कम्युनिष्ट प्रधानमन्त्रीले संसद भंग गरेपछि उदाएका देउवा

image

त्यति ओलीले भनेका थिए ‘‘ ज्यौतिषीलाई हात देखाएर देउवाले पाँचौं कार्यकाल प्रधानमन्त्री हुने भनेका छन् । अब कसलाई प्रधानमन्त्री बनाउने भन्ने फैसला जनताले गर्ने हो ज्यौतिषीले होइन ।’’

सर्वोच्च अदालतको फैसलासंगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँचौं कार्यकालका लागि प्रधानमन्त्री हुने बाटो खुलेको छ । २०५२ भदौ १२ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि देउवा, पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसको २६ वर्ष पछि पुनः संसद पुनस्र्थापनाबाट उनी प्रधानमन्त्री बन्न लागेका हुन् । 
त्यो बेला नेकपा एमालेको अल्पमतका प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गरेका थिए भने यतिबेला संसदको विश्वास लिन नसकेका दुई तिहाईका प्रधानमन्त्री ओलीले । 
२०५२ मा समकक्षी नेता रामचन्द्र पौडेल, शैलजा आचार्यलाई उछिन्दै प्रधानमन्त्री भएका देउवा २०५८ साउनमा होलेरी काण्डपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा गरेपछि दोस्रो कार्यकालका लागि मुलुकको कार्यकारी प्रधानमन्त्री भएका थिए । 
२०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले असक्षमको आरोप लगाउदै उनलाई वर्खास्त गरे । अनी लोकेन्द्रबहादुर चन्द, सूर्यवहादुर थाहा हुदै २०६१ मा देउवालाई पुन प्रधानमन्त्री नियुक्त गरे । 
२०७४ मा देउवा चौथो कार्यकालका लागि प्रधानमन्त्री भए । उनकै नेतृत्वमा संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भयो । तर चुनावमा कांग्रेस नराम्रोसंग पराजित भयो । 
त्यही चुनाव प्रचार अभियानका क्रमममा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेपाली कांग्रेसका तर्फबाट अन्तिम प्रधानमन्त्री हुने भनेर दिएको अभिव्यक्ति चर्चाको शिखरमा थियो । त्यति ओलीले भनेका थिए ‘‘ ज्यौतिषीलाई हात देखाएर देउवाले पाँचौं कार्यकाल प्रधानमन्त्री हुने भनेका छन् । अब कसलाई प्रधानमन्त्री बनाउने भन्ने फैसला जनताले गर्ने हो ज्यौतिषीले होइन ।’’
एमाले र माओवादीले मोर्चा बनाएका कारण चुनावमा कांग्रेस नराम्रोसंग पराजित भयो । 

यहाँ अर्को संयोग पनि भएको छ, चुनावमा ओलीले दुई तिहाई वहुमतको अपार सफलता पाए । तर ओलीले पुरा कार्यकाल सरकार चलाउन सकेनन् । दुई पटक संसद भंग गरे । सर्वोच्च अदालतले दुवै पटक पुनःस्थापना गरिदियो । ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री हुने । 
 

को हुन देउवा ?
नेपाली कांग्रेसका सभापति देउवा २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन् ।  डडेलधुराकै असीग्राममा प्राथमिक शिक्षा लिएका उनले डोटीको सीताराम मावि एसएलसी गरेका हुन् । 
वि।स‌‍। २०२१ सालमा त्रिचन्द्र कलेजमा भर्ना भएपछि उनी विद्यार्थी राजनीतिमा सकृय भएका हुन् । 
२०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए । बीपीले भर गरेर देउवालाई  सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिए । 
वि‌‌।सं। २०४६ को जनआन्दोलन ताका देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्‍ययन गर्दै थिए । २०४७ सालमा स्वदेश फर्किए । २०४८ को आम चुनावमा सुदुरपश्चिमका सबै संसदीय निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताएपछि उनी चर्चाको शिखरमा पुगे । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा देउवाले गृहमन्त्रीको जिम्मेवारी पाए । 
 त्यसको पाँच वर्षपछि उनी मुलुक कार्यकारी प्रधानमन्त्री बने। 

२०५७ सालमा भएो पार्टीको दशौ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासंग पराजित भए, भने २०५८ मा सुशील कोइरालालाई संसदीय दलको निर्वाचनमा पराजित गरी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भए । त्यसको एक वर्ष पछि कांग्रेस विभाजित भयो । देउवा प्रजातान्त्रिक कांग्रेसको सभापति भए । देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किनुभयो। यस विच राजाले देउवालाई प्रधानमन्त्रीबाट वर्खास्त गरे । केही समय पछि फेरी प्रधानमन्त्री बनाए । अनी २०६१ मघ १९ गते देउवालाई अपदस्त गरी मुलुकको कार्यकारी अधिकार आफ्नो हातमा लिए । 
२०६४ को संविधानसभा चुनाव अघि नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेस विच एकीकरण भयो । देउवा सुशील कोइरालासंग सभापतिमा पराजित भए । २०७२ मा भएको पार्टीको तेह्रो महाधिवेशनबाट उनी कांग्रेसको सभापति बने । 




प्रतिक्रिया


  1. Conseils d'experts sur l'achat de médicaments en ligne Davur Leeuwarden medicijnen te koop in Spanje

    waar medicijnen kopen in Nederland Basi Oud-Beijerland Acheter médicaments authentique en ligne

    Hurrah, that's what I was looking for, what a information! existing here at this weblog, thanks admin of this website.

    центрум для женщин, центрум сильвер 50 для женщин купить мне нужны деньги помогите, срочно нужны деньги без возврата газ 2410, газ 24 пикап купить шұбап келе жатқан 4 атты кімдер болып шықты, ақбілек романы сұрақ жауап

    où acheter du médicaments sans ordonnance Silarx Monte Chingolo Achat pratique de médicaments en ligne

    image купить плиту электрическую 2 конфорки в екатеринбурге

    каминский александр викторович красноярск красспорт раменский район нотариус телефон цены на новые иномарки в саратове замерзшее море калининград ул байкальская 236б иркутск старый оскол питомник для собак