पृथ्वीनारायण शाह र उनका दिव्य उपदेश (भिडियो सहित)

खानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि खानी चलाउनु. गर्‍हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि खेत बनाई आवाद गर्नु  

नेतृत्व त्यो हो जसले कार्यकर्ताबाट भएका गरेका गल्ती कमजोरी सच्याएर उनीहरुलाई सही मार्गमा हिडाउछ र मुलुकको सुदुर भविश्यका लागि योजना तय गर्छ । नेतृत्वले भीडको नेतृत्व गर्छ । भीडलाई आफ्नो पछि लगाउछ ।  
साना साना राज्यमा वाडिएको मुलुकलाई एकीकरण गरी नेपाल राज्यको स्वरुप दिएका राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम क्षणमा भाइभारदारहरुलाई दिएको उपदेश भावी दिनका लागि समेत उत्तिकै सान्दर्भिक छन् । तिनै अर्ति उपदेश नै उनकाक दिव्य(उपदेशका रुपमा चिनिन्छ । 
त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. डोलराज काफ्लेले अन्वेषण न्यूजसंग राजा पृथ्वीनारायणका दिव्य उपदेश, तिनको महत्व र सान्दर्भिकताका बारेमा संक्षिप्त कुरा गरेका छन् । हेरौं भिडियोमा । 
दिप्य उपदेशको पुरा अंश पढ्न पीडीएफ फाइल खोल्नु होस् 

दिव्य उपदेशका केही नमुना

– बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्.

–चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन. त्यो काठमाडौं हो. भनि देषा(या) र. मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो.

–लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुता हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ.

–उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ.चीन वादशाहसित ठूलो घाहा राष्नु. दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु.तर त्यो महाचतुर छ.

–यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ.षेलषाल मात्र ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन.सुरो पनि हंदैन.

–तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।। 

–षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गर्‍हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.

–पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन् । 

–आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु.नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ.राजाका भंडार भन्याका रैतानहरू हुन्.

–मेरा साना दुषले आज्र्याको मुलुक होइन.सबै जातको फुलबारि हो.सबैलाई चेतना भया. यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ).


प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |