शैलजा आचार्य : जसले प्रधानमन्त्री पद अस्वीकार गरिन्

image

शैलजाले तत्कालीन राजा ज्ञानेन्द्रसँग सभा, समारोहबाहेक एकान्तमा कहिल्यै भेट गर्नु परेन । प्रधानमन्त्री पदका लागि पटक–पटक दरबार धाएका समकालीन राजनीतिज्ञहरू पछि गणतन्त्रका ‘मसिहा’ भए । तर पदका लागि जे पनि गर्न हुन्छ भन्ने सिद्धान्तहीन र भ्रष्ट राजनीतिक माहोलमा शैलजाको त्यसबेलाको अडान र असन्तुष्टि कुनै एक व्यक्ति वा परिवारको शासनका लागि होइन, अकुण्ठित जनअधिकारका लागि उनले जीवन समर्पण गरेको आफ्नो आदर्श र सिद्धान्तप्रतिको निष्ठा थियो भन्ने कुरा कसैले बुझ्न चाहेन । उनी एक्लो वृहस्पति झूटा ठहरिन् ।

कुरा २०५९ असोज १८ पछिको हो । राजाले जननिर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवालाई अक्षमको आरोप लगाउदै आफूखुसी सरकार वनाउने र विघटन गर्ने अभ्यास शुरु गरेका थिए । प्रत्यक्ष र निरंकुश शासनको महत्वकांक्षासहित नियोजित योजनामा रहेका राजा ज्ञानेन्द्र २०५९ जेठ ८ मा प्रतिनिधिसभा विघटन गराएपछि शासनसत्ता हातमा लिने तयारीस्वरूप आफ्नो तजबिजीमा चल्ने सरकार निर्माणको ‘एक्सपेरिमेन्ट’ मा थिए । यस क्रममा देउवालाई हटाएर राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन गरे । चन्द सरकारको प्रयोग असफल भएपछि उनी अलिक समाजले पत्याउने र दलहरूको समर्थ नयुक्त प्रधानमन्त्रीको खोजीमा थिए । भ्रष्टाचारविरोधी र निष्कलंक प्रधानमन्त्रीको खोजीमा ‘राजा’ छन् भन्ने सन्देश प्रवाहित गरिएको थियो । नभन्दै उनले कांग्रेसका संस्थापक तथा पूर्व प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पनि प्रधानमन्त्री बनिदिन अनुरोध सहित आमन्त्रण गरेका थिए । भट्टराईले दरवार पुगेर प्रधानमन्त्रीको पद ठाडै अस्वीकार गरिदिए । राजालाई भेटेर उनी फर्किदासम्म दरवारको पश्चिम गेटमा पत्रकारको घुइचो लागि सकेको थियो । पदप्रतिको आशक्ति भएको हाम्रो समाजको मानसिकतालाई व्यंग्य गर्न होला शायद बाहिर निस्केर उनले भनेका थिए, ‘अरे बाफ रे बाफ १ पत्रकार बाबुहरू १ महाराजधिराजबाट प्रधानमन्त्रीजस्तो पद पाए कसरी अस्वीकार गर्ने ? शिरोधार्य गर्छु भनेर आएको छु ।’ राजनीतिमा निष्ठा र आदर्शका लागि उदाहरणीय नेता किशुनजीको पदप्रतिको निष्प्रियतालाई हाम्रो मिडियाले त्यतिबेला बुझेन भन्ने मलाई लाग्छ । हिमालय टाइम्स दैनिकबाहेक त्यहाँ उपस्थित सबै सञ्चारकर्मीसँग सम्बद्ध मिडियामा सोझो हिसाबले भोलिपल्ट त्यस्तै समाचार आयो । मानौं ज्ञानेन्द्रले प्रधानमन्त्री बनाए किशुनजीले स्वीकार गर्नेछन् । तर यो सर्वथा उल्टो समाचार थियो । त्यसबेला दरबारको पश्चिम गेटमा यो पंक्तिकार पनि हिमालय टाइम्स दैनिकको समाचार सम्पादकको हैसियतमा किशुनजीको प्रतिक्रिया बुझ्न उपस्थित थियो । उनले प्रधानमन्त्री खान स्वीकार गरेको भए ज्ञानेन्द्रले आग्रह गरेकै थिए । समकालीन राजनीतिभन्दा किशुनजीको अलग धार र अडान उनको सिद्धान्तप्रतिको निष्ठाका कारण