साधना प्रधान : प्रथम निर्वाचित महिला जनप्रतिनिधि

image

वडा नं. ८ मा खसेको कुल ४११३ मत मध्ये २४५५ प्राप्त गरी साधनादेवी प्रधान निर्वाचित भइन । उनै प्रधान नेपालको पहिलो महिला जनप्रतिनिधि हुन् । पछि साधनाको विवाह नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसंग भयो । विवाह पछि साधनाले सकृय राजनीति गरिनन् । 

अघिल्लो (२०७४) को तुलनमा यस पटक (२०७९) को स्थानीय चुनावमा महिलाको प्रतिनिधित्व ह्वात्तै घट्ने देखिएको छ । एउटै दलबाट उम्मेद्वार बनाउदा प्रमुख र उपप्रमुख मध्ये एकमा महिला हुनै पर्ने कानूनी वाध्यताका कारण अघिल्लो पटक स्थानीय तहमा नेपाली इतिहासमै सर्वाधिक महिला  प्रतिनिधित्व रहन सम्भव भएको हो । देशभरका ७५३ स्थानीय तहमा निर्वाचित ३५ हजार ४१ जनप्रतिनिधि मध्ये १४ हजार ३ सय ५३ महिला थिए । जस मध्ये १८ जना महिलाले प्रमुख र ७०० उपप्रमुख वन्ने अवसर पाए । जुन कुल जनप्रतिनिधिको ४० प्रतिशत भन्दा वढी हो । 

यो अंकमा हामी नेपाली इतिहासकै पहिलो पहिला जनप्रतिनिधिका वारेमा केन्द्रीत हुने छौ ।

                                                       श्रोत पुस्तक

२००४ जेठ २९ गते भएको पहिलो चुनावमा महिलाले मताधिकार प्रयोग गर्न पाएनन् । काठमाडौँ म्यूनिसिपलिटीका २१ वडामा पुरुष मात्र उम्मेद्वार बने भने मतदाता पनि उनीहरु मात्र थिए । २०१० मा त्यही म्यूनिसिपलिटीलाई काठमाडौँ नगरपालिकामा रुपान्तरण परिणे । २१ वडालाई घटाएर १८ कायम गरियो । चुनाव हुने दिन २०१० भाद्र १७ गते सरकारी कार्यालयमा विदा दिइयो । पहिलो पटक महिलाहरुले मताधिकार र उम्मेद्धवारीको अधिकार उपभोग गर्दै थिए । उम्मेद्वारी दिन ५० रुपैया धरौटी राख्नु पर्ने नियमको पालना गर्दै पाँच पार्टी र स्वतन्त्रतर्फका ७३ उम्मेद्वारले मनोनयन गरे । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने बेलासम्म १३ जनाले फिर्ता लिएकाले ६० जनाविच प्रतिश्पर्धा भयो । कुल मतको ८ खण्डको एक खण्ड मत नपाउनेको जमानत जफत हुने व्यवस्था अनुसार २६ को जमानत जफत भयो । वडा नं ७ मा सबै भन्दा वढी नौ जनाको उम्मेद्वारी परेको थियो । त्यो वेला ५६ हजार मतदाता मध्ये ५३ प्रतिशत मतदानमा सहभागी बने । जसमा  महिलाको उल्लेख्य उपस्थिती थियो । 
१८ गते बिहान शुरु भएको मतगणना १९ गते दिउँसो सकियो  वडा नं. ८ मा खसेको कुल ४११३ मत मध्ये २४५५ प्राप्त गरी साधनादेवी प्रधान निर्वाचित भइन । उनै प्रधान नेपालको पहिलो महिला जनप्रतिनिधि हुन् । पछि साधनाको विवाह नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसंग भयो । विवाह पछि साधनाले सकृय राजनीति गरिनन् । 

                                                    मनमोहन अधिकारीका साथ साधनादेवी प्रधान 


२००४ को चुनावमा जननिर्वाचित उपसभापति र सरकारबाट मनोनीति सभापति बनेका थिए । यस पटक भने १८ जननिर्वाचित र सरकारबाट मनोनीति ४ वडा अध्यक्षहरु मध्येबाट काठमाडौंको नगर प्रमुखमा जनकमान श्रेष्ठ र उपप्रमुखमा प्रयागराज सिंह सुवाल चुनिए । प्रमुख र उपप्रमुख दुवै जनताबाट निर्वाचित प्रतिनिधि थिए । त्यसैले श्रेष्ठलाई काठमाडौंका प्रथम नगरपिता पनि भन्ने गरिन्छ । 




प्रतिक्रिया


  1. image өлең сөздің патшасы сөз сарасы бунақ

    қоқиқаз мекендейтін қорық, қоқиқаз қызыл кітап казахстан тв бауырлар сериал, бауырлар түрік сериалы смотреть онлайн базовая ставка нбрк 2022, базовая ставка нбрк на сегодня надлежащая клиническая практика рб, информация о произошедшем нежелательном явлении вносится

    снились сапоги красивые купить к чему снится собирать много груздей целоваться во сне с другом который умер, целоваться во сне с незнакомцем имена собственные и нарицательные 2 класс, собственные и нарицательные имена существительные гороскоп для знака зодиака лев на завтра

    dónde comprar medicamentos en Madrid Polipharm San Cristóbal de las Casas Medikamente rezeptfrei in den Niederlanden kaufen

    medicamentos sin efectos indeseables en Quito Ranbaxy Ciudadela Seriöse Medikamente Anbieter