रेडियो समाचार : प्रसारणका सात दशक

image

२००७ चैत्र २० को अवस्था आजको जस्तो थिएन । आजको जस्तो प्रविधियुक्त न्युजरुम थिएन, सम्वाददाताहरू थिएनन् र न्युज एजेन्सीहरू पनि थिएनन् । समाचारीय महत्व र त्यसको अन्तरवस्तुमाथिको विवेचनात्मक दृष्टिबोधको परिभाषा अलग होला तर तिनताकाका अन्तर्राष्ट्रिय रेडियो स्टेसनसँगको पहुँच पनि त्यति उल्लेख्य थिएन । थियो त केवल उत्साह थियो र प्रसारणलाई निरन्तरता दिनु थियो ।

प्रारम्भ:
२००७ को जनक्रान्ति सफल भयो । तारिणीप्रसाद कोइरालासहितको एक समूह काठमाडौँ आयो । यहाँ आइसकेपछि उनीहरूले ठाउँको खोजी गरे । धेरै मान्छेहरूको भेला गरे र वैठकहरू चलाए । पहिलो वैठक सुब्बा ऋद्धिबहादुर मल्लको जोर गणेश प्रेस रहेको पाको पोख्ःल्याङमा बसेको थियो । त्यो वैठकमा बालकृष्ण सम, हिक्मत बहादुर मल्ल, समरबहादुर मल्ल, मुरारीकृष्ण शर्मा, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, श्यामदास वैश्णवआदि उपस्थिति थिए ।

अन्ततः २० चैत २००७ मा रेडियो नेपालको औपचारिक प्रसारण आरम्भ भयो । तारिणीप्रसाद कोइरालले भने – यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो । ४१ मिटर ब्याण्डमा हामी काठमाडौँबाट बोलिरहेका छौँ । उनले समाचार वाचन गरे । त्यसपछि हरिप्रसाद रिमालले गीत गाए –  मेरो दिल टुक्रा पारेर आँखाको बाटो हुँदै बहने छ । यस गीतकार रचनाकार शङ्कर लामिछाने थिए ।

समाचार सन्दर्भ:
तारिणीप्रसाद कोइरालाले पहिलो पटक नेपाली भाषामा समाचार सम्पादन तथा वाचन गरेपछि मधुसूदन देवकोटाले पढे अङ्ग्रेजी बुलेटिन । २००७ चैत २५ गते हिन्दी समाचार पढे राजेन्द्र गुप्ताले र १ वैशाख २००८ मा नेवारी समाचार पढे गजाधर माथेमाले  तर १ वैशाख २०२२ देखि हिन्दी र नेवारी भाषाका समाचार बन्द गरिए । २०१७ सालको राजनैतिक परिवर्तनपछिको प्रभावका रूपमा यसलाई टिप्पणी गर्ने गरिएको छ । १५ असार २०४७ देखि फेरि थपिए नेवारी र हिन्दी । यसरी थपिनुको कारण २०४६ सालको राजनैतिक परिवर्तन थियो । यसबाट प्रस्ट हुन्छ रेडियो प्रसारणको नीतिगत परिवर्तनमा राजनैतिक परिवर्तनको सीधा प्रभाव थियो र छ ।

समयक्रममा समाचार प्रसारण हुने भाषाको सङ्ख्या बढ्न थाल्यो । १७ पुस २०४९ देखि मैथिली भाषामा प्रसारण शुरु भयो । १ भदौ २०५१ बाट तामाङ, राई बान्तवा, लिम्बू, गुरुङ, मगर, भोजपुरी, अवधी, पुर्वेली थारु र पश्चिमा थारु थपिए । रेडियो नेपालले संस्कृत भाषालाई स्वागत गर्यो २० चैत २०५१ बाट र शेर्पा र ऊर्दूले ठाउँ पाए १ भदौ २०५३ देखि । खाम मगर र डोटेली समाचार २०५७ असार ९ गतेदेखि शुरु भयो र २०५८ वैशाख १ देखि रानाथारु भाषाको समाचार आरम्भ भयो । सबैभन्दा पछि २०७२ कार्तिक १६ गतेदेखि मगही भाषामा समाचार प्रारम्भ भएको हो ।

वर्तमानमा केन्द्र र विभिन्न प्रादेशिक प्रसारण केन्द्रबाट समेत गरी रेडियो नेपालबाट २१ भाषामा समाचार प्रसारण हुन्छ र समाचारकर्मीहरूकै सञ्चालनमा संस्कृतबाहेक सबै भाषाका कार्यक्रमहरू पनि निरन्तर प्रसारण हुँदै आएका छन् । समाचारबाहेक ती भाषाका कार्यक्रमहरूको प्रारम्भ भने २०६२÷६३ को परिवर्तनपछि मात्रै भएको हो । 

२०६४ वैशाख १ गतेदेखि बालसमाचार प्रसारण आरम्भ भयो । सोही वर्ष भदौ २९ देखि बाल समाचार बालबालिकाकै स्वरमा प्रसारण हुनथाल्यो । विभिन्न बाल प्रसारकहरूले आआफ्ना प्रतिभा देखाए तर २०७२ को महाभूकम्पसँगै प्रसारण रोकियो र पछि बाल समाचारलाई बालबाटिका कार्यक्रममै समावेश गर्दा उपयुक्त हुने ठानी कार्यक्रम सञ्चालकलाई नै जिम्मा लगाएर यो क्रम रोकियो ।

समाचार स्रोत:
स्वाभाविक हो; २००७ चैत्र २० को अवस्था आजको जस्तो थिएन । आजको जस्तो प्रविधियुक्त न्युजरुम थिएन, सम्वाददाताहरू थिएनन् र न्युज एजेन्सीहरू पनि थिएनन् । 

समाचारीय महत्व र त्यसको अन्तरवस्तुमाथिको विवेचनात्मक दृष्टिबोधको परिभाषा अलग होला तर तिनताकाका अन्तर्राष्ट्रिय रेडियो स्टेसनसँगको पहुँच पनि त्यति उल्लेख्य थिएन । थियो त केवल उत्साह थियो र प्रसारणलाई निरन्तरता दिनु थियो ।
सन् १९२० देखि नै युरोप र अमेरिकामा रेडियो प्रसारण प्रारम्भ भइसकेका थिए । कतिपय एशियाली मुलुकहरूमा पनि रेडियो खुलिसकेको थियो । रेडियोको संस्थापन पुस्तासँग राणाकालमै भोजपुर र विराटनगरबाट भएका अनौपचारिक प्रसारण वा प्रसारण प्रयासको अनुभव मात्र थियो ।

हातैले लेखेर समाचार वाचन गर्नुपर्दथ्यो । समाचारीय महत्वका हिसाबभन्दा पनि पदीय प्राथमिकतामा समाचारको क्रम निर्धारण हुन्थे । राम्रो अक्षर नभएको अवस्थामा र समाचारमा केरमेर भएको स्थितिमा समाचार वाचन गर्नु पनि सानो सानो युद्धै जितेजस्तो थियो ।

विदेशी रेडियो सुनेकै भरमा अनुवाद गर्नुको जटिलता आज अनुभव गर्न सकिन्छ । कतिपय अग्रजहरूका अनुसार कतिपय अवस्थामा त व्यक्तिलाई भेटेर र फोन माध्यम शुरू भएपछि फोनबाटै टिपेर समाचार तयार पार्नुपर्ने हुन्थ्यो । लेखन शैली र समाचार वाचनको तरिकालाई समेत विदेशी रेडियो सुनेर ‘शैली’ बनाउनुपर्ने अवस्था थियो । वनको ढुङ्गो वनकै चरी भनेजस्तो काम गर्दै, भोग्दै, सिक्दै जानुपर्ने र स्रोत साधनको अभावलाई उत्साहले जितेर जनरुचि पूरा गर्नुपर्दथ्यो । 

