प्रसंग २००७ को क्रान्ति : राणाको अधिकार राजामा सरेको क्षण

image

 ‘एक युगमा एक दिन, एक चोटी आउछ । 
उटल पुलट, उथल पुथल हेरफेर ल्याउछ । 
लाटा सुधा वोल्न थाल्छन् । चल्छ ओठ दुःखको ।’ 

 

 

कवी गोपालप्रसाद रिमालको कविता चर्चामा थियो ।
एक सय चार वर्षसम्म चलेको राणा शाही अन्त्य भएसंगै २००७ साल फागुन ३ गते मुक्ति सेनाका अधिकृतहरु विमानवाट काठमाण्डौ उर्त्रिए । त्यही दिन बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर राणा लगायतका नेता र पूर्णसिंह ठाकुर, जी.बी.याकथुम्वा लगायत मुक्तिसेनाका कमाण्डहरु सवार अरु दुई वटा जहाज पनि गौचरण हवाई मैदानमा ओर्लिए । ‘नेपाली कांग्रेसका नेताहरु हवाई जहाजवाट गौचर विमानघाटमा ओर्लदा उनीहरुको भव्य स्वागत भयो । वीर विश्वेश्वर जिन्दावाद को नाराले आकाश गुन्जियो ।’
‘क्रान्तिका नायक थिए, पैतिस छत्तिस वर्षका बीपी । उनी अलि चञ्चल पनि थिए । क्रान्ति स्वभाव पनि चञ्चल हुन्छ । त्यो बोलको ब्रिटिस अर्काइभमा सुरक्षित दस्तावेजमा वेलायति दुतावासले बीपीको वारेमा गरेको रिपोट यस्तो छ ‘यो मान्छे यति चञ्चल र तीक्ष्ण बुद्धिको छ, यो राजनीतिमा बस्यो भने खलबल गर्छ, यसलाई पढ्नलाई छात्रवृत्तिमा बोलाऊ । बीपी स्वदेश आएको भोलीपल्ट फागुन ४ गते राजा स्वदेश फर्किदै थिए । त्यति वेला त्रिचन्द्र क्याम्पसमा आईएससी पढ्दै गरेका इञ्जिनीयर शंकरनाथ रिमालले भनेका छन् ‘डकोटा जहाजबाट त्रिभुवन ओर्लिए पछि मोहनशमशेरले स्वागत गरे । हामी विद्यार्थीलाई राजाको स्वागत गर्न पहिलो लहरमा राखिएको थियो । मोहनशमशेरले हाम्रो अगाडीवाट राजालाई लिएर आउदा हामीले नारा लगायौ –त्रिभुवन जिन्दावाद, मोहनशमशेर मुर्दावाद ।’
देशद्रोहीको आरोपमा राजगद्दीबाट निस्काशित त्रिभुवन पुन राजाका रुपमा स्थापित भए । विश्व इतिहासमा यस्तो घटना दुर्लभै हुन्छ । 


अनी २००७ साल फागुन ६ गते शनिवारका दिन श्री ३ महाराज मोहन शमशेरले ‘तत्कालीन राजा सुरेन्द्रवाट आफ्ना पूर्खा जंगवहादुर राणा शासन सत्ता सञ्चालन गर्न कार्यकारी अधिकार दिइएको पञ्जापत्र राजा त्रिभुवनलाई नारायणहिटी दरवारमै गएर फिर्ता गरे (गौतम्, २०५५ ः ४८६)।’ राजाको नाममा राणाले शासन गरेको १०४ वर्ष पुरा भएको थियो । निर्णय राणा प्रधानमन्त्री गर्थे । राजाको लालमोहर लगाए पछि मात्र त्यो सदर हुन्थ्यो । अन्तिम राणा प्रधानमन्त्री मोहनशमेरले सिंहदरवारमा रहेको लालपेटी (बाकसभित्र पञ्जापत्र र लालमोहर थियो) को सा“चो र तीन चा“द नारायणहिटीमा बुझाए पछि विधिवत रुपमा राणाको अधिकार कटौती भयो । राणा प्रधानमन्त्रीहरुको निवास सिंहदरवार नेपाल सरकारको सचिवालयका रुपमा रहने घोषणा गरियो । 
२००७ साल फागुन ७ गते राजावाट राणा शाहीको अन्त्य र प्रजातन्त्र स्थापनाको घोषणा हुदै थियो । नेपालकको इतिहासमा पहिलो पटक सत्ता हस्तान्तरणका लागि आयोजित समारोहमा  राणा र कांग्रेसका तर्फवाट पा“च पा“च सदस्यलाई समावेश गरी मन्त्रीमण्डल गठनको तयारी भैरहेको थियो । त्यस अघिका प्रधानमन्त्रीहरु अकालमा पारिएका थिए । वा धपाइएका । तर क्रान्ति पछिको अन्तरिम सरकारमा सहमति वमोजिम मोहनशमशेर प्रधानमन्त्री भए । कांग्रेसको नेतृत्व गर्दै गृहमन्त्री बीपी दोस्रो वरियतामा रहने तयभयो ।
राजज्यौतिषले तय गरेको साइतमा सपथको औपचारिक समारोह प्रारम्भ भयो । पुरानो प्रथा तोडिएर मुलुक नया युगमा प्रवेश गर्दै थियो । राजालाई सलामी दिए पछि प्रधानमन्त्रीलाई दिइयो । श्री ३ का रुपमा मोहनशमशेरको त्यो अन्तिम सलामी थियो । अनी राजा त्रिभुवनले ‘आफ्ना जिजुबुबा श्री ५ सुरेन्द्रका तर्फबाट मुलुकको शासनभार श्री ३ जंगवहादुर राणाको परिवारलाई दिइएको अधिकार फिर्ता लिएको घोषणा गरे । अनी अव उप्रान्त जनताले निर्वाचित गरेको एक बैधानीक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार मुलुकको शासन सञ्चालन हुने घोषणा गरे ।’
राजाको घोषणा पत्रमा लालमोहर लगाउने प्रकृया पुरा गरियो । अनी उनले प्रधानमन्त्री मोहन शमशेरलाई सपथ गराए । प्रधानमन्त्री पदको सपथ लिने उनी मुलुककै पहिलो प्रधानमन्त्री वने । संसदीय व्यवस्था भएका मुलुकमा राष्ट्राध्यक्षले प्रधानमन्त्री र प्रधानमन्त्रीले मन्त्रीहरुलाई सपथ गराउने चलन छ । तर कांग्रेसले जसका विरुद्व क्रान्ति गरेको थियो मन्त्रीहरुले उनैसंग सपथ लिन नपरोस् भन्नका लागि राजासंग अलग अलग सपथ लिने व्यवस्था पहिल्यै मिलाइएको थियो । सधै कुर्ता सुरुवाल र सेरवानी लगाउने बीपी पहिलो पटक दौरा सुरुवालमा सजिएका थिए । आफ्नो नाम वोलाइए पछि दुई हात जोडेर टाउको निहुराउदै उनले राजालाई नमस्कार गरे । अनी सपथ लिए । 
अव पालो आयो दरवारको तौर तरिका वुझेका सुवर्णको । उनले त झन आधा शरिर झुकाएर राजाको दर्शन गरे । बीपीले राजा सामु टाउको झुकाएको समेत मन नपराएका गणेशमानलाई सुवर्णले आधार शरिर झुकाएको देखे पछि त झन कांग्रेसको इज्जतै फाले भन्ने पर्‍यो । त्यसैले आफ्नो पालामा उनी शिर र शरिर झुकिहाल्ला की भनेर वढी नै सचेत थिए । राजा सामु टाउको निहुराउदा कांग्रेस र क्रान्तिको शिर झुक्छ भन्ने वुझाई उनको थियो ।गणेशमानले ठाडै दुई हात जोडेर नमस्कार गरे । अनी राजासंग सपथ लिए । 
यसरी राणा शाहीको अन्त्य भएर मुलुक नयाँ युगमा प्रवेश गर्‍यो । 




प्रतिक्रिया


  1. I think the admin of this web page is truly working hard in favor of his site, as here every information is quality based information.

    image тірі және өлі табиғаттағы үдерістер 5 сынып бжб

    крутой музон, muzzone kz mp3 скачать франция мемлекеті туралы презентация, франция елі туризм орталықтары наушники алматы, наушники беспроводные алматы мемлекеттің атқарушы органы, жергілікті атқарушы органдар кімдер

    image экспо елімізге не берді мәселенің оң жақтары

    балалардың даму кезеңдері, 3 айлық баланың ұйқысы макулатура цена за 1 кг шымкент, куда можно сдать макулатуру киіктердің дене тұрпаты қандай, ақбөкен туралы мәлімет қазақ жүздерінің құрылу себебін жазған ғалым, ғұндар өсірген үй малдары

    image сөйлеу және коммуникацияны дамыту ктж

    тыныс алу және тыныс шығару кезінде жүретін процестердің реттілігі, тыныс алу деген не стабилитрон бұл жартылай өткізгіш диод, импульстік диод қызметі алтын күз тех карта, күз туралы сабақ балабақшада kimep phd scholarships, searca phd research scholarship

    Зовем открыть мир кино отменного качества онлайн - непревзойденный онлайн кинозал. Наслаждаться фильмами в онлайне отличное решение в 2024 году. Видеоконтент онлайн превосходном качестве Смотреть фильм

    image Acheter médicaments en France normon Palmar de Varela

    indicación de medicamentos en venta en Marruecos Bluefish Lommel médicaments disponible sans ordonnance en Espagne