इतिहास : सात - सात पटक संसद विघटन

image

नेपालको संसदीय इतिहासमा सात पटक संसद विघटनका घटना भए । संयोग नै मान्नु पर्छ पहिलो पटक सदन विघटन हुदा नेपाली कांग्रेसको दुई तिहाई वहुमत थियो भने अन्तिम विघटन अघि नेपाल कम्युनिष्ट पार्टीको ।

 
पहिलो 
इतिहासमा पहिलो पटक नेपाली जनताले २०१५ सालमा संसदका लागि मतदान गरे । नेपाली कांग्रेस दुई तिहाई वहुमतका साथ विजयी भयो । बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । तर जनताका प्रतिनिधिले काम गर्न नपाउदै १८ महिनाकै अवधिमा राजा महेन्द्रले २०१७ साल पुष १ गते सैन्य वलमा बीपी नेतृत्वको सरकार र संसद भंग गरी निरंकुश पञ्चायती शासन शुरु गरे । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीलाई विनापूर्जी पक्राउ गरी ८ वर्ष जेल हालियो । राजनीतिक दलहरु माथि प्रतिवन्ध लगाइयो । नागरिक स्वतन्त्रता हरण गरी ३० वर्षसम्म निरंकुश पञ्चायती व्यवस्था चलाइयो । 

दोस्रो 
२०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त्य भयो । अनी २०४८ को आमनिर्वाचनबाट नेपाली कांग्रेसको बहुमतको सरकार गठन भयो । तर पार्टीको आन्तरिक किचलोका कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ मा संसद विघटन गरी मुलुकलाई मध्यावधि चुनावमा धकले ।  त्यो विघटन विरुद्ध परेको मुद्धामा सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिस सदर गरिदियो । मध्यावधि चुनाव भयो, २०५१ कात्तिक २९ मा । नेकपा एमाले संसदको ठूलो दलका रुपमा उदायो। अनी नेकपा एमालेको अल्पमतको सरकार बन्यो । जनताबाट निर्वाचित पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए मनमोहन अधिकारी । आफू विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि अधिकारीले संसद भंग गरी मध्यावधि सिफारिस गरे । 
त्यो विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्धा पर्यो । प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको विशेष प्रतिनिधिसभा पुनस्र्थापनको फैसला गर्दै अधिकारीको सिफारिस वदर गरिदियो । 

तेस्रो 
एमालेको सरकार पतन भएपछि नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भए । संसदमा कुनै पार्टीको वहुमत थिएन । सरकार बनाउने र गिराउने अभ्यास मौलायो । 

२०५४ पुस २४ मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संसद् विघटनको सिफारिस गरे । राजा वीरेन्द्रले सर्वोच्च अदालतको राय वमोजिम  सिफारिस कार्यान्वयन गरेनन् । यसरी प्रधानमन्त्री थापाले गरेको संसद विघटनको सिफारिस असफल भयो । अनी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।

चौथो 
२०५१ को मध्यावधिपछि संसदीय व्यवस्था वदनाम भएको थियो । सांसदहरु खसी बोका जस्तै विक्रि भैरहेका थिए । सांसदहरुलाई भन्सार छुटमा महंगा गाडी किन्न दिएको, सरकार वनाउदा र विघटन गर्दा लाखौंमा खरिद गरिएको, आफ्नै पार्टीको सरकार ढाल्न सांसदहरुको प्रयोग भएको, हैसियत नभएकाहरुलाई मन्त्री बनाइएको, सरकार चलाउन ४८ सदस्यीय जम्वो मन्त्रीमण्डल वनाइएको लगायत थुप्रै खेल त्यो अवधिमा भए । 
यस्तै वातावरणका विच संसद भंग गरी ताजा जनादेशमा जाने सहमति संसदका दुई ठूला दल कांग्रेस र एमाले विच भयो । अनी प्रधानन्त्री गिरिजाप्रसाद कोइरालाले २०५५ सालको अन्त्यमा प्रतिनिधि सभा विघटन गरे ।

पाँचौ 
२०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले वहुमत पायो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । नौ महिनामै उनलाई हटाएर गिरिजाप्रसाद प्रधानमन्त्री भए । कांग्रेस भित्रको कलह वढ्दै गर्दा कोइरालालाई सत्ताबाट वाहिरिए र कांग्रेसकै अर्का नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने । 
पार्टीको आन्तरिक कलहका कारण २०५९ जेठ ८ मा देउवाले संसद् भंग गरी मुलुकलाई मध्यावधिमा हालिदिए । त्यस विरुद्ध परेको रिटमा सुनुवाई गरेपछि सर्वोच्च अदालतले विघटनलाई नै सदर गरिदियो । 
माओवादी विद्रोह उत्कर्षमा थियो । शान्ति सुरक्षाका कारण चुनाव हुन सक्ने वातावरण थिएन । देउवाले चुनाव सार्न राजा ज्ञानेन्द्र समक्ष सिफारिस गरे । तोकिएको समयमा चुनाव गराउन असक्षम भन्दै  राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई  बर्खास्त गरिदिए । अनी आफू खुसी सरकार बनाउने र विघटन गर्ने राजाको खेल शुरु भयो । त्यो घटनापछि लोकेन्द्रवहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई राजाले प्रधानमन्त्री बनाए । २०६१ माघ १९ मा देउवालाई वर्खास्त गरी मुलुकको शासनसत्ता आफ्नो हातमा लिए । त्यही घटनाका कारण मुलुकमा आन्दोलन भयो । जनताले राजालाई घँुडा टेकाए । अनी २०६३ बैसाख ११ गते मध्यरातमा विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्न राजा वाध्य भए । त्यही संसदले संविधानसभाको मार्गचित्र तय गर्यो । मुलुक संविधानसभा निर्वाचनमा गयो । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २३८ वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य गरी मुलुकमा गणतन्त्र स्थापना गरिदियो । 

छैठौं र सातौं 
संविधानसभाको जनादेश दुई वर्ष भित्र संविधान वनाउने थियो । तर दलहरु सत्ताको खेलमा केन्द्रीत भए । पहिलो संविधानसाबाट पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई चार जना कम्युनिष्ट प्रधानमन्त्री बने । दुई वर्षका लागि निर्वाचित संविधानसभाको म्याद चार वर्ष बनाउदा समेत संविधान दिन नसकेर संविधानसभा विघटन भयो । 
दोस्रो पटक संविधानसभा चुनाव भयो, २०७० मा । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बने । उनकै कार्यकालमा संविधान जारी भयो । त्यसपछि सत्तामा आए केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । अनी २०७४ मा संसदका लागि चुनाव भयो । नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाई वहुमत पायो । प्रधानमन्त्री बने केपी शर्मा ओली । 
पार्टीको आन्तरिक कलहका कारण ओलीले २०७७ पुस ५ मा पहिलोपटक संसद् विघटन गरे । प्रधानमन्त्रीको सिफारिस वमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ बैसाख १७ र २७ दुई चरणमा चुनावको मिति घोषणा गरिन । तर सर्वोच्च अदालतले त्यसलाई वदर गरि दियो । 
अनी राष्ट्रपति भण्डारीले फेरी ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरिन् । ओलीले २०७८ जेठ ७ को मध्यरात दोस्रोपटक संसद् विघटनको सिफारिस गरिदिए । राष्ट्रपतिले राति नै त्यसलाई सदर गर्दै २०७८ कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा चुनाव गराउने गरी चुनाव घोषणा गरिन् । 
जेठ १० मा प्रतिनिधिसभाका१४६ सांसदले सर्वोच्चमा उपस्थित भएर टिर दर्ता गरे । अनी २०७८ असार २८ मा सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री सिफारिस वदर गरिदियो ।

 




प्रतिक्रिया


  1. тышқанның пайдасы, тышқан туралы мәлімет azizbek aitjanov - baxitli bol mp3, qasymda bol скачать тырысқақ ауруы қоздырғышы, тырысқақ вибрионы чаша кальяна цена, чаша для месячных

    image оказание государственных услуг в электронном виде

    мен мен едім мен едім қысқаша мазмұны, мен мен едім мен едім буын саны прокси карта алматы, проксимити карта купить астана температура в массажном кабинете, требования к соблюдению санитарных правил зеленый конь символ какой страны, герб казахстана

    image prijsvergelijking van medicijnen tegen huisstofmijtallergieën

    I have learn some just right stuff here. Definitely price bookmarking for revisiting. I surprise how so much attempt you put to create any such wonderful informative web site.

    қыс туралы өлеңдер, қыс туралы өлеңдер балаларға алладан кешірім сұрау дұғасы, алладан кешірім сұрау дұғасы истиғфар девиз боевого состязания вс рк 2022, задачи личного состава по поддержанию боевой готовности кирпич облицовочный астана, кирпич астана

    p3A3a5z7n6

    image online verkoop van medicijnen in Frankrijk Pfizer Chiclayo

    Comprar comprimidos de medicamentos Genfar Muttenz medicijnen zonder medisch consult