राजा वीरेन्द्रको वंशनाश भएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अधिराजकुमार ज्ञानेन्द्रलाई राजा बनाउन हदैसम्म सहयोग गरे । राजाको वंश नाश हुने गरी भएको दरवार हत्यकाण्डको विषय छलफलका लागि संसदमा प्रवेश गराएनन् । कारण संवैधानीक राजतन्त्रलाई विवादमा ल्याउनु हुदैन भनेर । ज्ञानेन्द्रलाई राजा बनाए । दाम चढाए । नारायणहिटीको गद्दिमा पुगेपछि उनै ज्ञानेन्द्र निर्वाचित प्रधानमन्त्रीलाई अपमानीत गरेर प्रजातन्त्र सिध्याउने खेलमा लागे । अन्तः उनकै पालामा राजसंस्था सदाका लागि विदा भयो, २०६५ जेठ १५ मा । त्यो पनि आफ्नै हठले । शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र सामान्य नागरिक बनेको पनि पन्ध्र वर्ष वढी भयो । यो आलेख राजतन्त्र अन्त्य गरी मुलुकमा गणतन्त्र कार्यान्वयन गर्ने ऐतिहासिक कालखण्डका केन्द्रीत छ ।
मुलुकले गणतन्त्रतर्फको यात्रा तय गर्दै थियो । त्यो महायात्राका सारथि थिए, उमेरले साढे आठ दशक नाघेका वयोवृद्ध प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रका लागि कसैसँग सम्झौता नगर्ने छविका उनी आफ्नो साढे छ दशकको राजनीतिक जीवनकै शिखर थिए ।
कोइराला शान्ति प्रक्रियाको नेतृत्व गर्दै माओवादीलाई प्रजातान्त्रिक धारमा ल्याएर संविधान सभा चुनावमार्फत गणतन्त्रतर्फको यात्रा तय गरिरहेका थिए । तिनैताकाको कुरा हो, मैले कान्तिपुर टेलिभिजनका लागि कोइरालासँग लामो अन्तर्वार्ता लिने अवसर पाएँ । जुन कान्तिपुर टेलिभिजनमा छ महिनासम्म प्रसारण भयो ।
त्यस क्रममा मैले सोधेको थिएँ– गिरिजाबाबु तपाईको मनमा राजा फाल्नुपर्छ भन्ने भावना कहिलेदेखि आयो ?
कोइरालाले भनेका थिए– २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र स्थापना भएपछि बनेको संविधानले राजाका अधिकार कटौती ग-यो । त्यही बिन्दुबाट राजा वीरेन्द्र प्रजातन्त्रवादी शक्तिलाई फुटाउने, एकआपसमा जुधाउने र गुमेको शक्ति पुनस्र्थापना गर्ने रणनीतिमा सक्रिय भए । म प्रधानमन्त्री हुँदाका कैयौं पटक राजासँग बाझाबाझ भएको छ ।
प्रजातन्त्र कमजोर बनाउने दरबारिया रणनीतिअन्तर्गत माओवादीको जन्म भएको र त्यसलाई भारतले मलजल गरेको बताएका थिए उनले ।
कोइरालाको भनाईमा प्रजातन्त्र माथि ‘कु’ गर्ने दरबारको योजना वीरेन्द्रकै पालादेखि बनेको हो । माओवादी विद्रोह उत्कर्षमा पुगेका बेला सरकार असफल भएको देखाएर ‘कु’ गर्ने रणनीति थियो । त्यही विषयमा राजा वीरेन्द्र र उनका भाइ ज्ञानेन्द्रबीच द्वन्द्व चर्किएको थियो । ज्ञानेन्द्र छिटो सत्ता हातमा लिनुप(यो भन्ने । वीरेन्द्रचाहिँ हतार गर्नुहुन्न, बिस्तारै बिस्तारै गर्नुपर्छ भन्ने मान्यता राख्थे । त्यही विवाद चलिरहँदा दरबार हत्याकाण्ड भइहाल्यो ।
कोइरालाले भन्थे– हुन त राजा वीरेन्द्र भएको भए पनि एक दिन प्रजातन्त्र माथि ‘कु’ त हुन्थ्यो हुन्थ्यो तर यति छिट्टै राजसंस्था अप्ठेरोमा पर्ने अवस्था नआउन सक्थ्यो ।
