२०४६ सालको परिवर्तन : प्रतिगमन रोक्न प्रधानमन्त्री भट्टराईले राजालाई दिएको त्यो चेतावनी

image

२०४६ सालको जनआन्दोन सकिएर भर्खरै कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा अन्तरिम सरकार वनेको थियो । सरकारलाई असफल वनाएर खेल्ने दरवारियाहरुको षड्यन्त्र अन्तर्गत कालीमाटीमा केही प्रहरीको हत्या गरियो । त्यस बिषयमा छलफल गर्न वसेको मन्त्रीपरिषद् बैठकले घटना दरवारले गराएको ठहर गरेपछि सिंहदरवारबाट प्रधानमन्त्री भट्टराई राजालाई भेट्न सिधै दरवार गए । अनी सेनाको सहयोगमा घटना सामसुम पारियो । 

अन्तरिम सरकार बनेकै दिन देखि दरवारसंग टकराव शुरु भयो । परिवर्तनको सन्देश दिन सरकारले भखैरै मात्र प्रहरीको खाकी पोशाक फेरेर निलो वनाएको थियो । गृहमन्त्री योगप्रसाद उपाध्यायले ‘जनउत्तरदायी सरकार बनि सकेकाले नागरिक माथि दमन गर्ने मानसिकता छोड्न वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिएको भोली पल्ट बैसाख १० गते कालिमाटी (काठमाडौं) मा केही प्रहरीको हत्या गरी ठेलामा लास घुमाएको सनसनीपूर्ण खवर फैलियोे ।’ खरेल (२०१८) का अनुसार –‘विहान छ बजे आईजीपी हेमवहादुर सिंहले डीआईजी अच्युतकृष्ण खरेललाई फोन गरी सोधे–टेकुमा प्रहरीलाई थुनेर राखेको छ रे ? गृहमन्त्री र म त्यसतर्फ आउदै छौं । तपाई कमाण्ड पोष्टमा बस्नु । आदेश वेगर कुनै कदम नचाल्नु ।’ 
लगत्तै घटनास्थलमा पुगका गृहमन्त्री र आईजीपी माथि उत्तेजित भीडले अभद्र व्यवहार ग-यो । भीडले मरणसन्न हुने गरी कुटेपपछि ठेलामा राखेर शहर परिक्रम गराउदा छ प्रहरीको ज्यान गैसकेको थियो । त्यसै दिन ससुराले वोलाएको झुटो सूचना दिएर घरवाट वाहिर निकाली पाटनमा पनि एक सव इनिष्पेक्टरलाई भिडले कुटेर मारेको थियो । घटनापछि झण्डै सय प्रहरी बन्दुक वोकेर विद्रोह गर्ने, कालिमाटी पुगेर हत्याको वदला लिने भन्दै उनीहरु उफ्रिई रहेका थिए  ।’ तिनीहरुलाई शान्त पार्न हम्मे हम्मे भए पछि प्रहरी कमाण्डरले भन्नु परेको थियो–ठिकै छ, मेरो आदेश मान्दैनौं भने पहिला मेरै छातीमा गोली ठोक, अनी मेरो लासमा चढेर विद्रोह गर ।’ अनी बल्ल प्रहरीहरु मत्थर भए । घटना वारे छलफल गर्न बसेको मन्त्रीपरिषद् बैठक दरवारियाहरुको योजनामा घटना गराइएको निष्कर्षमा पुगेपछि  प्रधानमन्त्री भट्टराई सिधै नारायणहिटी दरवार गएर राजासंग भने ‘सरकार म असफल भए । सहयोग गर्ने भए गर्नुस् । नत्र जनतालाई घटनाको यथार्थ वताएर म अहिले नै राजिनामा गर्छु । अनी शाही नेपाली सेनाको सहयोगमा त्यो घटना समासुम पारियो । 
 




प्रतिक्रिया


  1. тест сурактары мен жауаптары дене шынықтыру, волейбол тест сұрақтары жауаптарымен визовый центр германии в казахстане, виза в германию алматы кәсіпкерлік субъектілері дегеніміз не, кәсіпкерлік түрлері кельвин кляйн сайт, кельвин кляйн скидки

    Evwry weekend i sed tto goo tto see this website, as i wish for enjoyment, foor thhe reason tnat this this website conations treuly nic funny informaztion too.