राष्ट्रिय समाचार समिति शुरु भएपछि पनि पातलो पेपरमा टाइप गरेर र कतिपय बेलामा धमिलो कार्वन पेपरमा आउने समाचार पढ्न बुझ्न थप जटिल हुन्थ्यो । अभावहरूमा भाव खोज्नुको जटिलतामा पनि मिठास भेटिन्थ्यो सायद । २०१० को कोलम्बो योजना शुरु भएपछि वैदेशिक तालिमको ढोका खुल्यो । २०११ मा ६ महिने तालिमका लागि प्रकाशमान सिंह र राजेन्द्रप्रसाद गुप्ता दिल्ली गएका थिए ।

अमेरिकी समाचार संस्था एपी, फ्रान्सेली समाचार समिति एएफपी, चिनियाँ समाचार समिति सिन्हवाआदिका समाचार भेट्न पनि रासस कुर्नुपर्ने स्थिति थियो । प्रारम्भिक दिनमा त पत्रिकाको नाममा एउटा गोरखापत्र मात्र थियो । त्यही गोरखापत्रले पनि रेडियो प्रसारण शुरु भएको समाचार छाप्थ्यो । कार्यक्रमहरूका बारेमा समाचार बनाउँथ्यो । न त आजजस्ता गोष्ठी, सेमिनार र उद्घाटनका समाचार हुन्थे न त जिल्ला जिल्लाका घटना, दुर्घटना र गतिविधिका समाचार आउँथे । सामाजिक गतिविधि नै पनि खासै हुन्नथे । 

रेडियो अष्ट्रलिया, बीबीसी, भ्वाइस अफ अमेरिका, भ्वाइस अफ जर्मनी, रेडियो नेदरल्याण्ड्सआदि अन्तर्राष्ट्रिय रेडियोहरूसँगको सम्पर्क धेरैपछि भएको हो । एशिया प्यासिफिक इन्ष्टिच्युट फर ब्रोडकाष्टिङ डिभलेपमेन्ट (एआइबिडी) सँगको सहकार्य पनि धेरैपछि हो । यी संस्थाहरूसँग जोडिएपछि भने प्रसारकहरूले त्यहाँ जाने, तालिम लिने र सिक्ने अवसर पाए । बिस्तारै समाचारको विषय, भाषा र नीतिमै सुधार हुन थाले । स्वदेशी तथा विदेशी भाषाविद्हरूसँग अन्तरक्रिया, गोष्ठी र सेमिनारहरू हुन थाले र समाचार माझिन, परिष्कृत हुन र जनरुचिमा केन्द्रित हुनथाल्यो । विकासको त्यो चरणमा जे जति काम भए त्यसका लागि अग्रजहरू धन्य छन् ।

परिवर्तनका केही चरणहरू:
त्यतिबेला रेडियो प्रसरण आफैँमा एउटा समाचार थियो । २००७ साल चैत्र १७ गते शुक्रबार गोरखापत्रको पहिलो पृष्ठमा यस्तो सूचना प्रसारण भएको थियो – 

समाचार प्रचार (बोडकाष्टिङ) ‘पर्सि चैत्र २० गतेका दिन काठमाडौंबाट समाचार प्रचार (बोडकाष्टिङ) शुरु हुने भएको छ । त्यसको विवरण आगामी संख्याको गो.प.मा प्रकाशन गरिने छ । — नेपाल प्रचार विभाग’ 

चैत २० गतेको गोरखापत्रमा रेडियो प्रसारण सम्बन्धी सम्पादकीय छापिएको थियो भने चैत्र २२ गतेको गोर्खापत्रमा यस्तो समाचार थियो — 

‘ध्वनि विस्तार । काठमाडौं चैत २१ गते । प्रजातन्त्र नेपाल रेडियोबाट बिहान ८ ।। बजेदेखि ९ ।। सम्म र साँझमा ६ ।। बजेदेखि ७ ।। सम्म ४१ मिटरबाट खबर प्रसारित भइरहेको छ । आज नेपालका कवि संगीतकारहरुले आ—आफ्ना रचना आदि प्रसार गरिराखेको खबर छ ।’ 

२००७ पछिको अवस्थामा बिस्तारै सुधार आयो । २०१५ सालको आमनिर्वाचन र त्यसपछिको प्रजातान्त्रिक सरकारको चासो यस तर्फ बढेको पाइन्छ । त्यसो त रेडियोप्रतिको नेताहरूको रुचि स्थापनाकालदेखि नै थियो । २००७ को परिवर्तनपछि गृहमन्त्री भएका वीपी कोइरालाले सो पदबाट राजीनामा गर्दा रेडियो नेपालमा आएर आफ्नो राजीनामा आफैँले वाचन गरेको कुरा वीपी आफैँले कतिपय ठाउँमा उल्लेख गरेका छन् । यसबाट स्थापनाकालदेखि नै नेतृत्व तहको आकर्षण रेडियोप्रति विशेष थियो भन्ने बुझिन्छ ।

२०१७ को परिवर्तनपछि राजनैतिक चासोमा सत्ताको पनि चासो बढेको कुरा कतिपय पुराना प्रसारकहरूले बताएका छन् । २०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएपछि समाचारको ढाँचा शैलीमा एक्कासी परिवर्तन आयो ।  २०२२ सालमा हिन्दी र नेवारी भाषाको समाचार बन्द हुनुले पनि यस परिवर्तनकोे संकेत गर्दछ ।

२०२८ सालमा ‘विकासका लागि सञ्चार’ भन्ने नाराका साथ सरकारले सञ्चार योजना ल्याएको थियो । रेडियो नेपालमा पनि त्यसको प्रभाव पर्‍यो नै । समाचारको समय थप गरियो । स्थानीय गतिविधि थप गरी जिल्ला समाचारलाई दैनिक दश दश मिनेटको दुई बुलेटिन बनाइयो । यसअघि ५ मिनेटको दैनिक एक बुलेटिनमात्र प्रसारण हुन्थ्यो । सामयिक चर्चाजस्ता कार्यक्रम थपिए । त्यतिखेर कुल प्रसारण समय नै दैनिक ८ घन्टाबाट बढाएर १२ घन्टा बनाइएको थियो । 

२०४१ सालमा रेडियो प्रसार सेवा विकास समिति बन्नुअघि रेडियो नेपाल तात्कालीन प्रसार विभाग थियो । यो संरचनागत परिवर्तनपछि समाचारमा मात्र होइन, रेडियो नेपालको मूल प्रसारणमै पनि आमूल परिवर्तन आयो । सोही वर्ष रेडियो नेपाल सुधार तथा सुदृढीकरण योजना २०४१ घोषणा गरियो । विज्ञापन प्रसारणलाई मात्रै विकास समिति अन्तर्गत राख्ने कि समग्र रेडियो नेपाललाई भन्ने बहस निकै चल्यो ।

अन्ततः रेडियो नेपाल नै विकास समितिमा परिवर्तन भयो । रेडियो नेपालले आफैँ कमाएर खानुपर्छ भन्ने वाक्यांशको प्रयोग त्यही बेलादेखि भएको हो । विज्ञापन प्रसारणले थप गति लियो, प्रायोजित कार्यक्रमहरू प्रसारण प्रारभ्भ भए र ‘रेडियोको टोन’ केही हदसम्म फरक सुनियो ।………………

समाचारमूलक कार्यक्रम शृङ्खला :
रेडियो नेपालमा देखिने परिवर्तन २०४६ पछि प्रारम्भ भएको हो । २०४७ मा छुट्टै रिपोर्टिङ युनिट शुरु भयो । रेडियो नेपालमा विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई भेला पारेर रिपोर्टिङ युनिट बनाइयो । कृष्ण केसीले त्यसको अगुवाइ गरेका थिए । त्यसबेला उनको सक्रियातको चर्चा अहिले पनि सुनिन्छ । त्यसपछि आफ्नै सम्वाददाताले समाचार लेख्न थाले । २०४७ भदौदेखि ‘यो हप्ता’ नामको विश्लेषणात्मक कार्यक्रम शुरु भयो र यसैको विकसित रूप घटना र विचार हो, जुन कार्यक्रम विभिन्न उतारचढाब खेप्दै आजसम्म जीवित छ । केही हप्ता चलेको ‘यो हप्ता’पछि २०४७ आसोज २ देखि  ‘घटना र विचार’ शुरु भएको हो । यसका संस्थापक सञ्चालक पुरुषोत्तम दाहाल हुन् । त्यसपछि जिल्ला जिल्लामा सम्वाददाता राख्न थालियो र रिपोर्टिङका लागि छुट्टै स्टुडियो समेत खडा गरियो । 

आज त्यही रिपोर्टि युनिट समाचार महाशाखा अन्तर्गतको सशक्त रिपोर्टिङ शाखा भएको छ । रिपोर्टिङका साथै राष्ट्रिय महत्वका पर्व, दिवस, घटना र अन्य उल्लेख्य सन्दर्भमा लाइभ अन्तर्वार्ता, बहस र विश्लेषणात्मक कार्यक्रमहरूले निरन्तरता पाएका छन् । कतिपयको भनाइमा २०४६ पछिको घटना र विचार र २०६२/६३ को परिवर्तनपछि शुरु भएको जनतासँग प्रधानमन्त्री दुई महत्वपूर्ण राजनैतिक परिवर्तनपछिका ‘बोल्डस्तर’का दुई प्रसारण हुन् । 

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम सञ्चालनको दिन २०६५ असोज १५ एक ऐतिहासिक दिन हो ।  तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैँ पनि निकै प्रसन्न देखिन्थे । रेडियो नेपालको मुखपत्र झङ्कामा उनले लेखेका छन् – ‘रेडियो नेपाल सरकारी सञ्चारी माध्यम भएकोले राजनैतिक नेतृत्वसँग अलि डराउने र जे भन्यो जीहजुरी गर्ने चलन छ भन्ने सुनेको थिएँ तर कार्यक्रम सञ्चालकले जुन किसिमले मेरो बारे, सरकारका बारे र मेरै पार्टीका बारेमा निर्भीक रूपमा प्रश्न राख्नुभयो र प्रस्ट गर्ने मौका जुराउनुभयो, त्यो पत्रकारमा हुनुपर्ने साहस थियो …. यसले सञ्चालक र रेडियो नेपालको मात्र होइन, सरकारी सञ्चार माध्यमकै इज्जत बढेको पाएँ ।’  

समयक्रममा अरू पनि कति कार्यक्रम थपिए, कति बन्द भए । परिक्रमा, चिन्तनको चौतारी, सांसद फोनइन, मन्त्री फोनइन, जनतासँग सभासद, परिवेश, मार्गचित्रजस्ता कार्यक्रम बन्द भए तर प्रत्येक बिहान ६.३० मा प्रसारण हुने अन्तरसंवाद रेडियो नेपालको एउटा महत्वपूर्ण ‘टक शो’ हो । २०५४ देखि शुरु भएको अखबार कार्यक्रम अर्को महत्वपूर्ण कार्यक्रम हो । यो बिहान ६.०५ बजे अखबार र ६.३० मा अन्तरसंवाद आज पनि दैनिक छ, निरन्तर छ । ‘सम्पादकीय समीक्षा’ भनेर अखबारमूलक कार्यक्रमको शुरुवात २०१६ सालमै पनि भएको थियो तर त्यसले ३ महिनाभन्दा बढी निरन्तरता पाएन ।

क्षेत्रीय प्रसारण र एफएम अवधारणा :
तात्कालीन विकास क्षेत्रको अवधारणा अनुरूप २०५० सालमा क्षेत्रीय प्रसारण र २०५२ मा एफ.एम. प्रविधिको सुरुवात भयो । १०० मेगाहर्जमा रेडियो नेपाल एफ.एम. काठमाडौँकै जग टेकेर देशभरि एफ.एम. फैलिएका हुन् । २०५७ मा ल्भधक द्ययकक प्रणाली प्रारम्भ गर्ने निकै कोशिश भयो तर धेरै लगानी भएर पनि विविध कारणले सम्भव भएन । २०५९ फागुन ७ गतेदेखि अनलाइन प्रसारण र २०७३ भदौ १ गतेदेखि चौबीसै घण्टा प्रसारण हुँदै २०७४ भदौ ७ गतेदेखि रेडियो नेपाल प्रदेश प्रसारणको अभ्यासमा छ । चौबीसै घन्टा प्रसारण अन्तर्गत रात्रीकालीन सेवामा पनि घन्टाघन्टाको समाचार शुरु भयो । कोभिड १९ को प्रकोपपछि रात्रीकालीन समाचार बन्द गरिए । 

प्रादेशिक प्रसारण शुरु भए यता बेलुकी सेवामा प्रदेश समाचारले समेत निरन्तरता पाएको छ । अङ्ग्रजी र नेपालीबाहेक प्रत्येक भाषाका समाचार एकएक बुलेटिन प्रसारण हुन्छन् भने अङ्ग्रेजी भाषामा प्रत्येक दिन बिहान ८, दिउँसो २ र साँझ ८ बजे गरी ३ बुलेटिन प्रसारण हुन्छन् । नेपाली भाषामा बिहान ६ बजेदेखि ७, ९, १०, ११, १२, १, ३, ४, ५, ७, ९ र राती ११ बजेसम्म गरी १३ बुलेटिन छन् । यस बाहेक प्रदेश समाचार प्रत्येक साँझ ६.१० मा एक बुलेटिन प्रसारण हुन्छ ।……………………..

२१ भाषामा समाचार प्रसारण र २० भाषामा कार्यक्रम यो आफैँमा गौरवको कुरा हो तर भाषा केवल भाषा मात्र होइन, यससँग भूगोल, इतिहास, जाति, संस्कृति र पहिचानका अनेकौँ पाटाहरू छन् । भाषिक बहुलता र परिचयको यस शृङ्खलामा रेडियो नेपालले आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको छ । भाषाको प्रयोग केवल समाचारमा मात्र होइन, भाषाका प्रसारकहरू सम्बन्धित भाषामा कार्यक्रम पनि सञ्चालन गर्छन् ।सातै प्रदेश अन्तर्गत सुदूर पश्चिम प्रदेश अन्तर्गत दिपायलबाट राना थारु र डोटेली भाषामा समाचार र कार्यक्रम प्रसारण हुन्छ । यसै गरी कर्णाली प्रदेशको सुर्खेटबाट नेपाली भाषामा, लुम्बिनी प्रदेशको दाङबाट अवधि, पश्चिमा थारु र खाम मगर भाषामा र गण्डकी प्रदेशको पोखराबाट मगर र गुरुङ भाषामा समाचार तथा कार्यक्रमहरू प्रसारण हुन्छन् । यसै गरी वागमती प्रदेशबाट ऊर्दू, शेर्पा र तामाङ भाषा तथा मधेश प्रदेश बर्दिबासबाट मगही, भोजपुरी र मैथिली भाषामा समाचार र कार्यक्रमहरू प्रसारण हुने गरेको छ । यही मैथिली समाचार एकै समयमा केन्द्रीय प्रसारणबाट पनि प्रसारण हुन्छ । 

यसका साथै केन्द्रबाट नेपाली, अङ्ग्रेजी, संस्कृत, नेपाल भाषा (नेवारी) र हिन्दीमा प्रसारण हुने गरेको छ । प्रदेश १ बाट राई वान्तवा, लिम्बू र पूर्वीय थारु भाषामा प्रसारण हुन्छ । सम्बन्धित प्रादेशिक प्रसारण केन्द्रबाट नेपाली भाषामा पनि समाचार र समाचारमूलक कार्यक्रमहरू प्रसारण हुँदै आएका छन् । यसरी समाचारले कुनै नकुनै रूपमा सम्पूर्ण देशलाई छोएको छ । त्यसैले रेडियो नेपाल भन्छ – आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल, नेपाली माटोको आवाज रेडियो नेपाल । 

