अन्वेषण : मात्र अनुसन्धानमूलक समाचार (भिडियो सहित)

२०४६ सालको राजनीतिक परिवर्तन पछि पत्रकारितामा हुर्किएको मेरो पुस्ताका लागि नेपालमा विकसित घटनाक्रम ऐतिहासिक छन् । ति अनुभवलाई संग्रह गर्न सकियो भने भावी पुस्ताका लागि उपयोगी हुन सक्छ । 

अन्वेषण शुरुवात गरेपछि शुभचिन्तकहरुबाट पाएको माया, सल्लाह र सुझावले उत्साहित बनाएको छ । अन्वेषण मेरो व्यक्तिगत व्लगमा रहेका समाग्रीलाई व्यवस्थित गर्ने क्रममा आएको आईडियो हो । दुई दशक भन्दा लामो पत्रकारिता जीवनका क्रममा थुप्रै ऐतिहासिक व्यक्तित्वहरुसंग अन्तकृया र सम्वाद गर्ने अवसर पाए । मुलुकको राजनीतिक, सामाजिक विषय बस्तुमा अध्ययन गर्ने र वुझ्ने अवसर मिल्यो । शुरु देखि नै रिपोटिङमा जाँदा होस् वा कसैलाई भेट्दा, विषय वस्तुमा चासो राख्ने वानी छ । मेरो पत्रकारिता जिवनका अनुभव र यसक्रममा अलि अलि गर्दै जम्मा भएका कागजात, अडिओ, भिडियो यत्र तत्र छन् । २०४६ सालको राजनीतिक परिवर्तन पछि पत्रकारितामा हुर्किएको मेरो पुस्ताका लागि नेपालमा विकसित घटनाक्रम ऐतिहासिक छन् । ति अनुभवलाई संग्रह गर्न सकियो भने भावी पुस्ताका लागि उपयोगी हुन सक्छ भन्ने ठानेर व्लग शुरु गरेको थिए । केही वर्षको अन्तरालमा भाई रजनीस भण्डारीले सन् २००९ मा बनाई दिएको व्लग अप्रयाप्त लाग्न थाल्यो ।

अनुसन्धानमूलक काम गरौ भन्ने हुटहुटी हुदा हुदै पनि जिवीका चलाउनु पर्ने वाध्यताका कारण कान्तिपुर टेलिभिजन छोड्न सकिन । जागिरमा धेरै समय विताउनु पर्ने भएकाले आफ्नो रुचि अनुरुपको कामका लागि समय दिन सकिन । तर पनि प्राय साप्ताहिक विदाको दिन (विहिवार) कसै न कसैलाई भेट्ने रुटिन बनाएको थिए । दाई मानवहादुर थापासंगको सहकार्यमा व्यक्तिगत पहलमा हामीले धेरै ऐतिहासिक व्यक्तित्वहरुसंग भिडियो अन्तवार्ता लिएका छौ । केही डकुमेन्ट्री बनेका छन्, केही बन्ने क्रममा छन् । त्यहाँ प्रयोग नभएका कैयौं ऐतिहासिक तथ्य पनि नेपाली इतिहासका लागि महत्वपूर्ण छन् । 

समाचार कक्षमा गर्ने रुटिन काम छोड्न चाहेर पनि निर्णय लिन सकिरहेको थिइन । अन्तत २०७६ असार मसान्तदेखि लागु हुने गरी कान्तिपुर टेलिभिजनमा राजिनामा गरे । 
केही वर्ष यता अतुल कोइराला, मानवहादुर थापा, ओमा कार्की, गोपाल कार्की सहित हाम्रो टिमले यो अभियान अघि वढायो । झण्डै तीन दर्जन भन्दा वढी ऐतिहासिक व्यक्तित्वहरुसंग घण्टौं अन्तवार्ता लियौ । व्यक्तिगत रुचिमा गरिएको यो अभियान अघि वढाउन अत्यन्त सिमित साधन श्रोतमा हामी यी काम गरिरहेका छौ । कोरोना महामारी शुरु भए यता झण्डै झण्डै फिल्डमा गएर काम गर्न सकेका छैनौ । 
जम्मा भएका सबै समाग्री नेपालको इतिहास र समाज वुझ्न महत्वपूर्ण छन् । ति अंश क्रमश पोष्ट गर्दै जाने छु । 
अहिले भने अन्वेषणले गर्ने अनुन्सान्धानको वेस लाईनका लागि हाम्रो टिमले तयार गरेको यो भिडियो । समस्त शुभचिन्तकहरुललाई अन्वेषण टिम के गर्न खोजि रहेको छ भन्ने वुझ्न यसले मद्दत गर्ने छ । हामी यस्ता समाचार वा विषय बस्तु प्रस्तुत गर्न चाहन्छौ जो कहिल्यै वासी नहुन् । अन्वेषणमा प्रकाशित समाग्री अनुसन्धानकर्मी, नेपाली इतिहास र समाज वुझ्न चाहनेहरुका लागि उपयोगी हुन सक्छ । 

 

 

 


प्रतिक्रिया


  1. farmaci a prezzo competitivo a Roma Almus Alost (Aalst) acquistare farmaci online

    Good day! I just wish to offer you a huge thumbs up for your excellent info you have right here on this post. I'll be coming back to your website for more soon.

    наснилося що пірнаю в глибину сниться відьма у вікні скрайбінг фотографій сонник сіре кошеня в ліжку

    детский психолог уфа

    Kauf von Medikamente in Peru Mochida Gallneukirchen Pharmacie en ligne pour acheter médicaments en toute fiabilité en France

    medicamentos recomendado por médicos en Colombia Pharmakern Courbevoie prix du médicaments à Marseille

    Lavonne n Family, So sorry to hear bout ur dad <a href=https://enhanceyourlife.mom/>priligy walgreens</a> 016 PMID 22743009 PMCID 3397298

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |