राजा वीरेन्द्रको खानामा बिफ परेपछि...

image

हिन्दु अघिराज्यका राजाले धर्मको ख्याल नगरेकाले अब राजतन्त्रका दिन छोटिए भनी बडागुरुज्यूले मसंगको भेटमा कुरा गर्नु भएको थियो -राजाको सुख, धर्म र प्रजापालनमा हुनु पर्नेमा अन्यथा हुन गएको छ । राजसंस्थाको भविश्य अब धेरै लामो छैन ।

हिन्दु अधिराज्य नेपालका राजा वीरेन्द्र इटलीको भ्रमण थिए । उनको सम्मानमा ओजित एउटा भोजमा बिफ (गाई–गोरुको मासु) परेछ । फर्किएपछि राजाले बडागुरु जूननाथ पण्डितसंग आफूले झुक्किएर बिफ खाएको प्रसंग उठाउदै के गर्ने भनेर सल्लाह मागे ।
राजा –झुक्कियो अव के गर्ने ? 
बडागुरु–अन्जानमा भएको भए गौदान गर्नु पर्छ सरकार । 
राजाले गौदान गरे ।

फेरी राजा जापानको भ्रमणमा थिए । उस्तै घटना दोहोरियो । फेरी उनको खानामा बिफ परेछ । राजा उही समस्या लिएर बडागुरु कहाँ पुगे ।  
राजा–बडागुरु फेरी उही घटना दोहोरियो । के गर्ने ? 
बडागुरु–पटक पटक यस्तो घटना दोहोरियो सरकार । मैले त यो गौदान लिन मिल्दैन । अरु कोहीबाट स्वस्ति शान्ति गराई वक्सियोस् । 
बडागुरुको कुरा दरवारलाई रचिकर लागेन । निष्ठावान् विद्धान उनी सत्य बोल्नबाट पछि हटेनन् । त्यो घटनाले दरवार  र उनका बिचमा खटपट शुरु भयो ।  
त्यसको केही समयपछि दोलखा भीमसेनको पसिना आयो । राजाले धर्मको ख्याल नगरेकाले अनिष्ट निम्तिएको अर्थमा त्यो घटनालाई लिइयो ।

अब राजतन्त्रका दिन छोटिए भनी बडागुरुज्यूले मसंगको भेटमा कुरा गर्नु भएको थियो । राजाको सुख, धर्म र प्रजापालनमा हुनु पर्नेमा अन्यथा हुन गएको छ । राजसंस्थाको भविश्य अब धेरै लामो छैन भनि उहाँले ठोकुवा नै गर्नु भएको थियो । 

(पूर्व प्रधानन्यायाधिस गोपाल पराजुलीको पुस्तक संयोगका पानाहरु, पृ.१२६ र १२७ बाट)
 

 




प्रतिक्रिया