टेलिकमको निर्वाचन अफर

image

निर्वाचनका बेला सूचना आदानप्रदान गर्न सहज होस् भनेर मोबाइल प्रयोगकर्तालाई लक्षित गरी टेलिकमले यो अफर उपलब्ध गराएको छ। 

यही मंसिर ४ मा हुने संघीय र प्रदेशसभा निर्वाचनको अवसर पारेर नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । सर्वसाधारणलाई निर्वाचनका बेला सूचना आदानप्रदान गर्न सहज होस् भनेर मोबाइल प्रयोगकर्तालाई लक्षित गरी टेलिकमले यो अफर उपलब्ध गराएको छ। 

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ। 

यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ। एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ। 

यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ। 

यो अफर कात्तिक २७  देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध छ। 

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ। निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ। 




प्रतिक्रिया