जसले जीवनभर आर्थिक सङ्कटमा बाँच्नु परेको थियो । तर आफूसँग पैसा भएका बखत भने उनी बाटोमा भेटिने गरिब दुःखीलाई बाँड्दै रित्तो हात घर पुग्थे ।
नाम लक्ष्मीप्रसाद देवकोटा । तर सधै लक्ष्मीको अभाव । महाकवी देवकोटाको जीवनसंग यस्तै संयोग देखियो । वि.सं १९६५ को लक्ष्मी पूजाका दिन जन्मिएका देवकोटाले नेपाली सहित्यलाई जति दिए त्यो अद्भूत उनको अद्भूत देन हो । ५१ वर्षको उमेरमै २०१६ भदौ २९ गते उनको पशुपति आर्यघाटमा निधन भयो । पेटको क्यान्सरबाट पीडित महाकवीलाई काठमाडौं र कलकत्ताका अस्पतालहरुमा भर्ना गरी उपचार गरिए पनि निको नभएपछि अन्तिममा पशुपतिमा राखिएको थियो ।
मृत्युको अघि उनीसंग ठूलो ऋण थियो, त्यो ऋणका बिषयमा महाकवी चिन्तत थिए । २०१६ भदौ भदौ २९ गते निर्माण तथा सञ्चार मन्त्री गणेशमान सिंहले पशुपति आर्यघाट पुगी देवकोटासँग उनको अन्तिम इच्छाबारे सोधेका थिए । मन्त्री सिंहसंगको कुराकानीमा महाकवीले आफ्नो ऋण र छोराहरुको पढाइबारे चिन्ता व्यक्त गरे ।
यी उनै लक्ष्मीप्रसाद थिए जसले जीवनभर आर्थिक सङ्कटमा बाँच्नु परेको थियो । तर आफूसँग पैसा भएका बखत भने उनी बाटोमा भेटिने गरिब दुःखीलाई बाँड्दै रित्तो हात घर पुग्थे । मन्त्री सिंहसंगको अन्तिम कुराकानीमा देवकोटाले आफ्नो २२ हजार ऋण रहेको जानकारी गराए । सरकारले महाकवीको सम्मानमा उनको सबै ऋण तिर्नुका साथै दकिरिया खर्चका लागि ३ हजार उपलब्ध गराएको थियो । त्यसै गरी उनका दुई छोराहरु बालिग नभएसम्म उनीहरुको पढाईका लागि प्रति व्यक्ति मासिक एक सय रूपैयाँका दरले रकम उपलब्ध गराएको थियो ।
सरकारले महाकवीको सम्मानमा अपरान्ह्र २ वजे देखि सिंहदरवार सचिवालयका सबै अफिसमा विदा घोषणा ग¥यो भने सबै शिक्षण संस्था एक दिन बन्द गरिए । देवकोटाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बीपी कोइरालाले २०१६ भदौ ३० गते प्रतिनिधि सभा बैठकमा भनेका थिए— “नेपाली साहित्यजगत्का एक महान् विभूति महाकवि देवकोटाको असामयिक निधनबाट देशलाई ठूलो क्षति भएको छ । नेपालको सबभन्दा ठूलो साहित्यिक, मलाई त यो भन्नमा अत्युक्ति लाग्दैन कि नेपाली साहित्यको इतिहासको सबभन्दा ठूलो व्यक्तिको निधन भयो ।” प्रधानमन्त्रीले प्रतिनिधि सभा र महासभामा बैठक स्थगन प्रस्ताव राखेपछि दुवै सदनमा २ मिनेट मौन धारण गरेर महाकविप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
महाकविप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय गोरखा परिषद््का नेता मृगेन्द्रशमशेर राणाले भने, “देवकोटा नेपालको साहित्यिकजगत्को मात्र होइन कि नेपालभरको एउटा तारा हुनुहुन्थ्यो । उहाँको निधन भो भन्ने त मलाई लाग्दैन । त्यसैले आज हामी उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न आएका छौं भन्ने मलाई लाग्छ । त्यो विभूति हाम्रा अगाडि छैन । हामीमा ठूलो क्षति भएको छ । उहाँको मृत्यु भो भन्ने मलाई लाग्दैन उहाँ मर्नु भएको छैन । मर्नुहुने पनि छैन । जो मानिस १ करोड जनताको हृदयमा बसेको छ, त्यो मानिस मर्न सक्तैन, मर्ने छैन ।” नेपाल कम्युनिस्ट पार्टीका तुलसीलाल अमात्यले भने, “देवकोटाजीको निधनले हाम्रो देशको साहित्यलाई मात्र होइन, संसारको साहित्यलाई नै एउटा ठूलो धक्का दिएको छ ।”
That is very interesting, You're ann ecessively profesesional blogger. I have joinned ylur rrss fee and look forward too inn tthe hubt foor mode off yourr excellent post. Additionally,I've shared your website inn mmy social networks
Thank you ffor shariing yoour thoughts. I treuly appreciate your efforts and I will bee wwaiting foor your nex postt thannks onc again.