इतिहासतिर फर्कँदा :
मोहन शमशेर राणा श्री ३ महाराज भएपछि भोजपुरमा आकाशवाणी स्थापना गरेका थिए । त्यहाँ केही उपकरण थिए । विश्वयुद्धका बेला प्रसारण उपकरण सम्बन्धी तालिम लिएका नारदमुनिले सहकर्मी श्रीपाल राईसँग केही सल्लाह गरे । त्यतिखेर नेपाली काँग्रसले राणा विरुद्ध संघर्ष गरिरहेको थियो । प्रथम र द्वितीय विश्वयुद्ध लडेर आएका कतिपय लडाकु मुक्ति सेनामा संलग्न थिए र भोजपुरकै एउटा विद्यालयमा जयेन्द्र थपलिया शिक्षक थिए । एक दिन शनिवारे हाट लागिरहेको बेला रामप्रसाद राईसहित यो समूहले नक्कली धामी र नक्कली विरामी भएर धामी नाच प्रदर्शन गर्दै गर्दा सिपाहीहरू मन्त्रमुग्ध भएर हेरिरहेका थिए । त्यही मौका पारेर सिपाहीका सबै हतियार खोसे । यसरी खोसिएको हतियार साथमा राखेर  आकाशवाणीको उपकरण प्रयोग गरी रेडियो सञ्चालन गरे । 

एकदिनको समाचारमा मुक्तिसेनाले धनकुटामा आक्रमण गर्ने समय र स्थानको सूचना समेत प्रसारण गरिदिनाले धनकुटामा रहेका राणा पक्षका सिपाहीबाट पाख्रीवासमा रहेका सात जना भोजपुरेलाई मारिदिए ।  यसबाट समाचार प्रसारणमा हुनुपर्ने सेन्सर र सूचनाको गोपनीयताबारे पनि थाहा भयो । उनीहरू थप सचेत हुन थाले । समाचारीय चेतनाका लागि यो महत्वपूर्ण घटना हो ।

यो प्रसारण उत्साहका साथ माघसम्म चल्यो । विद्रोह आफ्नै गतिमा थियो र विद्रोहीहरूसँगको सम्पर्क निरन्तर थियो नै । तात्कालीन आवश्यकता र औचित्य हेरी अब प्रसारण विराटनगर झर्ने भयो । सबै कुरालाई विशेष निगरानी गरिरहेका तारिणीप्रसाद कोइराला नेतृत्वको समूहले विराटनगरको एउटा जुटमिलबाट प्रसारण प्रारम्भ गर्ने व्यवस्था मिलाए । 

काठमाडौँलाई रेडियोको श्रुतिस्वाद काठमाडौँले पनि धेरथोर रेडियोको स्वाद पहिले नै पाइसकेको थियो । नेपालमा वि.सं. १९८० तिरदेखि नै रेडियो सेट भित्रिन थालेका थिए । नेपाली सैनिकहरू विश्व युद्धहरूमा समेल भएका थिए । त्यसरी युद्धमा सामेल भएर विदेशी भूमिमा पुगेका नेपालीहरूले घर फर्कँदा रेडियो ल्याउने गरेका थिए तर त्यसरी ल्याइएका रेडियो र ती रेडियोहरूमा बज्ने सूचना समाचारबाट नेपालीहरू विज्ञ होलान् र राणा विरुद्ध आन्दोलन गर्लान् भनेर राणाहरूले रेडियो सेट जफत गरेका थिए । बाहिरी संसारबाट नेपालीहरूलाई विमुख गराउने अभिप्रायले यसो गरिएको भए पनि श्री ३ पद्य शमशेर राणा प्रधानमन्त्री भएपछि २००३ सालमा यसलाई खुकुलो पारियो । जनताले रेडियो सेट राख्न पाए र काठमाडौँको रत्नपार्क नजिकै रहेको विजुली अड्डाबाट केही समय अनौपचारिक रूपमा प्रसारण समेत प्रारम्भ भएको थियो ।

अबका दिन:
आजको नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । सार्वभौम जनताका प्रतिनिधिले बनाई जारी गरेको संविधानले समावेशीकरण र समानुपातिक प्रतिनिधित्वलाई स्थापित गरेको छ । मुलुकको यो वास्तविकता र तथ्य समेतको प्रवद्र्धन हुने गरी रेडियो नेपालको समाचार प्रसारण केन्द्रित छ । रेडियो नेपाल प्रसारणका हिसाबले राष्ट्रिय रेडियो मात्र होइन, दायित्व र जिम्मेवारीबोधका हिसाबले पनि राष्ट्रिय धरोहर हो । आवेग र उत्तेजना होइन, उत्सुकता, जनआवश्यकता, तथ्यपूर्ण सामग्री र राष्ट्रिय दायित्वबोध हाम्रा प्रसारणका खास महत्व र मूल्य हुन् । सूचना, सन्देश, सकारात्मकता र सन्तुलन रेडियो नेपालका मूल मन्त्र हुन् । 

न्युज रुमलाई व्यावसायिक र सशक्त बनाई अझ बढी प्रभावकारी प्रसारण बनाउन र केन्द्र र जिल्ला जिल्लामा रहेका सम्वाददातालाई अझ व्यावसयिक र राष्ट्रिय दायित्वबोध सहितको जिम्मेवारी पूरा गर्ने गरी समक्ष बनाउन बेलाबेला विभिन्न तालिम, गोष्ठी र अन्तरक्रियाहरू हुने गरेका छन् । यो अझै सत्य हो कि तिनलाई उपयुक्त वातावरण, उपकरण र सुविधा उपलब्ध गराउन बाँकी नै छ । कतिलाई सीप सिकाउनु छ र कतिसँग भएको उच्च सीपको पूर्ण सदुपयोग गर्न अझै बाँकी छ ।

रेडियो नेपालका प्रसारक कार होइनन् जो बनिबनाउ बाटोमा मात्रै सप्रेम कुदोस्, यी त डोजर हुन् जो आफ्नो बाटो आफैँ बनाउँदै कुद्दै थिए, छन् र कुदिरहनेछन् तर आफैँभित्रको पूर्ण जोश र होशलाई सम्हालेर ।

(डा.लम्साल रेडियो नेपालका समाचार महाशाखाका निर्देशक हुनुहुन्छ ।)




प्रतिक्रिया


  1. image еркін экономикалық аймақтар

    ағылшын тілінде сиқырды қалай айтуға болады погода в байдибек би на сегодня, погода байдибек caspio hd отау тв, отау тв 990 тг табыс астана, мустафина 10/1

    acheter des médicaments en ligne légalement Novartis Chiclayo precio del medicamentos con receta médica

    waar medicijnen te kopen is in Nederland Perrigo Lebrija farmaci in vendita online a Buenos Aires

    image канатная дорога кок тобе купить билет

    табақ жасау нешеге бөлінеді, құда табақ құрамы сайран автовокзал расписание автобусов, сайран автовокзал билеты на автобус үй маңында басқа байлық көрінбейді, ыңғайлас салалас сөйлемді көрсетіңіз ана туралы әндер шәмші қалдаяқов, шәмші қалдаяқов ана туралы жыр скачать минус

    image тойдан қайтқан қазақтар қысқаша мазмұны

    жұлдызнама бойынша 84 кімнің жылы ислами тілек, жүректен шыққан тілектер туарег 2004 цена, туарег народ саулем саулем саулемсин, саулем саулем халык ани скачать

    мәңгілік ел белгісі аспандаған бәйтерек эссе, мәңгілік ел бағдарламасы жалпы талдауға зәрді жинау техникасы, зәрді зерттеу әдістері тоо ордамед костанай, тоо ордамед атырау қара нәжіс, нәжіс қара болса

    image médicaments disponible en ligne avec livraison sécurisée en France Ebewe Nantes

    Medikamente kaufen günstig Combix Bâle online aankoop medicijnen in Amsterdam

    image Günstige Quellen für dualgan in München ohne Rezept

    Bestellung von Medikamente in Deutschland aufgeben sandoz Zaragoza medicamentos fácilmente accesible

    билд для колдуньи black desert что пожелаешь мне чтобы приснилось то что ты хочешь майл гороскоп на сегодня для льва женщины погадать на отношения мужчины ко мне бесплатно таро 1985 знак зодиака мужчина характеристика

    image médicaments Belgique sans ordonnance nécessaire Marcan Affoltern am Albis

    precio de medicamentos sin receta en México Normon Diksmuide cómo comprar medicamentos en línea con confianza