सत्ताको बागडोर सम्हाले पछि सिंहले घोषणा गरेका थिए— ‘म पहिले भ्रष्टाचार निर्मूल पार्छु । त्यसपछि आमचुनाव गराउँछु ।’ पदबाट हटेपछि उनी भन्न थाले— ‘मेरो पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल पत्ता लगाउँदै गएँ । जाँदा जाँदा म त राजदरबारको मूल ढोकामै पो पुगें । जुन दिन म त्यहाँ पुगें । मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्नुप-यो ।’
एक सय चार वर्षे राणा शासनको अन्त्यसंगै रोलक्रममा राणाहरुमात्र प्रधानमन्त्री बन्न पाउने प्रथा उन्मुलन भयो । अनी अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरकै नेतृत्वमा बनेको संयुक्त सरकार पनि टिक्न सकेन । राणा कांग्रेस सरकार पतन भए लगत्तै पहिलो पटक मातृकाप्रसाद कोइराला जनताको छोराका हैसियतमा प्रधानमन्त्री बने । उनकै कार्यकालमा राणा शाही अन्त्य भएको ११ महिनामै नेपाली राजनीतिमा पहिलो अर्को विद्रोहको घटना भयो ।
२००७ सालको क्रान्ति सफल भएपनि नेपाली कांग्रेस भित्रै डा. केआई सिंह लगायतको एउटा समुह असन्तुष्ट थियो । खासगरी त्यो क्रान्तिको अन्त्यका लागि दिल्लीमा भएको संझौताबाट असन्तुष्टहरुको नेतृत्व सिंहले गरिरहेका थिए ।
कांग्रेसको नेतृत्वले क्रान्ति रोक्न आदेश दिदा समेत सिंहले आफू कमाण्डर रहेको भैरहवा मोर्चामा युद्व रोक्न मानेनन् । जवकी उनको पार्टी कांग्रेस सत्तामा थियो ।
त्यही घटनालाई लिएर सिंहलाई भारतीय सैनिकको सहयोगमा २००७ साल फागुन ११ मा पक्राउ गरी भैरहवामा थुनियो । २००८ असारमा उनी जेल ताडेर फरार भए ।
इतिहासकार डा. भवेश्वर पंगेनीका अनुसार सरकारले सिंहलाई ‘डाँकु’ घोषणा गर्दै पक्राउ गर्ने व्यक्तिलाई ५ हजार इनाम दिने घोषणा ग¥यो । भैरहवा जेलबाट भोगेका सिंह २००८ साउन २२ मा बागलुङ र प्युठानको सिमा क्षेत्र ढोरपाटन क्षेत्रबाट पुनः पक्राउ परे । अनी पाल्पा हुदै उनलाई काठमाडौंमा वन्दी वनाइयो ।
आफूलाई अपमानजनक रुपमा थुनामा राखिएको प्रतिशोध साध्न रक्षा दलका जवानहरुलाई प्रयोग गरेर २००८ माघ ८ गते राति सिंहले आफ्नो नेतृत्वमा सिंहदरवार कव्जा गरे । काठमाडौंमा त्यो घटनाले यति सनसनी मच्चियो की, प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सहित प्रायः मन्त्रीहरु भागेर नारायणहिटी दरवार पुगे ।
इतिहासकार डा. भवेश्वर पंगेनीका अनुसार सिंहदरवार कव्जा गरेकै दिन विद्रोहीहरुले सिंहलाई प्रधानामन्त्री घोषणा गरे । पंगेनीले त्यो घोषणा सिंहका समर्थकको क्षणिक चाहना मात्र भएको पनि उल्लेख गरेका छन् ।
चौविस घण्टा सिंहदरवार कव्जा गर्दा सिंहले राजा त्रिभुवनसंग पटक पटक सम्वादको प्रयास गरे । प्रधानमन्त्रीबाट मातृकाप्रसादलाई हटाएर सर्वदलीय सरकार बनाउनु पर्ने उनको माग थियो । तर परिस्थिती प्रतिकूल बनेर धेरैको ज्यान जान सक्ने अवस्था देखेर सिंह आफ्ना सहयोगीका साथ सिंहदरवारबाट वाहिरिए । अनी भूमिगत शैलीमा फरार भए ।
त्यो घटनापछि सरकारले सिंहलाई देशद्रोही घोषणा गरी पक्राउ आदेश जारी ग¥यो । सिंहलाई खान बस्न नदिनु भन्ने उर्दि सहितको पर्चा हेलिकप्टरबाट काठमाडौं उपत्यका आसपासमा छर्न लगाइयो । तर पनि उनी सेनाको घेराबाट उम्केर तिव्वत पुग्न सफल भए ।
त्यसपछिका चार वर्ष चीनमा निवार्सित जीवन विताए । त्यसक्रममा उनले आफू राजा र देश प्रति वफादार रहेको बिन्तीपत्र चढाई सकेका थिए । त्यही बिन्तीपत्रलाई आधार मानेर राजा महेन्द्रले २०१२ भदौ २७ मा सिंहलाई आममाफी दिई नेपाल बोलाए । स्वदेश फर्किने क्रममा बाटोमा उनको भव्य स्वागत गर्ने प्रवन्ध पनि मिलाइयो । त्यो काममा राजा महेन्द्रले आफ्ना विश्वासपात्रहरु खटाएका थिए ।
राजा महेन्द्रकै सदासयता र सहयोगमा सिंहले संयुक्त प्रजातन्त्र पार्टी खोले । देश दौडाहा गरे र २०१४ असार ३१ मा राजाबाट प्रधानमन्त्री मनोनीत भए । यसरी सिंहदरवार कव्जा गरेको छ वर्ष पछि सिंह प्रधानमन्त्रीको हैसियतमा फेरी सिंहदरवामा पुगे ।
तर उनको कार्यकाल भने लामो हुन सकेन । तीन महिना उनले सत्ता छोड्नु प-यो । सत्ताको बागडोर सम्हाले पछि सिंहले घोषणा गरेका थिए— ‘म पहिले भ्रष्टाचार निर्मूल पार्छु । त्यसपछि आमचुनाव गराउँछु ।’ पदबाट हटेपछि उनी भन्न थाले— ‘मेरो पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल पत्ता लगाउँदै गएँ । जाँदा जाँदा म त राजदरबारको मूल ढोकामै पो पुगें । जुन दिन म त्यहाँ पुगें । मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्नुप-यो ।’
प्रतिक्रिया