विमान अपहरणका सत्ताइस मिनेट (भिडियो सहित)

घटनालगत्तै विराटनगरमा रहेका प्रहरी अधिकारीहरू एयरपोर्ट आए र सीधै त्यहीँबाट फारवीसगन्ज गए । त्यसबेला विराटनगरमा थलनाथ अधिकारी स्टेसन म्यानेजर थिए । उनी पनि काठमाडौँ जानका लागि हाम्रै जहाजमा थिए । उनले एक झोला आँप लगेका रहेछन् । जुन पैसा राखेको बाकसमाथि रहेछ । पैसा निकाल्न लाग्दा उनीहरूले आँप फालेछन् । प्रहरीहरू त्यही आँप खाएर फारवीसगन्जबाट फर्किए भन्ने कुरा त्यसबेलाका पत्रिकामा समेत छापिएको थियो ।

वि सं २०३० जेठ २८ गते बिहान सवा ७ बजे तत्कालीन शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान काठमाडौँबाट विराटनगरका लागि उड्यो । विमानमा आरके मानन्धर क्याप्टेन, म को-क्याप्टेन र जीबी राई सहयोगी थिए । एक घन्टाको उडानपछि सवा ८ बजे हामी विराटनगर पुग्यौँ । १५ मिनेटपछि काठमाडौँ उड्ने कार्यक्रम थियो ।


