नेपाली संसदमा पहिलो अवरोध : कारण गणेशमान सिंहको अभिव्यक्ति (भिडियो सहित)

कम्युनिस्ट पार्टी संसदीय दलका नेता तुलसीलाल अमात्यले भनेका छन्, “संसद् भित्र र बाहिर आन्दोलनका रुपमा पनि हामीले असरदार भूमिका खेल्यौं । फेरि पनि संसद्भित्र कुनै हुलहुज्जत गर्ने काम गरेनौं । न रोस्ट्रम कब्जा ग-यो न त नाराबाजी नै, न माइक तोड्यौं । 

२०५४ देखि २०७६ सम्म नियमित रुपमा संसदको रिपोटिङ गरे । यसक्रममा सरकारमा प्रतिनिधि मन्त्री उपस्थित नभएका कारण धेरै पटक संसद् चल्न नसकेको देखेको छु । संसद्मा मन्त्री नदेखेपछि सत्ता पक्षका सचेतकहरु असिनपसिन भएर मन्त्रीलाई फोन गर्न व्यस्त भएका धेरै घटनाको साक्षी म  आफै छु । 
यो क्रम अझ जारी नै छ । बैठक चलिरहदा  संसद् भवनमा अधिकांश सिट खाली हुनुलाई हिजोआज सामान्य मान्न थालिएको छ । 
तर, पहिलो संसद् (२०१५) को कार्यकालभर बैठक सुरू हुनुअगि ग्यालरी बैठकभित्र छिरेका सांसदहरु बैठक नसकिउन्जेल बाहिरिदैनथे । प्रधानमन्त्री बीपी स्वयंले संसद्लाई निक्कै महत्व दिएका थिए । उनी सम्भव भएसम्म प्रायः सबै बैठकमा सहभागी हुन्थे र सांसदका प्रश्नको जबाफ आफै  दिन्थे । विपक्षी र सत्ता पक्षबीच हिजोआज जस्तो कटुता थिएन । बैठकमा सधैं ९० प्रतिशतभन्दा बढी सांसदको हाजिरी हुन्थ्यो । 

 कम्युनिस्ट पार्टी संसदीय दलका नेता तुलसीलाल अमात्यले भनेका छन्, “संसद् भित्र र बाहिर आन्दोलनका रुपमा पनि हामीले असरदार भूमिका खेल्यौं । फेरि पनि संसद्भित्र कुनै हुलहुज्जत गर्ने काम गरेनौं । न रोस्ट्रम कब्जा ग-यो न त नाराबाजी नै, न माइक तोड्यौं । 
मुलुकको पहिलो निर्वाचित संसद डेढ वर्ष चल्यो । तर एक दिन मात्र विपक्षीहरुले बहिष्कार गरे । विपक्षी दलका नेता भरतशमशेरले भनेका छन्, “सभामुखलाई घेर्ने, नारा लगाएर कार्यविधि अड्काउने, अर्काले बोल्दा अवरोध गर्ने वा कुनै प्रकारले संसद् चल्न नदिने प्रचलन पटक्कै थिएन । एक पटक मात्र विरोधी सांसदहरुले कारण देखाएर संसद् बहिष्कार गरे । त्यो पनि केवल आधा घण्टाको निमित्त ।” 
मुलुकमा संसदीय अभ्यासको प्रारम्भ २०१६ असार १६ गतेबाट भयो । त्यसको ठीक एक महिनापछि साउन १६ गते एक दिन मात्र विपक्षीहरुले संसद् बहिष्कार गरे । निर्माण तथा सञ्चार मन्त्री गणेशमान सिंह प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको बहसका क्रममा सांसदहरुले उठाएका प्रश्नको जबाफ दिदै थिए । उनले विपक्षी गोरखा परिषदका नेता मृगेन्द्रशमशेर राणातर्फ औंल्याउँदै भने, “पारिपट्टि (देब्रेतिरका विपक्षी) लहरका सदस्यहरुको १०४ वर्षे कालो शासनले देश उठ्न सकेको छैन ।” सिंहको त्यो भनाइमा विपक्षीहरुले आपत्ति जनाउँदै फिर्ता गर्न माग गरे ।

मन्त्री सिंहको प्रतिवाद गर्दै गोरखा परिषदका बेनीबहादुर कार्कीले सत्ता पक्षका उपप्रधानमन्त्री सुवर्णशमशेर राणातिर सङ्केत गर्दै भने, “आफ्नो साथमा बस्ने सदस्यहरुको मुख पनि हेर्दा हुन्छ नि मन्त्रीजी !” मन्त्री नै व्यक्तिगत आक्षेपमा ओर्लिएको भन्दै उनले आक्षेप लगाउने त्यो भनाइ फिर्ता गर्न माग राखे । मन्त्री सिंहले भनिदिए ‘फिर्ता लिन्नँ, भन्न पाउने मेरो पनि अधिकार छ ।’

अनी विपक्षीले संसद् बहिष्कार गरे । 

 


प्रतिक्रिया


  1. Si deux wilds apparaissent sur les rouleaux pendant le jeu de base et ne parviennent pas à couvrir la totalité du rouleau, comment gagner en dragon s luck le bonus de bienvenue.

    En obtenant trois symboles "Chance" qui apparaissent sur les rouleaux 1, 3 et 5, le "roue de la chance" se lance.

    Nous nous assurons également que tous les avis sont publiés sans modération.

    I've been looking for a reliable way to convert SoundCloud into MP3, and thanks to this post, I finally found it. I appreciate your detailed explanation. do private playlists show up on spotify

    This text is priceless. Where ccan I find out more? - Bouncy Castle Rental in Singapore - https://yoursocialpeople.com/story2797016/bouncy-castle-rental-in-singapore

    vale la pena no olvidar que la red https://baltimorepropainting.com/ ggpoker network puede ser instalado directamente en la página web de cada Skin, a no desde tienda móvil.

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |