प्रसंग २०४१ सालतिरको हो । दसैंतिहार सकेर कांग्रेसका शीर्ष नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको टोली पश्चिम नेपालको भ्रमणमा थियो । स्थानीय कार्यकर्ताले भने– ‘मायाटारमा एक जना ज्योतिष छन् । खुब मिलाउँछन् । भोलिपल्ट बिहानै नेताहरू ज्योतिष कहाँ जाने कार्यक्रम बन्यो । ज्योतिषले भट्टराईलाई भनेका थिए – तपाईं सिंहदरबारमा सुनको थुप्रोमाथि बस्नुहुनेछ । नभन्दै त्यसको पाच वर्षपछि भट्टराई प्रधानमन्त्री बने । गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले ग्रहदशा देखाउने चाहना राखेनन् । अनि पालो आयो देउवाको । उनको ग्रहदशा हेर्दै ज्योतिषीले भनेका थिए तपाई मुख्यमन्त्री हुनुहुनेछ । सत्ता तपाईँकै वरपर घुमी रहनेछ ।
अघिल्लो (२०७४) संसदीय निर्वाचनका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्ने गर्थे( नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री हुनेछन् । अब कांग्रेसको औचित्य समाप्त भइसक्यो । ओली प्रायः भन्ने गर्थे कांग्रेसको चुनावी मुद्दा र विचार केही छैन । ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री हुन्छौ भनेका छन् । हामी नै जित्छौँ भन्दै हिँडेका छन् । ज्योतिषीले मत दिने हो र ? जनताले कांग्रेसलाई हराइसके । निर्वाचन अवधिभर ओलीको अभिव्यक्ति चर्चाको शिखरमा त रह्यो नै चुनावी परिणामले समेत उनैको भनाइलाई पुष्टि गरिदियो । नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनले करिव करिव दुई तिहाइ स्थानमा अपार विजय पाउँदा नेपाली कांग्रेस संसद्को विशेष अधिवेशन बोलाउन वा प्रधानमन्त्री उपर अविश्वासको प्रस्ताव राख्न आवश्यक एक चौथाइभन्दा कम स्थानमा सीमित हुनपुग्यो ।
चार पटक प्रधानमन्त्री भएका कांग्रेस सभापति देउवा आफूले त निर्वाचन जिते तर उनको पार्टी भने कम्युनिस्ट गठबन्धन र देउवाका गलत निर्णय खासगरी प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग र प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका कारण कमजोर बन्न पुग्यो । लोकतन्त्रका लागि दुर्भाग्य नै मान्नु पर्छ दुई तिहाईको अपार सफलता पाएको कम्युनिष्ट गठवन्धनले संसदको पुरा कार्यकाल सरकार चलाउन असफल भयो । कुनै दिन नेपाली कांग्रेसका तर्फबाट अन्तिम प्रधानमन्त्री भनेर आफैले प्रचार गरेका देउवालाई सत्ताको साँचो वुझाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुनबाट रोक्ने रणनीतिमा ओलीले सर्वाधिक शक्ति लगाउनु प-यो ।
देउवाका ज्योतिष सुरेशचन्द्र रिजाल
संसदीय व्यवस्थामा दुई तिहाई बहुमतको सरकार पतन भएर एक तिहाई सदस्य नरहेको कांग्रेस पार्टीका नेता देउवा पाँचौ कार्यकालका लागि प्रधानमन्त्री हुनु पनि एउटा नेपाली राजनीतिको आश्चर्यजनक मोड हो । यो घटनाले आम मानिसलाई सोच्न बाध्य बनाई दियो । के ज्योतिषीको भविष्यवाणी जनमतभन्दा बलियो हुनेहो त ?