हत्याकाण्ड नै गणतन्त्रको प्रस्तानबिन्दु रहेको धेरैको बुझाई छ । राजा वीरेन्द्रको वंशनाश भएपछि जनता माझ बदनाम छवि बनाएका उनकै माइला भाइ ज्ञानेन्द्र राजा बने । आमजनता उनलाई दाजु–भाउजूको हत्या गरी गद्दीमा पुगेको भन्ने ठान्थे ।
जनताको चर्को आलोचनाका बीच जोखिम मोलेर प्रधानमन्त्री कोइरालाले ज्ञानेन्द्रलाई गद्दी दिलाएका थिए । जनआक्रोश यति चुलिएको थियो कि हनुमानढोकास्थित नासल चोकमा गद्दी आरोहण गरी नारायणहिटी दरबार फर्किंदा ज्ञानेन्द्रले बाटोभरि जनताको अवरोध सामाना गर्नुप(यो । कडा सुरक्षा पहराका बीच उनको विरोधमा नाराबाजी मात्र भएन, सवारी खुलाउन लाठीचार्ज र अश्रुग्यासको प्रयोग गर्नुप(यो ।
त्यति अलोकप्रिय हुँदाहुँदै सत्तामा आएको दिनदेखि नै उनी सत्ता हातमा लिनेतर्फ केन्द्रित हुन थाले । कोइरालाले लेखकसँग भनेका थिए – जीवनमा चार राजा, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र भोगेँ तर ज्ञानेन्द्र सबैभन्दा रफ खालका थिए । शक्ति हत्याउनेबाहेक अन्यत्र ध्यान नभएका ।
ज्ञानेन्द्र गद्दीमा आसीन भएको ढेड महिना नपुग्दै माओवादीले रोल्पाको होलेरी चौकीमा आक्रमण गरी ७२ प्रहरीको अपहरण गरे । त्यो घटनामा प्रधानमन्त्री कोइराला सेना परिचालन गर्न चाहन्थे । राजाले निर्वाचित प्रधानमन्त्रीलाई सहयोग गरेनन् । सेना परिचालन गर्ने सरकारको निर्णय कार्यान्वयन हुन दिएनन् । बरु प्रधानमन्त्री कोइरालालाई अपमानित गरी राजीनामा गर्न बाध्य बनाए । प्रधानमन्त्रीका रूपमा राजा ज्ञानेन्द्रसँगको अन्तिम वार्तालाप कोइरालाले लेखकलाई यसरी सुनाएका थिए ।
ज्ञानेन्द्र : पीएम तपाईंलाई त जनताले भ्रष्टाचारीभन्दा रहेछन् नि । राजीनामा दिने बेला भएन ।
कोइराला : जनताको कुरा के गर्ने सरकार । सरकारको क्रेडिबिलिटी कम छ । एम्बिसन हाई छ । जनता सरकारलाई के भन्छ म पनि भन्दै हिँडौँ । दाजु–भाउजूलाई मारेर गद्दीमा पुगेको भन्छन् ।
त्यहाँबाट फर्किएलगत्तै कोइरालाले राजीनामा गर्नुभयो । यस प्रसङ्गमा कोइरालाले भन्नुभएको छ– मेरो राजनीतिक जीवनकै त्यो ब्लन्डर हो । राजाले असहयोग गरेको कुरा मैले टुँडिखेलमा गएर जनतालाई भनिदिनु पथ्र्यो । त्यहाँनेर म चुकेँ ।
त्यही घटनाले जीवनभर संवैधानिक राजतन्त्रका हिमायती कोइरालालाई गणतन्त्रबारे सोच्न बाध्य बनाई दियो । जबकी उहाँका राजनीतिक गुरु ९दाजु० बीपीले भन्नुभएको थियो– राजसंस्था एउटा सम्मानित संस्था हो । जतिसुकै अप्ठेरो अवस्था आई परे पनि त्यसका विरुद्धमा नजानू ।
दाजुको त्यही वचनका कारण कोइरालाले दरबारको चरम अपमान सहेर भए पनि राजाको विरोध गरेका थिएनन् तर होलेरी घटनाले उहाँलाई संवैधानिक राजतन्त्रको विकल्पमा सोच्न बाध्य बनाई दियो । त्यस प्रसङ्गमा कोइरालाले लेखकसँग भनेका थिए – माओवादीले दिनहुँ दुर्गमका गाउँमा कांग्रेस कार्यकर्ता मारेको खबर आउँथ्यो । म त्यहाँ पुगेर उनीहरूको अन्तिम संस्कारमा भाग लिन चाहन्थेँ तर सुरक्षा निकायबाट खबर आइहाल्थ्यो, हजुर त्यहाँ गई दिनुभएन । हामीलाई सुरक्षा दिन गाह्रो हुन्छ ।
कार्यकर्ताका लागि जस्तोसुकै जोखिम उठाउन तयार हुने कोइरालाका लागि निरीह बनेर बस्नु पर्दाको त्यो क्षण अत्यन्त पीडादायी थियो । एकातिर राजाले गरेको अपमानबाट प्रतिशोधको भावना जागृत भइरहेको थियो । अर्कातिर राज्य र माओवादी विद्रोहीको हिंसा र प्रतिहिंसाको चपेटामा आमजनता परिरहेका थिए । कोइरालाले भनेका थिए– पार्टीको विधानबाट संवैधानिक राजतन्त्र हटाउने निर्णय लिनुअघि म कैयौं रात सुत्न सकिनँ । मेरो अन्तरआत्माले भन्यो । तिमीले कसका लागि राजनीति गरेको ? राजाका लागि ? वा जनताका लागि । अनि बीपीले भन्नुभएको कुरा सम्झिएँ । यदि तिमी कठिन घडीमा छौ र निर्णय लिन कठिन भइरहेको छ भने देशको एक मुठ्ठी माटो हातमा लिनु । अनि के गर्दा मुलुक र जनताको हित हुन्छ सोच्नु । अनि निर्णय लिनु, जनता मारिएका मारियै छन् । प्रजातन्त्र सङ्कटमा परिसक्यो । यस्तो अवस्थामा संवैधानिक राजतन्त्र जोगाउने कि मुलुक र जनता भनेर नै म त्यो कठोर निर्णयमा पुगेँ ।
त्यही बिन्दुबाट संवैधानिक राजतन्त्रबारे कोइरालाको मोह भङ्ग भयो । हिंसाको अन्त्य गरेरै छाड्ने सङ्कल्पका साथ उहाँले पार्टी केन्द्रीय समितिको बैठकबाट सभापतिको हैसियतमा माओवादीसँग वार्ता गर्ने जिम्मेवारी लिए । सरकारले आतङ्ककारी घोषणा गरेको माओवादीसँग सहमतिको हात अघि बढाए । दिल्ली पुगेर माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई भेटे । सात संसद्वादी दलहरूलाई साथमा लिएर माओवादीसँग बाह्रबुँदे सम्झौता गरे । माओवादीलाई शान्तिपूर्ण राजनीतिक मार्गमा अवतरण गराए ।
बाह्रबुँदे सहमतिमार्फत संसदवादी र माओवादीले संयुक्त नारा तय गरे– निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्रको स्थापना । कोइरालासँग भएको छलफल स्मरण गर्नुहुँदै माओवादी अध्यक्ष प्रचण्डले लेखकसँग भनेका छन्– पहिलो भेटमा मैले भनेको थिएँ–गिरिजाबाबु हामी शान्तिपूर्ण प्रतिस्पर्धामा आउन तयार छौँ । तपाईंहरू गणतन्त्रमा आउनुप(यो । त्यो बेला उहाँले भनेको सम्झिन्छु– अहिल्यै गणतन्त्र नभनौँ । अन्तमा जाने त्यहीँ हो । त्यसैले बाह्रबुँदे सहमतिलाई हामीले गणतन्त्र भन्ने व्याख्या ग¥यौँ । उहाँहरू पूर्ण प्रजातन्त्र भन्न थाल्नुभयो । बाह्रबुँदे सहमतिपछि कोइरालाको नेतृत्वमा सात संसद्वादी दलले चलाएको आन्दोलन २०६२–२०६३ उत्कर्षमा पुग्यो । राजा ज्ञानेन्द्र सत्ता विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्न बाध्य भए ।
पुनस्र्थापित प्रतिनिधि सभाको पहिलो बैठक २०६३ साल वैशाख १५ राजाको प्रतीक राजदण्ड हटाएर सुरु भयो । अनि जेठ ४ गते प्रतिनिधि सभाले एउटा विशेष घोषणामार्फत राजा ज्ञानेन्द्रलाई अधिकारविहिन बनाएर नारायणहिटी दरबारको खोपीमा सीमित गरिदियो । दरबारसँगको सम्बन्ध विच्छेद गरी शाही नेपाली सेनालाई मन्त्रिपरिषद्को मातहतमा ल्याइयो र त्यसको नाम परिवर्तन गरी नेपाली सेना बनाइयो । संसद्को घोषणाबमोजिम राजसंस्था निलम्बन भएकाले राष्ट्राध्यक्षको काम प्रधानमन्त्री कोइरालाले गर्न थालि सकेका थिए ।
एकातिर देश गणतन्त्रतर्फ उन्मुख हुँदै थियो, अर्कातिर राजा ज्ञानेन्द्र राजसंस्था जोगाउन अन्तिम बल गरिरहेका थिए । जनतामा राजा र युवराज ९पारस० को छवि राम्रो थिएन । बेला ‘बेबी किङ’ अर्थात् राजाका नाबालक नाति हृदयेन्द्रलाई राजा बनाउने चर्चा सुरु भयो ।
राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष विश्वबन्धु थापाले ‘बेबी किङ’ को प्रस्ताव आफ्नो आईडिया भएको लेखकलाई सुनाएका थिए । आफूसँगको सल्लाहबमोजिम नै प्रधानमन्त्री कोइरालाले विराटनगरबाट राजा र युवराजले गद्दी त्यागे ‘बेबी किङ’ राख्न सकिने अभिव्यक्ति दिएको थापाको भनाइ छ ।
त्यो अभिव्यक्तिपछि पनि प्रधानमन्त्रीले विभिन्न सम्पर्क स्रोतमार्फत राजासँग संवाद गर्न खोजे । एउटै कामका लागि एकै पटक धेरै मानिस परिचालन गर्ने उनको वानी थियो । नाति हृदयेन्द्रलाई राजा बनाएर राजतन्त्र जोगाउन सकिन्छ भन्ने बुझाई थियो ।
तर राजा ज्ञानेन्द्रले त्यो प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए । ‘बेबी किङ’ राजतन्त्र उन्मूलनको पहिलो कदम हो भन्ने बुझाई राजा ज्ञानेन्द्रको थियो । दरबारविरुद्वको त्यो षड्यन्त्रमा भारतीय हात रहेको र भारतीयहरूको इसारामै त्यो प्रस्ताव आएको उनले ठाने । थापाले भनेका छन्– त्यतिखेरको अवस्था कस्तो थियो भने माओवादी र एमाले दुवै राजा फाल्ने पक्षमा थिए । कांग्रेसले निर्णय गर्न बाँकी थियो । म गिरिजाबाबुलाई भेट्न गएँ । तपाईंहरू बीपीको लाइन मान्छौँ भन्नुहुन्छ, बीपीको लाइन त मेलमिलाप हो । उहाँ राजा फाल्ने पक्षमा हुनुहुन्थ्यो भनेर सम्झाउने प्रयास गरेँ तर गिरिजाबाबु भन्न थाल्नुभयो– यो राजाले बीपीलाई थुन्यो । मलाई अनेक मुद्दा लगाउन खाजेको छ । कहिले के, कहिले के भन्छ । छोडिदेउ राजाको कुरा । गिरिजाप्रसाद कोइरालाले मात्रै मानेको भए पनि राजतन्त्रको पक्षमा वातावरण बन्ने अवस्था थियो ।
संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गणतन्त्र घोषणा गर्नुअघि नै राजालाई गद्दी त्याग गराउन सकिन्छ कि भन्ने कोइरालाको प्रयास सफल भएन । राजा ज्ञानेन्द्र कुनै हालतमा ‘बेबी किङ’ स्वीकार्न तयार भएनन् । यस प्रसङ्गमा बीपीका माइला छोरा श्रीहर्ष कोइरालाले राजतन्त्रका बारेमा प्रधानमन्त्रीसँग आफूले गरेको छलफलको विवरण लेखकलाई यसरी सुनाए
श्रीहर्ष स् सानोबुवा, राजा हटायो भने साहै्र गाह्रो हुन्छ । हजुरको टाउकोमा सबै जिम्मेवारी आउँछ । सम्हाल्न सकिन्छ त ?