थियो, पदप्रतिको लालसाप्रेरित विचार थिएन भन्ने धेरैले पछिमात्र बुझे । किशुनजीले अस्वीकार गरेपछि दरबारको दोस्रो रोजाइ थिइन् अर्की निष्कंलक र निष्ठावान् नेतृ शैलजा आचार्य । राम्रो छवि भएको नेतालाई प्रधानमन्त्री बनाउँदा दरबारप्रतिको जनआक्रोश कम हुने र दलहरू पनि विभक्त हुने सोचेका थिए शायद ज्ञानेन्द्र र उनका दरबारिया सल्लाहकारहरूले । तर विचारमा स्पष्ट र अडानमा खरो उत्रने स्वभावका कारणले होला दरबार शैलजालाई सीधै प्रस्ताव गर्न हच्किएको थियो । प्रधानमन्त्री बनाउने प्रक्रियाका लागि वातावरण तयार गर्न त्यसअघि दरबार शैलजालाई राजा ज्ञानेन्द्रसँग भेट गराउन चाहिरहेको थियो । तर आँट गर्न नसकिरहेको भन्ने पछि यो पंक्तिकारलाई जानकारी भयो । यसैबीच एक दिन नेपाली कांग्रेसका पुराना नेता जो लोकेन्द्रबहादुर चन्द नेतृत्वमा वन तथा भू–संरक्षण मन्त्री पनि थिए, बद्रीनारायण बस्नेत, उनले यो पंक्तिकारलाई टेलिफोन गरेर घरमै बोलाए । उनी मेरो पहिलेदेखिकै पारिवारिक सम्बन्धका आदरणीय व्यक्ति र छिमेकी पनि हुन् । म उनलाई भेट्न पुगें । निकै लामो भूमिका बाँधेर शैलजा आचार्यलाई राजासँग भेट गराउने दरबारको चाहना व्यक्त गरे । दरबारले शैलजालाई प्रधानमन्त्री बनाउन चाहेको सूचना पनि उनले मलाई दिए । उनकै शब्दमा, ‘दरबारले पनि रियलाइज गरेजस्तो छ कि जनसमर्थन नभएका पुराना पञ्चलाई मात्रै साथ लिएर केही हुन्न । निष्कंलक छवि भएका सात दलमध्येकै कुनै नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने राजालाई लागेको छ । शैलजाजी धेरै दुःख गरेको नेता हो । उनलाई दरबारले भेट गर्न चाहेको छ । त्यसैले एक पटक उनीसंग कुरा गर्नुप-यो ।’ तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शैलीबाट आजित भएर संवैधानिक राजतन्त्र र लोकतन्त्रमा विश्वास राख्ने नेपाली कांग्रेससहितका दलहरू उनको निरंकुशता अन्त्यका लागि तत्कालीन विद्रोही माओवादीसँग सहकार्यको गृहकार्यमा लागिसकेका थिए । तर माओवादीसँगको सहकार्यप्रति शैलजाको गम्भीर असहमति थियो । मुलुकमा गणतन्त्र आइसक्दा पनि उनी माओवादीसँगको सहकार्य र कांग्रेसले संवैधानिक राजतन्त्र परित्याग गरेको घटनाबाट पूरै असन्तुष्ट थिइन् । उनको आस्थाको राजनीति र सिद्धान्तप्रतिको अविचलनलाई हाम्रो समाजले खासै चिन्न, बुझ्न सकेनभन्ने मलाई अहिले पनि लाग्छ । शैलजाको आफ्नो सिद्धान्तप्रतिको अडानका आधारमा उनले ज्ञानेन्द्रलाई कैयौं पटक भेटिसकेको भन्नेजसरी भ्रमपूर्ण समाचारहरू आइरहेका थिए । स्वार्थी समाज र त्यसको मनोविज्ञानका कारण स्भाविक परिणामस्वरूप धेरै मानिसहरूको बुझाई पनि यस्तैयस्तै नै थियो । तर उता दरबार भने अझै पनि शैलजालाई भेट्न झस्किरहेको थियो । यसरी शैलजालाई राजासँग भेट गराउने प्रस्ताव ममार्फत आएपछि आश्चर्यचकित हुँदै भने, ‘अंकल म पत्रकार मान्छे । यो प्रधानमन्त्री बनाउने, राजासँग भेट गराउने यी सब काममा म किन सहभागी बनौं ? यसै पनि म राजाको यो प्रक्रिया र संसद् विघटनप्रति असहमति राख्ने पत्रकार परें । शैलजा दिदीलाई नै मैले सल्लाह दिनुप-यो भने हुँदैन भन्छु होला शायद । अनावश्यक झन्झटमा म लाग्दिनँ । अंकलले नै भने भैहाल्यो नि ।’ फेरि उनले भने, ‘होइन, होइन । तिमीले सोचेजस्तो अहिले प्रजातन्त्र नभएर पञ्चायतको राजाले प्रधानमन्त्री बनाउने कुरा पनि होइन यो । बहुदलीय प्रजातन्त्रकै एउटा प्रक्रियाभित्रै छ मुलुक । फेरि तिमीलाई थाहा छ कि छैन— अहिले पनि किशुनजीबाहेक सबै नेता प्रधानमन्त्री बन्ने अवसर पाए खान तम्तयार भएर बसेका न् । दरबारमा त्यस्तो सन्देश पनि पठाएका छन् । शैलजाजीलाई बन्न के फरक प-यो र ?’ त्यसपछि म बस्नेतको कुरामा सहमत भएँ तर अझै पनि यो दरबार—सरबारसँगको भेटघाटमा म पर्न ठिक ठानिरहेको थिइनँ । त्यही भएर अझै आनाकानी गरेर बस्नेतलाई आफैं कुरा गर्न भनिरहेको थिएँ। मैले अलिक अप्ठ्यारो मानेपछि उनले भने, ‘किन अप्ठ्यारो मानेको ? शैलजाजी कहिलेकाँही अलिक अनावश्यक अडानमा रहन्छिन् । दरबारले पनि सीधै कुरा गर्न अप्ठ्यारो मानेर मलाई भनेको हो । तिमीलाई उनले धेरै राम्रो ठान्छिन् भन्ने मलाई थाहा छ । पत्रकार भए पनि के भो र राम्रो काम गर्नका लागि ? शैलजाजी प्रधानमन्त्री भइन् भने देश र जनतालाई राम्रो हुन्छ ।’ आदर गर्ने व्यक्ति भएका कारण पनि उनको कुरा टाल्नसक्ने अवस्थामा म रहिन । उनले भने –पहिला तिमी कुरा गर । त्यसपछि मलाई पनि भेट गराउ । त्यति आग्रहपछि मैले उनको भनाइ अस्वीकार गर्न सकिनँ । म सीधै घर आए । शैलजालाई फोन गरें र भेट गर्न आउन लागेको बताए । शैलजाले बाहिर जानुपर्ने काम भएकाले दुई घण्टापछि मात्रै निवास (मित्रपार्क) मा आउन आग्रह गरिन् । जहाँ म निरन्तर गइरहन्थे । पत्रकारिताका सन्दर्भमा मात्र होइन, आफूले मन पराएको एउटा निष्ठावान् नेता र श्रद्धा गर्ने दिदीका हिसाबले पनि म अन्य व्यावहारिक विषयमा पनि छलफल गरिरहन्थे । कहिले कसो कही विषयमा सल्लाह गर्नु पर्दा उनी आफै मलाई बोलाउने गर्थिन् । त्यही भएर मलाई यो विषय लिएर शैलजाकोमा पुग्न केही समस्या त थिएन तर प्रजातन्त्र ‘कु’ गर्न खोज्ने राजासँग भेट्नुस् भन्ने प्रस्ताव सुनाउन अलिकति संकोच भने लागिरहेको थियो । जे होस् म उनको निवास पुगेर कुरा गर्न थालें । ‘दिदी पञ्चायतकाबेला वीपीले पनि राजनीतिक परिस्थिति बुझ्न, विश्लेषण गर्न धेरै पञ्चहरूलाई बोलाएरै भेट गरिरहनुहुन्थ्यो हैन ? बीपीले राजासँग भेट गर्ने गरेको कुरा त बाहिर धेरै नै आइरहेको छ ।’ यसरी लामो भूमिका बाँधेको देखेर शैलजा पनि छक्क परिन् शायद । उनले हाँस्दै भनिन्, ‘किरणजी, तपाईं पहिले कुरा गर्दा त यसरी कहिल्यै भूमिका बाँधिरहनु हुन्नथ्यो । आज धेरै भूमिका बाँधी रहनुभएको छ । जरुरी कुरा के हो ? त्यो भन्नुस् न । किन यसरी भूमिका बाँधेको ?’ मैले भने, ‘दिदी वास्तवमा आज कुरा सुरु गर्न अलिक संकोच मानेरै मैले यसरी भूमिका बाँधेको हुँ । कुरा अलिक अर्कै खालको छ । राजाले भेट गर्न बोलाए भने तपाईँ जानुहुन्छ ?’ मैले यति भनिसकेपछि शैलजाले आफ्नो पार्टीका नेता, परिवारका सदस्य र अन्य पार्टीका नेताहरू कसकसले ज्ञानेन्द्रलाई भेट गर्न बिन्ती पत्र नै हालेका थिए भनेर सुनाईन । अनि भनिन् ‘म त बिन्तीपत्र हाल्न जानेवाला होइन । तर राजाले भेट गर्न बोलाउँछन् भने किन भेट नगर्ने ? मजाले भेट्छु नि ।’ त्यसपछि मैले बस्नेतसँग भएका कुराको सबै इतिवृतान्त सुनाएँ र यसमा तत्कालीन मन्त्री बस्नेतको ‘इन्ट्रेस्ट’ का विषयमा पनि हाम्राबीच लामै छलफल भयो । शैलजाले बस्नेतको ‘इन्ट्रेस्ट’लाई आफ्नो पुरानो मित्रको शुभचिन्ता र कांग्रेस छोडेर राजाको मन्त्री भएकाले बिग्रिएको उनको छवि बनाउने र कांग्रेसभित्रको राजनीति सुधार गरेर कांग्रेसमै फर्कने वातावरणसँग जोडेर सकारात्मक टिप्पणी गरेकी थिइन् । शैलजा र बस्नेत पार्टी प्रतिबन्धितकालमा मोरंग कांग्रेसको सभापति र सचिव भएर काम गरेका सहयोद्धा पनि हुन् । लामै कुराकानीपछि बस्नेतसँग भेट गराउने भोलिपल्टको समय मिलाएर म हिँडे । तर शैलजाले बस्नेतलाई भेटाउदा म पनि अनिवार्य रूपले सँगै आउनु पर्छ भनिन् । भोलीपल्ट बस्नेत र म शैलजा निवास मित्रपार्क गयौं । त्यहाँ करिब दुई–अढाई घण्टा सौदाद्रपूर्ण रूपमा कुराकानी भयो । राजासँगको भेटको कुरा केही भएन । बस्नेतले अन्तमा यतिमात्र भने, ‘किरणले तपाईंलाई हिजो भनेको विषय अगाडि बढ्दैछ ।’ शैलजाले पनि यतिमात्र भनिन्, ‘ठिक छ, ठिक छ ।’ तीन दिनपछिको कुरा हो, फेरि तत्कालीन मन्त्री बस्नेतले मलाई घरमा बोलाए । म माथिल्लो तलाको बैठक कक्षमा पुग्दा उनी एउटा टेलिफोनमा कुरा गर्दै थिए । उनले यताबाट भनिरहेको म सुनिरहेको थिएँ । उनी भन्दै थिए, ‘ती भाइ अहिले मकँहा नै छन् । म उनलाई त्यो खबर सुनाउँछु ।’ उताबाट टेलिफोन गर्ने व्यक्ति दरबारका प्रमुख सचिव रहेछन् । उताबाट के भनियो टेलिफोनमा मैले सुन्न सक्ने कुरै भएन । तर शैलजालाई राजाले कसरी भेट्ने भन्ने विषयमा प्राविधिक अप्ठ्यारो परेको भन्ने बस्नेतबाट थाहा पाएँ । दरवारले कसैलाई आफै भेट्नु प-यो भने पनि पहिला विन्तीपत्र हाल्न लगाउने अनी भेट्ने चलन रहेछ । शैलजा राजालाई भेट्न तयार थिइन । तर विन्तीपत्र हाल्न किमार्थ तयार हुने छैनन् भन्ने बस्नेतले वुझेका थिए । दरवारले विन्तीपत्र हाल्न लगाएर भेट्ने वातावरण मिलाउ भनेको बस्नेतले मलाई सुनाए । तर मैले त्यस्तो काम शैलजाबाट हुन नसक्ने स्पष्ट पारे । ‘त्यस्तो किन ? भेट गर्न चाहने दरबार । अनि फेरी उहाँले दर्शनभेट गर्न चाहेको भन्ने ? यो वाहियात कुरा उहाँबाट होला भन्ने मलाई त लाग्दैन’ मेरो ठाडो जवाफ सुनेपछि बस्नेतले फेरि जसरी पनि मिलाउनु पर्छ भन्ने शैलीमा आग्रह गरे । शैलजालाई राजासँग भेट गराएर यो प्रक्रियालाई सफल बनाउने ठूलो सदिच्छा उनमा थियो । निकै आग्रह गरेपछि म सन्देश पु-याउनसम्म राजी भएँ । बस्नेत निवासवाट घर पनि फर्किइन । समय नलिई सोझै शैलजाको निवास पुगें र सबै कुरा सुनाएँ । मेरो कुरा सुनेपछि शैलजाको जवाफ आयो, ‘त्यस्तो त किन हुन्थ्यो र ? म सबैभन्दा पहिले यो कुरा पार्टी सभापति गिरिजा दाजुलाई सुनाउँछु । राजाले मलाई भेट गर्न बोलाएका छन् र जाँदैछु भनेर । मैले पार्टीको जानकारीमै उनलाई भेट गर्ने हो । दरबार गएर मलाई भेट गर्न चाहेको विषयबारे राजालाई जिज्ञासा राख्छु । फर्केर आएपछि सबैभन्दा पहिला तपाईँलाई बोलाउँछु । तपाईं र म सल्लाह गरौंला र पत्रकारहरूलाई बोलाएर सबै कुरा सार्वजनिक गरौंला ।’ मलाई उनको कुरा बडो चित्त बुझ्यो । फर्केर शैलजाले जे जसरी भनेकी थिइन्, सकेसम्म मात्रो नबिराई बस्नेतलाई सुनाएँ । उनले पनि दरबारमा यही कुरो ‘जाहेर’ गरे होलान् शायद । शैलजाको त्यो स्पष्ट दृष्टिकोण र राजालाई भेटेर प्रधानमन्त्री पाउने लालसारहित र आशक्तिरहित अडानबाट शायद दरबार झस्कियो । मेरो जानकारीमा भएसम्म निष्ठाकी प्रतिमूर्ति, सिद्धान्तनिष्ट शैलजाले तत्कालीन राजा ज्ञानेन्द्रसँग सभा, समारोहबाहेक एकान्तमा कहिल्यै भेट गर्नु परेन । प्रधानमन्त्री पदका लागि पटक–पटक दरबार धाएका समकालीन राजनीतिज्ञहरू पछि गणतन्त्रका ‘मसिहा’ भए । तर पदका लागि जे पनि गर्न हुन्छ भन्ने सिद्धान्तहीन र भ्रष्ट राजनीतिक माहोलमा शैलजाको त्यसबेलाको अडान र असन्तुष्टि कुनै एक व्यक्ति वा परिवारको शासनका लागि होइन, अकुण्ठित जनअधिकारका लागि उनले जीवन समर्पण गरेको आफ्नो आदर्श र सिद्धान्तप्रतिको निष्ठा थियो भन्ने कुरा कसैले बुझ्न चाहेन । उनी एक्लो वृहस्पति झूटा ठहरिन् । देश, जनता र प्रजातन्त्रप्रति नेपालका तत्कालीन निरंकुश राजाको ‘कु–दृष्टि’मा परिवर्तन नआएको सन्दर्भमा शैलजाको विचारले मुलुकको समस्या समाधान गथ्र्यो कि गर्दैनथियो, यो बेग्लै बहसको विषय हुनसक्ला, तर एक्लो वृहस्पति भएर पनि आफ्नो विचार र सिद्धान्तमा कसैसँग,कहिल्यै सम्झौता नगर्ने उनको निष्ठाप्रति हार्दिक नमन ।




प्रतिक्रिया


  1. image қазақстанның демографиялық жағдайы эссе

    алып кеткен сиқырды қайтар сколько стоит открыть сто в казахстане, можно ли открыть автосервис в частном доме купить автомагнитолу сони алматы, автомагнитолы алматы шежіре орта жүз айдабол

    Medikamente in Frankreich kaufen Amneal El Charco farmaci senza ricetta medica Svizzera

    I’m not that much of a internet reader to be honest but your sites really nice, keep it up! I'll go ahead and bookmark your site to come back later. All the best

    image medicijnen online kopen: een slimme keuze voor uw gezondheid Alter Paraná

    où acheter du médicaments sans prescription médicale Qualigen Villa Luzuriaga medicamentos en venta en línea

    image Online-Verkauf von Medikamente in Frankreich Pharmathen Moncton

    Kauf von Markenmedikamenten Mylan Novartis Schoonhoven farmaci disponibile senza ricetta: cosa sapere