पहिलो स्थानीय चुनाव : महिलाले भोट हाल्न पाएनन्, राणाबाट मनोनीत सभापति, जननिर्वाचित उपसभापति

image

चुनाव हुने अघिल्लो दिन नै मतपत्र घर घरमै पु-याइएको थियो । प्रत्येक उम्मेद्वारका लागि फरक फरक रंगका ढ्वाङ राखिएका थिए । जुन उम्मेद्वारलाई मत दिने हो उसैको ढ्वाङमा मतपत्र खसाउने व्यवस्था थियो । मतपत्रमा मत चिन्ह्र थिएन ।

नेपालमा सर्वप्रथम स्थानीय २००४ साल जेठ २९ गते तह निर्वाचन भयो । त्यो वेला काठमाण्डौ म्युनिसिपलिटी खडा गरी जनप्रतिनिधि चयनका लागि जनताले पहिलो पटक मताधिकार प्रयोग गर्न पाए । राणा प्रधानमन्त्री पद्मशमशेरले २००४ साल जेठ ३ गते मुलुकभरमा नगरपालिका खडा गरी मतदान मार्फत प्रतिनिधि छान्ने घोषणा गरेका थिए (पृ.१५१) । 
त्यस अघि राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा वि.सं १९७६ साल पुष २ गते उच्च वर्गिय (राणा) व्यक्तिहरु हिड्ने वाटोको सफाईका लागि सफाई अड्डा काठमाण्डौमा स्थापना गरिएको थियो । पछि वि.सं १९८७ मा काठमाण्डौका नौ स्थानमा पञ्चायत स्थापना गरियो । जनताबाट सात र सरकारवाट मनोनीत एक गरी आठ सदस्यीय पञ्चायत वनाउने भनिएको थियो । तर मतदानवाट प्रतिनिधि चयन गरिएन । त्यो संस्थाले २००३ सम्म सफाइ अड्डाकै रुपमा कायम थियो । 
राणा प्रधानमन्त्री पद्मशमशेरले २००३ साल फागुन २ गते सफाई अड्डालाई नै म्युनिसिपालिटीमा परिणत गरी काठमाण्डौलाई २१ वडामा विभाजित गरे (पृ.१५१र १५२)। 
२१ वर्ष पुगेका पुरुषले मात्र मतदान गर्न पाउने गरी १३५५३ परिवारका ६८११८ मतदाता चयन गरियो । त्यसै बेला महिलाहरुले आफूलाई मतदानको अधिकार हुनु पर्ने भन्दै राणा प्रधानमन्त्री पद्मशमशेर समक्ष माग गरेका थिए । यस्तो माग गर्ने महिलाहरुमा मंगलादेवी सिंह, सहाना प्रधान आदी थिए । 
हरेक वडावाट एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको थियो । जसमा सरकारवाट १० जना मनोनीत गरी ३१ सदस्यीय नगरपालिका वोर्ड गठन गरिएको थियो (पृ.१५४)। 
सरकारी तिरो वुझाएका र २५ वर्ष उमेर पुगेका पुरुष मात्र त्यो निर्वाचनमा उम्मेद्वार वन्न योग्य भए । सरकारी जागिरेलाई समेत उम्मेद्वार बन्ने अधिकार भएकाले उनीहरु समेत विजयी भएका थिए (पृ.१५२)। २००४ साल जेठ २९ गते भएको पहिलो चुनावमा काठमाण्डौं म्युनिसिपालिटीका २१ मध्ये चार वडामा निविरोध निर्वाचित भए । विहान ११ वजे देखि ३ वजेसम्म भएको मतदानका लागि चुनाव हुने अघिल्लो दिन नै मतपत्र घर घरमै पु-याइएको थियो । प्रत्येक उम्मेद्वारका लागि फरक फरक रंगका ढ्वाङ राखिएका थिए । जुन उम्मेद्वारलाई मत दिने हो उसैको ढ्वाङमा मतपत्र खसाउने व्यवस्था थियो । मतपत्रमा मत चिन्ह्र थिएन । सरकारी कर्मचारी रहेका प्राध्यापक यदुनाथ खनाल १५ वडावाट निर्वाचित भएका थिए (पृ. १५३)। त्यसै गरी भूवनलाल प्रधान २१ नंम्वर वडावाट निर्विरोध भए । २००५ सालमा सरकारी कर्मचारीले चुनाव लड्न पाउने व्यवस्था हटाइयो । 
पहिलो निर्वाचनमा ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान गरिएको थियो । मनोनीतवाट सभापति र निर्वाचितवाट उपसभापतिको चयन गर्ने व्यवस्था राखिएको थियो । जस अनुसार गेहेन्द्रशमशेर थापा सभापति र शंकरदेव पन्त उपसभापति चयन भए (पृ.१५४)। निर्वाचित भए पनि कर्मचारीको सदस्यता खारेज हुने जाने व्यवस्था गरियो । निर्वाचित र मनोनीत विचको विवादका कारण जनतावाट चुनिएका २१ मध्ये १६ जनाले राजिनामा गरे पछि चुनाव गराउन खोजियो । तर उम्मेद्धवार नपाएर चुनाव हुन सकेन । पा“च निर्वाचित र मनोनीत गरी १५ जना पदाधिकारी २००७ सालसम्म कायम रहे (पृ.१५४) ।   

२००४ सालमै भक्तपुर र ललीतपुरमा पनि नगरपालिकाको चुनाव गराइएको थियो । भक्तपुरवाट १० र ललीतपुरमा १२ निर्वाचित भएका थिए । दुबैमा चार चार जना मनोनीत गरी नगरपालिका वोर्ड वनाइएको थियो (पृ. १५४) । 

तस्वीर, हिमाल साउथ एसिया




प्रतिक्रिया


  1. image жіті коронарлы синдром протокол

    темірдің тығыздығы, темір қыздырғанда өзгеруі таза заттар және қоспалар тапсырма, қоспа мен таза заттарды ажыратып кестені толтырыңыз еңбек демалысына шығу тәртібі, еңбек демалысын есептеу калькулятор 10 автобус алматы автопарк, 7 автобус алматы автопарк

    image ¿Dónde comprar medicamentos de confianza en Internet? mylan La Plata

    médicaments de qualité en vente en ligne au Luxembourg Cevallos Riosucio achat en ligne de médicaments

    Koop medicijnen online voor betrouwbare kwaliteit Axios Oftringen farmaci senza rischi per la salute