नेपाल कम्युनिस्ट पार्टीले सामन्तहरुबाट सहयोग नलिने नीति बनाएको थियो । रौतहटका तिन वटा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीले चुनावका लागि जम्मा १२०० रूपैयाँ खर्च गरेको थियो । त्यही रकमबाट तिन जना उम्मेदवारको मनोनयनका लागि प्रतिउम्मेदवार २५० का दरले लाग्ने ७५० रूपैयाँ खर्च गरियो । बाँकी ४५० रूपैयाँले पूरै चुनावको खर्च चलाइयो ।
चुनावका बेला चन्दा दिने व्यापारीहरुको खुव चर्चा हुने गर्छ । फलानाले यति चन्दा दियो, उसले त पहिले नै मोटो रकम चन्दा दिएर टिकट लियो, फलानालाई टिकट दिलायो । वा संसद हुनका लागि यति रुपैया तिर्यो, आदी आदी ।
तर यो आलेख नेपालमा दलहरुले चुनावका लागि कहिले देखि चन्दा उठाउन थाले भन्ने विषयमा केन्द्रीत छ । २००४, २०१० र २०१४ मा स्थानीय तह निर्वाचन भए पनि त्यति बेला कसले कति चन्दा उठायो वा उठाएन भन्ने तथ्य भेटिएको छैन । तर २०१५ मा भएको पहिलो संसदीय चुनावमा चन्दा रकम संकलनका लागि अभियान नै चलाएको पाइन्छ ।
त्यो बेला नेपालमा उद्योगधन्दाको विकास भइसकेको थिएन । भारू (भारतीय रूपैयाँ) र नेरू (नेपाली रूपैयाँ) दुवै मुद्रा प्रचलनमा थिए । देशको अर्थतन्त्र सानो थियो । २००८ माघ १९ गते अर्थ मन्त्रीको हैसियतमा सुवर्णशमशेर राणाले प्रस्तुत गरेको देशकै पहिलो बजेटमा २००७ सालमा सरकारको कुल आम्दानी २ करोड ९० लाख ८१ हजार र खर्च २ करोड ४६ लाख २७ हजार मात्र थियो । सबै खर्च कटाएर वार्षिक ४३ लाख ९४ हजार रूपैयाँ नाफा बजेटमा देखिन्थ्यो । त्यस्तो अवस्थामा चुनावका लागि चन्दा सङ्कलन गर्ने काम अत्यन्त चुनौतीपूर्ण हुन्थ्यो ।
नेपाली कांग्रेस, गोर्खा परिषद्, नेपाल कम्युनिष्ट पार्टी लगायत केही दल सकृय थिए । त्यही बेला नेपाली कांग्रेसले चन्दा सहयोग उठाउने अभियान चलाए पनि व्यापारीहरुले पार्टीका कोषाध्यक्ष सुवर्णशमशेर राणा माग्न आए मात्र दिने बताए । २००७ सालको सशस्त्र क्रान्तिका लागि हतियार किन्न र सङ्गठन विस्तारमा ठूलो धनराशि सहयोग गरेका सुवर्णले चुनावका लागि व्यापारीसँग चन्दा माग्न चाहेनन्, बरू आपैmले १० लाख दिए । त्यस बेलाको समयमा त्यो निक्कै ठूलो रकम हो । २००८ सालको बजेटमा राजा र राजपरिवारका लागि सरकारले ५ लाख ८४ हजार रकम छुट्ट्याइएको थियो भने निजामती कर्मचारीको तलब वृद्धि गर्दा २० लाख बजेट विनियोजन गरेको थियो ।
निर्वाचन आयोगले उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि २५० रूपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो भने चुनावमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा पाँच हजार थियो । नेपाली कांग्रेसले चुनावमा सुवर्णबाट प्राप्त चन्दाबाट आफ्ना १०८ क्षेत्रका उम्मेदवारहरुलाई जनही पाँच हजार रूपैयाँका दरले चुनाव खर्च दिएको थियो । पार्टीका ठूला नेताहरुलाई भने त्योभन्दा बढी रकम दिइएको थियो । कांग्रेसका चार शीर्ष नेताहरु (बीपी, सुवर्णशमशेर, गणेशमान र सूर्यप्रसाद) लाई चारधाम वा बिगफोर भन्ने गरिन्थ्यो । तीमध्येका सूर्यप्रसाद उपाध्यायलाई चाहिँ गोरखा परिषद्का लोचनशमशेर थापा (काठमाडौं क्षेत्र नं. ५) र बेनीबहादुर कार्की (रामेछाप क्षेत्र नं. १४) सँग चुनाव लड्नुपरेकाले एउटा क्षेत्रका लागि सात हजारका दरले १४ हजार रूपैयाँ दिइएको थियो । चितवनमा उम्मेदवारी दिएका विश्वबन्धु थापालाई सुवर्णशमशेरले ६ हजार रूपैयाँ उपलब्ध गराएका थिए । थापा भन्छन्— ‘मैले ३ हजारले पु-याएँ । बाँकी तिन हजार बचत भयो ।’
त्रिचन्द्रका विद्यार्थी अच्युतराज रेग्मीलाई कांग्रेसले क्षेत्र नं. ९३ पाल्पाबाट उम्मेदवार बनाएको थियो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव डा. केशरजङ रायमाझीसँग प्रतिस्पर्धा गर्नुपर्ने, कांग्रेसभित्रै पनि रेग्मीको नाम जित्ने सम्भावित उम्मेदवारको सूचीमा थिएन । स्वयं रायमाझीले समेत रेग्मीलाई सहजै हराउने अनुमान लगाएका थिए । रायमाझी पार्टीका महासचिव, रेग्मी कांग्रेसको जिल्ला सचिव । हार्ने सूचीमा राखेकाले रेग्मीलाई कांग्रेसकै नेताले पनि सहयोग गरेनन् । पार्टीले दिएको पाँच हजारका अतिरिक्त तानसेन बजारमा रेग्मीले चन्दा उठाए । भन्छन्— ‘५–७ वटा तन्ना उचालेर बजारभर चन्दा माग्दै हिँडे । त्यहाँबाट ४–५ हजार उठ्यो । बाँकी २५–३० मुरी धान बेचेर चुनाव खर्च चलाएँ ।’
राणा र सामन्तहरुको बाहुल्य रहेको राष्ट्रवादी गोरखा परिषद्का उम्मेदवारहरुलाई भने आर्थिक स्रोत जुटाउन खासै समस्या भएन । पार्टीले चुनाव खर्च भनेर १० हजार रूपैयाँ दिएको थियो । क्षेत्र नं. ३४ उदयपुरका उम्मेदवार लक्ष्मीप्रसाद रेग्मी भन्छन्— ‘पार्टीकै तर्फबाट पर्याप्त पर्चा पम्पलेट उपलब्ध गराइएको थियो । चार–पाँच भारी पर्चा पहिल्यै निर्वाचन क्षेत्रसम्म पु¥याइदिएका थिए ।’
नेपाल कम्युनिस्ट पार्टीले चुनाव खर्चका लागि २ लाख रूपैयाँ उठाउने योजना बनाएको थियो । उसले देशव्यापी रुपमा जनताबाट चन्दा उठायो । (के.सी., २०६४ ः ४८) तर कति रकम उठ्यो र उम्मेदवारलाई कति पैसा उपलब्ध गराइयो भन्ने तथ्य कहीँ कतै पाइएको छैन । कम्युनिस्ट पार्टीका तत्कालीन सांसद कमलराज रेग्मी भन्छन्— ‘हामीलाई पार्टीले आर्थिक सहयोग दिएको थिएन । अलि अलि चन्दा उठाएर चलायौं । त्यति बेला कम्युनिस्ट भनेकै शोषित, पीडित, गरिब भन्ने बुझिन्थ्यो ।’
नेपाल कम्युनिस्ट पार्टीले सामन्तहरुबाट सहयोग नलिने नीति बनाएको थियो । रौतहटका तिन वटा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीले चुनावका लागि जम्मा १२०० रूपैयाँ खर्च गरेको थियो । त्यही रकमबाट तिन जना उम्मेदवारको मनोनयनका लागि प्रतिउम्मेदवार २५० का दरले लाग्ने ७५० रूपैयाँ खर्च गरियो । बाँकी ४५० रूपैयाँले पूरै चुनावको खर्च चलाइयो । मानन्धर भन्छन्— मैले ७५० रूपैयाँ चन्दा दिने प्रतिबद्धता जनाएको थिएँ तर ५०० भन्दा बढी निकाल्न सकिनँ । आफन्तसँग मागें, पत्याएनन् । साहुमहाजन गुहारें, केही उपाय नलागेपछि मध्यप्रदेशमा रहेका साथी पुरूषोत्तम शुक्ललाई टेलिग्राम पठाएँ । उनले २५० रूपैयाँ पार्टीलाई सहयोग गरे ।
गरिब किसानहरुबाट चन्दा उठाउँदा एउटा गाउँमा एक रूपैयाँ चन्दा दिन सक्ने एक–दुई जना पाउन पनि मुस्किल थियो । दुई, चार, आठ आना उठायौं । कतिले चामल दिए । गरिब किसानमा हाम्रो सङ्गठन राम्रो बन्दै थियो । हाम्रो पार्टीका महासचिव केशरजङ रायमाझीका मामाहरुको जमिन थियो गौरमा । उनी त्यहाँ आएको बेला ‘केन्द्रले केही सहयोग गरेन’ भन्दा ‘खर्च जुटाउनै गाह्रो भैरहेछ’ भन्दै उनले १०० रूपैयाँ दिएका थिए । माथिबाट पाएको सहयोग त्यति नै हो ।
कांग्रेस नेतृ तथा गणेशमान सिंहकी धर्मपत्नी मङ्गलादेवी सिंह लेख्छिन्— ‘नैतिकता र आदर्श कायम रहेको त्यो जमानामा कांग्रेसका उम्मेदवारहरुले पाँच हजार रूपैयाँबाट चुनाव लडेर जिते । केहीले त्यही पाँच हजार पनि बचाए र कसैले पार्टीलाई फिर्ता दिए भने कसैले खल्तीमा हाले (सिंह, २०५१ ः १३७) । निर्वाचन सकिएपछि पार्टीको समीक्षा बैठकमा राष्ट्रवादी गोरखा परिषद्का नेता भरतशमशेरले भनेका थिए— ‘कांग्रेसका कार्यकर्ता इमानदार र नेता पार्टीप्रति बफादार देखिए । चुनाव प्रचारप्रसारका लागि पार्टीले दिएको पैसाको सदुपयोग गरे । तर हाम्राले प्रचारप्रसारमा नलगाई स्वास्नीको सारी किन्न खर्च गरे ।’
подработка уборщица с ежедневной оплатой сколько стоит предметная фотосъемка ищу подработку в москве на день подработка для выпускников школы
к чему снится незнакомый парень который дарит мне цветы к чему снится перхоть хлопьями приворот черное венчание онлайн солнце и май из дома 2 сейчас снится хожу в туалет по маленькому
бөліктік граф, граф деген не информатика ақбілек романы сюжеті мен композициясы, ақбілек романы толық нұсқасы әлеуметтік педагогтың жұмыс бағыттары, әлеуметтік педагогтың картотекасы дилярам азатовна масимова биография, аскар мамин любовница биография
confronto prezzi per l'acquisto di farmaci a Napoli Hikma Saint-Étienne Medikamente in Monaco bestellen
vente de médicaments en ligne Elisium Asturias Achat en ligne sécurisé de médicaments en France
Online medicijnen kopen zonder recept in Nederland Wockhardt Hildesheim compra farmaci a Catania online