राणा शासन पल्टाउने एउटा ट्याङकको कथा (भिडियो सहित)

image

विराटनगरको युद्व लम्विदै गर्दा कसरी छिटो टुंगोमा पु¥याउने भन्ने विषयमा मुक्ति सेनाका वरिष्ठ कमाण्डहरु बिच धेरै विकल्प माथि वहस भयो । १) गोश्वाराको चारै पट्टिका पर्खालमा जिलेटिन फिट गरी फ्युजद्वारा विष्फोटन गराउने । २) हवाई जहाजवाट वम खसाल्ने । ३) एउटा शक्तिशाली तोप बनाई पर्खालमा नष्ट गर्ने वा ४) ट्याङको व्यवस्था गरी पर्खाल ध्वस्त वनाउने ।’

००७ सालको क्रान्तिका वेला नेपाली कांग्रेसको मुक्ति सेनाले सिगों विराटनगर कव्जा गरे पनि वडाहाकिमको निवास नियन्त्रणमा लिन सकेन । विराटनगरमा विजय झण्डा फहराउन बीपी, सुवर्णशमशेर स्वयं खटिएका थिएका थिए । तैपनि हतियारको वलमा वडाहाकिमको निवास स्थित सरकारी किल्ला कव्जा गर्न सकिएको थिएन । 