म ककपिटमै बसिरहेको थिएँ । दुई जना यात्रु जहाजमा चढे । एउटाले कालो ओभरकोट लगाएको थियो र हातमा पहेँलो कागजले बेरेको एक्सरे प्लेट बोकेको थियो । उनीहरू कहाँ बस्ने भनेर सल्लाह गर्दै थिए । मलाई लाग्यो, कस्ता रहेछन्, जहाँ बसे पनि त हुन्छ नि !
उनीहरू सरासर मेरो पछाडिको सिटमा आएर बसे । विराटनगरबाट काठमाडौँका लागि विमान उडेको करबि पाँच मिनेटपछि जहाज छ हजार फिटको उचाइमा थियो । काठमाडौँतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर 'गुड नाइट' भनेपछि पि|mक्वेन्सी अफ गरयिो अनि काठमाडौँका लागि सेट गरयिो । ठीक त्यहीबेला झर्‍याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्काले कञ्चटमा रभिल्वर तेस्र्याउँदै भन्यो, "बुझ्नु भो, हाइज्याक भनेको यही हो ।" हत्तपत्त मेरो हात कञ्चटमा तेस्र्याएको रभिल्वरतिर गयो । "के मजाक गरेको यो ?" मैले वाक्य पूरा गर्न पनि पाएको थिइनँ उसले भन्यो, "मेरो मतलब बुझ्नु भएन ! हामी कांग्रेसका कार्यकर्ता हौँ । हाम्रो नाममा वारेन्ट छ । तिम्रो राजाले हामीलाई धेरै सतायो । काठमाडौँ जाने बित्तिकै समाउँछ । त्यसैले हामीलाई यतै कतै ओराली देऊ ।"
त्यसपछि मैले कन्ट्रोलको जिम्मा क्याप्टेनलाई दिएँ, 'लेभल आउट' गरेँ, ता कि विमान त्यसभन्दा माथि नजाओस् । उनीहरूले विमान भारततर्फ लैजान भने । नजिकै भारतको वीरपुर एयरपोर्ट पथ्र्याे । हामीले भन्यौँ, "तिमीहरूलाई ओर्लिनु नै छ भने वीरपुरमा ओरालिदिन्छौँ ।" उनीहरूले मानेनन् । आफ्ना साथीहरू फारवेसगन्जमा भएकाले त्यतै जान भने । "कसरी जाने त ?" हाम्रो प्रश्नमा दुर्गा सुवेदीले नक्सा कोरेको एउटा कागज दिए । विराटनगर, कोसी नदी ब्यारेज अनि फारवेसगन्ज । त्यस दिशातिर यति मिनेट अनि यतातिर यति मिनेट जहाज उडाउने भनेर पनि लेखिएको थियो । 'हुन्छ' भनेर कोसी नदी 'फलो' गरेर अघि बढ्यौँ ।
विमानले कोसी ब्यारेज नाघ्यो । त्यसपछि दुर्गा सुवेदीले भने, "पूर्वतिर लैजानूस् ।" मैले केही गरी अझै दक्षिणतिर लिएर गयौँ भने त यिनीहरू हराउँछन् र फेर िपनि झुक्याएर काठमाडौँै लैजान सकिन्छ कि भन्ने कोसिस गरँे । पूर्वतिर लैजाने निर्णय गर्दागर्दै विमान चार हजार फिट तल आइपुग्यो । आकाशमा बादल थियो । बादल छल्न विमान तलमाथि गर्नु पर्‍यो । हामी चार हजार फिटभन्दा पनि तल झर्‍यौँ । घरी यता जाऊ, घर िउता जाऊ भन्छन् उनीहरू । हुँदा हँुदा हामी त दुई हजार फिट तल पुगेछौँ । जति तल गयो, त्यति टाढाको दृश्य देखिँदैन । उनीहरू धकेलेर यता जाऊ, उता जाऊ भनेर एकदमै दबाब दिन थाले । अति भएपछि मैले भनेँ, "ठीक छ तिमीहरूलाई विश्वास छैन भने म सिट छोडिदिन्छु आएर बस ।" तर, उनीहरूको व्यवहार भने राम्रै थियो ।
नक्सा मागेर हेरेँ । फर्किने ठाउँको निहँु बनाएर उनीहरूले दिएको नक्सा कसै गरी शाही नेपाल वायुसेवा निगमलाई दिन सकिन्छ कि भन्ने लाग्यो । दुर्गाको प्लान राम्रो रहेछ । उनले भने, "तपाईं चक्कर लगाएर माथि चढ्नूस् ।" दुई हजार फिटमा रहेको जहाज चार हजार फिटमा चढेपछि उनले ऊ त्यही हो भनेर माथिबाट ठाउँ देखाइदिए । त्यसपछि त जानैपर्‍यो । हामीले खाल्डाखुल्डी हुनसक्ने तर्क गर्‍यौँ । तर, उनीहरूले त पहिले नै तयारी गरेका रहेछन् । चुना राखेर सेन्टर लाइन पनि बनाएका रहेछन् ।
ल्यान्ड गरेपछि छेउमै रहेको गाईको बथानको बीचबाट एउटा जिप निस्िकयो र सीधै हामीतिर आयो । जिपबाट 'रोक्नूस्' भनेर जोडको आवाज आयो । ब्रेक जाम गरेर रोक्नुपर्‍यो । त्यसपछि जिपको ड्राइभर देखियो । जहाँसम्म मलाई लाग्छ ऊ कोइराला परविारको कुनै सदस्य हुनुपर्छ । उसले टाउको पछिल्तिर लुकायो ।
विमान रोकिएपछि ढोका खोल्न लाग्दा मात्र हामीले चाल पायौँ, अपहरणकारी त तीन जना पो रहेछन् । त्यसअघि हामीलाई दुई जना मात्र हुन् भन्ने लागेको थियो । जिपमा पाँच-सात जना मानिस थिए । बन्दुक पनि बोकेका थिए उनीहरूले । जिपमा आएका मध्ये एक जना विनोद अर्याल थिए, जसको देब्रे हातमा रभिल्वर थियो । उनीहरूले 'काम सकिने बित्तिकै इसारा गर्छौं, विमान उडाउनू, नत्र जहाज पड्काइदिन्छौँ' भने । एकको हातमा ह्यान्ड गि्रनेड थियो, अर्काको हातमा पिन नभएको गि्रनेड । अनि, दुई जनाको हातमा रभिल्वर ।
अपहरण गर्नेहरू ओर्लिएपछि विनोद अर्याल जहाजमा चढे । अगाडिपट्ट िराखिएका दुई बाकस निकाले । एउटा बाकस पछाडि पनि रहेछ । ३० लाख भारतीय रुपियाँ रहेका तीन बाकस निकालेपछि विनोदले रभिल्वर घुमाउँदै हामीलाई जान भने । फारवीसगन्जबाट हामी सीधै विराटनगरतिर उड्यौँ । हामीले आफूहरू अपहरणमा परेको, राष्ट्र ब्यांकको ३० लाख रुपियाँ लुटिएको तर यात्रुसहित हामी सुरक्षित तरकिाले पुनः विराटनगरतर्फ जाँदै गरेको जानकारी गरायौँ । त्यसबेला शानेवानिको एउटा विमान पटना जाँदै रहेछ । क्याप्टेन डीआर प्रधान थिए । उनले 'सबैतिर खबर गरििदन्छु' भने । हामी विराटनगरमा अवतरण गर्‍यौँ । अपहरणको यो घटना पूरा हुन २७ मिनेट लागेको थियो ।
विराटनगर पुगेपछि मैले यात्रुहरूको नाम सोध्दै तीन जना अपहरणकारीको नाम पत्ता लगाएँ । त्यसभन्दा अघि जहाज चढ्दा सुरक्षा जाँच गर्ने व्यवस्था थिएन । त्यसपछि मात्र सुरक्षा जाँच गर्न थालिएको हो । यही घटनापछि ब्यांकहरूले पैसा पठाउँदा जहाज चार्टर गरेर पठाउन थाले ।
घटनालगत्तै विराटनगरमा रहेका प्रहरी अधिकारीहरू एयरपोर्ट आए र सीधै त्यहीँबाट फारवीसगन्ज गए । त्यसबेला विराटनगरमा थलनाथ अधिकारी स्टेसन म्यानेजर थिए । उनी पनि काठमाडौँ जानका लागि हाम्रै जहाजमा थिए । उनले एक झोला आँप लगेका रहेछन् । जुन पैसा राखेको बाकसमाथि रहेछ । पैसा निकाल्न लाग्दा उनीहरूले आँप फालेछन् । प्रहरीहरू त्यही आँप खाएर फारवीसगन्जबाट फर्किए भन्ने कुरा त्यसबेलाका पत्रिकामा समेत छापिएको थियो । घटनापछि हामीलाई विमान उडाउन दिइएन । बेलुका ३ बजे काठमाडौँबाट विमान आएपछि त्यसैमा चढेर हामी काठमाडौँ फर्कियौँ । 
नेपाल साप्ताहिकमा प्रकाशित


प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |