यसरी बनेको थियो बंगलादेश

image

पाकिस्तानी सेनाका कमाण्डर लेफटिनेन्ट जनरल नियाजीले आफ्नो आत्मकथामा पूर्वी पाकिस्तानमा सैन्यकारवाहीको आवश्यकता नै थिएन किनकी सेख मुजिवर रहमानलाई सत्ता हस्तान्तरण गर्नु नै एउटै मात्र समाधान थियो । 

‘सन् १९७० डिसेम्वरमा सम्पन्न पाकिस्तानको आम चुनावमा मुजिवर रहमान नेतृत्वको अवामी लिगले राष्ट्रिय संसदका कुल ३१३ मध्ये १६७ सिट जितेर स्पष्ट वहुमत प्राप्त ग¥यो । पाकिस्तान पिल्स पार्टी ८८ सिट जितेर पश्चिम पाकिस्तानमा सब भन्दा ठूलो दल बन्यो । दुवै पार्टीले आफ्नो वाहेक अर्को प्रदेशमा एउटै सिट जितेका थिएनन् ।
पूर्वी पाकिस्तानको दलले प्रष्ट वहुमत ल्याए पछि राष्ट्रपति याह्या खान सत्ता हतान्तरण गर्न तयार भएनन् । वरु बलुचिस्तानका कसाही भनेर चिनिएका टिक्का खानलाई पूवी पाकिस्तानको गर्भनर बनाई दिए । नियुक्तिको विरोध गर्दै मार्च २, २०७१ मा मुजिबरले आम हडताल घोषणा गरे । ‘अनी मार्च ४ मा प्रदेशभर नागरिक अवज्ञा आन्दोलन चलाइयो । तै पनि खान सत्ता हस्तान्तर गर्न तयार देखिएन् । मार्च ७ मा मुजिबरले समानान्तर सरकार सञ्चालनको घोषणा गर्दै सरकारलाई कर नतिर्ने लगायतका असहयोग अभियान थाले ।
छापामार परिचालनका लागि मुक्ति वाहिनीको गठन शुरु भैसकेको थियो । पश्चिम पाकिस्तान विरुद्व बंगालीहरुमा चरम घृणाभाव थियो । उनीहरु मुक्तिका लागि जीउ ज्यान दिन तयार हुनु पर्छ भनेर प्रशिक्षित थिए । ‘पाकिस्तानी सेनाले निर्दोष बंगालीहरुको नरसंहार गरि रहदा ढाकामा एउटा हृदयविारक घटना भयो । विश्वविद्यालकी एक किशोरी छात्रा रोशन आराले आफ्नो जीउभरी विष्फोटकहरु बा“धिन् र शत्रुको ट्याङक बिग्रेडमा फाल हालिन् । जसले उनको शरीरका हजारौ टुक्रा भए र पहिलो ट्याङक ध्वस्त भयो । 
तिनै ताकाको कुरा हो । नेपाली कांग्रेसले क्रान्तिका लागि भनेर हथियार जम्मा गरे पनि क्रान्ति आरम्भ गरेको थिएन । बीपीका मित्र भारतीय समाजवादी नेता जयप्रकाश नारायणले बंगलादेशका क्रान्तिकारीहरुलाई सघाउन उनलाई आग्रह गरे । जयप्रकाश ः बंगलादेशीहरुले जति गर्दा पनि हतियार पाउन सकेका छैनन् । तपाईले हतियारको व्यवस्था गर्न सक्नुहुन्छ भने गरिदिनुस् । सप्लाई गर्ने ग्रुपसंग सम्पर्क गराई दिनुस् । उनीहरुसंग लण्डन बैकमा सयौं लाख पाउण्ड जम्मा भएको छ । पैसा दिन सक्छन् । 
बीपी ः ठिक छ म प्रयास र्छु ।
जयप्रकाशसंगको भेट पछि बीपीले चक्रलाई वोलाए । 
बीपी ‘ए चक्र के छ, जयप्रकाश नारायण बंगालीहरुका लागि हतियारको कुरा गर्दै छन् । त्यो मान्छेलाई (हतियार सप्लाई गर्ने युरोपियन) त्यो मान्छेलाई अहिले भेट्न सक्छौ ?’
चक्र ः  धेरै भयो, सान्दाई उसलाई भेटको छैन । म प्रयास गर्छु नी त । 
बीपी ः ल खवर गर है छिट्टै वुझेर । 
चक्र ः हामीसँग जे जति हतियार छन् । ती हतियार तत्काल चलाउने होइन होला । त्यसैले, बंगलादेशीहरुलाई हतियार दिऊ, उनीहरुको काम चलिसकेपछि फेरि हामी मागौला ।’
 
बीपी ः ल ठिक छ । पहिला उसंग सम्पर्क गर्ने प्रयास गर न । 
त्यस पछिको घटनाक्रम वारे बीपीले भनेका छन् ‘त्यो समहुको मानिस, जर्मन हो की के हो, मनेर आयो । स्वास्नी मानिस फेरी फेरी आउथ्यो । कहिले भारतीय स्वास्नी मानिस, कहिले युरोपियन स्वास्नी मानिस लिएर आउथ्यो ।
बीपीले बंगलादेशको आन्दोलनका बारेमा जानकारी गराउदै उनीहरुका लागि हतियार सप्लाई गर्न आग्रह गरे । त्यो युरोपियनले भन्यो ‘होइन, तिमी आफ्नो क्रान्तिको कुरा गर । त्यो जताततै हामी दिदैनौ ।
हतियार तस्कर मात्र भएको भए, पैसा पाउदा किन दिन्न भन्थ्यो । बीपीको मनमा चिसो पस्यो । 
कांग्रेसलाई हतियार बेच्ने युरोयिन को थियो ? कहाँबाट ल्याउथ्यो हतियार ? किन उसले बंगालीलाई हतियार दिन मानेन ? 
त्यही भेटमा त्यो युरोपियनले बीपीसंग खुलेर कुरा गरेको थियो । 
युरोपियन ः तिमीहरु क्रान्तिकारी हुनै सक्दैनौ । किन भने तिमीहरुमा निष्ठुराता छैन । राजाले तिमीहरुलाई मुक्त गरेर गल्ती गरे ।
बीपी ः के गर्नु पथ्यो राजाले । 
युरोपियन ः तिमीहरुलाई मारिदिनु पथ्यो । मौका पायौ भने तिमीहरुले पनि राजालाई मारिदिनु पर्छ । तर त्यो हिम्मत तिमीहरुमा म देख्दिन ।
बीपी ः हामी प्रजातान्त्रिक क्रान्तिकारीमा हत्यावाला प्रवृत्ति हुदैन । 
युरोपियनसंग भएको कुराकानी बीपीले जयप्रकाशलाई सुनाए । 
जयप्रकाश ः ठिक छ । अहिले तपाईहरुले क्रान्ति शुरु गर्नु भएको छैन । जति छ दिनुस् । 
बीपी र जयप्रकाशबीचको बार्तालाप सुनि रहेका गिरिजाप्रसाद कोइरालाले त्यही बेला जयप्रकाशलाई भनेका थिए ठिक छ ‘अहिले हामी दिन्छौं पछि फिर्ता चाहिन्छ नी ।’ जवाफमा जयप्रकाशले भने ‘हतियार फिर्ताको कुरा नगर न तिमी । बंगलादेश स्वतन्त्र भयो भने त्यसको बदलामा धेरै पो पाउछौ त तिमीहरुले ।
बीपीको आदेश पछि गिरिजाप्रसाद फारेशगञ्ज पुगे, जहाँ हतियार भण्डारण गरिएको थियो । बंगालीलाई हतियार दिन हुन्न भनेर कांग्रेसका धेरै क्रान्तिकारीहरुले झगडा नै गरे । यस सम्वन्धमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका छन् ‘एउटा समुहलाई एकातिर र अर्कोलाई अर्कोतिर पठाएर मध्यरातमा हामीले भारतीय नम्वर प्लेटको ट्रकमा स्टेनगन र अटोमेटिक राईफल लोड गरायौं ।’
अनी राति नै कर्णल डीवी राई, चक्र वास्तोला, सुशील कोइला र सुधिर उपाध्याय हतियारले भरिएको त्यो ट्रकमा पश्चिम बंगाल हुदै रातिको १ बंगलादेशको वोर्डरमा पुगे । 
चक्रले भनेका छन् ‘वडा विचित्र छ, त्यो वेलाको घटना । हामीले वोर्डर पार गर्ने वित्तिकै एउटा मानिस आयो । कहाँबाट आयो । भारतलाई गाली गर्नुसम्म ग¥यो । अनी हाम्रो जुन सम्पर्क श्रोत थियो त्यसले क्रान्तिकारीको हेडक्वाटर लग्यो । अघि भर्खर वोर्डरमा भारतलाई गाली गर्ने मानिस पनि पुगिसकेको रहेछ ।’ 
रातको ३ वजे ठाकुरगाउँ पुगे पछि चक्रसंग लुंगि लगाएको एउटा मानिस आएर भन्थाल्यो  ‘यो एरियाको कमाण्डर मै हु । अर्र्काे चौध, पन्ध्र वर्षको केटो राईफल वोकर हिडेको छ । हेर यो फुच्चेले क्रान्ति गरेको । हामी कहाँ त क्रान्तिको गफ मात्र हुने गरेको छ भन्ने लाग्यो उनलाई ।’ अरु जे सुकै होस्, खाना चाही सफा, मिठो र भाती पु¥याएर खानु पर्ने बानी हो उनको । नत्र शुरु भइहाल्थ्यो नाक नुक । 
कमाण्डरले भन्यो ‘हेर यहाँ केही छैन म तिमीहरुलाई चिया र विस्कुट मात्र खुवाउन सक्छु ।’ त्यस पछि क्रान्तिकारीहरुले ठाकुरगाउँको एउटा चिनी कारखानाको राम्रो गेष्ट हाउसमा पाहुनालाई सुताए । ‘
विहान राम्रो नास्ता खुवाए । वोर्डरमा भारतको चर्को विरोध गर्ने उही मानिस फेरी त्यहाँ पनि देखिन्छ । 
उ त पाकिस्तान एसेम्लीको त्यो क्षेत्रको निर्वाचित सांसद पो रहेछ । पेशाले वकिल ।  उसले अंग्रेजीमा भन्यो ‘आइ एम भेरी सरी । यु डिड नट टेल मी यु आर फ्रम नेपाल ।’ चक्रले भने ‘लुक हेयर’ (हेर) नेपाली कांग्रेसले तिम्रो मुक्ति वाहिनीलाई दिएको गिफ्ट हस्तान्तरण गर्न आएको छु । तिम्रा साथीहरुलाई तालिम दिनु छ भने क्याप्टेन डीवी राई पनि हुनुहुन्छ म पनि तिम्रो भाषा वुझ्छु ।’ लगत्तै आर्मीको (बंगाली) चिफ आयो । ठूलो नक्सा फैलाएर देखायो र भन्यो ‘अहिले तिमी यहाँ छौ । पाकिस्तानी आर्मी यहाँ छ ।’
चक्र स्वयं क्रान्तिकारी गुरिल्ला । भारतीय स्वतन्त्रता आन्दोलनका क्रमा सुभाषचन्द्र वोसको सेनामा काम गरेका कर्णेल डीवी राई वुढा, झन क्रान्तिकारी । ‘चेकोभेरा, माओ, होचिमिनका किताव पढि रहने चक्र कम्ति जोशमा थिएनन् । 

त्यो बेलासम्म अत्याधुनिक हातहतियारले सम्पन्न पाकिस्तानी सेनाका सामु बंगालीहरु क्षणभर टिक्न सक्ने अवस्थामा थिएनन् । मुक्ति वाहिनीका कतिपयलाई हतियार चलाउन आउदैनथ्यो । पार्वतीपुरमा एकातिर मुक्तिवाहिनीको हेडक्वाटर । नदीको पारि पट्टी पाकिस्तानी सेनाको व्यारेक ।’
रातको समयमा नजिकैको ठूलो व्यारेकवाट पाकिस्तानी सेना बंगालादेशका गाउँ पथ्यो । विध्वङस मच्चाउथ्यो । उज्यालो नहुदै फर्किन्थ्यो । ‘बंगालीहरुसंग आधुनिक हतियार त थिएनन् नै राइफलका लागि पर्याप्त गोली र बारुद पनि थिएन ।’
साना र सामान्य हतियारको भरमा मोर्चा सम्हाली रहेका थिए । 
चक्रले भनेका  छन् ‘हामी वारी छौ । पुलपारि पाकिस्तानी सेनाको व्यारेक छ । मैले भने ‘यो पुल तोड्नुप¥यो नी । त्यसका लागि के छ साधन तिमीहरुसंग ।’
पुल भत्काएर पाकिस्तानी सेनाको सम्भावित आक्रमण रोक्न उनीहरुले हाते बम प्रयोग गरे । तर त्यसले पुलमा सामान्य क्षति समेत पु¥याउन सकेन ।’
नदीको एउटा किनामा मुक्ति वाहिनी अर्को तिर पाकिस्तानी आर्मी छ । बाटैको एउटा सरकारी स्कूलमा वंगलादेशको स्वतन्त्रता र निर्वासित सरकारको घोषणा भयो । त्यो समारोहमा चक्र सहित नेपाली टोली समेत सहभागी थियो । 
कार्यक्रम चलिरदा समेत भिषण आक्रमण र गोलावारी गोलावारीको आवाज आईरहेको थियो । यस सन्दर्भमा चक्रले २०६३ पुषमा एक दिन लेखकलाई सुनाएका थिए ‘अत्याधुनिक हतियार सहितको पाकिस्तानी सेनासंग मुकाविला गर्न लुङगी लगाएका र समान्य वन्दुक समेत चलाउन नजान्ने ति क्रान्तिकारीहरुको आट देख्दा रोमाञ्चिकत भए । म प्रत्यक्ष युद्व हेर्न चाहन्थे ।’ 
उनले मुक्ति वाहिनीका कमाण्डर चटर्जीलाई वार जोन हेर्ने चाहना सुनाए । नेपाली कांग्रेसका गुरिल्ला उनको मन क्रान्ति हेर्न पाउने आसाले रोमाञ्चित भैरहेको थियो । 
चटर्जी ः तिमीहरुको कार्यक्रम के छ ? 
चक्र ः जहाँ लडाई भैरहेको छ । त्यो फन्टमा लैजाऊ ।
चटर्जी  ः जान्छौ ? 
चक्र ः यहाँसम्म आए पछि म हेर्न एकदमै उत्साहित छु । लैजाउ । 
चटर्जीले एउटा मोटरमा हालेर चक्र, सुशील र सुधिरलाई युद्वस्थल नजिक पु¥याए । जहाँ गोलावारीको आवाज मज्जाले सुन्न सकिन्थ्यो । चक्रले त्यो क्षण सम्झिए ‘दिनभरि हामी फ्रन्टमा बस्यौ । ठ्याक्कै लडाई भएकै ठाउँमा गएका थिएनौं, युद्धमोर्चा भन्दा केही पछाडि थियौ ।’
एकै पटक चटर्जी आएर भने ‘आइ एम सरी जेन्टलमेन । आई एड्भाईस यु नट टु रिमेन हेयर इज वेटर द्याट वि ड्राइभ यु व्याक । किन भनेको त । उ भन्छ ‘द पाकिस्तानी आर्मी इज इन एडभान्स ।’ त्यहाँ त पाकिस्तानी सेना आई नै सकेको रहेछ । चक्रले विहानै जुन पुल किन नभत्काएको भनेर सोधेका थिए यही रोकेर राखेका रहेछन् ट्याङक सहित पाकिस्तानी सेनालाई । अब तपाईंहरु यहाँबाट हट्नुपर्छ । यो भन्दा बढी समय हामी तपाईंहरुलाई यहाँ राख्न सक्दैनौ, किनभने पाकिस्तानी सेना नजिकैबाट अगाडि बढिरहेको छ । कुनै पनि वेला आक्रमण हुन सक्छ ।’
चक्रले सम्झिए ‘त्यहीवाट हामी मोटर चढेर दनादन ठाकुरगञ्ज तिर लाग्यौ । वोर्डर पास गर्ना साथ अल इण्डिया रेडियोमा समाचार आइ हाल्यो । ठाकुर गाउ क्याप्चरर्ड वाई पाकिस्तानी आर्मी । एक घण्टा ढिलो भएको भए हामी मारिने । तर हामीलाई डर भने पटक्कै लागेको थिएन । एकदमै रोमाञ्चक थियौं भने बाँच्नेको केही मतलव थिएन । जिवनको मूल्यको खोजिमा हिडेको केही नभए पनि एउटा गोलीको मूल्य त चुक्छ वस । खत्तम । 
भारतीय हस्तक्षेपको चौध दिनमै स्वतन्त्र
बंगालीहरुसंग हतियार र वलियो सेना त थिएन नै, गुरिल्ला युद्वको सामान्य रणनीति समेत थाहा थिए । अठार उन्नाईस वर्षका युवा हतियार भिरेर हिडेका छन् । कोही कमाण्डर छन्, कोही के, जसलाई राईफल चलाउने सामान्य ज्ञान समेत छैन । बंगलादेशमा पुगेका कर्णेल डीवी राईले भनेका छन् ‘पाकिस्तानको त्यस्तो सुसंगठित सेनाका अगाडी राइफल लिएर हिड्छन् । युद्वको समान्य ज्ञान र रणनीति छैन । खुलेआम सबै कुरा गर्छन् ।’
नोभेम्वरसम्म मुक्तिवाहिनीले बंगलादेशको एक तिहाई भूभाग मुक्त गरे र छापामारको संख्या विस्तार गरी १ लाख पु¥याए । 
राईले बीपीलाई खवर पठाए ‘म यहाँ वसेर केही लाभ भएन । हिन्दुस्तानले मद्दत नगरी केही हुदैन ।’ सन् १९७१ डिसेम्वर ३ मा भारतीय सेना छिरेको १४ औ दिनमा पाकिस्तानी सेनाले आत्मसमर्पण ग¥यो । त्यतिञ्जेल पाकिस्तानका ९३ हजार सैनिक युद्ववन्दी भैसकेका थिए । पाकिस्तानी सेनाका कमाण्डर लेफटिनेन्ट जनरल नियाजीले आफ्नो आत्मकथामा पूर्वी पाकिस्तानमा सैन्यकारवाहीको आवश्यकता नै थिएन किनकी सेख मुजिवर रहमानलाई सत्ता हस्तान्तरण गर्नु नै एउटै मात्र समाधान थियो । यो नौ महिने मुक्ति संग्राममा दश लाख पूर्वी पाकिस्तानीको ज्यान गयो । चार लाख महिला बलात्कारको शिकार भए । अनी बंगलादेश स्वतन्त्र भयो । 


 




प्रतिक्रिया


  1. Undeniably believe that whiich you stated. Your favorite reazson seemed to be onn the web the easiest thing tto be aware of. I sayy tto you, I definitely gett irked while people conider worres that thbey judt don't know about. You managed too hitt the nal upon the top and also defined out thee whoile thing witout having side effect , peopl cann take a signal. Willl probvably bbe baack to get more. Thanks