मदन भण्डारी (७१ औं जन्म जयन्ती) : जसले श्रीपेचलाई चुनौती दिए, प्रधानमन्त्रीलाई हराए

image

राजा वीरेन्द्रका एडीसी टीका धमला लेख्छन् ‘दरवार आउदा उहा तनावमा हुनहुुन्थ्यो । बस्नुस् भन्दा पनि मान्नु भएन । पुग्नासाथ सोझै राजासंग कुराकानी गर्नुभयो । वाहिर निस्किएपछि कुर्सीमा थचक्क बस्नुभयो । पानी माग्नु भयो । कालो टोपी लगाउनु भएको थियो । सरकारले अर्को मान्छे भेट्ने समय भैसकेको थियो । मदनजी तनावमा रहेको विषयमा हामीले जानकारी दिए पछि राजाले भन्नु भयो केही भयो की ? मोटर मगाएर पठाई देउ । 

२०४६ सालको जनआन्दोलन सफल भएर पहिलो पटक (२०४८) मा संसदीय निर्वाचन हुदै थियो । ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यका लागि मिलेर आन्दोलन गरेका नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिश्पर्धीका रुपमा देखिएका थिए । 
त्यही समय हो, मदन भण्डारी राजनीतिक जीवनको उत्कर्षमा थिए । काठमाडौं क्षेत्र नं १ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई विरुद्ध चुनावी मैदानमा उभिएपछि उनी चर्चाको शिखरमा थिए । टुडिखेलको एउटा आमसभामा भण्डारीले राजा वीरेन्द्रलाई चुनौती दिदै भनिदिए ‘महाराज । आखा नचम्काई वक्सियोस्, हात नलम्काईवक्सियोस् । यदी राजनीति गर्ने नै मन भए श्रीपेच खोलेर मैदानमा आईवक्सियोस् (खनाल,२०७३ ः २१९)।’
भण्डारीको भाषणले मिडियामा ठूलो स्थान पायो ।  जसबाट राजा वीरेन्द्र समेत चकित  भए । मुलुकमा संसदीय व्यवस्था र संवैधानीक राजतन्त्रको अभ्यास शुरु हुनै लाग्दा भण्डारीले गरेको भाषणका लागि समेत अप्रत्यासित थियो । कम्युनिष्टहरु जन्मजात गणतन्त्रवादी । समान्ती व्यवस्थाको उन्मुलन गरी जनवादी व्यवस्था स्थापना उनीको मुल सिद्धान्त । 
दरवार शसंकित हुन अस्वभाविक थिएन । त्यो बेला दरवारको प्रमुख सचिव रहेका रवतीरमण खनालले आफ्नो जीवनीमा राजाका् अनुमति लिएर एक बेलुका टेलिफोनमा एमाले महासचिव भण्डारीसंग कुरा गरेको प्रसंग उल्लेख गरेका छन् । 
खनाल ः म दरवारको प्रमुख सचिव रेवतीरमण खनाल बोलेको । एक पटक कुरा गर्नु पर्ने, महासचिवज्यूको समय पाऊ भन्नलाई हजुर । 
मदन ः चुनावमा व्यस्त छु । 
खनाल ः एकछिन जुनसकै बेला समय मिलाउनु होस् । 
त्यसपछि मदन भण्डारीले रातको १२ वजे विच सडकमा मोटरमै भेट्ने प्रस्ताव गरे । 
खनाल लेख्छन् ‘राती १२ वजे बालाजु वाईपासको तीनकुनेमा भेट्ने सहमति भयो । उहा“ले मोटरको रंग र नम्वर वताए पछि म भेट्न गए । ४५ मीनेट कुरा भयो । त्यो वेला मदनले भनेका थिए, त्यो भाषण त चुनाव जित्ने रणनीति मात्र हो । त्यस पछि भण्डारीले भाषणमा राजालाई मुछ्ने काम गरेनन् (खनाल, २०७३ ः २२०)।’
त्यो घटना लगत्तै राजा वीरेन्द्र र एमाले महासचिव भण्डारी विच सम्वादको ढोका खुल्यो । लगत्तै भण्डारीले राजालाई राष्ट्रवादी शक्तिको रुपमा स्वीकार गरे । अनी राजा वीरेन्द्रसंग उनको फेस टु फेस भेट वार्ता भयो ।
राजासंग भण्डारीको पहिलो भेट वारे राजा वीरेन्द्रका एडीसी टीका धमला लेख्छन् ‘दरवार आउदा उहा तनावमा हुनहुुन्थ्यो । बस्नुस् भन्दा पनि मान्नु भएन । पुग्नासाथ सोझै राजासंग कुराकानी गर्नुभयो । वाहिर निस्किएपछि कुर्सीमा थचक्क बस्नुभयो । पानी माग्नु भयो । कालो टोपी लगाउनु भएको थियो । सरकारले अर्को मान्छे भेट्ने समय भैसकेको थियो । मदनजी तनावमा रहेको विषयमा हामीले जानकारी दिए पछि राजाले भन्नु भयो केही भयो की ? मोटर मगाएर पठाई देउ । हामीले मोटर मगाई सकेका थियौ । उहा“ जानुभयो । त्यो भेट पछिको भाषणमा भण्डारीले भन्नुभयो ‘राजा पनि यो देशका शक्ति हुन् । 

त्यसको केही समय पछि संसदीय निर्वाचनका लागि मतदान भयो । भण्डारीले काठमाडौं १ का जनताको मन जिते । 
निष्ठा, आदर्श र सिद्वान्तको राजनीतिमा सिंगो जीवन अर्पेका सन्त नेता भट्टराईकै नेतृत्वमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको थियो । भट्टराई हार्ने कल्पना आम कांग्रेसीले गरेका थिएनन् । एमाले महासचिव भण्डारी (२७३७२) संग प्रधानमन्त्री भट्टराई (२६६२१) ७५१ मतको अन्तरमा पराजित भए ।  प्रधानमन्त्रीलाई नै हराएपछि त भण्डारीको राजनीतिक उचाईले शिखर चुम्यो ।




प्रतिक्रिया


  1. image ақ сұламада болмайтын мүшелер

    жалқауға күнде мейрам, жалқауға күнде жалғасы панкреатическая амилаза как сдавать, панкреатическая амилаза инвитро ортан жілік, ортан жілік на русском кітаптың бетін нөмірлеу үшін 900 цифр пайдаланылды, кітаптың бетін нөмірлеу үшін 3017

    анашым-ай коктеги кундей, айдана меденова анашым ай текст жұп функция, функцияның жұп немесе тақ екенін анықтаңдар самая крепкая валюта в мире, самая дорогая валюта в мире к гривне cdo kz, sdo cpm kz

    medicijnen zonder doktersvoorschrift te krijgen Zentiva Paso de los Libres compra de somníferos medicamentos