प्रधानमन्त्री स् हेर यिनीहरू -भारतीय- ले मलाई आएर दबाब दिइरहेका छन् । दबाब दिनेहरूले नेपालको यथार्थ बुझेकै छैनन् । राजतन्त्र गयो भने जुन बबाल आउनेवाला छ, त्यसलाई थाम्न निकै चुनौती आई पर्नेछ । बीपीले राजाको विरोध नगर्नु भनेका कारण प्रधानमन्त्री कोइरालाको भित्री मनमा राजतन्त्र उन्मूलन नहोस् भन्ने नै थियो । त्यसले राजा र युवराजले गद्दी त्यागे ‘बेबी किङ’ राख्न सकिने सन्देश उनले ज्ञानेन्द्रसम्म पु(याए ।
कोइरालाका तर्फबाट राजा ज्ञानेन्द्रसँग संवाद गर्ने एक पात्र थिए, सोल्टी होटलका मालिक प्रभाकरशमशेर राणा ।
प्रभाकर शमशेरमार्फत भएको संवादपछि प्रधानमन्त्री राजा फाल्ने अन्तिम निष्कर्षमा पुगे । राजासँग कुरा गरेपछि प्रभाकरले प्रधानमन्त्रीसँग भनेका थिए–गिरिजाबाबु म केही गर्न नसक्ने अपस्थामा पुगेँ । सरकार र म सोल्टी होटलमा पिउँदै कुरा गर्दै थियौँ । सरकारबाट आफ्नो हातको ग्लास भुइँमा झारिबक्सियो । सिसा फुटेर चकनाचुर भएपछि हुकुम भयो– प्रभाकर बरु म यसरी नै चकनाचुर भएर जान्छु, तर यिनीहरूसँग झुक्दिनँ । त्यो घटनापछि राजाप्रति प्रधानमन्त्री कोइराला झन्झन् आक्रामक हुदै गए । यस प्रसङ्गमा तत्कालीन अर्थमन्त्री रामशरण महतले भनेका छन्– बेबी किङका लागि दरबार तयार नभएपछि राजा हटाउने रणनीति गिरिजाबाबु आफैँले कार्यान्वयन गर्नुभयो, त्यसबारे हामीसँग सेयर गर्नुभएन ।
यसरी राजा ज्ञानेन्द्रको हठका कारण संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ मा मुलुकमा गणतन्त्र स्थापना गर्दै राजतन्त्रलाई बिदा गरियो ।
precio de medicamentos sin receta en Ciudad de México almus Porto Sant’Elpidio Medikamente günstig in Deutschland kaufen
топырақтың су қасиеттері, топырақтың су өткізгіштігі акку мойын, аккулар уйыктаганда на русском ана еске алу музыка скачать, ана сагынышы скачать тойота урбан крузер цена, toyota urban cruiser 1.8 технические характеристики
Ist es möglich, Medikamente ohne Rezept in Zürich zu bekommen teva Aalst medicamentos en venta en línea
сонник сліди бруду на підлозі, сонник брудні сліди від взуття на підлозі якщо сниться чоловік, який подобається, до чого це відсотки всіх знаків зодіаку сімейний портрет із чаклуном ната
Приглашаем открыть увлекательную вселенную фильмов отличного качества онлайн - непревзойденный онлайн видеосервис. Смотреть фильмами в онлайне прекрасное решение в 2024 году. Фильмы онлайн отменном качестве kinigo дивитися фільм
генетическая травма,генетическая травма дизайн человека,родовая травма,исцеление травмы, сакральная травма,сакральная рана,генетические травмы,исцеление родовой травмы,кармические узлы,родовые программы,психоэмоциональные блоки, родовая память,генетическая память,энергетическое очищение рода,духовная трансформация,генетическая травма в дизайне человека,родовая генетическая травма,генетическая травма отрицания,генетическая травма вины,генетическая травма отвержения, генетическая травма предательства, генетическая травма подавления,генетическая травма разделенности,генетическая травма разделения,генетическая травма стыда,как вычислить генетическую травму,как определить свою генетическую травму
Faber est suae quisque fortunae
онлайн психолог бесплатно
medicijnen zonder voorschrift verkrijgbaar met snelle levering hexal Cádiz ¿Puedo tomar tabletas?
compra de medicamentos en Bélgica fiable Fortbenton Cayenne Options d'achat de médicaments sans ordonnance en France
приворот мужчины по месячными венера в соединении с юпитером что дает 10 пентаклей действия мужчины, 10 пентаклей чувства мужчины женщина лев и мужчина дева дружба молитва и тропарь казанской иконе божьей матери
medicamentos sin efectos indeseables en Quito Medcor Rho Online-Optionen für den Kauf von Medikamente ohne ärztliche Verschreibung
medicijnen kopen en thuisbezorgen in Nederland Trima Landen Kauf von Medikamenten in Frankreich
Online-Kauf von Medikamenten ohne Rezept Medac Zaandijk medicamentos a precio asequible en Francia
Koop medicijnen online en bespaar op uw gezondheidskosten Zydus Argenteuil Preis von Medikamente in Amsterdam