आगामी २०७९ मंसिरमा हुने चुनाव पनि देउवाका लागि सहज देखिएको छ । सत्ता गठवन्धनका कारण छैठौं पटक देउवाको सत्तारोहणलाई चुनौती दिन सहज देखिदैन ।
देउवाको सत्तारोहणलाई एकपकट फर्केर हेरौँ १
आफैंले गराएको मध्यावधि निर्वाचन -२०५१- मा कांग्रेसले बहुमत ल्याउननसकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतामा उमेदवारी नै दिएनन् । त्यसको लाभ त्यति बेलाका युवा भनिने पुस्ताका देउवालाई भयो । समकक्षी शैलजा आचार्य र रामचन्द्र पौडेललाई उछिनेर उनी दलको नेता बने ।
त्यसको केही समयपछि मुलुकका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले आफूविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्ताव सामना गर्नुको साँटो सदनै भंग गरिदिए । अल्पमतको सरकारको त्यो कदम असंवैधानिक भएको दाबीसहित देउवा सर्वोच्च अदालत पुगे ।
विसं २०५२ भदौ १२ गते सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक घोषणा गरी खारेज गरिदियो । अनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको समर्थनमा देउवा पहिलो पटक प्रधानमन्त्री बने ।
देउवाको अठार महिने कार्यकालमा संसदीय व्यवस्था निकै बदनाम भयो । छ छ महिनामा मन्त्रिपरिषद् पुनर्गठन भइरह्यो । सरकार टिकाउन, सांसदको किनबेचदेखि उनीहरूलाई होटलमा थुन्ने र मन्त्रीहरूलाई बैंकक पठाउनेजस्ता क्रियाकलाप भए । अन्ततः आफ्नै पार्टीका दुई सांसद मतदानमा ९विश्वासको मत लिँदा० अनुपस्थित भएका कारण उनको सरकार ढल्यो । उनको पहिलो प्रधानमन्त्रीकालमा संसदीय व्यवस्था विकृत भयो । तर देउवा आफू भने राष्ट्रिय राजनीतिमा स्थापित भए ।
विसं २०५६ को संसदीय निर्वाचनमा जनताले कांग्रेसलाई बहुमत दिए ।परन्तु, सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको झगडाले देउवालाई नै फाइदा भयो । भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर चुनावमा गएको थियो कांग्रेस । तर,जसको नाममा मत मागिएको हो उसैलाई सरकार बनाएको नौ महिनामै अपमानजनकरुपमा सत्ताच्युत गरी सभापति कोइराला प्रधानमन्त्री बने ।
यस घटनाबाटभट्टराई कोइरालासँग रिसाएका थिए । पार्टीको आन्तरिक कलह चुलीमा थियो र माओवादी विद्रोह पनि । दरबार र माओवादी दुवै कोइरालालाई कमजोर बनाउन चाहन्थे । कांग्रेसको आन्तरिक कलहले बलेको आगोमा घिउ थपिदियो । विसं २०५८ असारसम्म आईपुग्दा कोइरालालाई सत्ताच्युत गर्ने मिसनमा दरवार, माओवादीमात्र होइन कांग्रेसभित्र भट्टराई र देउवा समेत सक्रिय भए । माओवादीले असारको अन्तिम साता रोल्पाको होलेरीमा आक्रमण गरेपछि वातावरण कति धमिलोबन्यो भने कोइराला राजीनामा गर्न बाध्य भए ।
त्यही घटनाक्रमबाट दोस्रो पटक प्रधानमन्त्रीका रुपमा देउवाको सत्तारोहण भयो । दरबार कांग्रेसभित्र विवाद चर्काएर आफ्नो शक्ति बढाउने रणनीतिमा थियो । देउवासँग उसको सहकार्य कोइरालालाई हटाउने विन्दुसम्ममात्र थियो । यसैले २०५९ जेठ ९ गते देउवामार्फत सदन भंग गराउन सफल भएपछि दरबारका लागि उनको उपयोगिता समाप्त भइसकेको थियो । फलस्वरुप २०५९ असोज १८ गते निर्वाचन गराउन अक्षम भएको अरोपमा देउवालाई अपदस्थ गरी तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो चाहनाअनुरूप सरकार बनाउने र विघटन गर्ने खेल सुरु गरे । यस क्रममा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र फेरिशेरबहादुर देउवालाई राजाले प्रधानमन्त्री बनाए ।
अनि २०६१ मघ १९ मा देउवालाई बर्खास्त गरी राजाले आफ्नै अध्यक्षतामा सरकार गठन गरे । त्यसपछि मात्र आफूलाई दरबारले प्रयोग गरेको महसुस देउवालाई भयो । अनि देउवाको पार्टी पनि संसद्वादी दलले चलाएको आन्दोलनमा मिसियो । त्यही जनआन्दोलनको बलमा संसद् पुनःस्थापना मात्र भएन, संविधान सभा निर्वाचनसमेत गरियो । अनि राजतन्त्र अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भयो ।
दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि देउवा चौथो कार्यकालका लागि सत्तामा पुगे । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन उनकै कार्यकालमा भयो । तर कांग्रेस भने नराम्रोसँग पराजित भयो ।
पटकपटक अवसर पाए पनि इतिहासमा देउवाले छवि सुधार्ने प्रयत्न गरेनन् । तैपनि,सत्ता उनकै वरपर घुमिरह्यो ।
आखिर यसको रहस्य के छ त ? साँच्चै उनी राजग्रहमा जन्मेकाले यो अवसर पाएका हुन् त ?
प्रसंग २०४१ सालतिरको हो । दसैंतिहार सकेर कांग्रेसका शीर्ष नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई रगिरिजाप्रसाद कोइरालाको टोली पश्चिम नेपालको भ्रमणमा थियो । पार्टीले निकट भविष्यमै सुरु गर्नेसत्याग्रहको तयारी दौडाहाको प्रमुख कारण थियो । टोलीमा शेरवहादुर देउवा पनि थिए । पोखरा हुँदै स्याङजा पुगेका नेताहरूलाई स्थानीय कार्यकर्ताले भने– ‘मायाटारमा एक जना ज्योतिष छन् । खुब मिलाउँछन् । एकपटक जाने किरु कार्यवाहक सभापतिले चासो देखाए । त्यो भ्रमण दलका एक सदस्य पूर्वमन्त्री रामकृष्ण ताम्राकारले २०६५ सालमा लेखकलाई त्यस दिनको कुराकानी विस्तृतमा सुनाएका थिए ।
भट्टराई -त्यस्तो मिलाउने ज्योतिष छन् भने त देखाउनै पर्यो । कि कसो बाबु ?
कार्यकर्ता - हो किसुनजी १ लाहुरेहरूको त भिडै लाग्छ ।
भोलिपल्ट बिहानै कुवेर शर्माको ल्यान्डरोभर गाडीमा नेताहरू ज्योतिष कहाँ जाने कार्यक्रम बन्यो ।
यस प्रसंगमा कुवेर शर्मा आफ्नो स्मरणमा लेख्छन् – त्यस दिन ज्योतिषले भट्टराईलाई भनेका थिए – तपाईं सिंहदरबारमा सुनको थुप्रोमाथि बस्नुहुनेछ । तर अहिले बाटोमा एउटा सानो खड्गो छ । नभन्दै त्यसको पाच“ वर्षपछि भट्टराई प्रधानमन्त्री बने ।
विसं २०४६ सालको जनआन्दोलन सफल भएलगत्तैको कुरा हो । विसं २०४७ वैशाख ६ गते राजा वीरेन्द्रले भट्टराईको अध्यक्षतामा अन्तरिम मन्त्रीमण्डल घोषणा गरे ।
अनि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामा उनको चर्चा चुलियो । सिद्धान्तबमोजिम सादगीपूर्ण जीवनयापन गर्ने भट्टराईसँग सम्पत्तिको नाममा पानी राख्ने माटाको एउटा सुराही, एउटा छाता, केही पुस्तक र एउटा बाकसबाहेक केही छैन ।
दोस्रो पटक २०५६ मा जीवनकालमै पहिलो पटक चुनाव जितेर भट्टराई प्रधानमन्त्री भए । ज्योतिषीले भने झैँ सुनको थुप्रोमै बसे तर सिंहदरबारबाट बेदाग बाहिरिए ।
स्याङजाका ती ज्योतिषलाई गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले ग्रहदशा देखाउने चाहना राखेनन् । अनि पालो आयो देउवाको । उनको ग्रहदशा हेर्दै ज्योतिषीले भनेका थिए तपाई मुख्यमन्त्री हुनुहुनेछ । सत्ता तपाईँकै वरपर घुमी रहनेछ ।
त्यसयता देउवाले ज्योतिषीमा औधि विश्वास राख्दै आएको चर्चा कांग्रेसी वृत्तमा चल्ने गर्छ । ज्योतिषीको सल्लाहबमोजिम हातमा औँठी लाउन छुटाउँदैनन् उनी ।
राजनीति सम्भावनाको खेल हो । वर्तमान राजनीतिक समीकरणमा आश्चर्यजनक फेरबदल नभए देउवालाई उनले नचहेसम्म छैठौं कार्यकालका लागि प्रधानमन्त्री हुनबाट रोक्न सहज देखिदैन ।
प्रतिक्रिया