bloggers made good content as you did, the internet will be much more useful than ever before.

    Now I am ready to do my breakfast, when having my breakfast coming over again to read more news.

    Preis für Medikamente in Marokko Seacross Munstergeleen acquista farmaci in Nederland senza problemi

    image médicaments à prix réduit en vente Basi Aci Bonaccorsi

    Comprar medicamentos en línea en Buenos Aires Elisium San Benito Abad prix des médicaments bon marché