अनी चौतर्फी रुपमा घेरा हाली नारावाजी गर्ने र वडाहाकिमलाई आत्मसमपर्ण गराउने योजना वन्यो । तारिणीप्रसाद कोइराला माइकिङवाट गर्न थाले ‘अव तपाईहरु लडाई न गर्नुस्, आत्मसमर्पण गर्नुस् ।’ वडाहाकिम निवास मुक्ति सेनाको घेराउमा छ । दुवै तर्फवाट गोलीको पर्रा छुटेको छ । बीपी, सुवर्ण र तारिणी नेपाल बैकको छतवाट युद्व नियाल्दै थिए । राणा सैनिकले नेताहरु भएको घरताकेरै एक सुरले गोली वर्षाउन थाले। अनी ज्यान जोगाउन तीनै शिर्ष नेता छतमै पल्टिए । बीपीले भनेका छन् ‘ब्रेनगनको गोलीबाट घरको प्लाष्टर खसिरहेको छ । त्यसको धुलो खसिरहेको छ, हाम्रो टाउको माथि ।
उता जमिनवाट जीवी याकथुम्वाको नेतृत्वमा गिरिजाप्रसादहरु वडाहाकिम निवास तर्फ गोली चलाई रहेका छन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसंग भनेका छन् ‘मैले आफै पनि वन्दुक चलाए । कानै नजिकवाट गोली आउन थाले पछि चौरमा थुपारिएको मुडामा आड लिएर वालवाल वचे ।’ मुक्ति सेनाका जवानहरु पनि मुडाहरुको आड लगाएर गोली छेल्दै, जवाफी फायर गरिरहेका थिए । व्रिटिस र भारतको आजाद हिन्द फौजमा काम गरेका अनुभवीद्वाहरु भूइमा पल्टिए गोली चलाई रहेका थिए । माईकिङको भरमा सरकारी सेना माथि जाई लाग्नु ‘आफूहरुको अज्ञानता भएको स्वयं बीपीले स्वीकारेका छन ।
विराटनगरको युद्व लम्विदै जा“दा कसरी छिटो टुंगोमा पु¥याउने भन्ने विषयमा मुक्ति सेनाका वरिष्ठ कमाण्डहरुमा बैठकमा धेरै विकल्प माथि वहस भयो । १) गोश्वाराको चारै पट्टिका पर्खालमा जिलेटिन फिट गरी फ्युजद्वारा विष्फोटन गराउने । २) हवाई जहाजवाट वम खसाल्ने । ३) एउटा शक्तिशाली तोप बनाई पर्खालमा नष्ट गर्ने वा ४) ट्याङको व्यवस्था गरी पर्खाल ध्वस्त वनाउने ।’
युद्व हेडक्वाटर विराटनगर जुटमीलको वर्कसपमा तोप र त्यसका सेल वनाउन सक्ने पूर्वाधर थिए । त्यसैले तोप वनाउने कामका लागि अनुभव प्राप्त सेनानी फत्तेवहादुर नेपाली खटिए । दोस्रो विश्वयुद्वमा जहाजवाट फालिएका वम वनाउने काममा संलग्न प्राविधिक तारापद चटर्जीलाई भारतका समाजवादी कार्यकर्ता भोला चटर्जी मार्फत विराटनगरमा झिकाईयो । चटर्जी नेपाली सहयोगीका साथ रात दिन वम वनाउन खटिएका थिए । अर्को तर्फ फत्तेवहादुर नेपालीले दुई वटा ‘तोप वनाए । ति तोपवाट वडाहाकिमको पर्खाल भत्काउने प्रयास भयो तर अपेक्षा वमोजिम सफलता प्राप्त हुन सकेन । 
अनी  क्रान्तिकारीहरुले एउटा ठूलो ट्याक्टरलाई ट्याङक वनाई वडाहाकिमको पर्खाल भत्काउने योजना वनाए । विराटनगर जुट मीलको वर्कसपमा फत्तेवहादुर नेपालीको टिमले  पाच छ दिन लगाएर ट्याक्टरलाई ट्याङ वनाए । ‘क्यारपिलर टाइपको फलामकै चक्का भएको ट्याक्टर थियो त्यो ।’ पा“च छ दिनमा फलामका पाताले वेरेर त्यसलाई ट्याङकको रुप दिइयो । मुक्ति सेनाले वडाहाकिम निवास घेरेको पनि १४ दिन भैसकेको थियो । केशवप्रसाद कोइराला विराटनगरका जनसरकार प्रमुख र मुक्ति सेनाका कमाण्डर जीवी याक्थुम्वा पूर्वी क्षेत्रको सैन्य कमाण्डर वनाइएका थिए । 
डिसेम्वर २३ का दिन मुक्तिसेनाले आफै वनाएको ट्याङकले वडाहाकिम निवासको दक्षिणतिरवाट पर्खाल तोडेर भित्रै प्रवेश ग¥यो । ‘ट्याङभित्रवाट गनरहरुले ब्रेनगनका गोली वर्साउन थाले । ट्याङक जति जति अघि वढ्दै गयो, उत्तमविक्रम र उनको फौज अत्यधिक तर्सिएर भए भरका हतियारले ट्याङमा प्रहार गर्न लाग्यो । 
मुक्तिसेनाले पनि चारै तिरवाट गोली वर्षा ग¥यो । निक्कै वेरको घम्सा घम्सी पछि मुक्तिसेनाको ट्याङक केही समय वडाहाकिमको इनारमा फस्यो । चालक गौरमणि फसेको ट्याङक वाहिर निकाल्न प्रयासरत थिए । दोहोरो गोली हानाहानले वातावण एकदमै भयावह थियो । को कुन वेला मर्ने हो थाहा छैन । मुक्ति सेनाका कमाण्डर श्याम तामाङ लेख्छन् ‘इनारमा फसेको दश पन्ध्र मिनेट पछि अनेक प्रयास गर्दा बल्लतल्ल ट्याङक वाहिर निस्कियो । गोश्वाराका वडाहाकिम र सैनिकहरुले नष्ट भयो भनेर सोचेको ट्याङक एकाएक ब्रेनगन फायर गर्दै अघि वढेको देखे पछि उत्तमबिक्रम राणा र उनको फौजको सातो पुत्ला उड्यौ ।’
त्यही बेला बीपी माइकिङ गर्दै थिए ‘वडाहाकिम तपाईलाई चारै तिरवाट मुक्ति सेनाले घेरि सकेको छ । आत्मसमर्पण गर्नुस् । यदी गर्नु भएन भने मुक्ति सेना जुनसुकै वेला घर भित्रै प्रवेश गर्न सक्छ । त्यसवाट उत्पन्न हुने क्षतिको जिम्मेवार नेपाली कांग्रेस हुने छैन ।’ क्षणभरको माइकिङ पछि वडाहाकिमको घर भित्रवाट सेतो झण्डा देखिन्छ । मतलव आत्मसमर्पण ।
वडाहाकिमले आत्मसमर्पण गरे भने पछि मुक्तिसेनाका कमाण्डर जीवी याकथुम्वा नेतृत्वको टोली दौडिएर घर भित्र जादै थियो । वडाहाकिमका एक जना छोरा, केही पैसा लिएर सहयोगीहरुका साथ उत्तरपट्टी भाग्दै थिए । मुक्ति सेनाको गोलीवाट ति मारिए । उनका अर्का छोरा पनि घाइते भएर भ¥याङ मुनि लडेका थिए । उनलाई टेक्दै जवानहरु माथिल्लो तलामा उक्लिन थाले । विराटनगर मोर्चामा खटिएका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसंग भनेका छन् ‘वडाहाकिमले आत्मसमर्पण ग¥यो भनेर उसलाई गिरफ्तार गर्न म पनि दौडिएर गैरहेको थिए । उतावाट गोली आयो र म हुत्तिएर धकेलिए । वालवाल वचे। अलिकति मात्र ढिलो गरेको भए, त्यही मारिन्थे होला ।’
कमाण्डर याकथुम्वासंगै दौडिएर वडाहाकिमको घर भित्रै पगेका श्याम तामाङ लेख्छन् ‘त्यहा“ मसानघाट जस्तै सुनसान थियो । कसैले सास फेरेकोसम्म पनि सुनिदैनथ्यो ।’बीपीले भनेका छन् ‘म दौडिदै पुगे । हाम्र मानिसहरु एक दम भयानक किसिमले दौडिदै त्यहा“ पुगेका थिए । क्रोधमा थिए, के गर्लान्, के गर्लान् भन्ने लाग्यो । सेतो झण्डा देखाए पछि त तिनीहरुलाई हामीले संरक्षण लिनु पर्ने ।
जाडोको समय थियो । बीपी वडाहाकिमको घर भित्र पुगे । बीपी देख्छन् ‘उनकी श्रीमती र तीन चार छोरीहरु चोकमा डरले थर्थर कापेर वसिरहेका छन् । त्यो सा“झ जस्तो संकट उनीहरुलाई जीवनमा कहिल्यै आई लागेको थिएन ।’ याकथुम्वा चा“ही रिसले आगो हुदै नकाटि छोड्दिन भनिरहेका छन् । उनी वडाहाकिमलाई भन्दै थिए ‘तीन सेकेण्ड भित्र तल बैठकमा नआए म स्वयं माथि आई पुग्ने छु ।’ केही वेरमा सेतो कमिज सुरुवालमा वडाहाकिम दयाको भिख माग्दै बैठक कक्षमा पुगे । का“धमा कारवाइन राईफल र हातमा हातमा नाङगो खुकुरी समाएका याकथुम्वा वडाहाकिमका लागि काल वनेर पुगेका थिए । रिसको आवेगमा उनले वडाहाकिमलाई मारिहाल्छन् की भनेर बीपी भयानकसंग रिसाए । आत्मसमर्पण गरेको मानिसलाई काट्ने ? बीपीले वडाहाकिमकी श्रीमती र छोरीहरुलाई आश्वासन दिए ‘तपाईहरु नडराउनुस् । म तपाईहरु माथि केही हुन दिदैन ।’ याकथुम्वा यति आवेगमा थिए की हातको नाङगो खुकुरी देखाएर भनिरहेको थिए ‘नकाटी छोड्दिन ।’ बीपीले याकथुम्वालाई घचेटेर अलि पछाडी पु¥याए । बीपीले भनेका छन् ‘त्यसले रिसमा जोसिएर त्यहा“को एउटा खम्भामा हानेको खुकरी त्यहा“ अड्क्यो र थरर्र हल्निनथाल्यो । त्यति क्रोधमा आएको थियो याकथुम्वा ।

 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. image мемлекеттік көрсетілетін қызметтер туралы тест

    рекорд жары в мире, самая высокая температура на земле зарегистрирована в триполи каире алжире мухтар ауэзов университет шымкент приемная комиссия, мухтар ауэзов университет факультеты дамыған орта ғасырлар ерекшелігі, дамыған орта ғасырлардағы мемлекеттердегі хан кеңесшісі ет туралы, ет пайдасы мен зияны

    image Πού μπορείτε να παραγγείλετε telfast με ασφάλεια

    Good day! I could have sworn I've visited this blog before but after looking at a few of the posts I realized it's new to me. Anyhow, I'm certainly pleased I came across it and I'll be book-marking it and checking back regularly!

    image қазақстан тарихы 5 сынып электронды оқулық ниш

    құда скачать, ал құдалар жол болсын скачать тәртіп туралы тәрбие сағаты, тәртіп тәрбие бастауы слайд горящие туры из астаны в дубай, туры в дубай из астаны цены металл-завод шкафы металлические, металлические шкафы для документов астана

    черная луна в водолее в 10 доме совместимость овен тигра с девой быком джинн по знаку зодиака как восстановить пальчиковые батарейки, как восстановить батарейку таблетку онлайн гадание да нет правдивое на мужчину бесплатно

    image i расклады таро на отношение партнера

    лев по гороскопу с какого числа по какое число начинается знак молитва об усопшем супруге до 40 дней молитва спиридона о здоровье тигровый глаз камень значение, львиный глаз камень зодиак совместимость рыбы мужчины с девой

    straight таро значение в отношениях плутон женщины в 1 доме мужчины гороскоп на рака и весов выпавший туз пик в гадании когда он сделает мне предложение гадание онлайн

    achat de médicaments Labesfal Thonon-les-Bains médicaments sans consultation médicale : à éviter ?